श्रेणी: अकीदा .

عن أبي موسى رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«إِنَّ اللهَ لَيُمْلِي لِلظَّالِمِ، حَتَّى إِذَا أَخَذَهُ لَمْ يُفْلِتْهُ» قَالَ: ثُمَّ قَرَأَ: «{وَكَذَلِكَ أَخْذُ رَبِّكَ إِذَا أَخَذَ الْقُرَى وَهِيَ ظَالِمَةٌ إِنَّ أَخْذَهُ أَلِيمٌ شَدِيدٌ}[هود: 102]»

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 4686]
المزيــد ...

अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"निस्सन्देह अल्लाहले अत्याचारीलाई मौका दिनुहुन्छ, तर जब पकड गर्नुहुन्छ तब छोड्नु हुन्न । त्यसपछि उहाँले यो आयत पढ्नुभयो : {"तिम्रा पालनकर्ताको पकड यस्तै हुनेछ जब उनी अवज्ञामा लिप्त नगरहरूलाई समात्नेछन् वास्तवमा - उनको पकड कष्टकर र शसक्त हुने गर्छ।} [सूरह हूद: 102]

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 4686]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि व सल्लम) पाप, शिर्क (बहुईश्वरवाद), र मानिसहरूको अधिकार हनन् गरेर गलत काम विरुद्ध चेतावनी दिँदै हुनुहुन्छ । किनकि गल्ती गर्नेलाई तुरुन्तै सजाय दिनुको सट्टा अल्लाहले उसलाई केहिबेर समय वा मौका दिनुहुन्छ, उसको जीवन र धनमा वृद्धि गर्नुहुन्छ । तर यस्तो अवस्थामा उसले पश्चात्ताप गरेन भने उसको क्रूरता बढ्दै जान्छ अनि उसलाई समात्नुहुन्छ र छोड्नु हुन्न ।
त्यसपछि उहाँले यो श्लोक पढ्नुभयो : {तिम्रा पालनकर्ताको पकड यस्तै हुनेछ जब उनी अवज्ञामा लिप्त नगरहरूलाई समात्नेछन् वास्तवमा - उनको पकड कष्टकर र शसक्त हुने गर्छ - ।} [सूरह हूद: 102]

हदीसका केही फाइदाहरू

  1. बुद्धिमान् व्यक्तिले तुरुन्तै पश्चात्ताप गर्नुपर्छ र यदि ऊ अन्याय, अत्याचार र कुकर्ममा लिप्त भईरहन्छ भने ऊ अल्लाहको योजना (सजाय) बाट सुरक्षित रहँदैन।
  2. गल्ती गर्नेहरूलाई सजाय दिनुको सट्टा, अल्लाहले उनीहरूलाई पश्चात्ताप गर्नको लागि मौका दिनुहुन्छ र यदि उनीहरूले पश्चात्ताप गरेनन् भने उनीहरूको सजाय बढाइन्छ ।
  3. मानव समुदायहरू माथी अल्लाहको सजाय र प्रकोप आईपर्नुका कारणहरू मध्ये एक अत्याचार हो।
  4. जब अल्लाहले कुनै सहरलाई नष्ट गर्नुहुन्छ, त्यहाँ केही धर्मी मानिसहरू हुन सक्छन् । यस्ता धर्मी मानिसहरू कयामतको दिन आफुले गरेको राम्रो कर्महरू सहित उठाइनेछन् र उनीहरूलाई अरूसंगै सामुहिक यातना सहनु परेको घटनाबाट त्यस पश्चातको जीवनमा कुनै हानि हुनेछैन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (63)
थप