हदीसहरूको सूची

के म तिमीहरूलाई सबैभन्दा ठूलो पापबारे खबर नगरुँ?
عربي अंग्रेजी उर्दू
यदि कुनै मानिसले आफ्नो भाइसँग माया गर्दछ भने, उसले बताऒस् कि ऊ सँग माया गर्दछ" ।
عربي अंग्रेजी उर्दू
ठूला पापहरू: शिर्क (अल्लाहसँग साझेदारी) गर्नु, आमाबाबुको अवज्ञा गर्नु, कसैको हत्या गर्नु र झूटो कसम खानु हो।
عربي अंग्रेजी उर्दू
“विधुवा, एकल महिला, गरीब र दीन-दु:खीहरूको हेरचाह र सेवा गर्ने व्यक्ति जिहाद (धर्म युद्ध) गर्ने वा दिउँसो ब्रत बस्ने र राती सलाह (नमाज) पढ्ने व्यक्ति सरह हो ।”
عربي अंग्रेजी उर्दू
सात घातक कुराहरूबाट सावधान रहनुहोस्
عربي अंग्रेजी उर्दू
म सबै साझेदारहरूको शिर्क (साझेदारी) बाट निस्पृह छु । जसले कुनै धर्मक्रिया गर्छ र त्यसलाई म बाहेक अरू कसैको निमित्त गरि शिर्क गर्दछ, म उसलाई र उसको शिर्कलाई अस्वीकार गर्दछु
عربي अंग्रेजी उर्दू
“तिमीहरू आफ्ना घरहरूलाई चिहान नबनाऊ र मेरो चिहानलाई उत्सव (मेला) स्थल नबनाऊ । मेरो लागि प्रार्थना (दरूद र सलाम) गर। तिमीहरू जहाँ भए पनि तिमीहरूको प्रार्थना (दरूद र सलाम) म सम्म पुग्नेछ ।”
عربي अंग्रेजी उर्दू
अल्लाहले उसलाई उसले गरेका सत्कर्म अनुसार स्वर्गमा प्रवेश गराउनुहुनेछ ।
عربي अंग्रेजी उर्दू
जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क गरेको अवस्थामा भेट्छ, ऊ नर्कमा प्रवेश गर्नेछ ।
عربي अंग्रेजी उर्दू
जसले मलाई आफ्नो दुई बङ्गारो बीचको चीज (जिब्रो, मुखको बोली ) र दुई तिघ्रा बीचको चीज (गुप्ताङ्ग) को सुरक्षाको ग्यारेन्टी दिन्छ, म उसलाई स्वर्गको ग्यारेन्टी दिन्छु ।
عربي अंग्रेजी उर्दू
सर्वश्रेष्ठ जिक्र (स्तुति) 'ला इला-ह इल्लल्लाह' हो र सबैभन्दा राम्रो दुआ (प्रार्थना) 'अल-हमदु लिल्लाह' हो ।
عربي अंग्रेजी उर्दू
स्वर्ग तिम्रो जुत्ताको फित्ता भन्दा पनि नजिक छ र नर्क पनि ।
عربي अंग्रेजी उर्दू
दैनिक पाँच नमाज, र एक शुक्रवारदेखि अर्को शुक्रबार (सम्मको प्रार्थना) र एक रमजानदेखि अर्को रमजान (सम्मको उपवास) ले ती दिनहरु बीच भएका पापहरू लाई मेटाई दिन्छ, यस शर्त साथ कि व्यक्तिले ठूला पापहरूबाट आफूलाई जोगाइ रहोस् ।
عربي अंग्रेजी उर्दू
मुस्लिमलाई जस्तोसुकै पीडा, रोग, चिन्ता, आघात, थकान वा दु:ख आइपरे पनि, यहाँसम्म काँडा बिज्दा पनि अल्लाहले त्यसको बदलामा उसका केही पापहरू क्षमा गरिदिनुहुन्छ।
عربي अंग्रेजी उर्दू
नर्क इच्छा तथा आकंक्षाहरूले घेरिएको छ भने स्वर्ग अप्रिय चीजहरूले घेरिएको छ ।
عربي अंग्रेजी उर्दू
एक मुस्लिमको अर्को मुस्लिममाथि पाँच अधिकारहरू छन्; सलाम (अभिवादन) को जवाफ फर्काउने, बिरामीलाई (हालखबर लिन) भेट्न जाने, जनाजा (अन्त्येष्टि) मा सहभागी हुने, निमन्त्रणा स्वीकार गर्ने र हाछ्युँ गर्नेलाई जवाफ1 दिने ।
عربي अंग्रेजी उर्दू
अल्लाहले त्यो व्यक्तिमाथि कृपा गरून् जसले किनबेच र ऋण असुल उपर गर्दा नम्रतापूर्वक व्यवहार गर्छ ।
عربي अंग्रेजी उर्दू
एकजना व्यक्तिले मानिसहरूलाई पैसा उधारो दिने गर्थ्यो। उसले आफ्नो नोकरलाई (ऋण उठाउन पठाउँदा) भन्थ्यो : "यदि कसैको ऋण तिर्न अवस्था छैन भने उसलाई माफ गरिदिनु। सायद अल्लाहले हामीलाई पनि क्षमा गरिदिनुहुनेछन्
عربي अंग्रेजी उर्दू
तिमी जहाँ भए पनि अल्लाहसँग डराऊ, नराम्रो काम गरेपछि राम्रो काम गर्ने गर ताकि त्यो मेटियोस् र मानिसहरूसँग राम्रो व्यवहार गर।
عربي अंग्रेजी उर्दू
जब दुई मुसलमानहरू एकअर्काको विरुद्ध तरवार उठाएर खडा हुन्छन्, हत्यारा र पीडित दुवै नरकको भागीदार हुनेछन्
عربي अंग्रेजी उर्दू
हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ
عربي अंग्रेजी उर्दू
अल्लाहले हर काममा राम्रो व्यवहार गर्न अनिवार्य गर्नुभएको छ
عربي अंग्रेजी उर्दू
अल्लाहले तिम्रो रूप र धनलाई हेर्नुहुन्न, तर तिम्रो हृदय र कर्महरूलाई हेर्नुहुन्छ ।
عربي अंग्रेजी उर्दू
सबै कार्यहरू नियतीमा आधारित हुन्छन् र प्रत्येक व्यक्तिलाई उसको नियत अनुसार इनाम दिइनेछ
عربي अंग्रेजी उर्दू
रिसाउनु हुँदैन
عربي अंग्रेजी उर्दू
यदि तिमीहरु अल्लाहप्रति त्यसरी भरोसा गर्छौ जसरी भरोसा गर्ने हक छ, उहाँले तिमीहरुलाई त्यसै गरी जीविका दिनुहुनेछ जसरी चरालाई दिनुहुन्छ। ती चराहरु बिहान खाली पेट निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् ।”
عربي अंग्रेजी उर्दू
एक व्यक्तिले पाप गर्यो र भन्यो: हे अल्लाह! मेरो पापलाई क्षमा गर्नुहोस्
عربي अंग्रेजी उर्दू
वास्तवमा, आफ्नो घरपरिवार, प्रजा र मातहतमा रहेकाहरूमाथी न्याय गर्ने न्यायाधीशहरू अल्लाहको दाहिने हाततिर उज्यालो मञ्चमा विराजमान हुनेछन् । उहाँका दुवै हातहरू दाहिने हुन्
عربي अंग्रेजी उर्दू
जो नम्रताबाट वञ्चित छ, त्यो सबै भलाइबाट वञ्चित छ ।
عربي अंग्रेजी उर्दू
तिमीहरूलाई थाहा छ गीबत [चुक्ली] भनेको के हो?" साथीहरूले भने: अल्लाह र उनका रसूल राम्ररी जान्दछन् । उहाँले भन्नुभयो: "तिमीले आफ्नो भाइको बारेमा उसलाई मन नपर्ने कुरा गर्नु
عربي अंग्रेजी उर्दू
निस्सन्देह, अल्लाहको सम्पत्ति दुरुपयोग गर्नेहरुको परिणाम कयामतको दिन नरक हो ।
عربي अंग्रेजी उर्दू
शङ्का बाट होसियार; किनकि शङ्का सबैभन्दा झूटो कुरा हो
عربي अंग्रेजी उर्दू
हर भलाइ र उपकार दान हो ।
عربي अंग्रेजी उर्दू
कुनै पनि राम्रो कामलाई कहिले पनि तुच्छ नठान्नु, चाहे त्यो आफ्नो भाइलाई मुसुक्क हाँसेर भेट्नु नै किन नहोस ।
عربي अंग्रेजी उर्दू
बलियो त्यो होइन, जसले कसैलाई पराजित गर्छ, बलियो त्यो हो जसले रिस आवेगको बेला आफूमाथि नियन्त्रण राख्छ ।
عربي अंग्रेजी उर्दू
जसले राम्रो कामको मार्गदर्शन गर्दछ, उसलाई त्यो कर्म गर्ने व्यक्ति बराबर पुण्य दिइनेछ
عربي अंग्रेजी उर्दू
मृतकलाई गालीगलौज नगर, किनकि उनीहरू पहिले गरेका (राम्रा वा नराम्रा) कर्मतर्फ फर्किसकेका छन् ।”
عربي अंग्रेजी उर्दू
“कुनै मान्छेको लागी आफ्नो भाइसँग तीन दिनभन्दा बढी बोलचाल बन्द राख्न जायज छैन । दुबै एक अर्कालाई भेट्छन् तर अर्कोतिर मुख फर्काएर बस्छन भने दुई मध्ये सबैभन्दा राम्रो त्यो हो जसले सलाम गर्नमा पहल गर्छ ।
عربي अंग्रेजी उर्दू
सम्बन्ध तोड्ने व्यक्ति स्वर्गमा प्रवेश गर्ने छैन ।
عربي अंग्रेजी उर्दू
दुइ मुखे (चुगली गर्ने) व्यक्ति स्वर्गमा प्रवेश गर्नेछैन ।
عربي अंग्रेजी उर्दू
जसले आफ्नो जीविकोपार्जन विस्तार होस् र आयु लामो होस् भन्ने चाहन्छ, उसले आफ्नो नातागोतासँग राम्रो सम्बन्ध कायम गरोस् ।
عربي अंग्रेजी उर्दू
मानिस आफ्नो ईश्वर देखि सबैभन्दा नजिक सजदा गर्दाको हालतमा हुँदा हुन्छ । त्यसैले (सजदामा) धेरै प्रार्थना गर्नु।
عربي अंग्रेजी उर्दू
जो अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले राम्रो बोलोस् वा मौन बसोस्
عربي अंग्रेजी उर्दू
जसले मानिसहरूप्रति दया गर्दैन, अल्लाहले उप्रति दया गर्नुहुन्न ।
عربي अंग्रेजी उर्दू
अल्लाहको नजरमा सबैभन्दा घृणित व्यक्ति त्यो हो जो अत्यन्त झगडालु र सधैं विवादमा रहन्छ ।
عربي अंग्रेजी उर्दू
अल्लाहको नजरमा सबैभन्दा प्रिय शब्दहरू चार हुन्: सुब्हानल्लाह (अल्लाह पवित्र हुनुहुन्छ), अल-हम्दु लिल्लाह (सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन्), ला इलाहा इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) र अल्लाहु अकबर (अल्लाह सर्वोच्च हुनुहुन्छ) ।" यी चारमध्ये तिमीले जुनसुकै बाटसुरु गरे हुन्छ ।
عربي अंग्रेजी उर्दू
कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार
عربي अंग्रेजी उर्दू
हया (लाज) ईमानको एक भाग हो
عربي अंग्रेजी उर्दू
दुआ (प्रार्थना) नै उपासना हो
عربي अंग्रेजी उर्दू
तिमीहरूले सत्य बोल्नु पर्छ, किनकि सत्यले धर्मको बाटो देखाउँछ र धार्मिकताले पक्कै स्वर्गमा पुर्‍याउँछ ।
عربي अंग्रेजी उर्दू
दुई शब्दहरू यस्ता छन्, जुन जिब्रोमा हलुका, तराजुमा भारी र रहमान (परम दयालु) लाई धेरै प्रिय छन्
عربي अंग्रेजी उर्दू
अल्लाहको नजरमा प्रार्थना भन्दा सम्मानित र महान अरु केही छैन ।
عربي अंग्रेजी उर्दू
जसले आफ्नो भाइको इज्जत र मर्यादाको रक्षा गर्छ, अल्लाहले उसलाई न्यायको दिन नरकको आगोबाट बचाउनुहुनेछ ।
عربي अंग्रेजी उर्दू
जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ, उसको पापहरू माफ गरिन्छ, चाहे त्यो समुद्रको फिज बराबर भए पनि ।
عربي अंग्रेजी उर्दू
जसले ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १० चोटि पढ्छ
عربي अंग्रेजी उर्दू
अल्लाहले जसको लागि भलाइ चाहनुहुन्छ, उसलाई इस्लाम धर्मको गहिराइका साथ समझ दिनुहुन्छ
عربي अंग्रेजी उर्दू
निश्‍चय नै, अल्लाहले त्यो दासलाई प्रेम गर्नुहुन्छ, जो धर्मपरायण, आत्मनिर्भर र विनम्र हुन्छ ।
عربي अंग्रेजी उर्दू
(यदि कसैले उपहार स्वरूप दिएमा) रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अत्तर (सुगन्ध) लाई कहिल्यै पनि अस्वीकार गर्नु हुन्थेन।
عربي अंग्रेजी उर्दू
सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको व्यवहार राम्रो छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो त्यो हो जो आफ्नो महिलाहरु (छोरी/स्वास्नी)प्रति राम्रो हुन्छ ।
عربي अंग्रेजी उर्दू
दया र नरमपनाले हर कुरालाई सुन्दर बनाउँछ र यसलाई हटाइयो भने कुरूप र दोषपूर्ण बनाउँछ ।
عربي अंग्रेजी उर्दू
निश्चय नै अल्लाह आफ्नो सेवकबाट तब खुशी हुनुहुन्छ जब ऊ खाना खान्छ र त्यसमा उहाँको प्रशंसा गर्छ, वा जब ऊ कुनै पेय पिउँछ र त्यसमा उहाँको प्रशंसा गर्छ।
عربي अंग्रेजी उर्दू
मुमिनले आफ्ना राम्रा चरित्र र व्यवहारका कारण दिनभरी व्रत बस्ने र राती तहज्जुदको नमाज पढ्ने व्यक्तिको स्थान प्राप्त गर्दछ ।
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये सबैभन्दा राम्रो त्यो हो जसको नैतिकता उत्तम छ ।
عربي अंग्रेजी उर्दू
निस्सन्देह अल्लाहले अत्याचारीलाई मौका दिनुहुन्छ, तर जब पकड गर्नुहुन्छ तब छोड्नु हुन्न
عربي अंग्रेजी उर्दू
मैले आफ्नो पश्चात पुरुषहरूका लागि महिलाहरू भन्दा बढी हानिकारक कुनै फितना (प्रलोभन) छोडेको छैन ।
عربي अंग्रेजी उर्दू
सजिलो बनाउ, कठिन नबनाउ। खुसीको खबर सुनाउ, घृणा पैदा नगर।
عربي अंग्रेजी उर्दू
जो कोही कुनै ठाउँमा ओर्लन्छ र यो दुआ पढ्छ: 'अऊजु बिकलिमातिल्लाहि-त्ताम्माति मिन् शर्रि मा खलक् ।’ (म अल्लाहको पूर्ण वचनहरूद्वारा सृष्टिको प्रत्येक हानीनोक्सानी बाट शरण चाहन्छु ।) त्यो ठाउँमा बसुन्जेल उसलाई कुनै पनि कुराले हानि गर्न सक्दैन ।
عربي अंग्रेजी उर्दू
तिमीहरू मध्ये कोही पनि (पूर्ण) मुमिन (आस्थावान्) हुन सक्दैन, जबसम्म म उसको नजिक उसको बुबाआमा, छोराछोरी र सबै मानिसहरू भन्दा बढी प्रिय हुँदिन।
عربي अंग्रेजी उर्दू
“सुब्हानल्लाह्, वल्-हम्दु लिल्लाह्, वला इलाह इल्-लल्लाह्, वल्लाहु अक्बर’ भन्नु मेरो लागि यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा प्रिय छ ।
عربي अंग्रेजी उर्दू
जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा आयत पढ्छ, यी दुई आयतहरु उसको लागि पर्याप्त हुन्छन् ।
عربي अंग्रेजी उर्दू
जसले अल्लाहको पुस्तक (कुर्आन) को एक अक्षर पढ्छ, उसले एउटा पुण्य प्राप्त गर्दछ र एक पुण्यलाई दश गुणा दिइन्छ
عربي अंग्रेजी उर्दू
दया देखाउनेहरूमाथि रहमान (अल्लाह) ले दया गर्नुहुन्छ । पृथ्वीका जीवहरूमाथि दया गर, आकाशमा हुनेले तिमीहरूमाथि दया गर्नुहुनेछ ।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले क़ज़ा (अर्थात् टाउकोका केही भागमा मात्रै कपाल मुण्डन गर्ने) निषेध गर्नुभएको छ ।
عربي अंग्रेजी उर्दू
हामी उमर (रजियल्लाहु अन्हु) यहाँ उपस्थित थियौं जब उनले भने: "हामीलाई तकल्लुफ (अनावश्यक रूपमा कष्ट भोग्न) निषेध गरिएको छ ।
عربي अंग्रेजी उर्दू
जसले अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दास र दूत हुन् भनी साँचो हृदयले गवाही दिन्छ, अल्लाहले उसको लागि नरक निषेध गर्नुहुनेछ
عربي अंग्रेजी उर्दू
ए बाबु! बिस्मिल्लाह पढ, आफ्नो दाहिने हातले खाऊ र आफ्नो अगाडिबाट खाऊ
عربي अंग्रेजी उर्दू
जब तिमीहरूमध्ये कसैले खाना खान्छ भने दायाँ हातले खानुपर्छ, र जब पिउँछ भने दायाँ हातले पिउनुपर्छ। किनकि शैतानले आफ्नो बायाँ हातले खान्छ र पिउँछ।
عربي अंग्रेजी उर्दू
तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई भरि दिन्छ
عربي अंग्रेजी उर्दू
भक्तहरूमाथि अल्लाहको अधिकार के हो भने तिनीहरूले उहाँको मात्र उपासना गरून् र उहाँको (उपासना)मा कसैलाई साझेदार नबनाऊन (शिर्क नगरून्) र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भने जसले उहाँको (उपासना)मा कसैलाई साझेदार बनाउदैन, वहाँले उसलाई दण्ड नदिऊन्
عربي अंग्रेजी उर्दू
जसले शिर्क (अल्लाहको उपासनाको अधिकार अरू लाई दिनु ) नगरीकन मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ र जसले शिर्क गर्दागर्दै मर्छ, ऊ नर्कमा प्रवेश गर्नेछ।
عربي अंग्रेजी उर्दू
मलाई इस्लामको बारेमा एउटा यस्तो कुरा बताउनुहोस् जुन मैले अरू कसैलाई सोध्न नपरोस् । उहाँले भन्नुभयो: "भन, म अल्लाहमा विश्वास गर्छु र त्यसपछि त्यसमा अडिग रहनु।
عربي अंग्रेजी उर्दू
अल्लाहले प्रलयको दिन
عربي अंग्रेजी उर्दू
जब अल्लाहले स्वर्ग र नर्क सृष्टि गर्नुभयो, तब उहाँले जिब्रील (अलैहिस्सलाम)
عربي अंग्रेजी उर्दू
अल्लाहसँग डराउनु र आफ्ना शासकहरूको आदेश सुन्नु र पालन गर्नु, चाहे शासक एक कालो दास भए पनि । तिमीहरूले मेरो पछि धेरै विवाद देख्ने छौ। त्यसैले मेरो सुन्नत र सही मार्गनिर्देशित खलीफाहरूको सुन्नतको अनुसरण गर्नु
عربي अंग्रेजी उर्दू
जब मुअज्जिन (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ र (जवाफमा) तिमीहरूमध्ये कसैले (अल्लाहु अक्बर, अल्लाहु अक्बर)
عربي अंग्रेजी उर्दू
अल्लाहले भन्नुभएको छ: मैले सलाह (नमाज) लाई म र मेरो भक्तको बीचमा आधा-आधा बाडेको छु र मेरो भक्तले जे मागेको छ त्यही पाउनेछ
عربي अंग्रेजी उर्दू
हे अब्बास, अल्लाहका रसूलको काका, अल्लाहसँग यस संसार र परलोकमा शान्ति र कल्याणको लागि प्रार्थना गर्नुहोस् ।
عربي अंग्रेजी उर्दू
“तिमीहरु रेशम र दिबाज (बाक्लो रेशमी वस्त्र) नलगाउनु, तथा सुन र चाँदीका भाँडा र थालहरूमा खानपान नगर्नू। किनभने, यी वस्तुहरू तिनीहरू (अविश्वासीहरू) का लागि यस लोकमा हुन् र हाम्रो लागि परलोकमा हुन्।”
عربي अंग्रेजी उर्दू
जसले यस संसारमा रेशमको लुगा लगायो, उसले परलोकमा रेशम लगाउन पाउने छैन।
عربي अंग्रेजी उर्दू
मैले तिमीहरूमाथि शंका गरेर कसम खुवाएको होइन, तर वास्तविकता यो हो कि म कहाँ जिब्रील (अलैहिस्सलाम) आउनुभयो र मलाई भन्नुभयो कि अल्लाहले फरिश्ताहरू (स्वर्गदूतहरू) को सामु (यसै सत्कर्मको कारणले) तपाईंहरूप्रति गर्व गरिरहनुभएको छन्।
عربي अंग्रेजी उर्दू
निश्चय नै यी दुवैलाई सजाय दिइँदैछ तर उनीहरू कुनै ठूलो पापको कारणले दण्डित भइरहेको छैनन्, (सजाय भोगीरहेका कारण यो हो कि) तिनीहरूमध्ये एक पिसाबबाट बच्दैनथ्यो र अर्कोले चुक्ली गर्थ्यो
عربي अंग्रेजी उर्दू
मोजालाई नफुकाल्नु; किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ
عربي अंग्रेजी उर्दू
“जब तिमीहरूमध्ये कसैले वुजू गर्छ, उसले नाकमा पानी हालेर राम्रोसँग सफा गरोस्। जसले इस्तिन्जा (ढुंगाद्वारा शुद्धता प्राप्त गर्नु) गर्छ, उसले विजोर सङ्ख्यामा ढुंगा प्रयोग गरोस्।
عربي अंग्रेजी उर्दू
जब कुनै व्यक्ति आफ्नो घरमा प्रवेश गर्दा र खाना खान सुरु गर्दा अल्लाहको नाम लिन्छ, तब शैतानले आफ्ना साथीहरूलाई भन्छ: "यहाँ तिमीहरूका लागि न त बास बस्ने ठाउँ छ, न त खानाको व्यवस्था
عربي अंग्रेजी उर्दू
निश्चय नै यो संसार मधुर र रमणीय छ। अल्लाहले तिमीहरूलाई यस संसारमा उत्तराधिकारी बनाउनुभएको छ र उहाँले हेर्नुहुन्छ कि तिमीहरू के कसरी कर्म गर्छौ। तसर्थ, संसार (को मोह माया) बाट सचेत रहनु र महिलाहरूबाट पनि सचेत रहनु
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये कसैले पनि पिसाब गर्दा दाहिने हातले आफ्नो गोप्यअंग नसमातोस्, न त शौचपछि दाहिने हातले इस्तिन्जा (पखाल्ने काम) गरोस्, र न त भाँडा (मा पानी पिउँदा) भाँडोभित्र सास फेरोस्।
عربي अंग्रेजी उर्दू
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई कयामतको बारेमा सोधे: "कयामत (प्रलय) कहिले आउँछ?" उहाँले सोध्नुभयो: "तिमीले यसको लागि के तयारी गरेका छौ?
عربي अंग्रेजी उर्दू
असल साथीको उदाहरण अत्तर (सेन्ट) बेच्ने व्यक्तिसँग मिल्दोजुल्दो छ, भने नराम्रो साथीको उदाहरण आगोको भट्टीमा फुक्ने लोहार जस्तो हो
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः निम्न दुआ गर्नुहुन्थ्यो : ‘या मुकल्लिबल-कुलूब, सब्बित कल्बी अला दीनिक’ अर्थ : "हे हृदयहरू परिवर्तन गर्ने! मेरो हृदयलाई तपाईंको धर्ममा अडिग बनाउनुहोस् ।
عربي अंग्रेजी उर्दू
जसले साँचो मनले अल्लाहसँग शहादत माग्छ, अल्लाहले उसलाई शहीदको दर्जा दिनुहुनेछ, चाहे ऊ आफ्नो ओछ्यानमा मरे पनि ।
عربي अंग्रेजी उर्दू
मुमिन (आस्थावान) पुरुष र मुमिन महिलालाई आफ्नो जीउ-धन र सन्तानमा सधैं परीक्षाहरू जारी रहन्छ । यहाँसम्म उनीहरू कुनै पाप नरहेको अवस्थामा अल्लाहलाई भेट्ने छन् ।
عربي अंग्रेजी उर्दू
अल्लाह आफ्नो भक्तदेखि रातको अन्तिम प्रहरमा सबैभन्दा बढी नजिक हुनुहुन्छ
عربي अंग्रेजी उर्दू
मानिसले खर्च गर्ने सबैभन्दा उत्तम दीनार (पैसा) त्यो हो जुन ऊ आफ्नो परिवारमाथि खर्च गर्छ, त्यसपछि त्यो पैसा जुन ऊ अल्लाहको मार्गमा आफ्नो सवारी (जनावर) माथि खर्च गर्छ, त्यसपछि त्यो पैसा जुन ऊ अल्लाहको मार्गमा आफ्ना साथीहरूमाथि खर्च गर्छ।
عربي अंग्रेजी उर्दू
जब तिमीहरूमध्ये कसैले राम्रो सपना देख्छ, उसले यो अल्लाहबाट आएको हो भनेर जान्नुपर्छ। त्यसैले उसले त्यसको लागि अल्लाहको प्रशंसा गर्नुपर्छ र त्यसको वर्णन गर्नुपर्छ। तर जब उसले मन नपर्ने कुरा देख्छ, उसले यो जान्नुपर्) ले यो शैतानको तर्फबाट हो। त्यसैले उसले त्यो सपनाको नराम्रोबाट अल्लाहको शरण लिनुपर्छ र कसैलाई पनि यो कुरा उल्लेख गर्नु हुँदैन, किनकि उसले उसलाई हानि पुर्‍याउन सक्ने छैन।
عربي अंग्रेजी उर्दू
मुमिन (आस्थावान) को मामिला कति अचम्मको छ। उसको सम्पूर्ण मामिलामा उसको लागि भलाइ छ र त्यो मुमिन बाहेक अरू कसैको लागि छैन।
عربي अंग्रेजी उर्दू
”जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई हाच्छ्युँ आउँथ्यो, तब आफ्नो हात वा कपडा मुखमाथि राख्नुहुन्थ्यो र त्यसैद्वारा आफ्नो आवाजलाई मधुरो वा कम गर्नुहुन्थ्यो।”
عربي अंग्रेजी उर्दू
कयामतको दिन एक व्यक्तिलाई ल्याइनेछ र उसलाई नरकमा फ्याँकिनेछ । उसको पेटका आन्द्राहरू बाहिर निस्कनेछन् र ऊ त्यसको वरिपरि यसरी घुम्नेछ जसरी गधा जाँतो (चक्की) को वरिपरि घुम्छ ।
عربي अंग्रेजी उर्दू
जसले दुई छोरीहरूलाई यौवनावस्थामा नपुगुन्जेलसम्म पालनपोषण गर्छ, ऊ र म प्रलयको दिन यसरी नै आउनेछन्।" यसो भन्दै गर्दा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना औंलाहरू जोडेर एकसाथ देखाउनुभयो।
عربي अंग्रेजी उर्दू
“तिमीहरूले अल्लाह र उहाँका रसूलप्रति विश्वास नगरेसम्म स्वर्गमा प्रवेश गर्ने छैनौ, र तिमीहरूले एकअर्कासँग प्रेम नगरेसम्म तिमीहरूको आस्था पूर्ण हुने छैन। के म तिमीहरूलाई एउटा यस्तो कुरा नबताऊँ, जुन यदि तिमीहरूले गर्न थाल्यौ भने तिमीहरू आपसमा माया गर्नेछौ? तिमीहरू आपसमा सलाम (शान्तिको अभिवादन) फैलाऊ।”
عربي अंग्रेजी उर्दू
, ‘कुन कर्म अल्लाहलाई सबैभन्दा प्रिय छ?’ उहाँले जवाफ दिनुभयो: ‘समयमै नमाज पढ्नु।’ मैले फेरि सोधें, त्यसपछि? उहाँले भन्नुभयो: ‘आमाबाबुसँग राम्रो व्यवहार गर्नु।’ मैले पुनः सोधें, त्यसपछि? उहाँले जवाफ दिनुभयो: ‘अल्लाहको मार्गमा जिहाद (धार्मिक युद्ध) गर्नु
عربي अंग्रेजी उर्दू
यो एउटा ढुङ्गा (को आवाज) हो, जुन सत्तरी वर्षअघि नर्कमा फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ ।”
عربي अंग्रेजी उर्दू
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक देब्रे हातले खाना खायो । यो देखेर उहाँले भन्नुभयो: "दाहिने हातले खाऊ ।" उसले भन्यो: म (दायाँ हातले खान) सक्दिनं । उहाँले भन्नुभयो: "तिमी कहिल्यै सक्ने छैनौ
عربي अंग्रेजी उर्दू
अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, (तीन पटक) भन्नुभयो, र यस प्रकारको कुरा हामी सबैको हृदयमा आउँछ, तर अल्लाहमाथि तवक्कुल (पूर्ण भरोसा) गर्नाले उहाँले यसलाई हटाइदिनुहुन्छ।
عربي अंग्रेजी उर्दू
न त रोग आफैँ सर्छ, न कुनै अशुभ शकुन हुन्छ, न 'हामा' (उल्लू अशुभ हुने विश्वास) को कुनै प्रभाव हुन्छ, न 'सफर' महिना अशुभ हुन्छ, र कुष्ठरोगीबाट यसरी टाढा भाग जसरी सिंहबाट भाग्छौ।
عربي अंग्रेजी उर्दू
“अल्लाहको कसम! यदि अल्लाहले तिम्रो माध्यमबाट एक जना मात्र व्यक्तिलाई पनि सही मार्ग (हिदायत) मा ल्याइदिनुभयो भने, त्यो तिम्रा लागि राता-राता ऊँटहरू (त्यस समयको सबैभन्दा मूल्यवान् सम्पत्ति) प्राप्त गर्नुभन्दा धेरै उत्तम हुनेछ।
عربي अंग्रेजी उर्दू
अल्लाहसँग डराउनु, जो तिमीहरूको पालनकर्ता हुन्, दिनको पाँच पटक नमाज पढ्नु, रमजान महिनाको रोजा राख्नु, आफ्नो धनसम्पत्तिमा अनिवार्य हुने जकात दिनु र आफ्नो हाकिमको आज्ञापालन गर्नु, यसो गरेमा, तिमी आफ्नो परमेश्‍वर को स्वर्गमा प्रवेश गर्नेछौ ।
عربي अंग्रेजी उर्दू
जब तिमीहरूमध्ये कोही आफ्नो भाइलाई भेट्छौ भने, उसलाई सलाम (अभिवादन) गरोस्। अनि यदि तिनीहरूको बीचमा कुनै रूख, पर्खाल वा ढुङ्गा आउँछ र ऊ उसलाई (फेरि) भेट्छ भने, उसलाई पुन: अभिवादन गरोस्।
عربي अंग्रेजी उर्दू
के म तिमीहरूलाई यस्तो कामको बारेमा नभनुँ जसद्वारा अल्लाहले पापहरू मेटाउनुहुन्छ र दर्जाहरू उच्च पार्नुहुन्छ ?
عربي अंग्रेजी उर्दू
के म तिमीहरूलाई तिम्रो सबैभन्दा उत्तम कर्म, तिम्रो पालनकर्ताको नजरमा सबैभन्दा प्रशंसनीय, तिम्रो दर्जालाई उच्च पार्ने
عربي अंग्रेजी उर्दू
म यस्तो कुरा जान्दछु, यदि उसले पढ्यो भने, उसको रिस समाप्त हुनेछ।
عربي अंग्रेजी उर्दू
राम्रो सपना अल्लाहको तर्फबाट हो र नराम्रो सपना शैतानको तर्फबाट हो। त्यसैले जब तिमीहरूमध्ये कसैले नराम्रो सपना देख्छ, उसले आफ्नो बायाँ तर्फ तीन पटक थुक्नु पर्छ र शैतानको दुष्टताबाट अल्लाहको शरण लिनु पर्छ। यदि उसले त्यसो गर्छ भने, सपनाले उसलाई कुनै पनि हानि गर्दैन।
عربي अंग्रेजी उर्दू
मैले भने: हे रसूल! मुक्ति के हो? उहाँले भन्नुभयो: "आफ्नो जिब्रोलाई नियन्त्रणमा राख, आफ्नो घरमा सुरक्षित रह र आफ्नो पापमा पश्चात्ताप गर्दै रोऊ।
عربي अंग्रेजी उर्दू
मेरो दासले मेरो बारेमा जस्तो सोच राख्छ, म त्यही अनुसार उसको लागि हुन्छु। म उसको साथमा हुन्छु जब ऊ मलाई सम्झिन्छ
عربي अंग्रेजी उर्दू
मलाई स्वर्गमा प्रवेश गर्ने केही कर्महरू बताउनुहोस्।" उहाँले भन्नुभयो: "अल्लाहको उपासना गर्नु र उहाँसँग कसैलाई साझेदार नमान्नु, फर्ज (अनिवार्य) नमाजहरू पढ्नु, जकात दिनु र रमजानको रोजा राख्नु
عربي अंग्रेजी उर्दू
त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्।" सोधियो: "को? हे अल्लाहका रसूल?" उहाँले भन्नुभयो: "जसले आफ्ना आमाबुबा दुवैलाई वा तीमध्ये एकलाई बुढेसकालमा पाउँछ, तर (उनीहरूको सेवा गरेर) स्वर्गमा प्रवेश गर्दैन।
عربي अंग्रेजी उर्दू
एकल उपासकहरूले अग्रता लिइसके
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये प्रत्येक मानिस राति सुत्दा शैतानले उसको टाउको पछाडि तीनवटा गाँठो बाँध्छ र प्रत्येक गाँठोमा फुँक्छ र भन्छ, 'सुत, अझै धेरै रात बाँकी छ।
عربي अंग्रेजी उर्दू
मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा दिइनेछ, खुलेआम पाप गर्नेहरू बाहेक
عربي अंग्रेजी उर्दू
जसले यस संसारमा अरु कसैको रहस्य लुकाउँछ, अल्लाहले पुनरुत्थानको दिन उसको रहस्य लुकाउनुहुनेछ।
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये प्रत्येकले अल्लाहको बारेमा राम्रो सोच राख्दै मृत्युवरण गर्नुपर्छ।
عربي अंग्रेजी उर्दू
जुन रात मलाई मेराज (स्वर्ग) मा लगियो, मैले इब्राहिम (अलैहिस्सलाम) लाई भेटें, उहाँले भन्नुभयो: हे मुहम्मद! आफ्नो उम्मतलाई मेरो सलाम सुनाउनुहोस् र तिनीहरूलाई भन्नुहोस्, स्वर्गको माटो धेरै राम्रो र यसको पानी धेरै मीठो छ।
عربي अंग्रेजी उर्दू
यदि तिमीले भने जस्तै हो भने, यो तिमीले उनीहरूलाई तातो खरानी खुवाउँदैछौ जस्तो हो र जबसम्म तिमी यो अवस्थामा रहनेछौ, अल्लाहको तर्फबाट तिम्रो लागि एक सहयोगी नियुक्त गरिनेछ।
عربي अंग्रेजी उर्दू
जसले कुनै यस्तो सभाबाट निस्किन्छ जसमा अल्लाहको जिक्र गरेको छैन भने तिनीहरू त्यो सभाबाट मरेको गधाको लाशजस्तो निस्किन्छन् र यो उनीहरूका लागि पछुतोको कारण बन्छ।
عربي अंग्रेजी उर्दू
जो व्यक्ति आफ्नो पालनकर्ताको स्मरण गर्छ र जो स्मरण गर्दैन, तिनीहरूको उदाहरण जीवित र मृत व्यक्ति जस्तै हो।
عربي अंग्रेजी उर्दू
मेरो मृत्युपछि मलाई तिम्रो लागि यो संसारको चमक र सांसारिक सजावटका ढोकाहरू खोलिनेछ भन्ने कुराको डर छ।
عربي अंग्रेजी उर्दू
कयामतको दिन नर्कवासीहरूमध्ये सबैभन्दा कम सजाय पाउने व्यक्ति त्यो हुनेछ जसको लागि दुईवटा जुत्ता र जुत्ता बाँध्ने दुईवटा आगोका डोरीहरू हुनेछन्, जसबाट उसको दिमाग भाँडो जस्तै खोलिनेछ। उसले सोच्नेछ, उसलाई भन्दा कडा सजाय कसैलाई दिइएको छैन, तर वास्तवमा उसले सबैभन्दा हल्का सजाय भोगिरहेको हुनेछ।
عربي अंग्रेजी उर्दू
सवारले पैदल हिंड्नेलाई, पैदल हिंड्नेले बसेकालाई र सानो समुहले ठूलो समुहलाई सलाम गर्नु पर्दछ ।
عربي अंग्रेजी उर्दू
पुण्य भनेको उच्च व्यवहार हो र पाप भनेको जुन कुरा तिम्रो मनमा सङ्का पैदा गर्छ र तिमी चाहँदैनौ कि मानिसहरूले त्यसलाई थाहा पाउन»।
عربي अंग्रेजी उर्दू
हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो।
عربي अंग्रेजी उर्दू
“अल्लाह (ईश्वर) ले रातको समयमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि दिनमा पाप गर्नेहरूले पश्चात्ताप (तौबा) गर्न सकून्, र दिनको समयमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि रातमा पाप गर्नेहरूले पश्चात्ताप गर्न सकून्। यो (क्षमाको) क्रम तबसम्म जारी रहन्छ, जबसम्म सूर्य पश्चिम दिशाबाट उदाउँदैन 1।”
عربي अंग्रेजी उर्दू
पहिलाका अम्बिया (सन्देष्टाहरू) सित मान्छेहरूले जे कुरा सिकेका थिए, (त्यसमध्ये यो पनि हो) : "यदि तिमीलाई लाज छैन भने, जे मन लाग्छ गर।
عربي अंग्रेजी उर्दू
दुनियाँमा यसरी रहनु जसरी एउटा अपरिचित मान्छे वा बटुवा रहन्छ ।
عربي अंग्रेजी उर्दू
सदैव तिम्रो जिब्रो (मुख) अल्लाहको जिक्र (जपन/ ध्यान) मा लागेको होस् ।
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये कोही पनि मुमिन (आस्थावान) हुन सक्दैन जबसम्म उसले आफ्नो भाइको लागि त्यही मन पराउँदैन जुन उसले आफ्नो लागिमन पराउछ ।
عربي अंग्रेजी उर्दू
मुस्लिमलाई गाली गर्नु घोर पाप हो र झगडा गर्नु कुफ्र हो ।
عربي अंग्रेजी उर्दू
यहूदी र ईसाईहरूलाई पहिले सलाम नगर र जब तपाईं नीहरूमध्ये कसैलाई बाटोमा भेट्नुहुन्छ, तिनीहरूलाई साँघुरो बाटो लिन बाध्य पार्नुहोस्।
عربي अंग्रेजी उर्दू
कयामतको दिनमा (कर्म जोख्ने बखत) तराजुमा असल व्यवहार भन्दा गरुङ्गो (भारी) कुनै पनि चीज हुनेछैन। निश्चय नै, अल्लाह अश्लील र अभद्र व्यक्तिसँग घृणा गर्नुहुन्छ।
عربي अंग्रेजी उर्दू
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीकहाँ आउनुभयो, हामीले भन्यौं: हे अल्लाहका रसूल! तपाईंलाई सलाम (अभिवादन) कसरी गर्ने भनेर हामीले सिकेका छौं, तर तपाईंमाथि दरुद कसरी पठाउने ?
عربي अंग्रेजी उर्दू
कञ्जूस त्यो हो जसको अगाडि मेरो नाम लिइन्छ तर उसले ममाथि दया (दरुद) पठाउदैन।
عربي अंग्रेजी उर्दू
जसले खाना खाएपछि भन्छ: 'अल्हम्दु लिल्ला हिल्लजी अत्अमनी हाजा व र ज कनीहि मिन् गैरि हौलिम्मिन्नी वला कुव्वह्’ (सम्पूर्ण प्रशंसाहरू अल्लाहकै लागि हुन्, जसले मलाई यो खुवाउनुभयो र बिना कुनै मिहिनेत प्रदान गर्नुभयो), उसका अघिल्ला पापहरू क्षमा हुनेछन् ।
عربي अंग्रेजी उर्दू
हे आदमको सन्तान! जबसम्म तिमी मलाई पुकारिरहन्छौ र आशा राख्छौ, तिम्रा पापहरू जतिसुकै भए पनि म क्षमा गरिरहनेछु र मलाई त्यसको परवाह छैन ।
عربي अंग्रेजी उर्दू
अजान र इकामतको बीचमा गरिएको प्रार्थना अस्वीकृत हुँदैन।
عربي अंग्रेजी उर्दू
हे अल्लाह! मेरो धर्मलाई सच्याइदिनुहोस्, जुन मेरो मामिलाको सुरक्षाको ग्यारेन्टी हो
عربي अंग्रेजी उर्दू
हे अल्लाह! मेरा पापहरू, मेरो अज्ञानता, मेरा सबै कर्महरूमा भएका अपराधहरू र तपाईंलाई मभन्दा बढी थाहा भएका सबै कुराहरू क्षमा गर्नुहोस्। हे अल्लाह! मेरा पापहरू, मैले जानेर गरेको, अनजानमा गरेको र मजाकमा गरेको सबै कुराहरू क्षमा गर्नुहोस्। यो सबै मैले गरेको हो। हे अल्लाह! मेरा विगतका र भविष्यका पापहरू, मेरा गोप्य र मेरा सार्वजनिक पापहरू क्षमा गर्नुहोस्। तपाईं नै अगाडि ल्याउने र तपाईं नै पछाडि ल्याउने हुनुहुन्छ र तपाईं नै सबै कुरामाथि शक्तिवान हुनुहुन्छ।
عربي अंग्रेजी उर्दू
हे अल्लाह ! म तपाईँसित यस संसार र परलोकको कल्याणको माग गर्दछु ।
عربي अंग्रेजी उर्दू
हे अल्लाह! म तपाईंसँग सबै प्रकारका राम्रा कुराहरू माग्छु, छिटो र ढिलो दुवै, जुन मलाई थाहा छ र जुन मलाई थाहा छैन। म तपाईंमा सबै प्रकारका खराब कुराहरूबाट शरण चाहन्छु, छिटो र ढिलो दुवै, जुन मलाई थाहा छ र जुन मलाई थाहा छैन
عربي अंग्रेजी उर्दू
हे अल्लाह! म तपाईंको आशीर्वादको लोपबाट, तपाईंको कल्याणको फिर्ताबाट, तपाईंको अचानक विपत्तिबाट र तपाईंको सबै प्रकारका क्रोधबाट तपाईंको शरण चाहन्छु।
عربي अंग्रेजी उर्दू
हे अल्लाह! म ऋणको प्रभुत्व, शत्रुको प्रभुत्व र दुःखमा शत्रुहरूको खुशीबाट तपाईंमा शरण चाहन्छु।
عربي अंग्रेजी उर्दू
हे अल्लाह ! तपाईँको रक्षामा हामीले बिहान गर्यौं र तपाईंकै रक्षामा हामीले साँझ गर्यौं । तपाईँको नाममा हामी जीवित हुन्छौ र तपाईँको नाममा नै हामी मर्छौं र तपाईँ तर्फ नै उठेर जानु छ ।
عربي अंग्रेजी उर्दू
अल्लाहलाई बलवान् मुमिन (विश्वासी) कमजोर मुमिन भन्दा राम्रो र अधिक प्रिय छ, तर दुवैमा भलाई छ ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ (प्रार्थना) गर्नुहुन्थ्यो: ‘रब्बना आतिना फिद्दुन्या हसनह् व फिल्-आखिरति हसनह् व किना अजा बन्नार’ अर्थात हे अल्लाह ! हामीलाई दुनियाँ र आखिरत (लोक-परलोक) दुबै ठाउँमा भलाइ प्रदान गर्नुहोस् र नर्कको आगोबाट बचाउनुहोस् ।
عربي अंग्रेजी उर्दू
सैय्येदुल-इस्तिग्फार
عربي अंग्रेजी उर्दू
“हे मानिसहरू, सलाम (अभिवादन) फैलाउनु, खाना खुवाउनु, पारिवारिक सम्बन्ध कायम गर्नु र मानिसहरू सुतिरहेको बेला रातमा नमाज पढ्नु, (यसो गरेमा) तिमीहरू शान्तिका साथ जन्नत (स्वर्ग) मा प्रवेश गर्नेछौ ।”
عربي अंग्रेजी उर्दू
अन्यायबाट टाढै रहनुहोस्, किनकि न्यायको दिनमा यो अन्धकार बनेर आउनेछ । कन्जुस्याइँ र लोभबाट सावधान रहनु, किनकि त्यसै कारणले तिमीहरू भन्दा पहिलेका मानिसहरू नष्ट भएका थिए।
عربي अंग्रेजी उर्दू
एक व्यक्तिले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे: "इस्लामको सबैभन्दा उत्तम कर्म कुन हो?" उहाँले जवाफ दिनुभयो: "खाना खुवाउनु र परिचित तथा अपरिचित सबैलाई सलाम (अभिवादन) गर्नु।
عربي अंग्रेजी उर्दू
भन: 'हे अल्लाह! मलाई मार्गदर्शन गर र सही दिशा देखाऊ।' मार्गदर्शनको अर्थ सही बाटो देखाउनु हो र 'सदाद' को अर्थ तीरको सही निशाना लाग्नु हो।
عربي अंग्रेजी उर्दू
के म तिमीहरूले मागेको भन्दा उत्तम कुरा नभनुँ ? जब तिमीहरू आफ्नो ओछ्यानमा जान्छौ, तब सुत्ने बेला ‘सुब्हानल्लाह’ ३३ पटक, ‘अल्हम्दु-लिल्लाह’ ३३ पटक र ‘अल्लाहु-अक्बर’ ३४ पटक भन, यो तिमी दुवैको लागि दास भन्दा राम्रो छ ।”
عربي अंग्रेजी उर्दू
तिमीले बिहान र बेलुका तीन-तीन पटक"{कुल हुवल्लाहु अहद} (सूरह इख्लास) र दुई मुअव्विजात (सूरह फलक र सूरह नास) पढ्नु। यी ले तिमीलाई हरेक कुराबाट जोगाउनेछन्।
عربي अंग्रेजी उर्दू
जसले यो प्रार्थना तीन पटक पढ्छ: "अल्लाहको नाममा, जसको नामले पृथ्वी वा आकाशमा कुनै पनि कुराले हानि गर्न सक्दैन र उहाँ सर्वश्रोता एवं सर्वज्ञ हुनुहुन्छ।" बिहानसम्म कुनै पनि अचानक विपत्तिले उसलाई आक्रमण गर्नेछैन।
عربي अंग्रेजी उर्दू
“भन : (ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, अल्लाहु-अक्बर कबीरा, वल्हम्दु-लिल्लाहि कषीरा, सुब्हानल्लाहि रब्बिल-आलमीन्, ला हौल वला कुव्वत इल्ला बिल्लाहिल-अजीजिल-हकीम) ।
عربي अंग्रेजी उर्दू
प्रत्येक अनिवार्य नमाज पछि जसले पनि यी मु'अक्किबात (नमाजपछि पढिने जिक्रहरू) पढ्छ, ऊ कहिल्यै असफल हुनेछैन—ती हुन्: ३३ पटक ‘सुभानल्लाह, ३३ पटक ‘अल्हम्दुलिल्लाह र ३४ पटक ‘अल्लाहु अकबर’"।
عربي अंग्रेजी उर्दू
जसले 'लात' र 'उज्जा' को कसम खान्छ, उसले ‘ला इलाह इल्लल्लाह’ भन्नुपर्छ र जसले आफ्नो साथीलाई भन्छ: आऊ, म तिमीसँग जुवा खेल्छु, उसले दान दिनु पर्छ ।
عربي अंग्रेजी उर्दू
के तिमीहरूलाई थाहा छ, गरीब (मुफ्लिस) को हो?
عربي अंग्रेजी उर्दू
जो कोहीले मेरो तर्फबाट यस्तो हदीस सुनाउँछ, जुन उसले झूटा ठान्छ, त्यो व्यक्ति झूट बोल्नेहरू मध्ये एक हो।
عربي अंग्रेजी उर्दू
मस्जिदमा प्रवेश गर्दा यो दुआ पढ्नुहुन्थ्यो: ‘अऊजु बिल्लाहिल्-अजीम् व बिवज्हिहिल्-करीम्, व सुल्तानिहिल्-कदीम्, मिनश्-शैतानिर्रजीम्’
عربي अंग्रेजी उर्दू
एक पुकार्नेले पुकार्नेछ: तिमी सधैं स्वस्थ रहनेछौ, तिमी कहिल्यै बिरामी पर्नेछैनौ। तिमी सधैं बाँच्नेछौ, तिमी कहिल्यै मर्ने छैनौ। तिमी सधैं जवान रहनेछौ, तिमी कहिल्यै बूढो हुनेछैनौ। तिमी सधैं आनन्दमा रहनेछौ, तिमी कहिल्यै समस्यामा पर्ने छैनौ।
عربي अंग्रेजी उर्दू
“अल्लाह स्वर्गवासीहरूलाई भन्नुहुनेछ: हे स्वर्गवासीहरू! तिनीहरूले भन्नेछन्: हे हाम्रा पालनकर्ता! हामी उपस्थित छौं र सधैं तपाईंको दयाको अपेक्षा गरेका छौं । अल्लाहले भन्नुहुनेछ: के तिमीहरू सन्तुष्ट छौ? तिनीहरूले भन्नेछन्: किन सन्तुष्ट नहुनु, यद्यपि तपाईंले हामीलाई यस्तो आशीर्वाद दिनुभएको छ, जुन आफ्ना सबै सृष्टिहरूमध्ये अरू कसैलाई दिनुभएको छैन?
عربي अंग्रेजी उर्दू
जब स्वर्गवासीहरू स्वर्गमा प्रवेश गर्छन्, अल्लाहले सोध्नेछन्: के तिमीहरूलाई अझै केही चाहिन्छ?
عربي अंग्रेजी उर्दू
निस्सन्देह शैतान यस कुराबाट निराश भइसकेको छ, मुस्लिमहरूले अरब प्रायद्वीपमा उसको उपासना गर्नेछन्। तर ऊ तिनीहरू बीच शत्रुता, कलह र मतभेद भड्काउने आशावादी छ।
عربي अंग्रेजी उर्दू
मैले दुई प्रकारका नरकवासी (अहिलेसम्म) देखेको छैनँ: पहिलो ती मानिसहरू जसको साथमा गाईको पुच्छर जस्तै कोर्रा हुनेछ र तिनीहरूले मानिसहरूलाई त्यसले पिट्नेछन्। दोस्रो ती महिलाहरू जो लुगा लगाएर पनि नाङ्गै हुनेछन्, अरूलाई आकर्षित गर्नेछन् र आफैँ पनि आकर्षित हुनेछन्
عربي अंग्रेजी उर्दू
एक पुरुषले अर्को पुरुषको गुप्ताङ्ग हेर्नु हुँदैन। त्यसैगरी, एक महिलाले पनि अर्को महिलाको गुप्ताङ्ग हेर्नु हुँदैन।
عربي अंग्रेजी उर्दू
हे महिलाहरू, दान गर, किनभने मैले तिमीहरूलाई धेरै संख्यामा नरकमा देखेको छु।" त्यसपछि महिलाहरूले भने: "कसरी, हे रसूल?" उनले भने: "तिमीहरू बारम्बार गाली-गलौच गर्छौ र आफ्ना पतिको नाफरमानी गर्छौ।" "मैले बुद्धि र धर्ममा अपूर्ण भएको भए पनि तिमीहरू (महिलाहरू) जस्तो कुनै पनि व्यक्ति देखेको छैन जसले एक बुद्धिमान र अनुभव भएको पुरुषको विवेकलाई विकृत पारिदिन्छ।
عربي अंग्रेजी उर्दू
मुस्लिम त्यो हो जसको बोली र हातबाट मुस्लिमहरू सुरक्षित रहन्छन् र साँचो मुहाजिर (अल्लाहको निम्ति कुनै कुरा ठाउँ त्यग गर्ने) त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ।
عربي अंग्रेजी उर्दू
नबी (सलल्लाहु अलैहि वसल्लम) ले अबू बकर र उमरलाई भन्नुभयो: यी दुई जना (अबू बकर र उमर) पहिलो र अन्तिम पुस्ताका स्वर्गका अधबैंसेहरूको सरदार हुन्, तर नबी र दूतहरू बाहेक।
عربي अंग्रेजी उर्दू
हे अल्लाहका रसूल! मैले साना ठूला हरेक पाप गरेको छु । उहाँले भन्नुभयो: " के तिमी गवाही दिंदैनौ, कि अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद अल्लाहका रसूल (सन्देशवाहक) हुन्
عربي अंग्रेजी उर्दू
शैतान तिमीहरु मध्ये कसै कहाँ आउँछ र भन्छ: यो कसले सृष्टि गर्यो ? र यो कसले रचना गर्यो ? यो क्रम चलिरहन्छ यहाँ सम्म उसले सोध्न थाल्छ : तिम्रो रब (पालनकर्ता) लाई कसले सृष्टि गर्यो ? यस्तो कुरा दिमागमा आउन साथ शैतानको उपद्रोबाट अल्लाहको शरण लिनुपर्छ र यस्त खराब विचार त्याग्नु पर्छ" ।
عربي अंग्रेजी उर्दू
कर्म ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् । तीमध्ये (स्वर्ग वा नरक) अनिवार्य गर्ने दुईवटा कर्म छन्, र (बाँकी ४ प्रकारका कर्महरू मध्ये ) एउटा कर्मको प्रतिफल कर्म अनुसार नै पाइनेछ, र अर्को कर्मको प्रतिफल दश गुणा बढी र केही कर्मको प्रतिफल सात सय गुणा बढी प्राप्त हुनेछ
عربي अंग्रेजी उर्दू
निश्चय नै, कयामतको (प्रलयको) निशानीहरू मध्ये यो पनि हो कि; ज्ञान हराउनेछ, अज्ञानता बढ्नेछ, अनैतिकता र व्यभिचार धेरै फैलिनेछ, मद्यपान बढ्नेछ, पुरुषहरू कम हुनेछन् र महिलाहरूको संख्यामा वृद्धि हुनेछ, यतिसम्म कि ५० जना महिलाको एक पुरुष मात्र संरक्षक हुनेछ ।
عربي अंग्रेजी उर्दू
जबसम्म मानिस एक अर्को व्यक्तिको चिहानको नजिकबाट जाँदा यसो भन्नेछैन:"कस्तो राम्रो हुन्थ्यो, यदि म उसको ठाउँमा भएको भए" तबसम्म कयामत आउने छैन,'
عربي अंग्रेजी उर्दू
मृत्युलाई सेतो र कालो भेडा
عربي अंग्रेजी उर्दू
तिम्रो संसारको आगो नर्क
عربي अंग्रेजी उर्दू
जसले जानाजानी मेरो नाममा झूट बोल्छ, उसले आफ्नो स्थान नरकमा सुनिश्चित गरोस्।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा घटना उल्लेख गर्नुभयो र भन्नुभयो: "यो त्यस समय हुनेछ जब ज्ञान हराउनेछ
عربي अंग्रेजी उर्दू
विद्वानहरूसँग बहस गर्न र
عربي अंग्रेजी उर्दू
अल्लाहले (सिराति-मुस्तकीम) सिधा मार्गको उदाहरण दिनुभएको छ
عربي अंग्रेजी उर्दू
तिमीहरू मध्ये कसैले आफ्नो परिवारमा फर्किंदा तीनवटा ठूला, मोटा गाभिन ऊँटहरू पाउन चाहन्छ ?
عربي अंग्रेजी उर्दू
कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ: पढ्दै गर र माथि श्रेणीमा आरोहण गर्दै गर । तिमीले संसारमा जसरी तिलावत (वाचन) गर्थ्यौ, त्यस्तै पढ्दै गर, किनकि तिम्रो स्थान तिमी अन्तिम आयत(श्लोक) पढ्दै जहाँ पुग्छौ, त्यहीँ हुनेछ।
عربي अंग्रेजी उर्दू
उच्च स्वरमा कुरआन पढ्ने व्यक्ति खुलेआम दान दिने व्यक्ति जस्तो हो र कम स्वरमा कुरआन पढ्ने व्यक्ति गोप्य रूपमा दान दिने व्यक्ति जस्तो हो।
عربي अंग्रेजी उर्दू
नबि (सल्लल्लाहु अलैहि वसल्लम)बाट दश श्लोकहरू पढ्थे। त्यसपछि, ती दश श्लोकहरूमा रहेको ज्ञान र कर्म
عربي अंग्रेजी उर्दू
हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान हो ?" उनी भन्छन्, मैले भने: {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कय्यूम} [सूरह अल-बकरह : २५५] उनी भन्छन् : यो सुनेर उहाँले मेरो छाती थपथप्याउनु भयो र भन्नुभयो: "अल्लाहको कसम! हे अबुल मुन्जिर! तिम्रो लागि यो ज्ञान श्रेयस्कर होस् ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक रात, जब ओछ्यानमा जानुहुन्थ्यो, तब आफ्ना दुवै हत्केलाहरू एकसाथ जम्मा गर्नुहुन्थ्यो अनि त्यसमा फुक्नुहुन्थ्यो र "कुल हु-वल्लाहु अहद", र "कुल अऊजु बि-रब्बिल फलक" र "कुल अऊजु बि-रब्बिनास् ।
عربي अंग्रेजी उर्दू
जब तिमीले ती मानिसहरूलाई देख्छौ जसले कुरानका मुतशाबिह (अनेकार्थ रहेका) आयतहरूलाई पछ्याउँछन् , तब(बुझ्नु कि) ती नै ती व्यक्तिहरू हुन् जसको बारेमा अल्लाहले नाम लिएर चेतावनी दिएका छन्, त्यसैले तिनीहरूबाट सावधान रहनु
عربي अंग्रेजी उर्दू
जब कुनै व्यक्तिबाट पाप हुन्छ, त्यसपछि ऊ खडा हुन्छ र वुजु गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग क्षमा याचना गर्छ, तब अल्लाहले उसलाई क्षमा दिनुहुन्छ
عربي अंग्रेजी उर्दू
तिनीहरूले तपाईंलाई धोका दिएको, अवज्ञा गरेको र झूटो बोलेको हिसाब हुनेछ
عربي अंग्रेजी उर्दू
‘ला इलाह इल्लाल्लाह’ (अल्लाह बाहेक कोही ईश्वर छैन) भन्नुहोस्, म न्यायको दिन तपाईंको लागि गवाही दिनेछु
عربي अंग्रेजी उर्दू
{ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ}
عربي अंग्रेजी उर्दू
जब तपाइँले मुअज्जिनले अजान दिइरहेको सुन्नुहुन्छ, उसले भने जस्तै शब्दहरू भन्नुहोस् । त्यसपछि ममाथि दरूद पठाउनुहोस्
عربي अंग्रेजी उर्दू
जब तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्छ भने उसले (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) र जब बाहिर निस्कन्छ भने (अल्लाहुम्म इन्नी अस्-अलुक मिन्-फज्लिक्) पढ्नुपर्छ ।
عربي अंग्रेजी उर्दू
यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर
عربي अंग्रेजी उर्दू
निस्सन्देह, अल्लाहले केवल त्यो कार्य स्वीकार गर्नुहुन्छ, जुन उहाँ र उहाँको खुशी प्राप्त गर्नको लागि गरिन्छ ।
عربي अंग्रेजी उर्दू
जसमा चारवटा लक्षणहरू छन्, त्यो शुद्ध मुनाफिक (पाखण्डी) हो र जसमा तीमध्ये एउटा छ, त्यसलाई नछोडेसम्म उसमा पाखण्डको एउटा लक्षण छ: जब ऊ बोल्छ झुट बोल्छ, जब उसले सम्झौता गर्छ, धोका दिन्छ, जब उसले वाचा गर्छ, तोड्छ र जब ऊ झगडा गर्छ गालीगलौज गर्छ ।
عربي अंग्रेजी उर्दू
व्यक्तिको इस्लामको उत्कृष्टता भनेको उसलाई नचाहिने कुराहरू त्याग्नु हो।
عربي अंग्रेजी उर्दू
जब मानिसको मृत्यु हुन्छ, उसका सबै कर्महरू बन्द हुन्छन्, सिवाय तीन चीजका: निरन्तर चलिरहने दान, ज्ञान जसबाट लाभ उठाइन्छ, र आस्थावान सन्तान जसले उसको लागि प्रार्थना गर्छ।
عربي अंग्रेजी उर्दू
मुमिन (आस्थावान) निन्दा गर्ने, श्राप दिने, बेहया (निर्लज्ज) र अश्लील व्यक्ति होइनन् ।
عربي अंग्रेजी उर्दू
संसारलाई त्याग र अल्लाहले तिमीलाई माया गर्नुहुनेछ र मानिसहरूसँग भएका कुराहरू त्याग, मानिसहरूले तिमीलाई माया गर्नेछन्।
عربي अंग्रेजी उर्दू
आदमको सन्तानले आफ्नो पेटभन्दा खराब कुनै भाँडो भर्दैन। मानिसलाई आफ्नो ढाड सोझो राख्न (अर्थात् जीवित रहन) केही गाँस खाना नै पर्याप्त हुन्छ। यदि उसले (पेट) भर्नै पर्ने भएमा, एक तिहाइ भाग खानाको लागि, एक तिहाइ पिउनेको लागि र एक तिहाइ भाग सासको लागि (छोड्नुपर्छ)।
عربي अंग्रेजी उर्दू
मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई (महिला माथि) पर्न गएको अचानक नजर को बारेमा सोधें, उहाँले मलाई आफ्नो नजर फर्काउन आदेश दिनुभयो ।
عربي अंग्रेजी उर्दू
यस्तो दुराचारबाट बच्नुहोस्, जसलाई अल्लाहले निषेध गर्नुभएको छ। तर यदि कोही त्यस पापमा फस्न पुग्यो भने, उसले अल्लाहको पर्दामा लुकी रहोस् र अल्लाहसमक्ष तौबा अर्थात् प्रायश्चित गरोस्। किनभने जसले हाम्रा अगाडि आफ्नो पाप उजागर गर्नेछ, हामी उसमाथि अल्लाह तआलाको किताबमा उल्लेखित सजाय लागू गर्नेछौं।
عربي अंग्रेजी उर्दू
मुस्लिम महिलालाई महरम बिना एक दिन र एक रात जति दुरी यात्रा गर्नु जायज छैन।
عربي अंग्रेजी उर्दू
“के अल्लाहले तिमीहरूलाई दान गर्ने (अवसर) दिनुभएको छैन र? ‘सुब्हानल्लाह’ भन्नु (तस्बीह) दान हो, ‘अल्लाहु अकबर’ भन्नु (तकबीर) दान हो, ‘अल्हम्दुलिल्लाह’ भन्नु (तह्मीद) दान हो, ‘ला इलााह इल्लल्लाह’ भन्नु (तहलील) दान हो, भलाइको आदेश दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अनि तिमीहरू मध्ये कसैले आफ्नो दम्पतिसँग शारीरिक सम्बन्ध राख्दछ भने त्यो पनि दान हो।”
عربي अंग्रेजी उर्दू
“एकअर्कालाई ईर्ष्या नगर्नुहोस्, छलकपट नगर्नुहोस्, घृणा नगर्नुहोस्, एकआपसमा पिठ्यूँ नफर्काउनुहोस् र एकअर्काको व्यापारमा छल नगर्नुहोस् (वा एउटाको किनबेचमा माथी अर्को किनबेच नगर्नुहोस्। सबैजना अल्लाहका भक्त बनी दाजुभाइझैं हुनुहोस्
عربي अंग्रेजी उर्दू
जसले कुनै मोमिनको संसारिक समस्याबाट कुनै समस्या हटाउँछ, अल्लाहले कायमतको दिन उसको एक समस्या हटाउनु हुनेछ
عربي अंग्रेजी उर्दू
हे मानिसहरू! अल्लाहसामु पश्चात्ताप गर र उहाँसँग क्षमा माग, किनकि म आफैं पनि दिनमा सय पटक पश्चात्ताप गर्छु।
عربي अंग्रेजी उर्दू
कलह, भ्रष्टाचार र द्वन्दको समयमा उपासना गर्नु भनेको मतिर हिज्रत गर्नु जस्तै हो।
عربي अंग्रेजी उर्दू
जब कुनै मुस्लिमले पाप वा नाता सम्बन्ध तोड्ने काम नगरी कुनै दुआ गर्छ, अल्लाहले उसलाई तीन चीजहरू मध्ये एउटा निश्चित रूपमा प्रदान गर्नुहुन्छ: कि त सको दुआ स्वीकार गर्नुहुन्छ, वा उसको दुआलाई परलोकको लागि भण्डारण गर्नुहुन्छ वा उसलाई कुनै घटनाबाट जोगाई दिनुहुन्छ।" साथीहरूले सोधे: "त्यसो भए हामी अत्यधिक दुआ गर्छौं " नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाह धेरै उदार हुनुहुन्छ।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुःख पर्दा भन्नुहुन्थ्यो: "ला इलाह इल-लल्लाहुल-अजीमुल हलीम, ला इलाह इल-लल्लाहुल-रब्बुल-अर्शल-अजीम, ला इलाह इल-लल्लाहु रब्बुस्समावाति व रब्बुल-अर्दी वा रब्बुल-अर्शील-करीम।" अर्थ: अल्लाह बाहेक अरु कोही अल्लाह छैन। महान सिंहासनको स्वामी अल्लाह बाहेक अरु कोही अल्लाह छैन। आकाश, पृथ्वी र महान सिंहासनको स्वामी अल्लाह बाहेक अरु कोही अल्लाह छैन।
عربي अंग्रेजी उर्दू
जब तिमीहरूमध्ये कोही हाई निकाल्छ, उसले आफ्नो हातले मुख छोपेर त्यसलाई रोकोस, किनकि शैतान भित्र पस्छ।
عربي अंग्रेजी उर्दू
एक मुस्लिमको अर्को मुस्लिममाथि छ वटा अधिकार हुन्छन्।" सोधियो: हे नबी! यी अधिकारहरू के हुन्? उहाँले भन्नुभयो: "जब तिमी उसलाई भेट्छौ, उसलाई सलाम (अभिवादन) गर, जब उसले तिमीलाई निम्तो दिन्छ, उसको निम्तो स्वीकार गर, जब उसले तिमीसँग सल्लाह माग्छ, उसलाई राम्रो सल्लाह देऊ, जब उसले हाच्छिउँ गर्छ र "अलहम्दुलिल्लाह" भन्छ, उसको जवाफ देऊ (यरहमुकल्लाह) भन, जब ऊ बिरामी हुन्छ, उसलाई भेट्न जाऊ र जब उसको निधन हुन्छ, उसको जनाजामा साथ देऊ।
عربي अंग्रेजी उर्दू
अल्लाहले त्यो व्यक्तिलाई हेर्नुहुनेछैन जसले अहंकार र घमण्डले आफ्नो लुगा भुइँमा तानेर राख्छ।
عربي अंग्रेजी उर्दू
दुई आशिर्वाद यस्ता छन्, जसमा धेरैजसो मानिसहरू घाटामा छन्: स्वास्थ्य र फुर्सद।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सज्दा गर्दा यो दुआ पढ्नुहुन्थ्यो: "हे अल्लाह! मेरा साना र ठूला, विगतका र वर्तमानका, खुला र लुकेका सबै पापहरू क्षमा गर्नुहोस्।
عربي अंग्रेजी उर्दू
जसले अत्यधिक सराप्छन्, तिनीहरू कयामतको दिन साक्षी वा सिफारिसकर्ता हुनेछैनन्।
عربي अंग्रेजी उर्दू
वास्तवमा, तिम्रो पालनकर्ता लजालु र उदार हुनुहुन्छ। जब कुनै व्यक्तिले उहाँको अगाडि आफ्नो हात फैलाउँछ, उहाँ तिनीहरूलाई खाली फर्काउन लज्जित महसुस गर्नुहुन्छ।
عربي अंग्रेजी उर्दू
जब मानिसहरू कुनै सभामा बस्छन् जहाँ तिनीहरूले अल्लाहलाई सम्झँदैनन् र उनका नबीमाथि दरुद पठाउँदैनन्, तब त्यो सभा तिनीहरूको लागि हानिको कारण हो। त्यसपछि यदि अल्लाहले चाहनुहुन्छ भने, तिनीहरूलाई दण्ड दिनुहुनेछ र यदि उहाँले चाहनुहुन्छ भने तिनीहरूलाई क्षमा गर्नुहुनेछ।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) व्यापक प्रार्थनाहरू मन पराउनुहुन्थ्यो र गैर-व्यापक प्रार्थनाहरू त्याग्नुहुन्थ्यो।
عربي अंग्रेजी उर्दू
कसम खानु सामान बेच्ने माध्यम हो, तर यसले नाफा नष्ट गर्छ।
عربي अंग्रेजी उर्दू
तिमीहरू हावालाई सराप नदेऊ। यदि तिमीले मन नपर्ने कुरा देख्यौ भने भन: हे अल्लाह! हामी यस हावाको भलाइ, यसमा भएको कुराको भलाइ र उनलाई गर्न आज्ञा गरिएको भलाइ माग्छौं। हे अल्लाह! हामी यस हावाको नराम्रोबाट, यसमा भएका कुराहरूको नराम्रोबाट र उनलाई गर्न आज्ञा गरिएको नराम्रोबाट तपाईंको शरण चाहन्छौं।
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये कसैले यसो नभन: हे अल्लाह! यदि तपाईं चाहनुहुन्छ भने, मलाई क्षमा गर्नुहोस्, यदि तपाईं चाहनुहुन्छ भने, ममाथि दया गर्नुहोस्। बरु, उसले दृढताका साथ माग्नु पर्छ, किनकि कसैले पनि अल्लाहलाई बाध्य गर्न सक्दैन।
عربي अंग्रेजी उर्दू
जसको अगाडि मेरो नाम लिइन्छ र उसले ममाथि दरूद पठाउँदैन, त्यसको नाक धुलोले भरियोस्; जसको अगाडि रमजान आउँछ र जान्छ र उसले त्यसमा क्षमा याचना गर्दैन, त्यसको नाक धुलोले भरियोस्; जसले आफ्नो आमाबाबुलाई बुढेसकालमा पाउँछ र तिनीहरूको (सेवा) ले उसलाई स्वर्गमा प्रवेश दिँदैनन्, त्यसको नाक धुलोले भरियोस्।
عربي अंग्रेजी उर्दू
जब दुई मुस्लिम भेट्छन् र हात मिलाउँछन् भने तिनीहरूलाई छुट्टिनु अघि नै क्षमा गरिन्छ।
عربي अंग्रेजी उर्दू
आदमका सन्तानका हृदयहरू अल्लाहका दुई औंलाहरूको बीचमा छन्, मानौं तिनीहरू सबै एउटै हृदय हुन्। उहाँले तिनीहरूलाई जसरी चाहनुहुन्छ घुमाउनुहुन्छ।
عربي अंग्रेजी उर्दू
अल्लाहले त्यो व्यक्तिलाई खुशी बनाऊन्, जसले मेरो कुरा सुन्छ र जसरी उसले सुनेको थियो त्यस्तै अरूलाई पनि सुनाउँछ, किनकि धेरै मानिसहरू जसलाई सन्देश सुनाइएको छ, तिनीहरूले त्यो सन्देश सुनाउने व्यक्ति भन्दा राम्रोसँग बुझेका हुन्छन्।
عربي अंग्रेजी उर्दू
स्वर्गमा आस्थावानको लागि मोतीले बनेको एउटा पाल हुनेछ, भित्र खोक्रो र साठी माइल लामो। त्यसमा आस्थावानका पत्नीहरू हुनेछन्, जसकहाँ ऊ आउने र जानेछ, र तिनीहरू एकअर्कालाई देख्न सक्ने छैनन्।
عربي अंग्रेजी उर्दू