+ -

عن أنس رضي الله عنه أن النبي صلى الله عليه وسلم قال:
«جَاهِدُوا المشركين بأموالكم وأنفسكم وألسنتكم».

[صحيح] - [رواه أبو داود والنسائي وأحمد] - [سنن أبي داود: 2504]
المزيــد ...

अनस (रजियल्लाहु अन्हु)ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभएको छ :
"मूर्तिपूजकहरूसँग आफ्नो धन, ज्यान, र वाणीद्वारा जिहाद गर।"

[सही] - - [सुनन अबी दाउद - 2504]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले काफिरहरूसँग (बहुदेववादी) जिहाद गर्ने र उनीहरूको सामना गर्न आफ्नो क्षमताअनुसार सबै साधन प्रयोग गर्न आदेश दिनुभएको छ, ताकि अल्लाहको वचन सर्वोच्च रहोस्। यसमा समावेश छन्:
पहिलो: काफिरहरूसँग जिहादमा धन खर्च गर्नु, जस्तै: हतियार किन्नु, मुजाहिद (जिहादमा भाग लिने व्यक्तिहरू) का लागि खर्चको व्यवस्था गर्नु, र यस्तै अन्य आवश्यकताहरूमा सहयोग प्रदान गर्नु।
दोश्रो: काफिरहरूसँग युद्ध र तिनीहरूको सामना गर्न आत्मा र शारीरिक रूपमा उपस्थित हुनु।
तेस्रो: वाणीद्वारा उनीहरूलाई इस्लामको तर्फ आमन्त्रित गर्नु, तर्क प्रस्तुत गरी तिनीहरूमाथि सत्यको प्रमाण स्थापित गर्नु, उनीहरूको गलत सोचलाई खण्डन गर्नु, र तिनीहरूलाई गलतबाट रोक्न प्रयास गर्नु।

हदीसका केही फाइदाहरू

  1. मानिसहरूलाई आफ्ना क्षमताअनुसार ज्यान, धन, र वाणीद्वारा (बहुदेववादि) काफिरहरूसँग युद्ध गर्न प्रेरित गरिएको छ। जिहाद केवल शारीरिक लडाइँमा सीमित छैन।
  2. जिहादको आदेश अनिवार्य (वाजिब) हो। यसको अनिवार्यता दुई प्रकारको हुन सक्छ: व्यक्तिगत अनिवार्यता (वाजिब 'ऐनी), सामूहिक अनिवार्यता (वाजिब किफायी)।
  3. अल्लाहले जिहादलाई निम्न कारणहरूको लागि वैधानिक बनाउनु भएको छ: पहिलो: शिर्क र बहुदेववादिहरूसँग प्रतिरोध गर्नु, किनभने अल्लाहले शिर्कलाई कहिल्यै स्वीकार गर्नुहुन्न। दोस्रो: अवरोधहरू हटाउनु,जसले अल्लाहको मार्गतर्फको आमन्त्रण (दावत) को बाटोमा रोकावट पैदा गर्छ। तेस्रो: आस्था (अकीदा) को रक्षा गर्नु, यस्तो हरेक कुरा विरुद्ध, जुन इस्लामको सिद्धान्त र विश्वासको विरोधमा छ। चौथो: मुसलमानहरूको रक्षा गर्नु, उनीहरूको देश, इज्जत, सम्पत्ति, र जीवनको सुरक्षाका लागि।
अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी डच गुजराती हंगेरी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप