عَن سَهْلِ بْنِ حُنَيْفٍ رضي الله عنه أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مَنْ سَأَلَ اللهَ الشَّهَادَةَ بِصِدْقٍ بَلَّغَهُ اللهُ مَنَازِلَ الشُّهَدَاءِ، وَإِنْ مَاتَ عَلَى فِرَاشِهِ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 1909]
المزيــد ...
सह्ल बिन हुनैफ (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले निष्कपट हृदयले अल्लाहसँग शहादत (धर्मको लागि जीवन उत्सर्ग) प्राप्त गर्न प्रार्थना गर्छ, अल्लाहले उसलाई शहीदहरूकै दर्जामा पुर्याउनुहुन्छ; चाहे उसको मृत्यु आफ्नै ओछ्यानमा नै किन नहोस्।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 1909]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, जसले अल्लाहको मार्गमा लड्दै शहीद हुन र मर्न खोज्छ, यदि ऊ आफ्नो मनसायमा साँचो छ भने, अल्लाहले उसलाई उसको साँचो मनसाय अनुसार शहीदको दर्जा दिनुहुनेछ चाहे उसको मृत्यु ओछ्यानमा किन नहोस्। ।