हदीसहरूको सूची

निश्चय नै अल्लाहले अनिवार्य कर्तव्यहरू (फराइज) तोक्नुभएको छ, तिनलाई बेवास्ता नगर्नु। उहाँले कानुनी सीमाहरू (हुदूद) निर्धारण गर्नुभएको छ, तिनीहरूको उल्लङ्घन नगर्नु। उहाँले केही कुराहरूलाई निषेध (हराम) गर्नुभएको छ, ती वर्जित कार्यहरूमा संलग्न नहुनु। उहाँले केही कुराहरू बिर्सिएर होइन बरु तिमीहरूमाथि दया गरेर उल्लेख नगरी छोड्नुभएको छ, त्यसैले तिनको बारेमा अनावश्यक सोधपुछ नगर्नु।
عربي الإنجليزية الأوردية
इस्लाम पाँच कुराहरूमा आधारित छ
عربي الإنجليزية الأوردية
जुन कुरा प्रति तिमीलाई शङ्का छ, त्यसलाई छाडेर त्यो कुरा अपनाउनु जसमा कुनै शङ्का छैन।
عربي الإنجليزية الأوردية
निश्चय नै अल्लाहले हरेक कुरामा सद्भावना (इह्सान) अनिवार्य गर्नुभएको छ
عربي الإنجليزية الأوردية
यदि म अनिवार्य नमाजहरू कायम राख्छु, रमजानमा उपवास बस्छु, हलाल (वैध) लाई हलाल मानेर अनुसरण गर्छु र हराम कुराहरूलाई त्याग्छु
عربي الإنجليزية الأوردية
तहारत (पवित्रता) ईमानको आधा भाग हो। "अल्हम्दुलिल्लाह" (अल्लाहको प्रशंसा) ले सुकर्मको तराजुलाई पूर्ण रूपमा भर्छ। "सुब्हानल्लाह" र "अल्हम्दुलिल्लाह" यी दुवै पवित्र शब्दहरूले आकाशदेखि पृथ्वीसम्मको विशाल अन्तरिक्षलाई परिपूर्ण गरिदिन्छन्।
عربي الإنجليزية الأوردية
कसैलाई त्यत्तिकै हानि पुर्‍याउनु वा बदलामा हानि पुर्‍याउन अनुमति छैन
عربي الإنجليزية الأوردية
यदि मानिसहरूलाई उनीहरूको दाबीको आधारमा दिइयो भने कतिपयले जनताको सम्पत्ति र रगतको दाबी गर्नेछन् । तसर्थ, दाबी गर्नेले प्रमाण दिनुपर्छ र अस्वीकार गर्नेले कसम खानुपर्छ ।
عربي الإنجليزية الأوردية
सबै मादक पदार्थहरू निषेधित छन्।
عربي الإنجليزية الأوردية
जसले अल्लाहको लागि हज गर्यो, र (स्वास्नी सँग) सम्भोग गर्नु बाट र अनैतिक कार्यहरूबाट टाढा रह्यो भने ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ" ।
عربي الإنجليزية الأوردية
खानाको उपस्थितिमा वा कुनै व्यक्तिलाई दिसापिसाब लागेको छ भने नमाज पढ्नु हुँदैन ।
عربي الإنجليزية الأوردية
इमामले शुक्रबारको दिन खुत्बा (उपदेश) दिइरहेको बेला यदि तिमीले आफ्नो साथीलाई चुप लाग्न भन्यौ भने तिमीले पनि गलत (व्यर्थ) काम गरेको हुन्छौ।
عربي الإنجليزية الأوردية
पाँच कुरा फित्रत (प्राकृतिक) हुन्; खतना गर्नु, गुप्ताङ्गका रौं खौरनु, जुँगा छोटो पार्नु, नङ्ग काट्नु र काखीका रौं उखेल्नु ।”
عربي الإنجليزية الأوردية
जुँगा लाई काट र दाह्री बढाउ" ।
عربي الإنجليزية الأوردية
जसले मेरो यो वुजु झैं वुजु गर्छ र केहि नबोलीकन दुई रकात नमाज पढ्छ, अल्लाहले उसका अघिल्लो पापहरू क्षमा गर्नुहुन्छ
عربي الإنجليزية الأوردية
हे अल्लाह! मेरो कब्र (चिहान) लाई मूर्ति नबनाउनु
عربي الإنجليزية الأوردية
वास्तवमा, मुनाफिक (पाखंडी) हरूका लागि सबैभन्दा कठिन नमाज ईशा र फजरका नमाज हुन् । यदि तिनीहरूले यी नमाजहरूको महत्व थाहा पाएको भए घस्रेर भए पनि (मस्जिद) आउने थिए
عربي الإنجليزية الأوردية
तिमीहरू मध्ये कसैको वुजू भङ्ग भएमा, पुनः वुजू नगरेसम्म अल्लाहले उसको नमाज स्वीकार गर्नुहुन्न।
عربي الإنجليزية الأوردية
मिस्वाक (दतिवन) मुख सफा गर्ने र अल्लाहलाई खुशी पार्ने चिज हो ।
عربي الإنجليزية الأوردية
दैनिक पाँच नमाज, र एक शुक्रवारदेखि अर्को शुक्रबार (सम्मको प्रार्थना) र एक रमजानदेखि अर्को रमजान (सम्मको उपवास) ले ती दिनहरु बीच भएका पापहरू लाई मेटाई दिन्छ, यस शर्त साथ कि व्यक्तिले ठूला पापहरूबाट आफूलाई जोगाइ रहोस् ।
عربي الإنجليزية الأوردية
सम्बन्ध कायम राख्ने त्यो होइन जसले बदलामा सम्बन्ध कायम गर्छ, तर वास्तवमा सम्बन्धलाई जोगाउने त्यो हो जसले अरुले तोडे पनि उसले जोड्दछ ।
عربي الإنجليزية الأوردية
जसले पुण्य प्राप्त गर्ने उद्देश्यले ईमान र आस्थापूर्वक रमजानको रोजा राख्छ, उसका अघिल्ला पापहरू क्षमा गरिनेछ।
عربي الإنجليزية الأوردية
जसले ‘लैलतुल-कद्र’ (सम्मानित रात) मा विश्वास र पुण्यको आशा राख्दै कियाम (उपासना) गर्दछ, उसका अघिल्ला सबै पापहरू क्षमा हुनेछन्।
عربي الإنجليزية الأوردية
मैले तिमीहरूलाई नभनेको (अनावश्यक) कुराहरूलाई बेवास्ता गर । किनकि तिमीभन्दा अघिका राष्ट्रहरू (अनावश्यक) प्रश्न सोध्ने र आफ्ना नबीहरूसँग मतभेद गरेको कारणले नष्ट भएका थिए
عربي الإنجليزية الأوردية
हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ
عربي الإنجليزية الأوردية
अल्लाहले हर काममा राम्रो व्यवहार गर्न अनिवार्य गर्नुभएको छ
عربي الإنجليزية الأوردية
कसैलाई त्यत्तिकै हानि पुर्‍याउनु वा बदलामा हानि पुर्‍याउन अनुमति छैन । जसले कसैलाई हानि पुर्‍याउँछ, अल्लाहले उसलाई हानि पुर्‍याउनु हुन्छ र जसले अरूलाई दुःख दिन्छ, अल्लाहले उसलाई कष्ट दिनुहुनेछ ।
عربي الإنجليزية الأوردية
जिब्रीलले मलाई छिमेकीप्रति निरन्तर वसीयत गरीरहे यहाँसम्म कि मैले ख्याल गरे अब उनले छिटै छिमेकीलाई वारिस (उत्तराधिकारी) पनि बनाउने आदेश ल्याउनेछन्।
عربي الإنجليزية الأوردية
निःसनदेह, रुक्या (अल्लाह बाहेक अरुको नाम लिएर गरिने झाडफूँक) गर्नु, तावीज बाँध्नु र टुनामुना गर्नु शिर्क हो ।
عربي الإنجليزية الأوردية
मृतकलाई गालीगलौज नगर, किनकि उनीहरू पहिले गरेका (राम्रा वा नराम्रा) कर्मतर्फ फर्किसकेका छन् ।”
عربي الإنجليزية الأوردية
जसले बिहानको नमाज पढ्छ, ऊ अल्लाहको सुरक्षामा हुन्छ
عربي الإنجليزية الأوردية
दानले धनमा कमी आउँदैन । जसले मानिसहरूलाई क्षमा गर्छ, अल्लाहले उसको इज्जत बढाउँछ र जसले अल्लाहको लागि आफूलाई नम्र बनाउँछ, अल्लाहले उसलाई उच्च दर्जा दिनुहुन्छ ।
عربي الإنجليزية الأوردية
सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको व्यवहार राम्रो छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो त्यो हो जो आफ्नो महिलाहरु (छोरी/स्वास्नी)प्रति राम्रो हुन्छ ।
عربي الإنجليزية الأوردية
यो संसार अस्थायी सुख हो, र संसारको सबैभन्दा राम्रो सुख धर्मपरायण स्त्री हो।
عربي الإنجليزية الأوردية
अल्लाह भन्नुहुन्छ: हे आदमको सन्तान! खर्च गर, म तिमीमा खर्च गर्नेछु ।
عربي الإنجليزية الأوردية
पूरा गर्न सबैभन्दा उचित शर्त भनेको त्यो वाचा हो, जसद्वारा तपाईंले महिलाको गोप्य अंगलाई हलाल (वैध) बनाउनुभएको छ ।
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजमा सलाम फेरिसकेपछि यो दुआहरू पढेर अल्लाहको प्रशंसा व्यक्त गर्नुहुन्थ्यो ।
عربي الإنجليزية الأوردية
यी (दश) दिनहरूमा पुण्य कर्महरू गर्नु अरु दिनहरू भन्दा अल्लाहलाई बढी प्रिय छ ।" अर्थात जुल-हिज्जा महिनाको पहिलो दस दिन
عربي الإنجليزية الأوردية
जसले असरको नमाज छोड्छ, उसको कर्म व्यर्थ हुन्छ ।
عربي الإنجليزية الأوردية
जसले राम्रोसँग वुजु गर्छ, उसका पापहरू उसको नङ मुनि समेत शरीरबाट पखालिनेछन् ।
عربي الإنجليزية الأوردية
जब मानिसले आफ्नो घरपरिवारमा सवाब (पुण्य) को नियतले खर्च गर्छ, त्यो उसको लागि दान (परोपकार) मानिन्छ ।
عربي الإنجليزية الأوردية
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले क़ज़ा (अर्थात् टाउकोका केही भागमा मात्रै कपाल मुण्डन गर्ने) निषेध गर्नुभएको छ ।
عربي الإنجليزية الأوردية
चिहानहरूमाथि नबस्नु र त्यसतर्फ मुख गरेर नमाज नपढ्नु।
عربي الإنجليزية الأوردية
तिनीहरू यस्ता मानिसहरू थिए, जब तिनीहरूमध्ये कुनै धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो, तिनीहरूले उसको चिहानमाथि मस्जिद बनाइदिन्थे
عربي الإنجليزية الأوردية
मलाई सातवटा अंगहरूमा सजदा गर्न आदेश दिइएको छ
عربي الإنجليزية الأوردية
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई सजदाको बीचमा यो दुआ पढ्नु हुन्थ्यो: "अल्ला हुम्मग फिर्ली, वर्हम्नी व आफिनी वह्दिनी वर्जुकनी ।" (हे अल्लाह! मलाई क्षमा गर्नुहोस्, ममाथि दया गर्नुहोस्, मलाई शान्ति दिनुहोस्, मलाई मार्गदर्शन गर्नुहोस् र मलाई जीविका दिनुहोस्) ।
عربي الإنجليزية الأوردية
अल्लाहुम्म अन्तस्सलाम व मिन्कस्सलाम तबारक्त या जल्-जलालि वल्-इक्राम्
عربي الإنجليزية الأوردية
उभिएर नमाज पढ्नु, नसक्ने भए बसेर नमाज पढ्नु र यो पनि सम्भव भएन भने कोल्टे परेर नमाज पढ्नु ।
عربي الإنجليزية الأوردية
के तपाईं अजान सुन्नुहुन्छ ?" उनले जवाफ दिए, "हो, म सुन्छु" त्यसपछि उहाँले भन्नुभयो: "त्यसो भए तपाइँ नमाज पढ्न मस्जिदमा आउनुपर्छ ।
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई खुत्ब-ए-हाजत
عربي الإنجليزية الأوردية
वली (अभिभावक) बिना निकाह (विवाह) हुँदैन ।
عربي الإنجليزية الأوردية
“जसले मुआहद् (मुस्लिमसँग सन्धि भएको गैर-मुस्लिम) को हत्या गर्छ, उसले स्वर्गको सुगन्ध पनि पाउनेछैन, जबकि स्वर्गको सुगन्ध चालीस वर्षको दूरीबाट आउँछ ।”
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले न्यायिक मामिलामा घुस दिने र लिने दुवैलाई श्राप दिनुभएको छ ।
عربي الإنجليزية الأوردية
इस्लाम पाँच कुराहरूमा आधारित छ
عربي الإنجليزية الأوردية
यदि मैले अनिवार्य सलाह (नमाज) हरू कायम गरें, रमजानमा उपवास राखें र हलाल (वैध) लाई हलाल माने र हरामलाई त्यागे
عربي الإنجليزية الأوردية
तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई भरि दिन्छ
عربي الإنجليزية الأوردية
“कुर्कुच्चाहरूलाई नरकको आगोबाट जोगाऊ, वुजू राम्ररी पूरा गर।”
عربي الإنجليزية الأوردية
जब मुअज्जिन (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ र (जवाफमा) तिमीहरूमध्ये कसैले (अल्लाहु अक्बर, अल्लाहु अक्बर)
عربي الإنجليزية الأوردية
यदि कुनै व्यक्तिले नमाज पढ्न बिर्सियो भने याद आउने बित्तिकै नमाज पढ्नुपर्छ र यो नै यसको प्रायश्चित हो
عربي الإنجليزية الأوردية
वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।
عربي الإنجليزية الأوردية
हामी र तिनीहरूको बीचमा रहेको फरक नमाज (सलाह) हो । जसले यसलाई त्याग्छ उसले कुफ्र गर्यो ।
عربي الإنجليزية الأوردية
कुनै एक युद्धमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक महिला मारिएको अवस्थामा भेटिइन्। यो देखेपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाहरू र बालबालिकालाई मार्न कडाइका साथ निषेध गर्नुभयो।
عربي الإنجليزية الأوردية
मन्नत (भाकल) गर्न निषेध गर्नुभयो र भन्नुभयो: "मन्नतले कुनै फाइदा गर्दैन, यसले केवल कन्जुसबाट उसको धन निकाल्छ।
عربي الإنجليزية الأوردية
अल्लाहको कसम! जब म कुनै कुरा प्रति कसम खान्छु, अनि त्योभन्दा अर्को कुरामा भलाइ देख्छु भने, म आफ्नो कसमको कफ्फारा (प्रायश्चित) दिन्छु र त्यही गर्छु जुन उत्तम हुन्छ।
عربي الإنجليزية الأوردية
कियामत (प्रलय) को दिन मानिसहरूबीचमा सर्वप्रथम रक्तपात (हत्या) को बारेमा फैसला गरिनेछ।
عربي الإنجليزية الأوردية
जसले अल्लाहको वचन (तौहीद) सर्वोच्च होस् भन्ने लक्ष्य लिएर लड्छ, ऊ नै मात्र अल्लाहको मार्गमा लडिरहेको हुन्छ।
عربي الإنجليزية الأوردية
तपाईंहरूले अजान सुन्दा मुअज्जिनले भने जस्तै शब्दहरू दोहोर्याउनुहोस्।
عربي الإنجليزية الأوردية
मोजालाई नफुकाल्नु; किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ
عربي الإنجليزية الأوردية
यो नसोमा विकृतिको कारणले हुने रोग हो । जति दिन महिनावारी आउथ्यो त्यति दिनमा मात्र नमाज नपढ र त्यसपछि नुहाऊ र नमाज पढ ।
عربي الإنجليزية الأوردية
नमाज पढ्दा सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस्; किनकि सफ (पङ्क्ति) हरू सिधा गर्नु नमाजको पूर्णताको एक भाग हो ।
عربي الإنجليزية الأوردية
“जब तिमीहरूमध्ये कसैले वुजू गर्छ, उसले नाकमा पानी हालेर राम्रोसँग सफा गरोस्। जसले इस्तिन्जा (ढुंगाद्वारा शुद्धता प्राप्त गर्नु) गर्छ, उसले विजोर सङ्ख्यामा ढुंगा प्रयोग गरोस्।
عربي الإنجليزية الأوردية
निश्चय नै यो संसार मधुर र रमणीय छ। अल्लाहले तिमीहरूलाई यस संसारमा उत्तराधिकारी बनाउनुभएको छ र उहाँले हेर्नुहुन्छ कि तिमीहरू के कसरी कर्म गर्छौ। तसर्थ, संसार (को मोह माया) बाट सचेत रहनु र महिलाहरूबाट पनि सचेत रहनु
عربي الإنجليزية الأوردية
मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट दस रकाअतहरू सिकेको छु
عربي الإنجليزية الأوردية
नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब राति निद्राबाट ब्युँझनुहुन्थ्यो, तब मिस्वाक (दतवन) ले आफ्नो मुख सफा गर्नुहुन्थ्यो।
عربي الإنجليزية الأوردية
कुनै पनि मुमिन पुरुषले मुमिन महिलालाई घृणा गर्नु हुँदैन । यदि उसलाई उसको एउटा गुण मन पर्दैन भने अन्य बानी मन पर्नेछ ।
عربي الإنجليزية الأوردية
जब तिमीहरू दिशा-पिसाब गर्न जान्छौ, तब किब्लातर्फ न मुख गर, न त पिठ्यूँ फर्काऊ, बरु पूर्व वा पश्चिमतर्फ फर्केर शौच गर
عربي الإنجليزية الأوردية
तिमीहरूमध्ये कसैले पनि पिसाब गर्दा दाहिने हातले आफ्नो गोप्यअंग नसमातोस्, न त शौचपछि दाहिने हातले इस्तिन्जा (पखाल्ने काम) गरोस्, र न त भाँडा (मा पानी पिउँदा) भाँडोभित्र सास फेरोस्।
عربي الإنجليزية الأوردية
के तिमीहरूमध्ये जसले (सज्दा वा रुकूअ् बाट उठ्दा) इमामभन्दा अगाडि आफ्नो टाउको उठाउँछ, उसलाई अल्लाहले उसको टाउकोलाई गधाको टाउकोमा परिणत गरिदिनुहुन्छ वा उसको रूपलाई गधाको रूपजस्तै बनाइदिनुहुन्छ भन्ने कुराको डर छैन?
عربي الإنجليزية الأوردية
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) तकबीर भनी नमाज सुरु गर्नुहुन्थ्यो
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई 'तशह्हुद' सिकाउनु भयो जसरी उहाँले मलाई कुरानको सुरह सिकाउनुहुन्थ्यो
عربي الإنجليزية الأوردية
अल्लाहुम्म इन्नी अऊजु बिक मिन् अजाबिल्-कब्र, व मिन् अजाबिन्नार, व मिन् फित्-नतिल्-मह्-या वल्-ममात्, व मिन् फित्-नतिल् मसीहिद्-दज्जाल्
عربي الإنجليزية الأوردية
अल्लाहुम्म बाइद् बैनी व बैन खता-याय, कमा बाअत्त बैनल्-मश्रिकि वल्मग्रिब्
عربي الإنجليزية الأوردية
यदि कुकुरले तपाईहरूमध्ये कसैको भाँडोबाट पानी पिइहाल्यो भने, त्यसलाई सात पटक धुनुपर्छ।
عربي الإنجليزية الأوردية
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयमा प्रवेश गर्नुहुन्थ्यो तब यो दुआ भन्नुहुन्थ्यो: "अल्लाहुम्म इन्नी अऊजु बिक मिनल्-खुबुसि वल्-खबाइस् ।
عربي الإنجليزية الأوردية
जसले निष्कपट हृदयले अल्लाहसँग शहादत (धर्मको लागि जीवन उत्सर्ग) प्राप्त गर्न प्रार्थना गर्छ, अल्लाहले उसलाई शहीदहरूकै दर्जामा पुर्‍याउनुहुन्छ; चाहे उसको मृत्यु आफ्नै ओछ्यानमा नै किन नहोस्।
عربي الإنجليزية الأوردية
जनाबत (सम्भोग वा वीर्य निस्केपछि गरिने) स्नानको विधि
عربي الإنجليزية الأوردية
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जनाबत (सम्भोगको कारणले हुने अशुद्धि) ले गर्दा स्नान गर्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हात धुनुहुन्थ्यो र नमाजको लागि वुजू गरे झैं वुजू गर्नुहुन्थ्यो, त्यसपछि स्नान गर्नुहुन्थ्यो
عربي الإنجليزية الأوردية
मलाई अत्यधिक मज़ी (यौन इच्छा वा उत्तेजना हुँदा निस्कने पातलो र चिप्लो पदार्थ) निस्किन्थ्यो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को ज्वाइँ भएको कारणले उहाँसंग यस बारेमा सोध्न मलाई लाज लाग्यो । त्यसैले मैले मिक्दाद बिन अस्वदलाई सोध्न लगाए र उनले सोधेपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यस्तो व्यक्तिले आफ्नो गुप्तांग धोएर वुजू गरे हुन्छ
عربي الإنجليزية الأوردية
, ‘कुन कर्म अल्लाहलाई सबैभन्दा प्रिय छ?’ उहाँले जवाफ दिनुभयो: ‘समयमै नमाज पढ्नु।’ मैले फेरि सोधें, त्यसपछि? उहाँले भन्नुभयो: ‘आमाबाबुसँग राम्रो व्यवहार गर्नु।’ मैले पुनः सोधें, त्यसपछि? उहाँले जवाफ दिनुभयो: ‘अल्लाहको मार्गमा जिहाद (धार्मिक युद्ध) गर्नु
عربي الإنجليزية الأوردية
यस्तो कुनै दिन जाँदैन जब सेवकहरू बिहान उठ्छन्, आकाशबाट दुईटा स्वर्गदूतहरू ओर्लँदैनन्। एउटा स्वर्गदूत भन्छ, 'हे अल्लाह! खर्च गर्नेलाई उत्तम प्रतिफल दिनुहोस्, अर्को भन्छ: हे अल्लाह, कंजूषलाई नष्ट गर्नुहोस्।
عربي الإنجليزية الأوردية
“अल्लाहको कसम! यदि अल्लाहले तिम्रो माध्यमबाट एक जना मात्र व्यक्तिलाई पनि सही मार्ग (हिदायत) मा ल्याइदिनुभयो भने, त्यो तिम्रा लागि राता-राता ऊँटहरू (त्यस समयको सबैभन्दा मूल्यवान् सम्पत्ति) प्राप्त गर्नुभन्दा धेरै उत्तम हुनेछ।
عربي الإنجليزية الأوردية
जसले अल्लाहको बाटोमा जिहाद गर्ने (योद्धा) लाई (युद्ध उपकरणहरू उपलब्ध गराएर) तयार गर्छ, उसले पनि जिहाद गरेको हुन्छ। र, जसले युद्धमा जाने व्यक्तिको परिवारको राम्रो रेखदेख गर्छ, उसले पनि जिहाद गरे सरह हुन्छ।
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जस्तै वुजू गरेर देखाए
عربي الإنجليزية الأوردية
तिम्रो लागि आफ्नो हातले यसरी गर्न पर्याप्त थियो ।" त्यसपछि उहाँले आफ्नो दुवै हात भुइँमा एक पटक हान्नुभयो र आफ्नो दाहिने हातले देब्रे हात, हत्केलाको पछाडि र अनुहारमा मसह (पुछ्नुभयो) गर्नुभयो ।
عربي الإنجليزية الأوردية
मभन्दा पहिले अल्लाहले पठाएका सबै नबीहरूका आफ्ना अनुयायीहरूबाट नै चेला, सहयोगी र साथीहरू थिए जसले उनीहरूको सुन्नतलाई पछ्याएका थिए र उनीहरूको आदेशहरूको अनुसरण गर्थे
عربي الإنجليزية الأوردية
मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग बैअत (प्रतिज्ञा) गरेँ कि अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ भनी गवाही दिनेछु, नमाज कायम गर्नेछु, जकात तिर्नेछु, शासकप्रति वफादार रहनेछु र हरेक मुस्लिमको हित र कल्याण गर्नेछु।
عربي الإنجليزية الأوردية
! म तिमीलाई हरेक नमाजपछि यो दुआ पढ्न नछोड्न सल्लाह दिन्छु: "अल्लाहुम्म अइन्नी अला जिक्रिक व शुक्रिक व हुस्नि इबादतिक।" हे अल्लाह, मलाई तपाईंको जिक्र (स्तुति) गर्न, तपाईंको कृतज्ञता व्यक्त गर्न र उत्तम तरिकाले तपाईंको उपासना गर्न मद्दत गर्नुहोस्।
عربي الإنجليزية الأوردية
अल्लाह भन्नुहुन्छ: आदमको सन्तानको हरेक कर्म उसको लागि हो, (रोजा) उपवास बाहेक, किनकि यो केवल मेरो लागि हो र म यसको प्रतिफल दिनेछु
عربي الإنجليزية الأوردية
हे अल्लाह! म तपाईंको क्रोधबाट तपाईंको खुशीमा शरण लिन्छु र तपाईंको दण्डबाट तपाईंको क्षमामा शरण लिन्छु। म तपाईंको गौरवशाली गुणहरू मार्फत तपाईंको शरण चाहन्छु। म तपाईंको अधिकार अनुसार तपाईंको प्रशंसा गर्न सक्दिन। तपाईंले जस्तो आफ्नो प्रशंसा गर्नुभएको छ त्यस्तै हुनुहुन्छ।
عربي الإنجليزية الأوردية
मैले आइशा (रजियल्लाहु अन्हा) लाई सोधेँ, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) घरमा प्रवेश गर्नुहुन्थ्यो, उहाँले सबैभन्दा पहिले के गर्नुहुन्थ्यो? उनले जवाफ दिइन्: उहाँ मिस्वाक गर्नुहुन्थ्यो।
عربي الإنجليزية الأوردية
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सामु एक जना मानिसको बारेमा चर्चा गरियो जो सूर्योदय नभएसम्म सुतिरहेको थियो। यो सुनेर उहाँले भन्नुभयो: "यो त्यस्तो मानिस हो जसको कानमा वा दुवै कानमा शैतानले पिसाब फेरेको छ।
عربي الإنجليزية الأوردية
तिमीहरूमध्ये प्रत्येक मानिस राति सुत्दा शैतानले उसको टाउको पछाडि तीनवटा गाँठो बाँध्छ र प्रत्येक गाँठोमा फुँक्छ र भन्छ, 'सुत, अझै धेरै रात बाँकी छ।
عربي الإنجليزية الأوردية
'अल्लाहको निम्ति धेरैभन्दा धेरै सज्दा गर्ने गर; किनकि जब तिमीले अल्लाहका लागि एउटा सज्दा गर्छौ, अल्लाहले त्यसबापत तिम्रो एक दर्जा उच्च बनाउनुहुन्छ र तिम्रो एउटा पाप मेटाइदिनुहुन्छ।'
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रमजानको अन्तिम दश दिनमा इबादतमा कडा परिश्रम गर्नुहुन्थ्यो, तर अन्य दिनहरूमा त्यति धेरै गर्दैनथे।
عربي الإنجليزية الأوردية
जसको पाइला अल्लाहको बाटोमा धूलोले भरिएको हुन्छ, त्यस व्यक्तिलाई (नर्कको आगोले) छुने छैन।
عربي الإنجليزية الأوردية
जो चाहन्छ कि अल्लाहले उसलाई प्रलयको दिनको कठिनाइबाट बचाओस्, उसले गरिबलाई राहत देओस् वा उसको ऋण (केही वा सबै) माफ गरोस्।
عربي الإنجليزية الأوردية
जसले दुई शीतल समयको नमाज पढ्छ ऊ स्वर्ग मा प्रवेश गर्नेछ ।
عربي الإنجليزية الأوردية
स्तनपानले ती नाताहरूलाई हराम (निषेध) बनाउँछ, जुन जन्मद्वारा (रगतको सम्बन्धले) हराम हुन्छन्।
عربي الإنجليزية الأوردية
मेरा परममित्र (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई तीन चिजका बारेमा अर्ती दिनु भयो: हरेक महिनामा तीन दिन रोजा राख्ने, चाश्तको समयमा दुइ रक्अत नमाज र सुत्नु भन्दा पहिला वित्र पढ्ने ।
عربي الإنجليزية الأوردية
जब तिमीहरूले (रमजानको) चन्द्रमा देख्छौ, तब रोजा राख र जब तिमीहरू (शव्वालको) चन्द्रमा देख्छौ, तब रोजा बस्न छोडिदेऊ । यदि आकाशमा बादल लागेको छ भने अनुमान गर (अर्थात् महिनाको तीस दिन पूरा गर)।
عربي الإنجليزية الأوردية
जुन कुराले तिमीलाई शंकामा हाल्छ त्यो कुरा छोडेर त्यसलाई अपनाउनुपर्छ जसमा तिमी शंकामा पर्दैनौ । किनभने इमानदारी भनेको ढुक्क हुनु हो र झूट भनेको शंका हो।
عربي الإنجليزية الأوردية
समुहका साथ पढिएको नमाज (को पुण्य र श्रेष्ठता) बजार वा घरमा पढिएको नमाज भन्दा बीस दर्जा बढी हुन्छ
عربي الإنجليزية الأوردية
कुनै मुस्लिम व्यक्तिको रगत वैध हुदैन, अर्थात् उसको हत्या गर्न अनुमति छैन, सिवाय तीन अवस्थाहरूमा
عربي الإنجليزية الأوردية
यदि मानिसहरूलाई उनीहरूको दाबीको आधारमा दिइयो भने कतिपयले जनताको सम्पत्ति र रगतको दाबी गर्नेछन् । तसर्थ, दाबी गर्नेले प्रमाण दिनुपर्छ र अस्वीकार गर्नेले कसम खानुपर्छ ।
عربي الإنجليزية الأوردية
जसले लसुन वा प्याज खाएको छ, ऊ हामीबाट टाढा रहोस् - वा उहाँले भन्नुभयो: हाम्रो मस्जिदबाट टाढा रहोस् र आफ्नो घरमा बसोस्।
عربي الإنجليزية الأوردية
तिमीहरू के सोच्छौ, यदि तिमीहरूमध्ये कसैको घरको ढोका नजिकैबाट एउटा नदी बगिरहेको होस् र ऊ दिनको पाँच पटक त्यसमा नुहाउँछ भने, के उसको शरीरमा कुनै मैलो बाँकी रहन्छ?
عربي الإنجليزية الأوردية
आफ्ना छोराछोरीहरू सात वर्षको हुँदा सलाह (नमाज) पढ्न आदेश दिनु र दस वर्षको हुँदा तिनीहरूलाई (नमाज नपढे) पिट्नु र उनीहरूको ओछ्यान अलग गर्दिनु ।
عربي الإنجليزية الأوردية
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीकहाँ आउनुभयो, हामीले भन्यौं: हे अल्लाहका रसूल! तपाईंलाई सलाम (अभिवादन) कसरी गर्ने भनेर हामीले सिकेका छौं, तर तपाईंमाथि दरुद कसरी पठाउने ?
عربي الإنجليزية الأوردية
जसले नमाजमा सूरह फातिहा पढ्दैन, उसको नमाज मान्य हुँदैन।
عربي الإنجليزية الأوردية
जसले जुमा (शुक्रबार) को दिन 'जनाबत' (सम्भोग पछि गरिने स्नान) जस्तै स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिद जान्छ, उसले एउटा ऊँट दान गरे सरह पुण्य प्राप्त गर्छ
عربي الإنجليزية الأوردية
तिमीहरूमध्ये जो कोही शुक्रबारको नमाज पढ्न आउँछ उसले स्नान गर्नुपर्छ।
عربي الإنجليزية الأوردية
जसले राम्रोसँग वुजू गर्छ, त्यसपछि जुमुआको नमाज़मा आउँछ, ध्यानपूर्वक खुत्बा सुन्छ तथा चुप लागेर बस्छ, उसका त्यस शुक्रबारदेखि अर्को शुक्रबारसम्म र थप तीन दिनका पापहरू क्षमा गरिन्छन्।
عربي الإنجليزية الأوردية
जो बिहान वा बेलुका मस्जिद जान्छ, अल्लाहले उसको लागि स्वर्गमा स्वागतका लागि स्थान तयार गर्नुहुन्छ, हरेक पटक जब ऊ बिहान वा बेलुका मस्जिद जान्छ।
عربي الإنجليزية الأوردية
“हे मानिसहरू, सलाम (अभिवादन) फैलाउनु, खाना खुवाउनु, पारिवारिक सम्बन्ध कायम गर्नु र मानिसहरू सुतिरहेको बेला रातमा नमाज पढ्नु, (यसो गरेमा) तिमीहरू शान्तिका साथ जन्नत (स्वर्ग) मा प्रवेश गर्नेछौ ।”
عربي الإنجليزية الأوردية
“तिमीहरू सबै जिम्मेवार छौँ र प्रत्येकलाई उस्को जिम्मेवारीबारे सोधिनेछ ।
عربي الإنجليزية الأوردية
तिमीहरूमध्ये जोसँग विवाह गर्ने सामर्थ्य छ, उसले विवाह गरिहालोस्। किनकि विवाहले आँखालाई झुकाउने (अवैध दृष्टिबाट बचाउने) र लज्जास्थानलाई सुरक्षित राख्ने काम गर्छ। र जससँग सामर्थ्य छैन, उसले रोजा (व्रत) राखोस्। किनकि व्रतले यौन इच्छालाई कमजोर गर्छ ।
عربي الإنجليزية الأوردية
तिमीहरूले महिलाहरूको घरमा प्रवेश गर्नबाट जोगिनु पर्छ।" यो सुनेर एक अन्सारी पुरुषले सोधे: हे अल्लाहका रसूल! पतिका नजिकका आफन्तहरू (भाइहरू आदि) को बारेमा तपाईं के भन्नुहुन्छ? उहाँले भन्नुभयो: "महिलाका पतिका आफन्त मृत्यु हो।
عربي الإنجليزية الأوردية
यदि चाँदी, सुनको सट्टामा नगद छैन भने ब्याज लाग्छ। यदि गहुँ, गहुँको सट्टामा नगद छैन भने ब्याज लाग्छ। यदि जौ, जौको सट्टामा नगद छैन भने ब्याज लाग्छ। यदि खजूर, खजूरको सट्टामा नगद छैन भने ब्याज लाग्छ।
عربي الإنجليزية الأوردية
शरीरको जुन भागमा तिमीलाई दुख्छ त्यहाँ आफ्नो हात राख र तीन पटक भन: "बिस्मिल्लाह" र सात पटक "अऊज़ु बिल्लाहि व क़ुदरतिही मिन शर्रि मा अजिदु व उहाज़िरु" पढ। अर्थ: म अल्लाह र उहाँको सामर्थ्यद्वारा उहाँको शरण माग्छु त्यो कुराको खराबीबाट जो म महसुस गर्दैछु र जसको मलाई डर लागिरहेको छ ।
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सम्पूर्ण मानिसहरूमध्ये सर्वाधिक परोपकारी हुनुहुन्थ्यो। विशेषगरी रमजानको महिनामा, जब जिब्रील (अलैहिस्सलाम) उहाँसँग भेट गर्नुहुन्थ्यो
عربي الإنجليزية الأوردية
जो सूर्योदय र सूर्यास्त अघि प्रार्थना गर्छ, त्यो कहिल्यै नर्कमा प्रवेश गर्नेछैन।
عربي الإنجليزية الأوردية
जब फर्ज नमाजको समय हुन्छ र एउटा मुस्लिमले राम्रोसँग वुजू गर्छ र नम्रताका साथ राम्रोसँग रूकु र सज्दा गरी नमाज पढ्छ भने त्यो नमाज उसको अघिल्ला पापहरूका लागि प्रायश्चित (क्षमाको कारण) हुन्छ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन, र (अल्लाहको दयाले) यो सधैँ जारी रहनेछ।
عربي الإنجليزية الأوردية
प्रत्येक अनिवार्य नमाज पछि जसले पनि यी मु'अक्किबात (नमाजपछि पढिने जिक्रहरू) पढ्छ, ऊ कहिल्यै असफल हुनेछैन—ती हुन्: ३३ पटक ‘सुभानल्लाह, ३३ पटक ‘अल्हम्दुलिल्लाह र ३४ पटक ‘अल्लाहु अकबर’"।
عربي الإنجليزية الأوردية
जसले मुअज्जिन (अजान दिने व्यक्ति) को अजान सुनेपछि भन्छ, "अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुहु, रजीतु बिल्लाहि रब्बा व बि मुहम्मदिन् रसूला व बिल्-इस्लामि दीना", उसका पापहरू क्षमा हुनेछन्।
عربي الإنجليزية الأوردية
जसको सुन वा चाँदी छ र त्यसको जकात तिर्दैन, कयामतको दिन उसको लागि आगोका थालहरू तयार पारिनेछन्
عربي الإنجليزية الأوردية
अल्लाहले हरेक व्यक्तिसँग प्रत्यक्ष संवाद गर्नुहुनेछ, जहाँ उहाँ र व्यक्तिबीच कुनै अनुवादक हुनेछैन।
عربي الإنجليزية الأوردية
समुद्रको पानी शुद्ध छ र त्यसको मृत वैध छ।
عربي الإنجليزية الأوردية
जब पानी दुई कुल्ला (दुई ठूला गाग्रा बराबर) हुन्छ, यसले फोहोरलाई प्रभाव पार्न दिँदैन।
عربي الإنجليزية الأوردية
जब तिमीहरूमध्ये कोही निद्राबाट ब्यूँझन्छ, उसले आफ्नो नाकमा तीन पटक पानी खन्याएर सफा गरोस्, किनकि शैतानले उसको नाकको प्वालमा रात बिताउँछ।
عربي الإنجليزية الأوردية
एकजना व्यक्तिले वुजू गरे, तर उनको खुट्टामा नङको आकार बराबर स्थान सुक्खा नै रह्यो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यो देखेर भन्नुभयो: “फर्केर जाऊ र आफ्नो वुजू राम्रोसँग पूरा गरेर आउ।” त्यसपछि उनले फर्केर राम्रोसँग वुजू गरे र नमाज पढे।
عربي الإنجليزية الأوردية
नबी (सल्लल्लाहु अलैहि वसल्लम) एक ‘साअ’ देखि पाँच ‘मुद’ सम्म पानीले नुहाउनुहुन्थ्यो र एक ‘मुद’ पानीले वुजू गर्नुहुन्थ्यो ।
عربي الإنجليزية الأوردية
जसले राम्ररी वुजू गर्छ र त्यसपछि एकाग्रचित्त भएर दुई रकात नमाज पढ्छ, उसका लागि स्वर्ग अनिवार्य हुन्छ।
عربي الإنجليزية الأوردية
जब तिमीहरूमध्ये कोही वुजु गर्छ र मोजा लगाउँछ, उसले त्यसैमा नमाज पढोस् र त्यसमाथि मसह (स्पर्श) गरोस् र यदि उसले चाहन्छ भने, अपवित्र अवस्था (जनाबत) बाहेक कुनै पनि अवस्थामा त्यसलाई नफुकालोस्।
عربي الإنجليزية الأوردية
हे महिलाहरू, दान गर, किनभने मैले तिमीहरूलाई धेरै संख्यामा नरकमा देखेको छु।" त्यसपछि महिलाहरूले भने: "कसरी, हे रसूल?" उनले भने: "तिमीहरू बारम्बार गाली-गलौच गर्छौ र आफ्ना पतिको नाफरमानी गर्छौ।" "मैले बुद्धि र धर्ममा अपूर्ण भएको भए पनि तिमीहरू (महिलाहरू) जस्तो कुनै पनि व्यक्ति देखेको छैन जसले एक बुद्धिमान र अनुभव भएको पुरुषको विवेकलाई विकृत पारिदिन्छ।
عربي الإنجليزية الأوردية
हामीले (महिनावारीबाट) पवित्र भएपछि निस्कने माटो मिसिएको पानीको रंग (भूरा; खैरो) वा पहेँलो रंगको पदार्थलाई केही (महिनावारीको रगतको रूपमा) मान्दैन थियौं ।
عربي الإنجليزية الأوردية
तिमीलाई पहिला जति दिन महिनावारी हुन्थ्यो, त्यति दिनलाई महिनावारी ठानेर पर्ख, अनि त्यसपछि नुहाऊ।
عربي الإنجليزية الأوردية
शुक्रबारको दिन स्नान गर्नु प्रत्येक वयस्क व्यक्तिमाथि अनिवार्य छ, साथै दाँत माझ्नु र सम्भव भएमा सुगन्ध (अत्तर) पनि लगाउनु ।
عربي الإنجليزية الأوردية
कुनै पनि महिलाले दुई दिनको दूरीको यात्रा श्रीमान् वा महरम
عربي الإنجليزية الأوردية
जसले अज़ान सुनेपछि भन्छ: اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ التَّامَّةِ، وَالصَّلاَةِ القَائِمَةِ، آتِ مُحَمَّدًا الوَسِيلَةَ وَالفَضِيلَةَ، وَابْعَثْهُ مَقَامًا مَحْمُودًا الَّذِي وَعَدْتَهُ (हे अल्लाह! यस सम्पूर्ण आह्वान र स्थिर प्रार्थनाका मालिक, रसूल अलैहि व सल्लम) लाई वसीला (जन्नतमा सबै भन्दा ऊँच्च स्थान) र श्रेष्ठतम दर्जा प्रदान गर्नुहोस् र उहाँलाई त्यो प्रशंसनीय स्थान दिनुहोस् जुन तपाईंले उहाँलाई वाचा गर्नुभएको हो)। "कयामतको दिन उसको लागि मेरो सिफारिश अनिवार्य हुनेछ।
عربي الإنجليزية الأوردية
तिमीहरूमध्ये कसैले पनि यस्तो लुगा लगाएर नमाज पढ्नु हुँदैन जसको काँधमा त्यसको कुनै भाग नहोस्।
عربي الإنجليزية الأوردية
जब तिमी सज्दा गर्छौ, आफ्नो हत्केला भुइँमा राख र कुहिनाहरू माथि उठाऊ।
عربي الإنجليزية الأوردية
मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) संग नमाज पढें। उहाँले आफ्नो दाहिने तर्फ "अस्-सलामु अलैकुम व रहमतुल्लाही व बरकातुह" भनेर सलाम फेर्नुहुन्थ्यो र देब्रेतर्फ "अस्-सलामु अलैकुम व रहमतुल्लाही व बरकातुह" भनेर सलाम फेर्नुहुन्थ्यो।
عربي الإنجليزية الأوردية
जसले प्रत्येक नमाजपछि ‘सुब्हानअल्लाह्’ ३३ पटक, ‘अल्हम्दु-लिल्लाह्’ ३३ पटक, ‘अल्लाहु-अक्बर’ ३३ पटक, यो कुल ९९ पटक भयो, त्यसपछि ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १ पटक भनेर १०० को संख्या पुरा गर्छ, उसका सम्पूर्ण पापहरू क्षमा गरिन्छन्, चाहे ती समुद्रको फिँज बराबर नै किन नहुन् ।”
عربي الإنجليزية الأوردية
जसले हरेक फर्ज नमाजपछि 'आयतुल कुर्सी' पढ्छ, उसलाई मृत्यु बाहेक अरू कुनै चीजले स्वर्ग जानबाट रोक्न सक्दैन ।
عربي الإنجليزية الأوردية
जब तिमीहरूमध्ये कसैलाई आफ्नो नमाजमा शंका लाग्छ र उसले तीन वा चार कति रकातहरू पढेको हो थाहा छैन भने उसले शंकालाई त्यागोस् र जुन कुरामा पूर्ण निश्चित छ, त्यसैमा आधारित भई नमाज पूरा गरोस्। अनि सलाम फर्काउनुभन्दा पहिले दुईवटा सज्दा (सज्दा-ए-सहव) गरोस्।
عربي الإنجليزية الأوردية
नबी (सलल्लाहु अलैहि वसल्लम) ले जुहरको नमाजभन्दा पहिलेको चार रकअत र फज्रको नमाजभन्दा पहिलेको दुई रकअत (सुन्नत) कहिल्यै छोड्नुहुन्नथ्यो।
عربي الإنجليزية الأوردية
जसले जुहरको नमाजअघि र पछि चार रकअत नियमित रूपमा अदा गर्छ, अल्लाहले उसको लागि नर्कको आगोलाई हराम गर्नुहुनेछ।
عربي الإنجليزية الأوردية
रसूलुल्लाह (सलल्लाहु अलैहि वसल्लम) ले फज्रको नमाजका दुई रकआतहरूमा { सूरा अल-काफिरून} र {सूरा अल-इखलास} पाठ गर्नु भयो।
عربي الإنجليزية الأوردية
“(नमाजमा) पुरुषहरूको लागि सबैभन्दा उत्तम पङ्क्ति (सफ) पहिलो पङ्क्ति हो र सबैभन्दा नराम्रो पङ्क्ति अन्तिम पङ्क्ति हो। त्यस्तै गरी, महिलाहरूको लागि सबैभन्दा उत्तम पङ्क्ति अन्तिम पङ्क्ति हो र सबैभन्दा नराम्रो पङ्क्ति पहिलो पङ्क्ति हो।”
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक जना मानिसलाई पंक्ति पछाडि एक्लै नमाज पढिरहेको देख्नुभयो, त्यसैले उहाँले उसलाई नमाज दोहोर्याउन आदेश दिनुभयो।
عربي الإنجليزية الأوردية
मुनाफिक (पाखण्डी)हरूका लागि यी दुई नमाजहरू सबैभन्दा कठिन हुन्छन्। यदि तिमीहरूलाई यी दुई नमाजको सवाब (पुण्य) बारे थाहा भएको भए तिमीहरूले पक्कै पनि घुँडा घस्रेर भए पनि आउने थियौ
عربي الإنجليزية الأوردية
यदि कुनै महिलाले आफ्ना अभिभावकहरूको अनुमति बिना विवाह गर्छिन् भने, उनको विवाह अमान्य हुन्छ।" उहाँले यो तीन पटक भन्नुभयो। (त्यसपछि उहाँले भन्नुभयो:) "यदि कुनै पुरुषले त्यस्तो महिलासँग यौनसम्पर्क गर्छ भने, उसको लागि महर (श्रीमानले श्रीमतीलाई दिने हक) छ। यदि अभिभावकहरू असहमत हुन्छन् भने, जसको अभिभावक छैन त्यसका लागि शासक अभिभावक हुन्छ।
عربي الإنجليزية الأوردية
जसले आफ्नी पत्नीसँग उसको मलद्वारमा सम्भोग गर्छ, उसलाई श्राप दिइएको छ।
عربي الإنجليزية الأوردية
अल्लाह त्यस्तो पुरुषलाई हेर्नुहुन्न जसले पुरुषसँग या महिलासँग मलद्वारमा सहवास गर्छ।
عربي الإنجليزية الأوردية
मैले सोधे: हे रसूल! हामीमध्ये कसैमाथि उसकी पत्नीको के अधिकार छ? उहाँले भन्नुभयो: "तिमी खाँदा उसलाई खुवाऊ, कमाउँदा लुगा लगाइदेऊ, उसको अनुहारमा प्रहार नगर, उसको बारेमा नराम्रो नबोल र घर भित्र बाहेक ऊबाट अलग नहोऊ।
عربي الإنجليزية الأوردية
जसको दुई पत्नीहरू छन् र उनी ती मध्ये एकतर्फ झुकाव राख्छ, त्यो कियामतको दिन उसको एउटा पाटो बाङ्गो भएर आउनेछ।
عربي الإنجليزية الأوردية
निश्चय नै, अल्लाहले मेरो उम्मतको अन्तर्मनमा आउने कुराहरू (खराब विचारहरू) लाई क्षमा गरिदिनुभएको छ, जबसम्म उसले त्यसलाई कार्यमा परिणत गर्दैन वा बोलीद्वारा व्यक्त गर्दैन।
عربي الإنجليزية الأوردية
तीन प्रकारका व्यक्तिहरूबाट (कर्महरूको लेखा-जोखा राख्ने) कलम उठाइएको छ: सुतेको व्यक्तिबाट, जबसम्म ऊ ब्युँझिँदैन, बालकबाट, जबसम्म ऊ बालिग (वयस्क) हुँदैन, र पागल व्यक्तिबाट, जबसम्म ऊ पूर्ण चेतनामा आउँदैन।
عربي الإنجليزية الأوردية
हरेक मादक पदार्थ 'खम्र' (रक्सी) हो र हरेक नशालु पदार्थ हराम हो । जसले यस संसारमा रक्सी पिउछ र पश्चात्ताप नगरी यसको लतमा मर्छ भने ऊ परलोकमा त्यसबाट बञ्चित हुनेछ ।
عربي الإنجليزية الأوردية
मूर्तिपूजकहरूसँग आफ्नो धन, ज्यान र वाणीद्वारा जिहाद गर।
عربي الإنجليزية الأوردية
कर्म ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् । तीमध्ये (स्वर्ग वा नरक) अनिवार्य गर्ने दुईवटा कर्म छन्, र (बाँकी ४ प्रकारका कर्महरू मध्ये ) एउटा कर्मको प्रतिफल कर्म अनुसार नै पाइनेछ, र अर्को कर्मको प्रतिफल दश गुणा बढी र केही कर्मको प्रतिफल सात सय गुणा बढी प्राप्त हुनेछ
عربي الإنجليزية الأوردية
अल्लाहलाई उहाँले प्रदान गर्नुभएको छुटको लाभ उठाइयोस भन्ने कुरा त्यत्तिकै प्रिय छ जति उहाँले आफ्ना आदेश र उपदेशहरूको पालना हुन मन पराउनुहुन्छ ।
عربي الإنجليزية الأوردية
“जब अल्लाहले कसैको मृत्यु विशेष ठाउँमा हुने कुरा निश्चित गर्नुहुन्छ, तब उहाँले उसलाई त्यो ठाउँमा पुर्‍याउन लागि आवश्यक परिस्थितिहरू सिर्जना गर्नुहुन्छ।”
عربي الإنجليزية الأوردية
मेरो नाम जमाम बिन षाल्बा हो र म साद बिन बकर जनजाति को भाई हुँ ।
عربي الإنجليزية الأوردية
नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजको लागि वुजू गर्नुहुन्थ्यो
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक-एक पटक वुजूका अंगहरू धुनुभयो ।
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुई-दुई पटक वुजूका अंगहरू धुनुभयो ।
عربي الإنجليزية الأوردية
“जब तिमीहरू मध्ये कसैले आफ्नो पेटमा केही महसुस गर्छ र त्यसबाट (मलद्वारको मार्ग बाट) केही निस्किएको छ वा छैन भन्ने शंका लाग्छ भने उसले आवाज नसुनेसम्म वा गन्ध नआएसम्म मस्जिदबाट बाहिर नजाओस् ।”
عربي الإنجليزية الأوردية
प्रत्येक मुस्लिमले हरेक सात दिनमा एक पटक नुहाउनु अनिवार्य हो, जसमा उसले आफ्नो टाउको र शरीर धुन्छ ।
عربي الإنجليزية الأوردية
म इस्लाम स्वीकार गर्ने उद्देश्यले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएँ, उहाँले मलाई पानी र बेरको पातले नुहाउन आदेश दिनुभयो ।
عربي الإنجليزية الأوردية
जब तपाइँले मुअज्जिनले अजान दिइरहेको सुन्नुहुन्छ, उसले भने जस्तै शब्दहरू भन्नुहोस् । त्यसपछि ममाथि दरूद पठाउनुहोस्
عربي الإنجليزية الأوردية
जसले अल्लाहको लागि मस्जिद बनाउँछ, अल्लाहले उसको लागि स्वर्गमा उस्तै घर बनाउनु हुन्छ ।
عربي الإنجليزية الأوردية
मेरो यो मस्जिदमा पढिएको एक नमाज, मस्जिद हरम (मक्का) बाहेक अन्य मस्जिदहरूमा पढिएको एक हजार नमाज भन्दा उत्तम छ ।
عربي الإنجليزية الأوردية
तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्दा, उसले बस्नु अघि दुई रकात नमाज पढोस्।
عربي الإنجليزية الأوردية
जब तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्छ भने उसले (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) र जब बाहिर निस्कन्छ भने (अल्लाहुम्म इन्नी अस्-अलुक मिन्-फज्लिक्) पढ्नुपर्छ ।
عربي الإنجليزية الأوردية
हे बिलाल! नमाजको कायम/आह्वान गर (अजान देऊ) र यसद्वारा हामीलाई शान्ति दिऊ ।
عربي الإنجليزية الأوردية
हे मानिसहरू! मैले तिमीहरूलाई तालिम दिनका लागि यसो गरेको हुँ, ताकि तिमीहरू मलाई देखेर मैले पढेको जस्तो नमाज पढ्न सिक।
عربي الإنجليزية الأوردية
जब तपाईंहरू नमाज पढ्नुहुन्छ भने आफ्ना सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस् । त्यसपछि तपाईंहरूमध्ये एक व्यक्तिले इमामत गरोस् । जब इमामले तकबीर भन्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस्
عربي الإنجليزية الأوردية
अल्लाहको कसम, जसको हातमा मेरो जीवन छ, म तपाईंहरूमध्ये सबै भन्दा बढी अल्लाहको रसूलसँग मिल्दोजुल्दो नमाज पढ्ने व्यक्ति हुँ । उहाँ यसरी नै नमाज पढ्नु हुन्थ्यो यहाँसम्म कि उहाँ (स.) यस संसार बाट बिदा भए ।
عربي الإنجليزية الأوردية
सबैभन्दा खराब चोर त्यो व्यक्ति हो जसले आफ्नो नमाज मा चोरी गर्छ ।" एक साथीले नमाजमा चोरी गर्नुको अर्थ के हो भनेर सोधे, उहाँले जवाफ दिनुभयो: "नमाजमा चोरी गर्नु भनेको उसले पूर्ण रूपमा रुकुअ र सज्दा नगर्नु हो।
عربي الإنجليزية الأوردية
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो पीठ उठाउनुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: ‘समिअल्लाहु लिमन् हमिदह्
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य नमाज पछि यो दुआ पढ्नुहुन्थ्यो
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा यो दुआ : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो ।
عربي الإنجليزية الأوردية
यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर
عربي الإنجليزية الأوردية
“जब कुनै व्यक्तिको मृत्यु हुन्छ, तब उसका सबै कर्महरूको क्रम समाप्त हुन्छ, तर तीन कुराहरूको पुण्य समाप्त हुँदैन: निरन्तर पुण्य प्रदान गर्ने दान (सदक़ा–ए–जारिया), लाभदायक ज्ञान जसबाट मानिसहरूले लाभ लिइरहन्छन्, र त्यस्तो असल सन्तान जसले उसका लागि निरन्तर प्रार्थना (दुआ) गरिरहन्छ।”
عربي الإنجليزية الأوردية
हे अल्लाहका रसूल! मेरी आमाको निधन भएको छ । यस्तो अवस्थामा उहाँको (पुण्यको) लागि कुन दान (सद्का) सबैभन्दा उत्तम हुन्छ? उहाँले जवाफ दिनुभयो: 'पानी (पिलाउनु)।' तसर्थ, साअ्दले एउटा इनार खन्नुभयो र भन्नुभयो: 'यो इनार साअ्दकी आमाका निम्ति हो।
عربي الإنجليزية الأوردية
“जब रमजान आउँछ, तिमीले उम्राह गर। किनभने रमजानमा गरिएको उम्राह हजको बराबर हुन्छ।”
عربي الإنجليزية الأوردية
हे अल्लाहका रसूल ! हामी जिहादलाई सर्वश्रेष्ठ कार्य मान्दछौँ, के हामीले जिहाद गरौँ त ?" उहाँले उत्तर दिनुभयो, "होइन, बरु (तिमीहरूका लागि) सर्वश्रेष्ठ जिहाद ‘हज मबरुर’ (स्वीकृत हज) हो।
عربي الإنجليزية الأوردية
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुईवटा सेतो-कालो मिश्रित रङको र सिङ भएका भेडाको कुर्बानी (वध कार्य) गर्नुभयो। उहाँले दुवैको घाँटीको छेउमा आफ्नो खुट्टा राखेर 'बिस्मिल्लाह' र 'अल्लाहु अकबर' भन्दै आफ्नै हातले जबह (वध) गर्नुभयो।
عربي الإنجليزية الأوردية
म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिएँ। उहाँ एक समुदायको फोहोरको थुप्रो नजिक पुग्नुभयो र उभिएर पिसाब गर्नुभयो।
عربي الإنجليزية الأوردية
'यी दुई वस्तुहरू मेरो उम्मतका पुरुषहरूका निम्ति हराम (वर्जित) छन्, जबकि महिलाहरूका निम्ति हलाल (वैध) छन्।'
عربي الإنجليزية الأوردية
निस्सन्देह अल्लाह र उहाँका रसूलले मदिरा, मृत जनावर, सुँगुर र मूर्तिहरू निषेध गर्नुभएको छ ।
عربي الإنجليزية الأوردية
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयबाट बाहिर निस्कनुहुन्थ्यो, उहाँ ‘गुफ्रानक’ भन्ने गर्नुहुन्थ्यो; जसको अर्थ हो— 'हे अल्लाह! म तपाईंसँग क्षमा याचना गर्दछु।'
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हरेक तीखो दाँत भएको जङ्गली जनावर र पन्जा (नङ) ले शिकार गर्ने चराको मासु खान निषेध गर्नुभएको छ ।
عربي الإنجليزية الأوردية
प्रत्येक दुई अजान (अजान र इकामत) को बीचमा एक नमाज हुन्छ, प्रत्येक दुई अजान (अजान र इकामत) को बीचमा एक नमाज हुन्छ। त्यसपछि तेस्रो पटकमा उहाँले भन्नुभयो: 'यो उसको लागि हो जसले पढ्न चाहन्छ ।'
عربي الإنجليزية الأوردية
(सम्पत्तिको) निर्धारित हिस्साहरू त्यसका हकदारहरूलाई प्रदान गर, त्यसपछि बाँकी रहेको सम्पत्ति सबैभन्दा निकटतम पुरुष उत्तराधिकारीको हुन्छ।
عربي الإنجليزية الأوردية
जसले हाम्रो विरुद्धमा हतियार (शस्त्र) उठाउँछ, ऊ हामी मध्येको होइन ।
عربي الإنجليزية الأوردية
जो अल्लाहको बाटोमा एक दिनको लागि रोजा बस्छ, अल्लाहले उसको अनुहारलाई नर्कको आगोबाट सत्तरी वर्षको दुरी बराबर टाढा गरिदिनुहुनेछ।
عربي الإنجليزية الأوردية
जबसम्म मानिसहरूले समयमै (चाँडै) इफ्तार गर्छन्, तबसम्म उनीहरू कल्याण र भलाइमा रहिरहनेछन्।
عربي الإنجليزية الأوردية
अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा, हामी (सहाबाहरू) प्रत्येक साना-ठूला, स्वतन्त्र व्यक्ति वा दासका तर्फबाट जकात अल-फित्र निकाल्ने गर्थ्यौं—जसमा एक 'साअ' अन्न, वा एक 'साअ' अकित (सुकेको दही/छुर्पी), वा एक 'साअ' जौ, वा एक 'साअ' खजूर, वा एक 'साअ' किशमिश मध्ये केही हुन्थ्यो।
عربي الإنجليزية الأوردية
हामीले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग सेहरी खाना खायौं, त्यसपछि नमाज पढ्न गयौं। अनसले भने: मैले उहाँलाई सोधें: अजान र सेहरी नमाजको बीचमा कति समय थियो? उहाँले जवाफ दिनुभयो: पचास आयतहरू पढ्ने बराबर समय।
عربي الإنجليزية الأوردية
“नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो मृत्युसम्म रमजानको अन्तिम दस दिनमा ‘इअ्तिकाफ’ (एकान्त उपासना) बस्ने गर्नुहुन्थ्यो; र उहाँको वफातपश्चात् उहाँका पवित्र पत्नीहरू (अजवाज-ए-मुताहरात) ले पनि इअ्तिकाफ बस्नुभयो।”
عربي الإنجليزية الأوردية
“तिमीहरूले सेहरी खाने गर, किनभने सेहरीमा बर्कत (आशिष एवं कल्याण) हुन्छ।”
عربي الإنجليزية الأوردية
तिमीहरूमध्ये कसैले पनि रमजान सुरु हुनुभन्दा एक वा दुई दिन अगाडि देखि व्रत बस्न सुरु नगर। तर, यदि कुनै व्यक्तिले नियमित रूपमा व्रत बस्ने गरेको छ भने, उसले त्यो दिन व्रत बस्न सक्छ।
عربي الإنجليزية الأوردية
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जकातुल् फित्र प्रत्येक मुस्लिम, दास र स्वतन्त्र, पुरुष र महिला, साना र वृद्धमाथि अनिवार्य गर्नुभएको छ र मानिसहरूलाई ईदको नमाजको लागि निस्कनु अघि नै चुक्ता गर्ने आदेश दिनुभएको छ।
عربي الإنجليزية الأوردية
कुनै पनि मुस्लिम महिलाका लागि आफ्नो महरम (विवाह गर्न निषेध गरिएको पुरुष नातेदार) बिना एक रातको दूरीको यात्रा गर्नु वैध छैन।
عربي الإنجليزية الأوردية
जसले व्रत (रोजा) बसेको अवस्थामा बिर्सिएर केही खायो वा पियो भने, उसले आफ्नो व्रत पूरा गरोस्; किनकि उसलाई अल्लाहले नै ख्वाउनु र पिलाउनु भएको हो।
عربي الإنجليزية الأوردية
मैले उमर इब्ने खत्ताब (रजियल्लाहु अन्हु) सँग ईदको नमाज पढेँ। उनले भन्नुभयो, "यी दुई दिनहरू ती हुन् जसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उपवास राख्न निषेध गर्नुभएको छ — एउटा (रमजानपछिको) ईद उल-फित्रको दिन, र अर्को त्यो दिन जब तिमीहरू आफ्नो बलिदान (कुर्बानी) को मासु खान्छौ।" (अर्थात् ईद उल-अधाको दिन।)
عربي الإنجليزية الأوردية
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को 'तल्बिया' यस प्रकार थियो: "लब्बैक अल्लाहुम्मा लब्बैक्, लब्बैक ला शरीक लका लब्बैक्, इन्नल्-हम्दा वन्-निअ्मता लका वल्-मुल्क्, ला शरीक लक्।" अर्थ: "हे अल्लाह! म उपस्थित छु, म उपस्थित छु। तपाईंको कोही साझेदार छैन, म उपस्थित छु। निश्चय नै समस्त प्रशंसा तपाईंकै लागि हो, समस्त वरदान तपाईंबाटै प्राप्त हुन्छ र सम्पूर्ण साम्राज्य तपाईंकै हो। तपाईंको कोही साझेदार छैन।
عربي الإنجليزية الأوردية
रमजान महिनाको अन्तिम दस दिनका बिजोर रातहरूमा 'लैलातुल कद्र' लाई भेट्टाउन प्रयास गर।
عربي الإنجليزية الأوردية
‘म तिमीहरूका सपनाहरू (रमजानका) अन्तिम सात रातहरू प्रति सहमतिमा भइरहेको देख्दैछु; तसर्थ, जसले यस रातको खोजी गर्न चाहन्छ, उसले यसलाई अन्तिम सात रातहरूमा नै खोज गरोस्।’”
عربي الإنجليزية الأوردية
“के अल्लाहले तिमीहरूलाई दान गर्ने (अवसर) दिनुभएको छैन र? ‘सुब्हानल्लाह’ भन्नु (तस्बीह) दान हो, ‘अल्लाहु अकबर’ भन्नु (तकबीर) दान हो, ‘अल्हम्दुलिल्लाह’ भन्नु (तह्मीद) दान हो, ‘ला इलााह इल्लल्लाह’ भन्नु (तहलील) दान हो, भलाइको आदेश दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अनि तिमीहरू मध्ये कसैले आफ्नो दम्पतिसँग शारीरिक सम्बन्ध राख्दछ भने त्यो पनि दान हो।”
عربي الإنجليزية الأوردية
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुःखको समयमा चिच्याउने, कपाल खौरने र लुगा च्यात्नेहरूसँग सम्बन्ध तोडेको घोषणा गर्नुभएको छ।
عربي الإنجليزية الأوردية
जब रमजानको अन्तिम १० दिन सुरु हुन्थ्यो, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रातभरि जागा बसेर उपासना गर्नुहुन्थ्यो, आफ्ना परिवारका सदस्यहरूलाई पनि ब्युँझाउनुहुन्थ्यो र कम्मर कसेर पूर्ण लगनशीलताका साथ उपासना गर्नुहुन्थ्यो।
عربي الإنجليزية الأوردية
सूरह नस्रको यो आयत "इजा जा-अ नस्रुल्लाही वल फत्ह" (जब अल्लाहका तर्फबाट मद्दत र विजय आयो) (सूरतुन्नस्र: १) अवतरण भएपछि जब पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नमाज पढ्नुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: "सुब्हानक रब्बना व बिहम्दिक अल्लाहुम्मग्फिरली" (हे अल्लाह, हाम्रा पालनकर्ता! तपाईं पवित्र हुनुहुन्छ र तपाईंकै लागि सम्पूर्ण प्रशंसा छ। हे अल्लाह! मलाई क्षमा गर्नुहोस्)।
عربي الإنجليزية الأوردية
जसले झुठो कसम खाएर कुनै मुसलमानको अधिकार (वा सम्पत्ति) हडप्छ, अल्लाहले उसको लागि नर्क अनिवार्य गरिदिनुहुन्छ र स्वर्गलाई उसमाथि निषेधित गरिदिनुहुन्छ।" एक जना मानिसले सोधे: "हे अल्लाहका रसूल! यदि त्यो एकदमै सानो वा मामुली कुरा नै किन नहोस्? उहाँले भन्नुभयो: "हो, चाहे त्यो पिलु (दतिवन) रूखको सानो हाँगा नै किन नहोस्।
عربي الإنجليزية الأوردية
जसले वर्षैभरी व्रत बस्छ, उसले वास्तवमा उपवास नै बसेको मानिँदैन। महिनाको तीन दिन व्रत बस्नु भनेको पूरै वर्ष व्रत बस्नु सरह हो।
عربي الإنجليزية الأوردية
जसले कुनै यस्तो बिरामी व्यक्तिको स्वास्थ्य सोधपुछ गर्दछ, जसको मृत्युको समय नजिक आएको हुँदैन र उसको नजिक सात पटक यो भन्दछ: {अस्अलुल्लाहल् अजीम रब्बल् अर्शिल् अजीम अइ यश्फिय-क}, अर्थात्: 'म महान् अर्श (सिंहासन) को स्वामी अल्लाहसँग तिम्रो स्वास्थ्य लाभको प्रार्थना गर्दछु,' भने अल्लाहले उसलाई त्यस रोगबाट निश्चित रूपमा मुक्ति (स्वास्थ्य लाभ) प्रदान गर्नुहुनेछ।
عربي الإنجليزية الأوردية
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाको जस्तो पहिरन लगाउने पुरुष र पुरुषको जस्तो पहिरन लगाउने महिलालाई धिक्कार (लअ्नत) गर्नुभएको छ।
عربي الإنجليزية الأوردية
जोसँग कुर्बानी (वध) का लागि जनावर छ र उसले कुर्बानी गर्ने नियत राखेको छ, उसले जिल-हिज्जा महिनाको चन्द्रमा देखेपछि कुर्बानी नगर्दासम्म आफ्नो शरीरको कुनै पनि कपाल र नङ काट्नु हुँदैन।
عربي الإنجليزية الأوردية