عَنْ عَبْدِ اللَّهِ بْنِ عُمَرَ رضي الله عنهما أَنَّ رَسُولَ اللَّهِ صلى الله عليه وسلم قَامَ بَعْدَ أَنْ رَجَمَ الْأَسْلَمِيَّ فَقَالَ:
«اجْتَنِبُوا ‌هَذِهِ ‌الْقَاذُورَةَ الَّتِي نَهَى اللَّهُ عَنْهَا فَمَنْ أَلَمَّ فَلْيَسْتَتِرْ بِسِتْرِ اللَّهِ وَلْيُتُبْ إِلَى اللَّهِ، فَإِنَّهُ مَنْ يُبْدِ لْنَا صَفْحَتَهُ نُقِمْ عَلَيْهِ كِتَابَ اللَّهِ عز وجل».

[صحيح] - [رواه الحاكم والبيهقي] - [المستدرك على الصحيحين: 7615]
المزيــد ...

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले अस्लमी लाई ढुङ्गा हानेर सजाय दिएपछि उठेर भन्नुभयो:
यस्तो दुराचारबाट बच्नुहोस्, जसलाई अल्लाहले निषेध गर्नुभएको छ। तर यदि कोही त्यस पापमा फस्न पुग्यो भने, उसले अल्लाहको पर्दामा लुकी रहोस् र अल्लाहसमक्ष तौबा अर्थात् प्रायश्चित गरोस्। किनभने जसले हाम्रा अगाडि आफ्नो पाप उजागर गर्नेछ, हामी उसमाथि अल्लाह तआलाको किताबमा उल्लेखित सजाय लागू गर्नेछौं।

[सही] - [رواه الحاكم والبيهقي] - [मुस्तदरक अलस्सही-हैन - 7615]

व्याख्या

इब्न उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले माइज़ बिन मालिक अल-अस्लमी (रजियल्लाहु अन्हु) लाई ज़िना (व्यभिचार) गरेको सजाय दिएपछि उठेर मानिसहरूलाई सम्बोधन गर्दै भन्नुभयो : यस नालायकी काम र यस्ता अन्य घृणित कामहरूबाट टाढा रहनुहोस्। तर यदि कसैलाई यस प्रकारको काममा संलग्न भइहाल्यो भने, उसमा दुई कुरा अनिवार्य हुन्छन्: पहिलो: उसले अल्लाहले लुकाउनुभएको हुँदा आफूलाई ढाकोस् र आफ्नो पापबारे कसैलाई नबताओस्। दोस्रो: उसले तुरुन्तै अल्लाहसमक्ष तौबा / क्षमायाचना गरोस् र पापमा अडिग नबसोस्। तर यदि उसको पाप हामीसमक्ष साबित भयो भने, हामी उसमाथि त्यस पापको लागि अल्लाह तआलाको किताबमा उल्लेखित हद /सजाय लागू गर्नेछौं।

हदीसका केही फाइदाहरू

  1. पापमा संलग्न मान्छेलाई आफ्नो पाप लुकाउन प्रोत्साहन दिइन्छ र उसले आफ्नो पापमा अल्लाहसँग तौबा गरोस्।
  2. यदि पाप शासकसम्म पुग्छन् भने, हद/दण्ड लागू गर्नु अनिवार्य हुन्छ।
  3. पापबाट टाढा रहनु र त्यसबाट तौबा गर्नु अनिवार्य छ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (52)
थप