+ -

عن ابن عمر رضي الله عنهما قال: قال رسول الله صلى الله عليه وسلم:
«كل مُسْكِرٍ خَمْرٌ، وكل مُسْكِرٍ حرام، ومن شرِب الخمر في الدنيا فمات وهو يُدْمِنُهَا لَمْ يَتُبْ، لَمْ يَشْرَبْهَا في الآخرة».

[صحيح] - [رواه مسلم وأخرج البخاري الجملة الأخيرة منه] - [صحيح مسلم: 2003]
المزيــد ...

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"हरेक मादक पदार्थ 'खमर' (रक्सी) हो र हरेक नशालु पदार्थ हराम हो । जसले यस संसारमा रक्सी पिउछ र पश्चात्ताप नगरी यसको लतमा मर्छ भने ऊ परलोकमा त्यसबाट बञ्चित हुनेछ ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2003]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दिमागलाई झ्याप्प पार्ने र खाएपछि केही थाहा नहुने हरेक कुरा रक्सी हो भनेर स्पष्ट पार्नुभएको छ, चाहे त्यो पिउने होस्, खाने होस्, सासद्वारा लिने होस् वा अन्य । अल्लाहले हरेक किसिमको मादक पदार्थलाई निषेध गर्नुभएको छ, चाहे त्यो अलिकति होस् वा धेरै । जसले यी नशालु पदार्थहरूमध्ये कुनै लतमा पर्छ र पश्चात्ताप नगरिकन मर्छ भने; अल्लाहले उसलाई जन्नतमा त्यसबाट वञ्चित गरेर सजाय दिनुहुनेछ ।

अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया उइघुर फ्रान्सेली रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा एल्ड्रेया रोमानियन ओरोमो
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. मदिरालाई निषेध गर्ने कारण भनेको नशा हो । त्यसैले हरेक प्रकारको मादक पदार्थ निषेध गरिएको छ ।
  2. रक्सिले गर्दा पर्न गएको ठूला हानि र खराबीहरूले गर्दा अल्लाहले रक्सीलाई निषेध गर्नुभएको छ ।
  3. स्वर्गमा रक्सी पिउनु पूर्ण आनन्द र आशिषको संकेत हो ।
  4. जसले यस संसारमा रक्सी पिउन छोड्दैन, अल्लाहले उसलाई स्वर्गमा रक्सी पिउनबाट रोक लगाउनुहुनेछ, किनभने कर्म अनुसार दण्ड दिइनेछ ।
  5. मृत्यु अघि पापबाट पश्चात्तापमा हतार गर्न प्रोत्साहन ।
थप