عن بريدة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«إِنَّ الْعَهْدَ الَّذِي بَيْنَنَا وَبَيْنَهُمُ الصَّلَاةُ، فَمَنْ تَرَكَهَا فَقَدْ كَفَرَ».

[صحيح] - [رواه الترمذي والنسائي وابن ماجه وأحمد] - [سنن النسائي: 463]
المزيــد ...

बुरैदह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"हामी र तिनीहरूको बीचमा रहेको फरक नमाज (सलाह) हो । जसले यसलाई त्याग्छ उसले कुफ्र गर्यो ।"

[सही] - [तिर्मीजी, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन् निसाई - 463]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, मुस्लिम र अन्य काफिर र मुनाफिक (पाखण्डी) हरू बीचको फरक नमाज हो, त्यसैले जसले यसलाई त्याग्छ उसले अविश्वास कुफ्र (अविश्वास) गरेको छ ।"

हदीसका केही फाइदाहरू

  1. नमाजको महत्व र यो विश्वासी र काफिर बीचको भिन्नता हो ।
  2. मानवको बाह्य अवस्था अनुसार इस्लामका नियमहरू लागु हुनेछन्, उसको आन्तरिक अवस्थाले होइन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (57)
थप