+ -

عن عرفجة رضي الله عنه قال: سمعت رسول الله صلى الله عليه وسلم يقول:
«مَنْ أَتَاكُمْ وَأَمْرُكُمْ جَمِيعٌ عَلَى رَجُلٍ وَاحِدٍ، يُرِيدُ أَنْ يَشُقَّ عَصَاكُمْ، أَوْ يُفَرِّقَ جَمَاعَتَكُمْ، فَاقْتُلُوهُ».

[صحيح] - [رواه مسلم]
المزيــد ...

अर्फजह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें :
"सहमतिबाट कसैलाई खलीफा (शासक) को रूपमा मानेपछि यदि कोही तिम्रो एकतालाई विभाजित गर्न वा तिम्रो समुदायमा असन्तुष्टि सृजना गर्न आउँछ भने उसको हत्या गरिदेऊ ।"

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब मुस्लिमहरूले एकमतले कसैलाई आफ्नो हाकिम (शासक) को रूपमा स्वीकार गर्छन् र एक समुदायको रूपमा जीवन बिताइरहेका छन् र तब कोही आएर शासकबाट शासन खोस्न चाहन्छ र मुस्लिम समुदायलाई दलहरूमा विभाजित गर्न चाहन्छ भने उसको खराबीबाट बच्न र मुस्लिमहरूलाई रक्तपातबाट सुरक्षित राख्नको लागि उसलाई रोक्न र लड्नु अनिवार्य हुनेछ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. जबसम्म कुनै मुस्लिम शासकले पाप कार्यको आदेश दिँदैन, उसको कुरा सुन्न र उसको आदेश पालन गर्नु अनिवार्य छ र उसको विरुद्ध विद्रोह गर्न हराम (निषेध) हो ।
  2. मुस्लिम शासक र उसको समुदाय विरुद्ध विद्रोह गर्ने व्यक्ति वंश, पद, इज्जत र प्रतिष्ठाको हिसाबले जतिसुकै उच्च किन नहोस्, त्यसको विरुद्ध लड्नु अनिवार्य छ ।
  3. मतभेदको शिकार नहुने र एकताबद्ध रहने प्रोत्साहन ।
थप