عَنْ عَائِشَةَ رَضِيَ اللَّهُ عَنْهَا عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«الرَّضَاعَةُ تُحَرِّمُ مَا تُحَرِّمُ الوِلَادَةُ».
[صحيح] - [متفق عليه] - [الأربعون النووية: 44]
المزيــد ...
आमा आइशा (रजियल्लाहु अन्हा) बाट वर्णन गरिएको छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"स्तनपानले ती नाताहरूलाई हराम (निषेध) बनाउँछ, जुन जन्मद्वारा (रगतको सम्बन्धले) हराम हुन्छन्।"
[सही] - [मुत्तफकुन अलैहि] - [الأربعون النووية - 44]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभएको छ, जुन नाताहरू जन्म र रगतको सम्बन्धले निषेध गर्छ—जस्तै मामा, काका, भाइ— स्तनपान (रजाअत) ले पनि त्यसैलाई निषेध गर्दछ। जुन कुराहरू जन्मको सम्बन्धले वैध हुन्छन्, स्तनपान (रजाअत) को सम्बन्धले पनि ती कुराहरू वैध हुन्छन्।