श्रेणी: सद्गुण र आचरण .
+ -

عن خَولة الأنصاريةِ رضي الله عنها قالت: سمعت النبي صلى الله عليه وسلم يقول:
«إِنَّ رِجَالًا يَتَخَوَّضُونَ فِي مَالِ اللهِ بِغَيْرِ حَقٍّ، فَلَهُمُ النَّارُ يَوْمَ الْقِيَامَةِ».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 3118]
المزيــد ...

खौलह अन्सारी (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें :
"निस्सन्देह, अल्लाहको सम्पत्ति दुरुपयोग गर्नेहरुको परिणाम कयामतको दिन नरक हो ।"

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 3118]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले खबरदार गर्दै भन्नुभएको छ: मानिसहरूले मुस्लिमहरूको सम्पत्तिको दुरुपयोग गर्छन् र गलत तरिकाले कब्जा गर्छन्। यसमा अनुचित रूपमा सम्पत्ति जम्मा गर्ने, कमाउने र गलत ठाउँमा खर्च गर्ने सबै कुरा समावेश छन् । त्यस्तै अनाथको सम्पत्ति हडप्ने, वक्फ (परोपकारी संस्था) को सम्पत्ति कब्जा गर्ने, नासोलाई अस्वीकार गर्ने र सार्वजनिक कोष बिना कुनै अधिकार प्रयोग गर्ने समावेश छन् ।
तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कयामतको दिन त्यस्ता मानिसहरूको सजाय नर्क हो बताउनु भयो ।

हदीसका केही फाइदाहरू

  1. मानिसको हातमा रहेको धन वास्तवमा अल्लाहको धन हो । अल्लाहले मानिसहरूलाई यस सम्पत्तिको उत्तराधिकारी बनाउनु भएको छ, ताकि तिनीहरूले यसलाई सही तरिकामा प्रयोग गरुन् र यसको दुरुपयोगबाट बच्न सकून् । यसमा शासक र आम जनता सबै समेटिएको छ ।
  2. शरियतले सार्वजनिक कोषको सम्बन्धमा धेरै कठोर दृष्टिकोण अपनाएको छ । सार्वजनिक कोषको हेरचाह गर्ने जिम्मेवारी दिइएको व्यक्तिले न्यायको दिन पैसा संकलन र खर्चको हिसाब दिनुपर्नेछ ।
  3. यस चेतावनीमा सम्पत्तिको दुरुपयोग गर्ने प्रत्येक व्यक्ति समावेश छन्, चाहे त्यो सम्पत्ति उसको आफ्नै होस् वा अरू कसैको होस् ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप