عَنْ عَبْدِ اللَّهِ بنِ عُمرَ رَضِيَ اللَّهُ عَنْهُما أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«كُلُّكُمْ رَاعٍ فَمَسْئُولٌ عَنْ رَعِيَّتِهِ، فَالأَمِيرُ الَّذِي عَلَى النَّاسِ رَاعٍ وَهُوَ مَسْئُولٌ عَنْهُمْ، وَالرَّجُلُ رَاعٍ عَلَى أَهْلِ بَيْتِهِ وَهُوَ مَسْئُولٌ عَنْهُمْ، وَالمَرْأَةُ رَاعِيَةٌ عَلَى بَيْتِ بَعْلِهَا وَوَلَدِهِ وَهِيَ مَسْئُولَةٌ عَنْهُمْ، وَالعَبْدُ رَاعٍ عَلَى مَالِ سَيِّدِهِ وَهُوَ مَسْئُولٌ عَنْهُ، أَلاَ فَكُلُّكُمْ رَاعٍ وَكُلُّكُمْ مَسْئُولٌ عَنْ رَعِيَّتِهِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 2554]
المزيــد ...

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
“तिमीहरू सबै जिम्मेवार छौँ र प्रत्येकलाई उस्को जिम्मेवारीबारे सोधिनेछ । शासक, जसले मानिसहरूको नेतृत्व गर्छ, ऊ जिम्मेवार छ र उसलाई उसको प्रजाबारे सोधिनेछ । पुरुष आफ्नो घरपरिवारको जिम्मेवार छ र उससँग उसको मातहतको बारेमा सोधिनेछ । महिला आफ्नो पतिको घर र सन्तानको जिम्मेवार छिन् र उसलाई तिनीहरूको बारेमा सोधिनेछ । सेवक आफ्नो मालिकको सम्पत्तिको जिम्मेवार छ र उसलाई त्यसको बारेमा सोधिनेछ ।सचेत रहनुहोस्! तिमीहरु सबै जिम्मेवार छौँ र प्रत्येकले आफ्ना अधीनस्थहरूको बारेमा जवाफ दिनुपर्नेछ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 2554]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, समाजमा बस्ने प्रत्येक मुस्लिमको केही जिम्मेवारी हुन्छ, जुन उसले वहन गर्नुपर्छ । शासक र हाकिम आफ्नो प्रजाका जिम्मेवार हुन् । त्यसैले उनले आफ्ना प्रजामाथि लागु हुने नियम अधिकारहरू सुनिश्चित गर्नुपर्छ, तिनीहरूलाई अत्याचारीहरू बाट जोगाउनुपर्छ, शत्रुहरूविरुद्ध तिनीहरूको रक्षा गर्नुपर्छ, र तिनीहरूको अधिकार हनन हुन नदिन ख्याल गर्नुपर्छ। पुरुषलाई आफ्नो घरपरिवारको पालनपोषण गर्ने, उनीहरूसँग राम्रो व्यवहार गर्ने, शिक्षा प्रदान गर्ने र अनुशासन सिकाउने जिम्मेवारी दिइएको छ। नारीलाई आफ्नो पतिको घरको उचित व्यवस्थापन, छोराछोरीलाई उच्च संस्कार (तरबीयत) सिकाउन र हेरचाह गर्ने जिम्मेवारी दिइएको छ, र ऊ त्यसैको लागि जवाफदेह हुन्छी। दास र नोकरलाई आफ्नो मालिकको सम्पत्तिको संरक्षण गर्ने र उसको सेवा गर्ने जिम्मेवारी दिइएको छ, र ऊ त्यसैको लागि जवाफदेह हुन्छ। प्रत्येक व्यक्ति उसलाई सुम्पिएको कुराको जिम्मेवार हुन्छ र सबैलाई उसको जिम्मेवारी र दायित्वप्रति सोधिनेछ ।

हदीसका केही फाइदाहरू

  1. मुस्लिम समाजमा जिम्मेवारी सामान्य रूपमा सबैमाथि हुन्छ, र प्रत्येक व्यक्ति आफ्नो हैसियत, सामर्थ्य र जिम्मेवारीअनुसार जवाफदेह हुन्छ।
  2. पतिको घरको जिम्मामेवारी र छोराछोरीप्रतिको कर्तव्य पूरा गर्नु महिलाको ठूलो जिम्मेवारी हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (54)
थप