+ -

عَنْ عَبْدِ اللَّهِ بْنِ عُمَرَ رضي الله عنهما أَنَّ رَسُولَ اللَّهِ صلى الله عليه وسلم قَامَ بَعْدَ أَنْ رَجَمَ الْأَسْلَمِيَّ فَقَالَ:
«اجْتَنِبُوا ‌هَذِهِ ‌الْقَاذُورَةَ الَّتِي نَهَى اللَّهُ عَنْهَا فَمَنْ أَلَمَّ فَلْيَسْتَتِرْ بِسِتْرِ اللَّهِ وَلْيُتُبْ إِلَى اللَّهِ، فَإِنَّهُ مَنْ يُبْدِ لْنَا صَفْحَتَهُ نُقِمْ عَلَيْهِ كِتَابَ اللَّهِ عز وجل».

[صحيح] - [رواه الحاكم والبيهقي] - [المستدرك على الصحيحين: 7615]
المزيــد ...

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले अस्लमी लाई ढुङ्गा हानेर सजाय दिएपछि उठेर भन्नुभयो:
यस्तो दुराचारबाट बच्नुहोस्, जसलाई अल्लाहले निषेध गर्नुभएको छ। तर यदि कोही त्यस पापमा फस्न पुग्यो भने, उसले अल्लाहको पर्दामा लुकी रहोस् र अल्लाहसमक्ष तौबा अर्थात् प्रायश्चित गरोस्। किनभने जसले हाम्रा अगाडि आफ्नो पाप उजागर गर्नेछ, हामी उसमाथि अल्लाह तआलाको किताबमा उल्लेखित सजाय लागू गर्नेछौं।

[सही] - - [मुस्तदरक अलस्सही-हैन - 7615]

व्याख्या

इब्न उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले माइज़ बिन मालिक अल-अस्लमी (रजियल्लाहु अन्हु) लाई ज़िना (व्यभिचार) गरेको सजाय दिएपछि उठेर मानिसहरूलाई सम्बोधन गर्दै भन्नुभयो : यस नालायकी काम र यस्ता अन्य घृणित कामहरूबाट टाढा रहनुहोस्। तर यदि कसैलाई यस प्रकारको काममा संलग्न भइहाल्यो भने, उसमा दुई कुरा अनिवार्य हुन्छन्: पहिलो: उसले अल्लाहले लुकाउनुभएको हुँदा आफूलाई ढाकोस् र आफ्नो पापबारे कसैलाई नबताओस्। दोस्रो: उसले तुरुन्तै अल्लाहसमक्ष तौबा / क्षमायाचना गरोस् र पापमा अडिग नबसोस्। तर यदि उसको पाप हामीसमक्ष साबित भयो भने, हामी उसमाथि त्यस पापको लागि अल्लाह तआलाको किताबमा उल्लेखित हद /सजाय लागू गर्नेछौं।

हदीसका केही फाइदाहरू

  1. पापमा संलग्न मान्छेलाई आफ्नो पाप लुकाउन प्रोत्साहन दिइन्छ र उसले आफ्नो पापमा अल्लाहसँग तौबा गरोस्।
  2. यदि पाप शासकसम्म पुग्छन् भने, हद/दण्ड लागू गर्नु अनिवार्य हुन्छ।
  3. पापबाट टाढा रहनु र त्यसबाट तौबा गर्नु अनिवार्य छ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल थाई जर्मन पुश्तु असमिया अल्बेनियन् अम्हारिक डच गुजराती किर्गिज लिथुआनियाली एल्ड्रेया सर्बियाई ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप