श्रेणी: सद्गुण र आचरण .
+ -

عن عائشة رضي الله عنها قالت: قال النبي صلى الله عليه وسلم:
«لَا تَسُبُّوا الْأَمْوَاتَ، فَإِنَّهُمْ قَدْ أَفْضَوْا إِلَى مَا قَدَّمُوا».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 1393]
المزيــد ...

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
मृतकलाई गालीगलौज नगर, किनकि उनीहरू पहिले गरेका (राम्रा वा नराम्रा) कर्मतर्फ फर्किसकेका छन् ।”

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 1393]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मृतकलाई गाली गलौज गर्न र तिनीहरूको इज्जतसँग खेलबाड गर्न हराम गर्नु भएको छ । यो असभ्यता र अभद्रता पनि हो, किनभने उनीहरु अघि पठाएका राम्रा वा नराम्रा कर्महरूमा पुगिसकेका छन् । दोस्रो कुरा तिनीहरूको बारेमा खराब बोलियो भने, यो तिनीहरूमा पुग्दैन, तर यसले जीवितहरूलाई चोट पुर्‍याउँछ ।

हदीसका केही फाइदाहरू

  1. यो हदीस मृतकलाई गालीगलौज निषेध गरिएको प्रमाण हो ।
  2. जिउँदो मानिसहरूलाई पीडा नहोस् र समाजलाई आपसी शत्रुता र घृणाबाट जोगाउन मृतकलाई गाली गर्नबाट टाढा रहनुपर्छ ।
  3. मृतकलाई गाली गर्न निषेध गर्नुको कारण भनेको मृतकले गरेका राम्रा वा नराम्रा कर्म अघि पुगिसकेको छ, त्यसैले उनीहरूलाई गाली गर्नुको कुनै औचित्य छैन,जबकि यसले तिनीहरूका जीवित आफन्तहरूलाई पीडा हुन्छ ।
  4. कुनै पनि व्यक्तिले भलाइ नभएको व्यर्थ कुरा भन्नु हुँदैन ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी ओरोमो कन्नड الولوف البلغارية अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप