हदीसहरूको सूची

सबै मादक पदार्थहरू निषेधित छन्। अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :||"चारवटा गुणहरू छन्; जुन व्यक्तिमा यी सबै पाइन्छन्, ऊ पूर्ण मुनाफिक (पाखण्डी, कपटी) हो र यदि तीमध्ये कुनै एक गुण पाइन्छ भने, उसमा पाखण्डको एक अंश हुन्छ, जबसम्म उसले त्यसलाई त्याग्दैन। — जब ऊ बोल्छ, झूट बोल्छ; जब वाचा गर्छ, पूरा गर्दैन; जब विवाद गर्छ, अन्यायपूर्ण व्यवहार गर्छ; र जब सम्झौता गर्छ, त्यसमा धोका दिन्छ। यदि तिमीहरूले अल्लाहमाथि त्यसरी नै भरोसा गर्थ्यौ, जसरी वास्तविक रूपमा भरोसा गरिन्छ भने, उहाँले तिमीहरूलाई त्यसरी नै जीविका प्रदान गर्नुहुनेछ जसरी चराहरूलाई गर्नुहुन्छ। तिनीहरू बिहान भोकै बाहिर निस्कन्छन् र साँझ पेट भरिएर फर्कन्छन्। सद्गुण र पुण्य भनेको राम्रो आचरण हो र पाप त्यो हो जसले तिम्रो हृदयलाई असजिलो बनाउँछ वा मनमा खट्कन्छ र जसलाई अरूले थाहा पाऊन् भन्ने तिमीलाई मन पर्दैन। तिम्रो बोली सधैं अल्लाहको स्मरण र जिक्रमा तल्लीन रहोस्। अल्लाहले मेरो उम्मत (समुदाय) का लागि अज्ञानता र बिर्सिएर गरिएका गल्तीहरू तथा जोर-जबरजस्ती गरेर गर्न लगाइएका निषेध कार्यहरू क्षमा गरिदिनुभएको छ।
عربي अंग्रेजी उर्दू
संसारलाई त्याग र अल्लाहले तिमीलाई माया गर्नुहुनेछ र मानिसहरूसँग भएका कुराहरू त्याग, मानिसहरूले तिमीलाई माया गर्नेछन्।
عربي अंग्रेजी उर्दू
स्तनपानले ती नाताहरूलाई हराम (निषेध) बनाउँछ, जुन जन्मद्वारा (रगतको सम्बन्धले) हराम हुन्छन्।
عربي अंग्रेजी उर्दू
आदमको सन्तानले आफ्नो पेटभन्दा खराब कुनै भाँडो भर्दैन। मानिसलाई आफ्नो ढाड सोझो राख्न (अर्थात् जीवित रहन) केही गाँस खाना नै पर्याप्त हुन्छ। यदि उसले (पेट) भर्नै पर्ने भएमा, एक तिहाइ भाग खानाको लागि, एक तिहाइ पिउनेको लागि र एक तिहाइ भाग सासको लागि (छोड्नुपर्छ)।
عربي अंग्रेजी उर्दू
व्यक्तिको इस्लामको उत्कृष्टता भनेको उसलाई नचाहिने कुराहरू त्याग्नु हो।
عربي अंग्रेजी उर्दू
तिमी जहाँ भए पनि अल्लाहसँग डराऊ, नराम्रो काम गरेपछि राम्रो काम गर्ने गर ताकि त्यो मेटियोस् र मानिसहरूसँग राम्रो व्यवहार गर।
عربي अंग्रेजी उर्दू
कुनै मुस्लिम व्यक्तिको रगत वैध हुदैन, अर्थात् उसको हत्या गर्न अनुमति छैन, सिवाय तीन अवस्थाहरूमा
عربي अंग्रेजी उर्दू
(सम्पत्तिको) निर्धारित हिस्साहरू त्यसका हकदारहरूलाई प्रदान गर, त्यसपछि बाँकी रहेको सम्पत्ति सबैभन्दा निकटतम पुरुष उत्तराधिकारीको हुन्छ।
عربي अंग्रेजी उर्दू