श्रेणी: सद्गुण र आचरण .

عن عائشة رضي الله عنها قالت: قال النبي صلى الله عليه وسلم:
«لَا تَسُبُّوا الْأَمْوَاتَ، فَإِنَّهُمْ قَدْ أَفْضَوْا إِلَى مَا قَدَّمُوا».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 1393]
المزيــد ...

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
मृतकलाई गालीगलौज नगर, किनकि उनीहरू पहिले गरेका (राम्रा वा नराम्रा) कर्मतर्फ फर्किसकेका छन् ।”

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 1393]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मृतकलाई गाली गलौज गर्न र तिनीहरूको इज्जतसँग खेलबाड गर्न हराम गर्नु भएको छ । यो असभ्यता र अभद्रता पनि हो, किनभने उनीहरु अघि पठाएका राम्रा वा नराम्रा कर्महरूमा पुगिसकेका छन् । दोस्रो कुरा तिनीहरूको बारेमा खराब बोलियो भने, यो तिनीहरूमा पुग्दैन, तर यसले जीवितहरूलाई चोट पुर्‍याउँछ ।

हदीसका केही फाइदाहरू

  1. यो हदीस मृतकलाई गालीगलौज निषेध गरिएको प्रमाण हो ।
  2. जिउँदो मानिसहरूलाई पीडा नहोस् र समाजलाई आपसी शत्रुता र घृणाबाट जोगाउन मृतकलाई गाली गर्नबाट टाढा रहनुपर्छ ।
  3. मृतकलाई गाली गर्न निषेध गर्नुको कारण भनेको मृतकले गरेका राम्रा वा नराम्रा कर्म अघि पुगिसकेको छ, त्यसैले उनीहरूलाई गाली गर्नुको कुनै औचित्य छैन,जबकि यसले तिनीहरूका जीवित आफन्तहरूलाई पीडा हुन्छ ।
  4. कुनै पनि व्यक्तिले भलाइ नभएको व्यर्थ कुरा भन्नु हुँदैन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप