हदीसहरूको सूची

यी (दश) दिनहरूमा पुण्य कर्महरू गर्नु अरु दिनहरू भन्दा अल्लाहलाई बढी प्रिय छ ।" अर्थात जुल-हिज्जा महिनाको पहिलो दस दिन
عربي अंग्रेजी उर्दू
“जसले मुआहद् (मुस्लिमसँग सन्धि भएको गैर-मुस्लिम) को हत्या गर्छ, उसले स्वर्गको सुगन्ध पनि पाउनेछैन, जबकि स्वर्गको सुगन्ध चालीस वर्षको दूरीबाट आउँछ ।”
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा युद्धमा एक महिला मारिएको अवस्थामा फेला परेपछि उहाँले महिला र बालबालिकाको हत्याको निन्दा गर्नुभयो ।
عربي अंग्रेजी उर्दू
जो अल्लाहको वचन (तौहीद) लाई उच्च पार्न लड्छ, केवल ऊ मात्र अल्लाहको मार्गमा हुन्छ ।
عربي अंग्रेजी उर्दू
जसले साँचो मनले अल्लाहसँग शहादत माग्छ, अल्लाहले उसलाई शहीदको दर्जा दिनुहुनेछ, चाहे ऊ आफ्नो ओछ्यानमा मरे पनि ।
عربي अंग्रेजी उर्दू
जसले अल्लाहको बाटोमा जिहाद गर्ने (योद्धा) लाई (युद्ध उपकरणहरू उपलब्ध गराएर) तयार गर्छ, उसले जिहाद गर्यो र जसले युद्ध गर्न जाने व्यक्तिको परिवारको राम्रो हेरचाह गर्छ, उसले जिहाद गर्यो ।
عربي अंग्रेजी उर्दू
अल्लाह तआलाले म भन्दा पहिला कुनै समुदायमा जो नबी ( सन्देष्टा) पठाउनु भएता पनि उनका आफ्ना अनुयायीहरू मध्ये हवारी ( सहयोगी) हरू हुने गर्थे र यस्ता साथीहरू हुन्थे जो उनका सुन्नत ( तरिका ) हरू समातेका हुन्थे र उनको आदेशको अनुसरण गरेका हुन्थे।
عربي अंग्रेजी उर्दू