عن عرفجة رضي الله عنه قال: سمعت رسول الله صلى الله عليه وسلم يقول:
«مَنْ أَتَاكُمْ وَأَمْرُكُمْ جَمِيعٌ عَلَى رَجُلٍ وَاحِدٍ، يُرِيدُ أَنْ يَشُقَّ عَصَاكُمْ، أَوْ يُفَرِّقَ جَمَاعَتَكُمْ، فَاقْتُلُوهُ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 1852]
المزيــد ...

अर्फजह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें :
"सहमतिबाट कसैलाई खलीफा (हाकिम) को रूपमा मानेपछि यदि कोही तिम्रो एकतालाई विभाजित गर्न वा तिम्रो समुदायमा असन्तुष्टि सृजना गर्न आउँछ भने उसको हत्या गरिदेऊ ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 1852]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब मुस्लिमहरूले एकमतले कसैलाई आफ्नो हाकिमको रूपमा स्वीकार गर्छन् र एक समुदायको रूपमा जीवन बिताइरहेका छन् र तब कोही आएर हाकिमबाट शासन खोस्न चाहन्छ र मुस्लिम समुदायलाई दलहरूमा विभाजित गर्न चाहन्छ भने उसको खराबीबाट बच्न र मुस्लिमहरूलाई रक्तपातबाट सुरक्षित राख्नको लागि उसलाई रोक्न र लड्नु अनिवार्य हुनेछ ।

हदीसका केही फाइदाहरू

  1. जबसम्म कुनै मुस्लिम शासकले पापको आदेश दिँदैन, उसको कुरा सुन्न र उसको आदेश पालन गर्नु अनिवार्य छ र उसको विरुद्ध विद्रोह गर्न हराम (निषेध) हो ।
  2. मुस्लिम हाकिम र उसको समुदाय विरुद्ध विद्रोह गर्ने व्यक्ति वंश, पद, इज्जत र प्रतिष्ठाको हिसाबले जतिसुकै उच्च किन नहोस्, त्यसको विरुद्ध लड्नु अनिवार्य छ ।
  3. मतभेदको शिकार नहुने र एकताबद्ध रहने प्रोत्साहन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (58)
थप