श्रेणी: सद्गुण र आचरण .

عن خَولة الأنصاريةِ رضي الله عنها قالت: سمعت النبي صلى الله عليه وسلم يقول:
«إِنَّ رِجَالًا يَتَخَوَّضُونَ فِي مَالِ اللهِ بِغَيْرِ حَقٍّ، فَلَهُمُ النَّارُ يَوْمَ الْقِيَامَةِ».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 3118]
المزيــد ...

खौलह अन्सारी (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें :
"निस्सन्देह, अल्लाहको सम्पत्ति दुरुपयोग गर्नेहरुको परिणाम कयामतको दिन नरक हो ।"

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 3118]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले खबरदार गर्दै भन्नुभएको छ: मानिसहरूले मुस्लिमहरूको सम्पत्तिको दुरुपयोग गर्छन् र गलत तरिकाले कब्जा गर्छन्। यसमा अनुचित रूपमा सम्पत्ति जम्मा गर्ने, कमाउने र गलत ठाउँमा खर्च गर्ने सबै कुरा समावेश छन् । त्यस्तै अनाथको सम्पत्ति हडप्ने, वक्फ (परोपकारी संस्था) को सम्पत्ति कब्जा गर्ने, नासोलाई अस्वीकार गर्ने र सार्वजनिक कोष बिना कुनै अधिकार प्रयोग गर्ने समावेश छन् ।
तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कयामतको दिन त्यस्ता मानिसहरूको सजाय नर्क हो बताउनु भयो ।

हदीसका केही फाइदाहरू

  1. मानिसको हातमा रहेको धन वास्तवमा अल्लाहको धन हो । अल्लाहले मानिसहरूलाई यस सम्पत्तिको उत्तराधिकारी बनाउनु भएको छ, ताकि तिनीहरूले यसलाई सही तरिकामा प्रयोग गरुन् र यसको दुरुपयोगबाट बच्न सकून् । यसमा शासक र आम जनता सबै समेटिएको छ ।
  2. शरियतले सार्वजनिक कोषको सम्बन्धमा धेरै कठोर दृष्टिकोण अपनाएको छ । सार्वजनिक कोषको हेरचाह गर्ने जिम्मेवारी दिइएको व्यक्तिले न्यायको दिन पैसा संकलन र खर्चको हिसाब दिनुपर्नेछ ।
  3. यस चेतावनीमा सम्पत्तिको दुरुपयोग गर्ने प्रत्येक व्यक्ति समावेश छन्, चाहे त्यो सम्पत्ति उसको आफ्नै होस् वा अरू कसैको होस् ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप