श्रेणी: सद्गुण र आचरण .

عن أبي أيوب الأنصاري رضي الله عنه أن رسول الله صلى الله عليه وسلم قال:
«لَا يَحِلُّ لِرَجُلٍ أَنْ يَهْجُرَ أَخَاهُ فَوْقَ ثَلَاثِ لَيَالٍ، يَلْتَقِيَانِ، فَيُعْرِضُ هَذَا وَيُعْرِضُ هَذَا، وَخَيْرُهُمَا الَّذِي يَبْدَأُ بِالسَّلَامِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6077]
المزيــد ...

अबू अय्यूब अल अन्सारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
“कुनै मान्छेको लागी आफ्नो भाइसँग तीन दिनभन्दा बढी बोलचाल बन्द राख्न जायज छैन । दुबै एक अर्कालाई भेट्छन् तर अर्कोतिर मुख फर्काएर बस्छन भने दुई मध्ये सबैभन्दा राम्रो त्यो हो जसले सलाम गर्नमा पहल गर्छ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6077]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुनै पनि मुस्लिमले आफ्नो भाइसँग तीन दिन भन्दा बढी बोलचाल बन्द गर्न र एकअर्कालाई भेट्दा सलाम नगर्ने व्यवहार निषेध गर्नुभएको छ ।
यी दुई मध्ये राम्रो मान्छे त्यो हो जसले मौनतालाई तोड्छ र अगाडि आएर सलाम गर्छ । यहाँ व्यक्तिगत स्वार्थका लागि कुराकानी बन्द गरिएको हो भन्ने बुझ्नुपर्छ । तर यदि कसैले अल्लाहको खातिर सम्बन्ध तोडेको छ, जस्तै अल्लाह र उहाँका रसूलको अवज्ञा गर्नेहरू, अधर्मी र खराब साथीहरूदेखि कुराकानी बन्द गर्ने भनेको यो कुनै समय सीमाले बाँधिएको छैन । यो कारण र परिवेशमा निर्भर छ, कारण समाप्त हुने बित्तिकै सम्बन्ध स्वतः सुचारु हुन्छ ।

हदीसका केही फाइदाहरू

  1. मानवीय स्वभावलाई ध्यानमा राखेर तीन दिन वा सोभन्दा कम कुराकानी बन्द गर्ने अनुमति छ ।
  2. सलामको महत्व, यो मनको घृणा मेटाउने माध्यम र प्रेमको प्रतीक हो ।
  3. इस्लाम मुस्लिमहरू बीच भाइचारा र प्रेमको वातावरण स्थापना गर्न चाहन्छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप