हदीसहरूको सूची

सबै कार्यहरू नियतीमा आधारित हुन्छन् र प्रत्येक व्यक्तिलाई उसको नियत अनुसार इनाम दिइनेछ
عربي अंग्रेजी उर्दू
जसले हाम्रो यो धर्ममा कुनै नयाँ कुरा आविष्कार गर्छ, जुन हाम्रो धर्ममा छैन, त्यो स्वीकार्य हुँदैन
عربي अंग्रेजी उर्दू
इस्लाम भनेको यो गवाही दिनु कि अल्लाह बाहेक कोही सत्य पूज्य छैन र मुहम्मद अल्लाहका सन्देष्टा हुनुहुन्छ, सलाह (नमाज) कायम गर्नु, जकात दिनु, रमजानको रोजा राख्नु र सक्षम व्यक्तिले अल्लाहको घरसम्म हज गर्नु हो
عربي अंग्रेजी उर्दू
इस्लाम पाँच कुराहरूमा आधारित छ
عربي अंग्रेजी उर्दू
भक्तहरूमाथि अल्लाहको अधिकार के हो भने तिनीहरूले उहाँको मात्र उपासना गरून् र उहाँको (उपासना)मा कसैलाई साझेदार नबनाऊन (शिर्क नगरून्) र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भने जसले उहाँको (उपासना)मा कसैलाई साझेदार बनाउदैन, वहाँले उसलाई दण्ड नदिऊन्
عربي अंग्रेजी उर्दू
जसले अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दास र दूत हुन् भनी साँचो हृदयले गवाही दिन्छ, अल्लाहले उसको लागि नरक निषेध गर्नुहुनेछ
عربي अंग्रेजी उर्दू
जसले 'ला इलाह इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) को गवाही दिन्छ र अल्लाह बाहेक सबैको पूजा अस्वीकार गर्छ, उसको धन र रगत सुरक्षित हुनेछ र उसको हिसाब अल्लाहसँग हुनेछ ।
عربي अंग्रेजी उर्दू
जसले शिर्क (अल्लाहको उपासनाको अधिकार अरू लाई दिनु ) नगरीकन मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ र जसले शिर्क गर्दागर्दै मर्छ, ऊ नर्कमा प्रवेश गर्नेछ।
عربي अंग्रेजी उर्दू
जो व्यक्ति अल्लाह बाहेक अरूको उपासना गरेको अवस्थामा मर्छ, ऊ नरकमा जानेछ
عربي अंग्रेजी उर्दू
तिमी (अह्ले-किताब) यहुदी र ईसाई समुदायमा जाँदैछौ । त्यहाँ पुगेपछि उनीहरूलाई सबैभन्दा पहिला तौहीद (अल्लाह बाहेक कोही सत्य पुज्य छैन र मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ
عربي अंग्रेजी उर्दू
न्यायको दिनमा, मेरो शिफाअत (सिफारिस) को बढी हकदार त्यो व्यक्ति हुनेछ, जसले आफ्नो हृदय वा आत्माबाट नै इमान्दारीपूर्वक "ला इलाहा इल्लल्लाह" को गवाही दिन्छ ।
عربي अंग्रेजी उर्दू
ईमान (विश्वास) का सत्तरी (वा साठी) भन्दा बढी शाखाहरू छन्, जसमध्ये सबैभन्दा उत्कृष्ट 'ला इलाहा इल्लाल्लाह' भन्नु हो र सबैभन्दा तल्लो शाखा नोक्सान पुर्‍याउने कुरालाई बाटोबाट हटाउनु हो
عربي अंग्रेजी उर्दू
मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें, अल्लाहको नजरमा सबैभन्दा ठूलो पाप कुन हो? उहाँले भन्नुभयो: "अल्लाहको सहभागी ठहर गर्नु जबकि उहाँले तिमीलाई सृष्टि गर्नुभएको हो
عربي अंग्रेजी उर्दू
म सबै साझेदारहरूको शिर्क (साझेदारी) बाट निस्पृह छु । जसले कुनै धर्मक्रिया गर्छ र त्यसलाई म बाहेक अरू कसैको निमित्त गरि शिर्क गर्दछ, म उसलाई र उसको शिर्कलाई अस्वीकार गर्दछु
عربي अंग्रेजी उर्दू
मेरा समस्त अनुयायीहरू स्वर्गमा प्रवेश गर्नेछन्, इन्कार गर्नेहरू बाहेक
عربي अंग्रेजी उर्दू
मेरो प्रशंसा गर्नमा बढाइचढाइ नगर, जसरी ईसाईहरूले मरियमको छोराको प्रशंसामा बढाइचढाइ गरेका थिए; म केवल अल्लाहको दास हुँ । त्यसैले मलाई अल्लाहको दास र उहाँको रसूल (दूत) भन ।
عربي अंग्रेजी उर्दू
तिमीहरू मध्ये कोही पनि (पूर्ण) मुमिन(आस्थावान्) हुन सक्दैन, जबसम्म म उसको नजिक उसको बुबाआमा, छोराछोरी र सबै मानिसहरू भन्दा बढी प्रिय हुँदिन।
عربي अंग्रेजी उर्दू
मैले तिमीहरूलाई नभनेको (अनावश्यक) कुराहरूलाई बेवास्ता गर । किनकि तिमीभन्दा अघिका राष्ट्रहरू (अनावश्यक) प्रश्न सोध्ने र आफ्ना नबीहरूसँग मतभेद गरेको कारणले नष्ट भएका थिए
عربي अंग्रेजी उर्दू
मबाट प्राप्त सन्देश अरूलाई सुनाउ, चाहे त्यो केवल एक पद किन नहोस् । र "बनू इस्राएल" ( नबी मोसेसको समूदाय ) मार्फत जे ज्ञान प्राप्त हुन्छ त्यो पनि धक नमानिकन बयान गर ।र जसले जानाजानी मेरो बारेमा झूटो बोल्छ, उसले आफ्नो घर नरकमा बनाओस् ।
عربي अंग्रेजी उर्दू
होसियार! सम्भव छ कि एक व्यक्ति आफ्नो अडेसदार आसनमा अडेस लगाएर विराजमान हुनेछ,र मेरो हदीस ऊ समक्ष पुग्नेछ र उसले भन्नेछ: हामी र तपाईं बीच (निर्णयको मामिलामा) केवल अल्लाहको किताब छ
عربي अंग्रेजी उर्दू
अल्लाहको श्राप होस्, यहूदी र ईसाईहरूमाथि, तिनीहरूले आफ्ना नबीहरूको कब्रलाई (चिहान) मस्जिद बनाए
عربي अंग्रेजी उर्दू
हे अल्लाह! मेरो कब्र (चिहान) लाई मूर्ति नबनाउनु
عربي अंग्रेजी उर्दू
“तिमीहरू आफ्ना घरहरूलाई चिहान नबनाऊ र मेरो चिहानलाई उत्सव (मेला) स्थल नबनाऊ । मेरो लागि प्रार्थना (दरूद र सलाम) गर। तिमीहरू जहाँ भए पनि तिमीहरूको प्रार्थना (दरूद र सलाम) म सम्म पुग्नेछ ।”
عربي अंग्रेजी उर्दू
तिनीहरू यस्ता मानिसहरू थिए, जब तिनीहरूमध्ये कुनै धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो भने, तिनीहरूले उसको चिहानमाथि मस्जिद बनाइदिन्थे
عربي अंग्रेजी उर्दू
म अल्लाह सामु यस कुरा प्रति असहमति जनाउन्छु , कि तिमीहरूमध्ये कोही मेरो 'खलील' (विशेष साथी) होस्। किनकि अल्लाहले मलाई आफ्नो ‘खलील’ (विशेष मित्र) बनाउनुभएको छ, जसरी उहाँले इब्राहीम (अलैहिस्सलाम) लाई आफ्नो खलील
عربي अंग्रेजी उर्दू
के म तिमीलाई त्यस मिसन/ अभियानमा नपठाऊ, जसमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई पठाउनुभएको थियो? तिमीले यदि कुनै पनि मुर्तिलाई देख्यौ भने त्यसलाई मेटाई देऊ र कुनै अग्लो कब्र (चिहान) छ भने त्यसलाई समतल गरी देऊ ।
عربي अंग्रेजी उर्दू
अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, (तीन पटक) भन्नुभयो ।” यस प्रकारको कुरा हामी सबैको हृदयमा आउँछ, तर अल्लाहले यसलाई तवक्कुल(अल्लाहमाथि भरोसा) मार्फत हटाउनुहुन्छ ।
عربي अंग्रेजी उर्दू
त्यो व्यक्ति हामी मध्ये होइन, जसले अशुभ शगुन मान्यो वा जसको लागि अशुभ शगुन लिइएको छ, जसले ज्योतिषीको काम गर्यो वा जसको लागि ज्योतिषीको काम गराइयो, जसले जादू गर्यो वा जसको लागि जादू गराइयो
عربي अंग्रेजी उर्दू
रसूल अल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) ले भने : "रोग संक्रामक हुँदैन, न त अपशगुनमा विश्वास गर्नुपर्छ, तर मलाई शुभसंकेत मन पर्छ।" साहबाहरूले सोधे : "शुभसंकेत भनेको के हो?" उहाँले भन्नुभयो : "मिठो शब्द।
عربي अंग्रेजी उर्दू
तिमीहरुलाई थाहा छ, तिमीहरुको प्रभुले के भन्नुभएको छ?" तिनीहरूले भने अल्लाह र उहाँका रसूल लाई राम्ररी ज्ञान छ, उहाँले भन्नुभयो: "मेरा भक्तहरू मध्ये केही मोमिन (ममा विश्वास गर्ने) र अर्को काफिर
عربي अंग्रेजी उर्दू
जसले तावीज झुण्ड्याउँछ उसले शिर्क गरेको छ ।
عربي अंग्रेजी उर्दू
निःसनदेह, रुक्या (अल्लाह बाहेक अरुको नाम लिएर गरिने झाडफूँक) गर्नु, तावीज बाँध्नु र टुनामुना गर्नु शिर्क हो ।
عربي अंग्रेजी उर्दू
जो कोही ज्योतिषी कहाँ जान्छ र उसलाई कुनै कुराको बारेमा सोध्छ भने, चालीस दिनसम्म उसको सलाह (नमाज) कबुल (अल्लाह सामु स्वीकार्य) हुँदैन ।
عربي अंग्रेजी उर्दू
जसले गैरुल्लाह (अल्लाह बाहेक अरू कसै) को कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्दछ ।
عربي अंग्रेजी उर्दू
जसले अमानतको कसम खान्छ, त्यो हामीमध्ये होइन।
عربي अंग्रेजी उर्दू
अल्लाहको कसम, जब म कुनै चीजको लागि कसम खान्छु र त्यो भन्दा राम्रो अर्को चीज देख्छु भने म कसमको कफ्फारा दिन्छु र राम्रो मात्र रोज्छु।
عربي अंग्रेजी उर्दू
यो नभन : अल्लाहले जे चाहनुहुन्छ र फलानो जे चाहन्छ, तर यो भन, अल्लाहले जे चाहनुहुन्छ र त्यसपछि फलानोले जे चाहन्छ ।
عربي अंग्रेजी उर्दू
“निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे अल्लाहको रसूल! यो सानो शिर्क के हो? उहाँले जवाफ दिनुभयो: “दिखावटी (रिया) सत्कर्म गर्नु
عربي अंग्रेजी उर्दू
कुनै पनि मानिसले अर्कालाई पापी (फासिक) भनेर दोषी ठहराउनु हुँदैन, न त कफिर भनेर । यस्तो गरेमा यदि त्यो व्यक्ति भने जसो होइन भने उक्त दोष त्यसैको माथि फिर्ता जान्छ »।
عربي अंग्रेजी उर्दू
दुई वटा कुरा मानिसहरूमा पाइनु भनेको कुफ्रका कुराहरू हुन्ः वंशको निन्दा गर्नु र मृतकमाथि विलाप गर्नु।
عربي अंग्रेजी उर्दू
चिहानहरूमाथि नबस्नु र त्यसतर्फ मुख गरेर नमाज नपढ्नु।
عربي अंग्रेजी उर्दू
कुकुर वा चित्र भएको घरमा फरिश्ता (स्वर्गदूत) हरू प्रवेश गर्दैनन् ।
عربي अंग्रेजी उर्दू
फरिश्ताहरू(स्वर्गदूत)ले त्यो समूहको साथ दिँदैनन् जहाँ कुकुर वा घण्टी हुन्छ।
عربي अंग्रेजी उर्दू
शैतान तिमीहरु मध्ये कसै कहाँ आउँछ र भन्छ: यो कसले सृष्टि गर्यो ? र यो कसले रचना गर्यो ? यो क्रम चलिरहन्छ यहाँ सम्म उसले सोध्न थाल्छ : तिम्रो रब (पालनकर्ता) लाई कसले सृष्टि गर्यो ? यस्तो कुरा दिमागमा आउन साथ शैतानको उपद्रोबाट अल्लाहको शरण लिनुपर्छ र यस्त खराब विचार त्याग्नु पर्छ" ।
عربي अंग्रेजी उर्दू
जसले मेरो वली (मुमिन भक्त) सँग शत्रुता राख्छ, म उसको विरुद्ध युद्धको घोषणा गर्दछु । मेरो दासले मेरो निकटता प्राप्त गर्ने कर्महरू मध्ये मलाई सबैभन्दा बढी मन पर्ने फर्जहरु हुन्
عربي अंग्रेजी उर्दू
अल्लाहसँग डराउनु र आफ्ना शासकहरूको आदेश सुन्नु र पालन गर्नु, चाहे शासक एक कालो दास भए पनि । तिमीहरूले मेरो पछि धेरै विवाद देख्ने छौ। त्यसैले मेरो सुन्नत र सही मार्गनिर्देशित खलीफाहरूको सुन्नतको अनुसरण गर्नु
عربي अंग्रेजी उर्दू
जसले मुस्लिम हाकिमको आज्ञा मान्न इन्कार गर्छ र मुस्लिमहरुको जमात छोड्छ अनि त्यही अवस्थामा मर्छ भने त्यो जाहिलियतको मृत्यु मरेको हो
عربي अंग्रेजी उर्दू
अल्लाहले जसलाई जनताको सेवा गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ र उसले आफ्नो प्रजालाई धोका दिइरहेको अवस्थामा जब ऊ मर्छ, अल्लाहले उसको लागि स्वर्ग निषेध गर्नुहुन्छ ।
عربي अंग्रेजी उर्दू
भविष्यमा त्यस्ता शासकहरू आउनेछन्, जसका केही कार्यहरू तिमीहरूलाई राम्रा लाग्नेछन् र केही नराम्रा। यस्तो अवस्थामा जसले तिनीहरूका (नराम्रा कार्यहरूलाई) नराम्रो मान्नेछ, उ पापबाट मुक्त हुनेछ। र जसले तिनीहरूका नराम्रा कामहरूलाई नराम्रो भनेर इन्कार गर्नेछ, ऊ सुरक्षित रहनेछ। तर जो (तिनीहरूका नराम्रा कामहरूबाट) सन्तुष्ट रहनेछ र तिनीहरूको अनुसरण गर्नेछ, (ऊ दोषी ठहरिनेछ)।
عربي अंग्रेजी उर्दू
(तिमीहरूले मरो निधनपछी) प्राथमिकताका मामिलाहरू देख्नेछौ, जुन तिमीहरूलाई नराम्रो महसुस हुनेछ ।" साथीहरूले भने: हे अल्लाहको रसूल! त्यसोभए हामीलाई के गर्न आदेश दिनुहुन्छ? उहाँले भन्नुभयो: "तिमीहरूले आफ्नो जिम्मेवारी पूरा गर र अल्लाहसँग आफ्नो अधिकार माग ।
عربي अंग्रेजी उर्दू
“तिमीहरू सबै जिम्मेवार हौ र प्रत्येकलाई उस्को जिम्मेवारीबारे सोधिनेछ ।
عربي अंग्रेजी उर्दू
हे अल्लाह! जसलाई मेरो उम्मतको कुनै जिम्मेवारी सुम्पिएको छ र ऊ तिनीहरूलाई कठिनाइमा पार्छ भने तपाईं पनि उनीप्रति कठोर हुनुहोस् र जसलाई मेरो उम्मतको कुनै मामिला सुम्पिएको छ र उनीहरूसँग नरम व्यवहार गर्छ भने तपाईं उससँग नम्र हुनुहोस् ।
عربي अंग्रेजी उर्दू
धर्म भनेको निष्ठा हो
عربي अंग्रेजी उर्दू
जब तिमीले ती मानिसहरूलाई देख्छौ जसले कुरानका मुतशाबिह (अनेकार्थ रहेका) आयतहरूलाई पछ्याउँछन् , तब(बुझ्नु कि) ती नै ती व्यक्तिहरू हुन् जसको बारेमा अल्लाहले नाम लिएर चेतावनी दिएका छन्, त्यसैले तिनीहरूबाट सावधान रहनु
عربي अंग्रेजी उर्दू
तिमीहरू मध्ये कसैले मुन्कर (गलत) भइरहेको देख्यो भने त्यसलाई हातले रोक्न प्रयास गर्नु, यदि हातले रोक्ने शक्ति नभए बोलेर रोक्न प्रयास गर्नु, यदि यसको पनि क्षमता छैन भने हृदयमा नै नराम्रो ठान्नु र यो ईमानको (आस्थाको) सबै भन्दा कमजोर श्रेणी हो" ।
عربي अंग्रेजी उर्दू
अल्लाहको हदको पालना गर्ने र त्यसलाई उल्लङ्घन गर्नेहरुको उदाहरण - डुङ्गामा आफ्नो स्थान निर्धारण गर्न चिट्ठा हाल्नेहरु जस्तै हो, जसमा केही मानिसहरु डुङ्गाको माथिल्लो भागमा स्थान पाए र केहीले तल्लो भागमा
عربي अंग्रेजी उर्दू
जसले सत्य मार्गको आह्वान गर्छ, उसले सत्य मार्ग अप्हनाउनेहरूको पुण्य बराबर पुण्य पाउनेछ, तर उनीहरूको पुण्यमा कुनै कमी हुनेछैन
عربي अंग्रेजी उर्दू
जसले राम्रो कामको मार्गदर्शन गर्दछ, उसलाई त्यो कर्म गर्ने व्यक्ति बराबर पुण्य दिइनेछ
عربي अंग्रेजी उर्दू
अल्लाहको कसम, यदि अल्लाह तिम्रो माध्यमबाट एक जनालाई सही मार्गमा ल्याउनुभयो भने, त्यो तिमीलाई संसारकै उत्कृष्ट सम्पत्तिभन्दा पनि उत्तम हुनेछ।
عربي अंग्रेजी उर्दू
जसले कुनै समुदाय को नक्कल गर्छ, त्यो तिनीहरूमध्ये एक हो ।
عربي अंग्रेजी उर्दू
मानिस आफ्नो साथीको मार्गमा हुन्छ , त्यसैले प्रत्येकले सोचेर मात्र मित्रता गर्नु।
عربي अंग्रेजी उर्दू
“जहाँसम्म दिन र रात पुग्छ, त्यहाँसम्म यो धर्म अवश्य पुग्नेछ । अल्लाहले कुनै पनि कच्चा वा पक्का घर (सहर, नगर र गाउँ) छोड्ने छैन, जहाँ यो धर्मको प्रवेश हुनेछैन
عربي अंग्रेजी उर्दू
अल्लाहको कसम जसको कब्जा मा मोहम्मदको प्राण छ, यो समुदायको जो-कोही व्यक्तिले—चाहे त्यो यहूदी होस् वा इसाई—मेरो बारेमा सुनेर पनि ममार्फत पठाइएको सन्देशमा विश्वास नगरी मर्छ भने, ऊ निश्चित रूपमा नरकवासी हुनेछ ।
عربي अंग्रेजी उर्दू
हे मानिसहरू, धर्ममा अतिवादबाट टाढा रहनुहोस्, किनभने तपाईं अघिका मानिसहरू धर्ममा अतिवादले गर्दा बर्बाद भएका थिए ।
عربي अंग्रेजी उर्दू
चरमवादी (अति बढाइचढाई गर्ने) हरू विनाश भए
عربي अंग्रेजी उर्दू
यहूदीहरू अल्लाहको क्रोधमा परेका मानिसहरू हुन् र इसाईहरू पथभ्रष्ट छन् ।
عربي अंग्रेजी उर्दू
अल्लाहले आकाशहरू र पृथ्वी सृष्टि गर्नुभन्दा पचास हजार वर्ष
عربي अंग्रेजी उर्दू
“हामीलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जसले सत्य बोल्नुहुन्छ र जसको भनाइ पूर्णतः सत्य हुन्छ: "तिमीहरू हरेकको सृष्टि उसको आमाको गर्भमा चालीस दिन र चालीस रात सम्म
عربي अंग्रेजी उर्दू
स्वर्ग तिम्रो जुत्ताको फित्ता भन्दा पनि नजिक छ र नर्क पनि ।
عربي अंग्रेजी उर्दू
नर्क इच्छा तथा आकंक्षाहरूले घेरिएको छ भने स्वर्ग अप्रिय चीजहरूले घेरिएको छ ।
عربي अंग्रेजी उर्दू
जब अल्लाहले स्वर्ग र नर्क सृष्टि गर्नुभयो, तब उहाँले जिब्रील (अलैहिस्सलाम)
عربي अंग्रेजी उर्दू
तिम्रो संसारको आगो नर्क
عربي अंग्रेजी उर्दू
अल्लाहले पृथ्वीलाई आफ्नो मुट्ठीमा लिनुहुनेछ र आकाशहरूलाई आफ्नो दाहिने हातमा समात्नुहुनेछ र त्यसपछि भन्नुहुनेछ: म अल- मलिक (राजा) हुँ, पृथ्वीका राजाहरू कहाँ छन् ?
عربي अंग्रेजी उर्दू
न्यायको दिन सबैभन्दा कठोर सजाय ती मानिसहरूलाई दिइनेछ जो अल्लाहको सृष्टि कार्यमा तुलना गर्न चाहन्छन् ।
عربي अंग्रेजी उर्दू
अल्लाहको कसम जसको कन्जमा मेरो प्राण छ, चाडै नै मरियम पुत्र एक न्यायी हाकिमको रूपमा तिमीहरूका बीचमा आउनुहुनेछ । उनले क्रस भाँच्नेछन्, सुँगुरहरूलाई मार्नेछन्, करहरू हटाउनेछन् र धनसम्पत्ति यति प्रशस्त हुनेछ कि कसैले स्वीकार गर्नेछैन ।
عربي अंग्रेजी उर्दू
‘ला इलाह इल्लाल्लाह’ (अल्लाह बाहेक कोही ईश्वर छैन) भन्नुहोस्, म न्यायको दिन तपाईंको लागि गवाही दिनेछु
عربي अंग्रेजी उर्दू
मेरो जलाशय (ताल) को दायरा एक महिना (यात्रा) को दूरी बराबर हुनेछ । यसको पानी दूध भन्दा सेतो र यसको सुगन्ध कस्तुरी भन्दा उत्तम हुनेछ
عربي अंग्रेजी उर्दू
मृत्युलाई सेतो र कालो भेडा
عربي अंग्रेजी उर्दू
यदि तिमीहरु अल्लाहप्रति त्यसरी भरोसा गर्छौ जसरी भरोसा गर्ने हक छ, उहाँले तिमीहरुलाई त्यसै गरी [सहज तरिकाले] जीविका दिनुहुनेछ जसरी चरा लाई दिनुहुन्छ। ती चराहरु बिहान खाली पेट निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् ।”
عربي अंग्रेजी उर्दू
सवारले पैदलयात्रीलाई, पैदलयात्रीले बसेकालाई र सानो जमातले ठूलो जमातलाई सलाम गर्नेछन् ।
عربي अंग्रेजी उर्दू
हे मेरा सेवकहरू! मैले आफूमाथि अन्याय र अत्याचार हराम (निषेध) गरेको छु र यसलाई तिमीहरूका लागि पनि हराम गरेको छु, त्यसैले तिमीहरू एकार्कामाथि अन्याय नगर
عربي अंग्रेजी उर्दू
अन्यायबाट सावधान रहनु, किनकि न्यायको दिनमा अन्याय अन्धकारको रूपमा देखा पर्नेछ । कन्जुस्याइँ र लोभबाट सावधान रहनु, किनकि कन्जुस्याइँले तपाईंभन्दा पहिलेका मानिसहरूलाई नष्ट गरेको थियो।
عربي अंग्रेजी उर्दू
निस्सन्देह अल्लाहले अत्याचारीलाई मौका दिनुहुन्छ, तर जब पकड गर्नुहुन्छ तब छोड्नु हुन्न
عربي अंग्रेजी उर्दू
साँच्चै, अल्लाहले पुण्य कर्महरू र पापहरू लेखिदिनुभएको छ र यसलाई स्पष्ट रूपमा प्रष्ट पार्नु भएको छ: जसले कुनै पुण्य कर्म गर्ने संकल्प राख्दछ र त्यो गर्न असमर्थ हुन्छ, अल्लाहले उसको खातामा एक नेकी [पुण्य] लेखिदिनुहुन्छ । यदि कसैले असल मनसाय अनुसार सत्कर्म गर्यो भने उसको लागि दशदेखि सात सय गुणासम्म वा अझ बढी पुण्य लेखिदिनुहुन्छ । अर्कोतर्फ, जसले कुनै नराम्रो काम गर्न चाहन्छ, तर उसले गरेन भने अल्लाहले त्यसको स्थानमा एक पुण्य लेखिदिनुहुन्छ र यदि गलत मनसाय अनुसार नै गलत कार्य गर्यो भने, अल्लाहले त्यसको सट्टामा एउटा मात्र पाप लेख्नुहुन्छ ।
عربي अंग्रेजी उर्दू
जसले इस्लाम स्विकारे पछि राम्रो काम गर्यो, उ जाहिलियाको समयमा गरेका कामहरूप्रति जवाफदेह हुने छैन र जसले इस्लाम स्विकारे पछि खराब कर्म गर्यो, उसलाई अघिल्ला र पछिल्ला सबै कृकर्मको सजाय दिइनेछ।
عربي अंग्रेजी उर्दू
तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको तर्फ बोलाउदै हुनुहुन्छ त्यो धेरै राम्रो कुरा हो, तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ?
عربي अंग्रेजी उर्दू
तिमीले गरेका ती राम्रो कर्महरूको कारणले नै तिमीले इस्लाम स्वीकार गरेको छौ।
عربي अंग्रेजी उर्दू
वास्तवमा, अल्लाहले आस्थावानमाथि एक पुण्यको मामिलामा पनि अन्याय गर्नुहुन्न। उसलाई यस संसारमा पुण्य को प्रतिफल दिइन्छ र परलोकमा पनि राम्रो प्रतिफल दिइनेछ
عربي अंग्रेजी उर्दू
हे आदमको सन्तान! जबसम्म तिमी मलाई पुकारिरहन्छौ र आशा राख्छौ, तिम्रा पापहरू जतिसुकै भए पनि म क्षमा गरिरहनेछु र मलाई त्यसको परवाह छैन ।
عربي अंग्रेजी उर्दू
एक व्यक्तिले पाप गर्यो र भन्यो: हे अल्लाह! मेरो पापलाई क्षमा गर्नुहोस्
عربي अंग्रेजी उर्दू
जब कुनै व्यक्तिले पाप गर्छ, त्यसपछि खडा हुन्छ र वुजू गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग माफि माग्छ, तब अल्लाहले उसलाई क्षमा गर्नुहुन्छ।
عربي अंग्रेजी उर्दू
अल्लाहले रातमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि दिनमा पाप गर्नेले पश्चात्ताप गरून् र दिनमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि रातमा पाप गर्नेले पश्चात्ताप गरून्, जबसम्म सूर्य पश्चिमबाट उदाउछँ ।
عربي अंग्रेजी उर्दू
हाम्रो प्रभु, पवित्र र महिमावान, हरेक रात जब रातको अन्तिम तिहाइ बाँकी हुन्छ, आकाशको सबैभन्दा तल्लो भागमा उत्रनु हुन्छ ,
عربي अंग्रेजी उर्दू
हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ
عربي अंग्रेजी उर्दू
“मेरो सहाबा (साथी) हरूलाई गालीगलौज नगर । यदि तिमीहरूमध्ये कसैले उहुद पर्वत बराबर सुन खर्च गरे पनि उनीहरुले एक वा आधा मुद खर्च गरे जस्तो पुण्य प्राप्त गर्न सक्नेछैन ।”
عربي अंग्रेजी उर्दू
हे बालक ! म तिमीलाई केही कुराहरू सिकाउँदैछु । अल्लाहलाई याद राख, अल्लाहले तिम्रो रक्षा गर्नुहुनेछ । अल्लाहलाई याद राख, तिमी उहाँलाई आफ्नो सामु भेट्टाउनेछौ । जब माग्नुछ भने अल्लाहसँग मात्र माग्नु र जब मद्दत माग्नुछ भने अल्लाहसँग मात्र सहायता माग्नु
عربي अंग्रेजी उर्दू
मलाई इस्लामको बारेमा एउटा यस्तो कुरा बताउनुहोस् जुन मैले अरू कसैलाई सोध्न नपरोस् । उहाँले भन्नुभयो: "भन, म अल्लाहमा विश्वास गर्छु, त्यसपछि त्यसमा अडिग रहनु।
عربي अंग्रेजी उर्दू
आस्थावानहरूको आपसी प्रेम र एकअर्काप्रतिको करुणाको उदाहरण एउटा शरीर जस्तै हो, जसको कुनै अंग दुख्दा पूरै शरीरले पीडा महसुस गर्छ, निन्द्रासमेत उड्छ र पूरै शरीरलाई ज्वरो आउँछ ।
عربي अंग्रेजी उर्दू
जसले राम्रोसँग वुजु गर्छ, उसका पापहरू उसको नङ मुनि समेत शरीरबाट पखालिनेछन् ।
عربي अंग्रेजी उर्दू
त्यसको (समुद्रको) पानी पवित्र हुन्छ त्यसको मृत् ( माछा ) हलाल हुन्छन् ।
عربي अंग्रेजी उर्दू
जब पानी दुई कुल्ला ( दुई ठुला घैला) जति छ भने फोहोरले प्रभावित हुन दिँदैन ।
عربي अंग्रेजी उर्दू
जब तपाईं शौचालयमा जानुहुन्छ, तब किब्लातर्फ मुख वा पिठ्यूँ फर्काएर दिसापिसाब नगर्नुहोस्, बरु पूर्व वा पश्चिमतिर फर्केर गर्नुहोस् ।''
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये कसैले पनि पिसाब गर्दा दाहिने हातले आफ्नो गोप्य अंगलाई समात्नु हुँदैन, दिसा गरिसकेपछि दाहिने हातले शौच (सफाई) गर्नु हुँदैन र (पानी खाँदा) भाँडोमा सास फेर्नु हुँदैन ।
عربي अंग्रेजी उर्दू
जब तिमीहरू मध्ये कोही निद्राबाट बिउँझिन्छ, उसले तीन पटक नाक सफा गरोस्, किनभने शैतान रातभर उसको नाकमा बस्छ।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) एक ‘साअ’ देखि पाँच ‘मुद’ सम्म पानीले नुहाउनुहुन्थ्यो र एक ‘मुद’ पानीले वुजू गर्नुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
तिमीहरू मध्ये कसैको वुजू भङ्ग भएमा, पुनः वुजू नगरेसम्म अल्लाहले उसको नमाज स्वीकार गर्नुहुन्न।
عربي अंग्रेजी उर्दू
एक व्यक्तिले वुजू गर्यो र खुट्टामा नङको आकार बराबर सुक्खा ठाउँ छोड्यो । जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आँखा पर्यो उहाँले भन्नुभयो: "जाऊ, पहिला राम्रोसँग वुजू गरेर आउ ।" त्यसैले ऊ फर्कियो र त्यसपछि नमाज पढ्यो ।
عربي अंग्रेजी उर्दू
कुर्कुच्चालाई नरकको आगोबाट जोगाऊ, वुजूलाई पूरा गर।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजको लागि वुजू गर्नुहुन्थ्यो
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक-एक पटक वुजूका अंगहरू धुनुभयो ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुई-दुई पटक वुजूका अंगहरू धुनुभयो ।
عربي अंग्रेजी उर्दू
जसले मेरो यो वुजु झैं वुजु गर्छ र केहि नबोलीकन दुई रकात नमाज पढ्छ, अल्लाहले उसका अघिल्लो पापहरू क्षमा गर्नुहुन्छ
عربي अंग्रेजी उर्दू
“जब तिमीहरूमध्ये कसैले वुजू गर्छ, उसले नाकमा पानी हालेर राम्रोसँग सफा गरोस् र जसले इस्तिन्जा (ढुंगा आदिले शुद्धता प्राप्त) गर्छ, उसले विजोर सङ्ख्या प्रयोग गरोस्
عربي अंग्रेजी उर्दू
यी दुवैलाई सजाय दिइँदैछ र उनीहरू कुनै ठूलो पापको कारणले दण्डित भइरहेको छैन । तिनीहरूमध्ये एक पिसाबबाट बच्दैन्थे र अर्को चुक्ली गर्थे
عربي अंग्रेजी उर्दू
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयमा प्रवेश गर्नुहुन्थ्यो तब यो दुआ भन्नुहुन्थ्यो: "अल्लाहुम्म इन्नी अऊजु बिक मिनल्-खुबुसि वल्-खबाइस् ।
عربي अंग्रेजी उर्दू
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयबाट बाहिर निस्कनुहुन्थ्यो, तब उहाँ यो दुआ भन्नुहुन्थ्यो: “गुफ्रानक”, अर्थात् हे अल्लाह! म तपाईसँग माफी चाहन्छु ।
عربي अंग्रेजी उर्दू
मिस्वाक (दतिवन) मुख सफा गर्ने र अल्लाहलाई खुशी पार्ने चिज हो ।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब राती सुतेर ब्यूँझनुहुन्थ्यो, तब आफ्नो मुखलाई मिस्वाक (दतवन) ले सफा गर्नुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
यदि मलाई आफ्नो उम्मत (अनुयायीहरू) लाई कठिनाइमा पार्ने डर नभए, म उनीहरूलाई प्रत्येक नमाजको समयमा मिस्वाक (दाँत सफा) गर्ने आदेश दिन्थेँ।
عربي अंग्रेजी उर्दू
प्रत्येक मुस्लिमले हरेक सात दिनमा एक पटक नुहाउनु अनिवार्य हो, जसमा उसले आफ्नो टाउको र शरीर धुन्छ ।
عربي अंग्रेजी उर्दू
पाँच कुरा फित्रत (प्राकृतिक) हुन्; खतना गर्नु, गुप्ताङ्गका रौं खौरनु, जुँगा छोटो पार्नु, नङ्ग काट्नु र काखीका रौं उखेल्नु ।”
عربي अंग्रेजी उर्दू
मलाई अत्यधिक मजी (पिसाबको नलीबाट आउने तरल पदार्थ) निस्किन्थ्यो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को ज्वाइँ भएको कारणले उहाँसंग यस बारेमा सोध्न मलाई लाज लाग्यो । त्यसैले मैले मिक्दाद बिन अस्वदलाई सोध्न लगाए र उनले सोधेपछि भन्नुभयो: "यस्तो व्यक्तिले आफ्नो गुप्तांग धोएर वुजू गरे हुन्छ
عربي अंग्रेजी उर्दू
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले गुस्ल जनाबत गर्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हात धुनुहुन्थ्यो र नमाजको लागि वुजू गरे झैं वुजू गर्नुहुन्थ्यो, त्यसपछि गुस्ल गर्नुहुन्थ्यो
عربي अंग्रेजी उर्दू
तिम्रो लागि आफ्नो हातले यसरी गर्न पर्याप्त थियो ।" त्यसपछि उहाँले आफ्नो दुवै हात भुइँमा एक पटक हान्नुभयो र आफ्नो दाहिने हातले देब्रे हात, हत्केलाको पछाडि र अनुहारमा मसह गर्नुभयो अर्थात् पुछ्नुभयो ।
عربي अंग्रेजी उर्दू
त्यसलाई छोड्देऊ; किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ
عربي अंग्रेजी उर्दू
यो एक प्रकारको रोग हो । जति दिन महिनावारी आउथ्यो त्यति दिनमा मात्र नमाज नपढ र त्यसपछि नुहाऊ र नमाज पढ ।
عربي अंग्रेजी उर्दू
“जब तिमीहरू मध्ये कसैले आफ्नो पेटमा केही महसुस गर्छ र त्यसबाट (मलद्वारको मार्ग बाट) केही निस्किएको छ वा छैन भन्ने शंका लाग्छ भने उसले आवाज नसुनेसम्म वा गन्ध नआएसम्म मस्जिदबाट बाहिर नजाओस् ।”
عربي अंग्रेजी उर्दू
जब कुकुरले तिमीहरूमध्ये कसैको भाँडोबाट (केही) पिउँछ, उसले त्यो भाँडोलाई सात पटक धुनुपर्छ ।
عربي अंग्रेजी उर्दू
जब मुअज्जिन (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ र (जवाफमा) तिमीहरूमध्ये कसैले (अल्लाहु अक्बर, अल्लाहु अक्बर)
عربي अंग्रेजी उर्दू
जब तपाइँले मुअज्जिनले अजान दिइरहेको सुन्नुहुन्छ, उसले भने जस्तै शब्दहरू भन्नुहोस् । त्यसपछि ममाथि दरूद पठाउनुहोस्
عربي अंग्रेजी उर्दू
जसले मुअज्जिन (अजान दिने) लाई सुनेपछि भन्छ, ‘अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुहु, रजीतु बिल्लाहि रब्बा व बि मुहम्मदिन् रसूला व बिल्-इस्लामि दीना’ उसका पापहरू क्षमा हुनेछन् ।
عربي अंग्रेजी उर्दू
जसले अज़ान सुनेपछि भन्छ: اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ التَّامَّةِ، وَالصَّلاَةِ القَائِمَةِ، آتِ مُحَمَّدًا الوَسِيلَةَ وَالفَضِيلَةَ، وَابْعَثْهُ مَقَامًا مَحْمُودًا الَّذِي وَعَدْتَهُ (हे अल्लाह! यस सम्पूर्ण आह्वान र स्थिर प्रार्थनाका मालिक, मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई वसीला (जन्नतमा सबै भन्दा ऊँच्च स्थान) र श्रेष्ठतम दर्जा प्रदान गर्नुहोस्, र उहाँलाई त्यो प्रशंसनीय स्थान दिनुहोस् जुन तपाईंले उहाँलाई वाचा गर्नुभएको हो), उसलाई कियामतको दिन मेरो शफाअत प्राप्त हुनेछ ।
عربي अंग्रेजी उर्दू
अजान र इकामतको बीचमा (मागिएको) दुआ रद्द हुँदैन ।
عربي अंग्रेजी उर्दू
के तपाईं अजान सुन्नुहुन्छ ?" उनले जवाफ दिए, "हो, म सुन्छु" त्यसपछि उहाँले भन्नुभयो: "त्यसो भए तपाइँ नमाज पढ्न मस्जिदमा आउनुपर्छ ।
عربي अंग्रेजी उर्दू
तिमीहरूले के सोच्छौ, यदि तिमीहरूमध्ये कसैको घरको ढोकामा एउटा नदी बगिरहेको होस् र ऊ दिनको पाँच पटक त्यसमा स्नान गर्छ भने, के त्यो उसको शरीरमा कुनै मैलो बाँकी रहन्छ?
عربي अंग्रेजी उर्दू
कुन कर्म अल्लाहलाई सबैभन्दा प्रिय छ? उहाँले जवाफ दिनुभयो: "समयमा नमाज पढ्नु ।" त्यसपछि के? उहाँले भन्नुभयो: "आमाबाबुसँग राम्रो व्यवहार गर्नु ।" त्यसपछि के? उहाँले जवाफ दिनुभयो: "अल्लाहको मार्गमा जिहाद (युद्ध) गर्नु
عربي अंग्रेजी उर्दू
जब फर्ज नमाजको समय हुन्छ र एउटा मुस्लिमले राम्रोसँग वुजू गर्छ र नम्रताका साथ राम्रोसँग रूकु र सज्दा गरी नमाज पढ्छ भने त्यो नमाज उसको अघिल्लो पापहरूका लागि प्रायश्चित हुन्छ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन, र यो सधैं हुनेछ ।
عربي अंग्रेजी उर्दू
दैनिक पाँच नमाज, र एक शुक्रवारदेखि अर्को शुक्रबार (सम्मको प्रार्थना) र एक रमजानदेखि अर्को रमजान (सम्मको उपवास) ले ती दिनहरु बीच भएका पापहरू लाई मेटाई दिन्छ, यस शर्त साथ कि व्यक्तिले ठूला पापहरूबाट आफूलाई जोगाइ रहोस् ।
عربي अंग्रेजी उर्दू
आफ्ना छोराछोरीहरू सात वर्षको हुँदा सलाह (नमाज) पढ्न आदेश दिनु र दस वर्षको हुँदा तिनीहरूलाई (नमाज नपढे) पिट्नु र उनीहरूको ओछ्यान अलग गर्दिनु ।
عربي अंग्रेजी उर्दू
अल्लाहले भन्नुभएको छ: मैले सलाह (नमाज) लाई म र मेरो भक्तको बीचमा आधा-आधा बाडेको छु र मेरो भक्तले जे मागेको छ त्यही पाउनेछ
عربي अंग्रेजी उर्दू
हामी र तिनीहरूको बीचमा रहेको फरक नमाज (सलाह) हो । जसले यसलाई त्याग्छ उसले कुफ्र गर्यो ।
عربي अंग्रेजी उर्दू
वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।
عربي अंग्रेजी उर्दू
हे बिलाल! नमाजको कायम/आह्वान गर (अजान देऊ) र यसद्वारा हामीलाई शान्ति दिऊ ।
عربي अंग्रेजी उर्दू
अल्लाहुम्म बाइद् बैनी व बैन खता-याय, कमा बाअत्त बैनल्-मश्रिकि वल्मग्रिब्
عربي अंग्रेजी उर्दू
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) (तकबीर) भनेर नमाज शुरु गर्नुहुन्थ्यो र जब रुकुको लागि तकबीर भन्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हातहरू काँध बराबर उठाउनु हुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
जसले सूरह फातिहा पढेन, उसको नमाज भएन ।
عربي अंग्रेजी उर्दू
अल्लाहको कसम, जसको हातमा मेरो जीवन छ, म तपाईंहरूमध्ये सबै भन्दा बढी अल्लाहको रसूलसँग मिल्दोजुल्दो नमाज पढ्ने व्यक्ति हुँ । उहाँ यसरी नै नमाज पढ्नु हुन्थ्यो यहाँसम्म कि उहाँ (स.) यस संसार बाट बिदा भए ।
عربي अंग्रेजी उर्दू
मलाई सात हड्डी (अंग) हरू : निधार, र उहाँले आफ्नो हातले आफ्नो नाकतिर संकेत गर्नुभयो, दुवै हात, दुबै घुँडा र दुबै खुट्टाको औंलाहरूमा सजदा गर्न आदेश दिइएको छ।
عربي अंग्रेजी उर्दू
अल्लाह आफ्नो भक्तदेखि रातको अन्तिम प्रहरमा सबैभन्दा बढी नजिक हुनुहुन्छ
عربي अंग्रेजी उर्दू
वास्तवमा, तिमीहरूले यो चन्द्रमा देखे जस्तै आफ्नो रब (पालनकर्ता) लाई देख्नेछौ र उहाँलाई हेर्दा तिमीहरूलाई कुनै समस्या हुनेछैन
عربي अंग्रेजी उर्दू
रसूलुल्लाह (सलल्लाहु अलैहि वसल्लम)ले फज्रको नमाजका दुई रकआतहरूमा { सूरा अल-काफिरून} र {सूरा अल-इखलास} पाठ गर्नु हुन्थ्यो।
عربي अंग्रेजी उर्दू
जसले दुई शीतल समयको नमाज पढ्छ ऊ स्वर्ग मा प्रवेश गर्नेछ ।
عربي अंग्रेजी उर्दू
जसले बिहानको नमाज पढ्छ, ऊ अल्लाहको सुरक्षामा हुन्छ
عربي अंग्रेजी उर्दू
जसले असरको नमाज छोड्छ, उसको कर्म व्यर्थ हुन्छ ।
عربي अंग्रेजी उर्दू
यदि कुनै व्यक्तिले नमाज पढ्न बिर्सियो भने याद आउने बित्तिकै नमाज पढ्नुपर्छ र यो नै यसको प्रायश्चित हो
عربي अंग्रेजी उर्दू
वास्तवमा, मुनाफिक (पाखंडी) हरूका लागि सबैभन्दा कठिन नमाज ईशा र फजरका नमाज हुन् । यदि तिनीहरूले यी नमाजहरूको महत्व थाहा पाएको भए घस्रेर भए पनि (मस्जिद) आउने थिए
عربي अंग्रेजी उर्दू
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो पीठ उठाउनुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: ‘समिअल्लाहु लिमन् हमिदह्
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा यो दुआ : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई सजदाको बीचमा यो दुआ पढ्नु हुन्थ्यो: "अल्ला हुम्मग फिर्ली, वर्हम्नी व आफिनी वह्दिनी वर्जुकनी ।" (हे अल्लाह! मलाई क्षमा गर्नुहोस्, ममाथि दया गर्नुहोस्, मलाई शान्ति दिनुहोस्, मलाई मार्गदर्शन गर्नुहोस् र मलाई जीविका दिनुहोस्) ।
عربي अंग्रेजी उर्दू
जब तपाईंहरू नमाज पढ्नुहुन्छ भने आफ्ना सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस् । त्यसपछि तपाईंहरूमध्ये एक व्यक्तिले इमामत गरोस् । जब इमामले तकबीर भन्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस्
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई तशह्हुद सिकाउनु हुन्थ्यो जसरी उहाँले मलाई कुरानको सुरह सिकाउनुहुन्थ्यो
عربي अंग्रेजी उर्दू
अल्लाहुम्म इन्नी अऊजु बिक मिन् अजाबिल्-कब्र, व मिन् अजाबिन्नार, व मिन् फित्-नतिल्-मह्-या वल्-ममात्, व मिन् फित्-नतिल् मसीहिद्-दज्जाल्
عربي अंग्रेजी उर्दू
''अल्लाहको लागि अत्याधिक सज्दा गर्नु, किनकि तिमीले गरेको हरेक सज्दाले अल्लाह ले तिम्रो एक स्तर बढाउनुहुन्छ र एक पाप मेटाउनुहुन्छ ।''
عربي अंग्रेजी उर्दू
खानाको उपस्थितिमा वा कुनै व्यक्तिलाई दिसापिसाब लागेको छ भने नमाज पढ्नु हुँदैन ।
عربي अंग्रेजी उर्दू
यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर
عربي अंग्रेजी उर्दू
सबैभन्दा खराब चोर त्यो व्यक्ति हो जसले आफ्नो नमाज मा चोरी गर्छ ।" एक साथीले नमाजमा चोरी गर्नुको अर्थ के हो भनेर सोधे, उहाँले जवाफ दिनुभयो: "नमाजमा चोरी गर्नु भनेको उसले पूर्ण रूपमा रुकुअ र सज्दा नगर्नु हो।
عربي अंग्रेजी उर्दू
के तिमीहरूमध्ये जसले इमाम भन्दा अगाडि आफ्नो टाउको उठाउँछ - अल्लाहले उसको टाउकोलाई गधाको टाउकोमा परिणत गर्दिन वा अल्लाहले उसको छविलाई गधा जस्तै बनाइदिने डर छैन ?
عربي अंग्रेजी उर्दू
जब तिमीहरूमध्ये कसैलाई आफ्नो नमाजमा शंका लाग्छ र उसले तीन वा चार कति रकातहरू पढेको हो थाहा छैन भने उसले शङ्कालाई छोडेर विश्वासमा भर पर्नुपर्छ र त्यसपछि सलाम फेर्नु अघि दुईवटा सज्दा गर्नुपर्छ
عربي अंग्रेजी उर्दू
अल्लाहका रसूल (सलल्लाहु अलैहि वसल्लम)ले एक पुरुषलाई देख्नुभयो जसले अलगै एक्लै पंक्तिको पछाडि नमाज अदा गरिरहेको थियो। त्यसपछि उहाँले उसलाई आफ्नो नमाज फेरि अदा गर्न निर्देशन दिनुभयो।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम)को सामु एक व्यक्तिको चर्चा भयो, जसले रातभर सुतेर बिहानसम्म उठेन। उहाँले भन्नुभयो: " यो त्यो व्यक्ति हो, जसको कानमा वा दुवै कानमा शैतानले पिसाब गरेको छ।
عربي अंग्रेजी उर्दू
सूर्योदय हुने सबै दिन भन्दा राम्रो दिन जुमाको दिन हो
عربي अंग्रेजी उर्दू
जसले जुमा (शुक्रबार) को दिन जनाबत (यौनसम्बन्ध पछि) को स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिदतर्फ जान्छ, उसले दानमा ऊँट दिए जस्तै हो
عربي अंग्रेजी उर्दू
अल्लाहुम्म अन्तस्सलाम व मिन्कस्सलाम तबारक्त या जल्-जलालि वल्-इक्राम्
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजमा सलाम फेरिसकेपछि यो दुआहरू पढेर अल्लाहको प्रशंसा व्यक्त गर्नुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य नमाज पछि यो दुआ पढ्नुहुन्थ्यो
عربي अंग्रेजी उर्दू
जसले प्रत्येक नमाजपछि ‘सुब्हानअल्लाह्’ ३३ पटक, ‘अल्हम्दु-लिल्लाह्’ ३३ पटक, ‘अल्लाहु-अक्बर’ ३३ पटक, यो कुल ९९ पटक भयो र ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १ पटक भनेर १०० पुरा गर्छ भने उसका सम्पूर्ण पापहरू क्षमा हुनेछन्, चाहे त्यो समुद्रको फिज (फेन) बराबर भए पनि ।”
عربي अंग्रेजी उर्दू
जसले हरेक फर्ज नमाजपछि 'आयतुल कुर्सी' पढ्छ, उसलाई मृत्यु बाहेक अरू कुनै चीजले स्वर्ग जानबाट रोक्न सक्दैन ।
عربي अंग्रेजी उर्दू
मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट दस रकाअतहरू सिकेको छु
عربي अंग्रेजी उर्दू
नबी (सलल्लाहु अलैहि वसल्लम)ले चार रकआत (सुन्नत) जुहरको नमाजअघि र दुई रकआत (सुन्नत) फज्रको नमाजअघि कहिल्यै छोड्नुहुन्नथ्यो।
عربي अंग्रेजी उर्दू
प्रत्येक दुई अजानको (अजान र इकामत) बीचमा एक नमाज हुन्छ, प्रत्येक दुई अजानको (अजान र इकामत) बीचमा एक नमाज हुन्छ र त्यसपछि तेस्रो पटकमा उहाँले भन्नुभयो: "उसको लागि जो पढ्न चाहन्छ ।
عربي अंग्रेजी उर्दू
तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्दा, उसले बस्नु अघि दुई रकात नमाज पढोस्।
عربي अंग्रेजी उर्दू
इमामले शुक्रबारको दिन खुत्बा (उपदेश) दिइरहेको बेला यदि तिमीले आफ्नो साथीलाई चुप लाग्न भन्यौ भने तिमीले पनि गलत (व्यर्थ) काम गरेको हुन्छौ।
عربي अंग्रेजी उर्दू
उभिएर नमाज पढ्नु, नसक्ने भए बसेर नमाज पढ्नु र यो पनि सम्भव भएन भने कोल्टे परेर नमाज पढ्नु ।
عربي अंग्रेजी उर्दू
मेरो यो मस्जिदमा पढिएको एक नमाज, मस्जिद हरम (मक्का) बाहेक अन्य मस्जिदहरूमा पढिएको एक हजार नमाज भन्दा उत्तम छ ।
عربي अंग्रेजी उर्दू
जसले अल्लाहको लागि मस्जिद बनाउँछ, अल्लाहले उसको लागि स्वर्गमा उस्तै घर बनाउनु हुन्छ ।
عربي अंग्रेजी उर्दू
जो कुनै सुन वा चाँदीको मालिक हुन्छ तर त्यसको हक अदा गर्दैन, उसलाई कयामतको दिन कडा सजाय दिइनेछ। त्यसका लागि आगोका पातहरू बनाइनेछन्, जुन जहन्नमको आगोमा दन्काइनेछन्।
عربي अंग्रेजी उर्दू
दानले धनमा कमी आउँदैन । जसले मानिसहरूलाई क्षमा गर्छ, अल्लाहले उसको इज्जत बढाउँछ र जसले अल्लाहको लागि आफूलाई नम्र बनाउँछ, अल्लाहले उसलाई उच्च दर्जा दिनुहुन्छ ।
عربي अंग्रेजी उर्दू
अल्लाह भन्नुहुन्छ: हे आदमको सन्तान! खर्च गर, म तिमीमा खर्च गर्नेछु ।
عربي अंग्रेजी उर्दू
जब मानिसले आफ्नो घरपरिवारमा सवाब (पुण्य) को नियतले खर्च गर्छ, त्यो उसको लागि दान (परोपकार) मानिन्छ ।
عربي अंग्रेजी उर्दू
जब मानिसको मृत्यु हुन्छ, उसका सबै कर्महरू बन्द हुन्छन्, सिवाय तीन चीजका: निरन्तर चलिरहने दान, ज्ञान जसबाट लाभ उठाइन्छ, र आस्थावान सन्तान जसले उसको लागि प्रार्थना गर्छ।
عربي अंग्रेजी उर्दू
चाँदी सुनको साटोमा यदि हाताहाती भएन भने ब्याज हो र गहुँ गहुँमा यदि हाताहाती भएन भने ब्याज हो र जौं जौंको साटोमा यदि हाताहाती भएन भने ब्याज हो , र खजूर खजूरको बदलामा यदि हाताहाती भएन भने ब्याज हो
عربي अंग्रेजी उर्दू
“हे मानिसहरू, सलाम (अभिवादन) फैलाउनु, खाना खुवाउनु, पारिवारिक सम्बन्ध कायम गर्नु र मानिसहरू सुतिरहेको बेला रातमा नमाज पढ्नु, (यसो गरेमा) तिमीहरू शान्तिका साथ जन्नत (स्वर्ग) मा प्रवेश गर्नेछौ ।”
عربي अंग्रेजी उर्दू
हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा मात्र स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो।
عربي अंग्रेजी उर्दू
जसले कुनै खाँचोमा परेको ऋणीलाई (ऋण चुक्ता गर्न) मोहलत दिन्छ वा उसको ऋण माफ गर्छ, अल्लाहले कयामतको दिन आफ्नो अर्श (सिंहासन) को छायाँमा उसलाई छायाँ दिनेछन्, जुन दिन त्यस छायाँ बाहेक अरू कुनै छायाँ हुनेछैन ।
عربي अंग्रेजी उर्दू
अल्लाहले त्यो व्यक्तिमाथि कृपा गरून् जसले किनबेच र ऋण असुल उपर गर्दा नम्रतापूर्वक व्यवहार गर्छ ।
عربي अंग्रेजी उर्दू
एकजना व्यक्तिले मानिसहरूलाई पैसा उधारो दिने गर्थ्यो। उसले आफ्नो नोकरलाई (ऋण उठाउन पठाउँदा) भन्थ्यो : "यदि कसैको ऋण तिर्न अवस्था छैन भने उसलाई माफ गरिदिनु। सायद अल्लाहले हामीलाई पनि क्षमा गरिदिनुहुनेछन्
عربي अंग्रेजी उर्दू
निस्सन्देह, अल्लाहको सम्पत्ति दुरुपयोग गर्नेहरुको परिणाम कयामतको दिन नरक हो ।
عربي अंग्रेजी उर्दू
अल्लाह तआला भन्नु हुन्छ: आदमको पुत्रको हरेक काम उसका लागि हो , (रोजा) उपवास बाहेक । साँच्ची नै त्यो यो मेरो लागि हो र म यसको प्रतिफल दिनेछु
عربي अंग्रेजी उर्दू
जसले पुण्य प्राप्त गर्ने उद्देश्यले ईमान र आस्थापूर्वक रमजानको रोजा राख्छ, उसका अघिल्ला पापहरू क्षमा गरिनेछ।
عربي अंग्रेजी उर्दू
रासूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम)ले पवित्र रमजान महिना का अन्तिम दस दिनमा इबादत गर्नमा यसरी परिश्रम गर्नुहुन्थ्यो जुन उहाँ अन्य समयहरूमा गर्दैन थिए।
عربي अंग्रेजी उर्दू