+ -

عن عُبَادَةَ بن الصَّامتِ رضي الله عنه قال:
بَايَعْنَا رسولَ اللهِ صلى الله عليه وسلم على السَّمْعِ وَالطَّاعَةِ فِي الْعُسْرِ وَالْيُسْرِ، وَالْمَنْشَطِ وَالْمَكْرَهِ، وعلى أَثَرَةٍ علينا، وعلى أَلَّا نُنَازِعَ الْأَمْرَ أهلَه، وعلى أَنْ نَقُولَ بِالْحَقِّ أينما كُنَّا، لا نَخَافُ في الله لَوْمَةَ لَائِمٍ.

[صحيح] - [متفق عليه]
المزيــد ...

उबादह बिन सामित (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,
हामीले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग कठिनाई र सहजतामा, सुख र दु:खमा र हामीमाथि आफूलाई प्राथमिकता दिने अवस्थामा पनि कुरा सुन्ने र अनुसरण गर्नेछौं । सत्तामा रहेकाहरूसँग सत्ताको विषयमा लड्ने छैनौँ, जहाँ भए पनि सत्य बोल्छौँ र यस विषयमा कुनै आलोचकको आलोचनाबाट डराउने छैनौँ प्रतिवद्धता व्यक्त गरेका छौँ ।

सही - मुत्तफकुन अलैहि

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना साथीहरूबाट उनीहरू सजिलो र कठिन परिस्थितिमा, धनी र गरीबीको अवस्थामा, चाहे उनीहरूलाई शासकहरूको आदेश मन पारोस् वा नपरोस्, यहाँसम्म शासकहरूले सरकारी सम्पत्ति र पदको बाँडफाँडमा कसैलाई प्राथमिकता दिए पनि शासकको भनाइ मान्नेछन् र उनीहरूविरुद्ध विद्रोह गर्दैनन् भनेर प्रतिज्ञा लिएका थिए । किनभने उनीहरूसँग लडाइँबाट उत्पन्न हुने विपत्ति र अराजकता उनीहरूको भ्रष्टाचारबाट उत्पन्न हुने विपत्तिभन्दा ठूलो हुनेछ ।त्यसैगरी उनीहरू जहाँ भए पनि अल्लाहको लागि सत्य बोल्नेछन् र कुनै आलोचकको आलोचनाबाट डराउने छैनन् भनेर प्रतिवद्धता व्यक्त गरेका थिए ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. शासकहरूको अनुसरणको फाइदा भनेको मुस्लिमहरूलाई एकताबद्ध गर्नु र विभाजन हुनबाट जोगाउनु हो ।
  2. शासकहरूको कुरा सुन्न र पालन गर्न अनिवार्य छ, जबसम्म तिनीहरूले अल्लाहको अवज्ञा गर्न आदेश दिँदैनन्, सजिलो र कठिन परिस्थितिमा, सुख र दु:खमा र हामीमाथि आफूलाई प्राथमिकता दिए पनि ।
  3. हामी जहाँ भए पनि कसैको आलोचनाको चिन्ता नगरी सत्य बोल्नु अनिवार्य छ ।
थप