हदीसहरूको सूची

सम्पूर्ण कर्महरू नियतमा आधारित छन् र प्रत्येक व्यक्तिले आफ्नो नियतअनुछ,र नै प्रतिफल पाउँछ
عربي الإنجليزية الأوردية
हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ
عربي الإنجليزية الأوردية
हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो।
عربي الإنجليزية الأوردية
तिमीहरूमध्ये कोही पनि मुमिन (आस्थावान) हुन सक्दैन जबसम्म उसले आफ्नो भाइको लागि त्यही मन पराउँदैन जुन उसले आफ्नो लागिमन पराउछ ।
عربي الإنجليزية الأوردية
निश्चय नै अल्लाहले हरेक कुरामा सद्भावना (इह्सान) अनिवार्य गर्नुभएको छ
عربي الإنجليزية الأوردية
पहिलाका अम्बिया (सन्देष्टाहरू) सित मान्छेहरूले जे कुरा सिकेका थिए, (त्यसमध्ये यो पनि हो) : "यदि तिमीलाई लाज छैन भने, जे मन लाग्छ गर।
عربي الإنجليزية الأوردية
मलाई इस्लामको बारेमा एउटा यस्तो कुरा बताउनुहोस् जुन मैले अरू कसैलाई सोध्न नपरोस् । उहाँले भन्नुभयो: "भन, म अल्लाहमा विश्वास गर्छु र त्यसपछि त्यसमा अडिग रहनु।
عربي الإنجليزية الأوردية
तहारत (पवित्रता) ईमानको आधा भाग हो। "अल्हम्दुलिल्लाह" (अल्लाहको प्रशंसा) ले सुकर्मको तराजुलाई पूर्ण रूपमा भर्छ। "सुब्हानल्लाह" र "अल्हम्दुलिल्लाह" यी दुवै पवित्र शब्दहरूले आकाशदेखि पृथ्वीसम्मको विशाल अन्तरिक्षलाई परिपूर्ण गरिदिन्छन्।
عربي الإنجليزية الأوردية
तिमीहरूमध्ये कोही पनि साँच्चिकै आस्थावान हुन सक्दैनौ जबसम्म उसको इच्छा मैले ल्याएको कुरा अनुरूप हुँदैन।
عربي الإنجليزية الأوردية
जसमा चारवटा लक्षणहरू छन्, त्यो शुद्ध मुनाफिक (पाखण्डी) हो र जसमा तीमध्ये एउटा छ, त्यसलाई नछोडेसम्म उसमा पाखण्डको एउटा लक्षण छ: जब ऊ बोल्छ झुट बोल्छ, जब उसले सम्झौता गर्छ, धोका दिन्छ, जब उसले वाचा गर्छ, तोड्छ र जब ऊ झगडा गर्छ गालीगलौज गर्छ ।
عربي الإنجليزية الأوردية
यदि तिमीहरूले अल्लाहमाथि त्यसरी नै भरोसा गर्थ्यौ, जसरी वास्तविक रूपमा भरोसा गरिन्छ भने, उहाँले तिमीहरूलाई त्यसरी नै जीविका प्रदान गर्नुहुनेछ जसरी चराहरूलाई गर्नुहुन्छ। तिनीहरू बिहान भोकै बाहिर निस्कन्छन् र साँझ पेट भरिएर फर्कन्छन्।
عربي الإنجليزية الأوردية
सद्गुण र पुण्य भनेको राम्रो आचरण हो र पाप त्यो हो जसले तिम्रो हृदयलाई असजिलो बनाउँछ वा मनमा खट्कन्छ र जसलाई अरूले थाहा पाऊन् भन्ने तिमीलाई मन पर्दैन।
عربي الإنجليزية الأوردية
तिम्रो बोली सधैं अल्लाहको स्मरण र जिक्रमा तल्लीन रहोस्।
عربي الإنجليزية الأوردية
के म तिमीहरूलाई सबैभन्दा ठूलो पापबारे खबर नगरुँ?
عربي الإنجليزية الأوردية
यदि कुनै मानिसले आफ्नो भाइसँग माया गर्दछ भने, उसले बताऒस् कि ऊ सँग माया गर्दछ" ।
عربي الإنجليزية الأوردية
ठूला पापहरू: शिर्क (अल्लाहसँग साझेदारी) गर्नु, आमाबाबुको अवज्ञा गर्नु, कसैको हत्या गर्नु र झूटो कसम खानु हो।
عربي الإنجليزية الأوردية
“विधुवा, एकल महिला, गरीब र दीन-दु:खीहरूको हेरचाह र सेवा गर्ने व्यक्ति जिहाद (धर्म युद्ध) गर्ने वा दिउँसो ब्रत बस्ने र राती सलाह (नमाज) पढ्ने व्यक्ति सरह हो ।”
عربي الإنجليزية الأوردية
सात घातक कुराहरूबाट सावधान रहनुहोस्
عربي الإنجليزية الأوردية
म सबै साझेदारहरूको शिर्क (साझेदारी) बाट निस्पृह छु । जसले कुनै धर्मक्रिया गर्छ र त्यसलाई म बाहेक अरू कसैको निमित्त गरि शिर्क गर्दछ, म उसलाई र उसको शिर्कलाई अस्वीकार गर्दछु
عربي الإنجليزية الأوردية
“तिमीहरू आफ्ना घरहरूलाई चिहान नबनाऊ र मेरो चिहानलाई उत्सव (मेला) स्थल नबनाऊ । मेरो लागि प्रार्थना (दरूद र सलाम) गर। तिमीहरू जहाँ भए पनि तिमीहरूको प्रार्थना (दरूद र सलाम) म सम्म पुग्नेछ ।”
عربي الإنجليزية الأوردية
अल्लाहले उसलाई उसले गरेका सत्कर्म अनुसार स्वर्गमा प्रवेश गराउनुहुनेछ ।
عربي الإنجليزية الأوردية
जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क गरेको अवस्थामा भेट्छ, ऊ नर्कमा प्रवेश गर्नेछ ।
عربي الإنجليزية الأوردية
जसले मलाई आफ्नो दुई बङ्गारो बीचको चीज (जिब्रो, मुखको बोली ) र दुई तिघ्रा बीचको चीज (गुप्ताङ्ग) को सुरक्षाको ग्यारेन्टी दिन्छ, म उसलाई स्वर्गको ग्यारेन्टी दिन्छु ।
عربي الإنجليزية الأوردية
सर्वश्रेष्ठ जिक्र (स्तुति) 'ला इला-ह इल्लल्लाह' हो र सबैभन्दा राम्रो दुआ (प्रार्थना) 'अल-हमदु लिल्लाह' हो ।
عربي الإنجليزية الأوردية
स्वर्ग तिम्रो जुत्ताको फित्ता भन्दा पनि नजिक छ र नर्क पनि ।
عربي الإنجليزية الأوردية
दैनिक पाँच नमाज, र एक शुक्रवारदेखि अर्को शुक्रबार (सम्मको प्रार्थना) र एक रमजानदेखि अर्को रमजान (सम्मको उपवास) ले ती दिनहरु बीच भएका पापहरू लाई मेटाई दिन्छ, यस शर्त साथ कि व्यक्तिले ठूला पापहरूबाट आफूलाई जोगाइ रहोस् ।
عربي الإنجليزية الأوردية
मुस्लिमलाई जस्तोसुकै पीडा, रोग, चिन्ता, आघात, थकान वा दु:ख आइपरे पनि, यहाँसम्म काँडा बिज्दा पनि अल्लाहले त्यसको बदलामा उसका केही पापहरू क्षमा गरिदिनुहुन्छ।
عربي الإنجليزية الأوردية
नर्क इच्छा तथा आकंक्षाहरूले घेरिएको छ भने स्वर्ग अप्रिय चीजहरूले घेरिएको छ ।
عربي الإنجليزية الأوردية
एक मुस्लिमको अर्को मुस्लिममाथि पाँच अधिकारहरू छन्; सलाम (अभिवादन) को जवाफ फर्काउने, बिरामीलाई (हालखबर लिन) भेट्न जाने, जनाजा (अन्त्येष्टि) मा सहभागी हुने, निमन्त्रणा स्वीकार गर्ने र हाछ्युँ गर्नेलाई जवाफ1 दिने ।
عربي الإنجليزية الأوردية
अल्लाहले त्यो व्यक्तिमाथि कृपा गरून् जसले किनबेच र ऋण असुल उपर गर्दा नम्रतापूर्वक व्यवहार गर्छ ।
عربي الإنجليزية الأوردية
एकजना व्यक्तिले मानिसहरूलाई पैसा उधारो दिने गर्थ्यो। उसले आफ्नो नोकरलाई (ऋण उठाउन पठाउँदा) भन्थ्यो : "यदि कसैको ऋण तिर्न अवस्था छैन भने उसलाई माफ गरिदिनु। सायद अल्लाहले हामीलाई पनि क्षमा गरिदिनुहुनेछन्
عربي الإنجليزية الأوردية
तिमी जहाँ भए पनि अल्लाहसँग डराऊ, नराम्रो काम गरेपछि राम्रो काम गर्ने गर ताकि त्यो मेटियोस् र मानिसहरूसँग राम्रो व्यवहार गर।
عربي الإنجليزية الأوردية
जब दुई मुसलमानहरू एकअर्काको विरुद्ध तरवार उठाएर खडा हुन्छन्, हत्यारा र पीडित दुवै नरकको भागीदार हुनेछन्
عربي الإنجليزية الأوردية
हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ
عربي الإنجليزية الأوردية
अल्लाहले हर काममा राम्रो व्यवहार गर्न अनिवार्य गर्नुभएको छ
عربي الإنجليزية الأوردية
अल्लाहले तिम्रो रूप र धनलाई हेर्नुहुन्न, तर तिम्रो हृदय र कर्महरूलाई हेर्नुहुन्छ ।
عربي الإنجليزية الأوردية
सबै कार्यहरू नियतीमा आधारित हुन्छन् र प्रत्येक व्यक्तिलाई उसको नियत अनुसार इनाम दिइनेछ
عربي الإنجليزية الأوردية
रिसाउनु हुँदैन
عربي الإنجليزية الأوردية
यदि तिमीहरु अल्लाहप्रति त्यसरी भरोसा गर्छौ जसरी भरोसा गर्ने हक छ, उहाँले तिमीहरुलाई त्यसै गरी जीविका दिनुहुनेछ जसरी चरालाई दिनुहुन्छ। ती चराहरु बिहान खाली पेट निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् ।”
عربي الإنجليزية الأوردية
एक व्यक्तिले पाप गर्यो र भन्यो: हे अल्लाह! मेरो पापलाई क्षमा गर्नुहोस्
عربي الإنجليزية الأوردية
वास्तवमा, आफ्नो घरपरिवार, प्रजा र मातहतमा रहेकाहरूमाथी न्याय गर्ने न्यायाधीशहरू अल्लाहको दाहिने हाततिर उज्यालो मञ्चमा विराजमान हुनेछन् । उहाँका दुवै हातहरू दाहिने हुन्
عربي الإنجليزية الأوردية
जो विनम्रताबाट वञ्चित छ, त्यो सबै भलाइबाट वञ्चित छ ।
عربي الإنجليزية الأوردية
तिमीहरूलाई थाहा छ गीबत [चुक्ली] भनेको के हो?" साथीहरूले भने: अल्लाह र उनका रसूल राम्ररी जान्दछन् । उहाँले भन्नुभयो: "तिमीले आफ्नो भाइको बारेमा उसलाई मन नपर्ने कुरा गर्नु
عربي الإنجليزية الأوردية
निस्सन्देह, अल्लाहको सम्पत्ति दुरुपयोग गर्नेहरुको परिणाम कयामतको दिन नरक हो ।
عربي الإنجليزية الأوردية
शङ्का बाट होसियार; किनकि शङ्का सबैभन्दा झूटो कुरा हो
عربي الإنجليزية الأوردية
हर भलाइ र उपकार दान हो ।
عربي الإنجليزية الأوردية
कुनै पनि राम्रो कामलाई कहिले पनि तुच्छ नठान्नु, चाहे त्यो आफ्नो भाइलाई मुसुक्क हाँसेर भेट्नु नै किन नहोस ।
عربي الإنجليزية الأوردية
बलियो त्यो होइन, जसले कसैलाई पराजित गर्छ, बलियो त्यो हो जसले रिस आवेगको बेला आफूमाथि नियन्त्रण राख्छ ।
عربي الإنجليزية الأوردية
जसले राम्रो कामको मार्गदर्शन गर्दछ, उसलाई त्यो कर्म गर्ने व्यक्ति बराबर पुण्य दिइनेछ
عربي الإنجليزية الأوردية
मृतकलाई गालीगलौज नगर, किनकि उनीहरू पहिले गरेका (राम्रा वा नराम्रा) कर्मतर्फ फर्किसकेका छन् ।”
عربي الإنجليزية الأوردية
“कुनै मान्छेको लागी आफ्नो भाइसँग तीन दिनभन्दा बढी बोलचाल बन्द राख्न जायज छैन । दुबै एक अर्कालाई भेट्छन् तर अर्कोतिर मुख फर्काएर बस्छन भने दुई मध्ये सबैभन्दा राम्रो त्यो हो जसले सलाम गर्नमा पहल गर्छ ।
عربي الإنجليزية الأوردية
सम्बन्ध तोड्ने व्यक्ति स्वर्गमा प्रवेश गर्ने छैन ।
عربي الإنجليزية الأوردية
दुइ मुखे (चुगली गर्ने) व्यक्ति स्वर्गमा प्रवेश गर्नेछैन ।
عربي الإنجليزية الأوردية
जसले आफ्नो जीविकोपार्जन विस्तार होस् र आयु लामो होस् भन्ने चाहन्छ, उसले आफ्नो नातागोतासँग राम्रो सम्बन्ध कायम गरोस् ।
عربي الإنجليزية الأوردية
मानिस आफ्नो ईश्वर देखि सबैभन्दा नजिक सजदा गर्दाको हालतमा हुँदा हुन्छ । त्यसैले (सजदामा) धेरै प्रार्थना गर्नु।
عربي الإنجليزية الأوردية
जो अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले राम्रो बोलोस् वा मौन बसोस्
عربي الإنجليزية الأوردية
जसले मानिसहरूप्रति दया गर्दैन, अल्लाहले उप्रति दया गर्नुहुन्न ।
عربي الإنجليزية الأوردية
अल्लाहको नजरमा सबैभन्दा घृणित व्यक्ति त्यो हो जो अत्यन्त झगडालु र सधैं विवादमा रहन्छ ।
عربي الإنجليزية الأوردية
अल्लाहको नजरमा सबैभन्दा प्रिय शब्दहरू चार हुन्: सुब्हानल्लाह (अल्लाह पवित्र हुनुहुन्छ), अल-हम्दु लिल्लाह (सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन्), ला इलाहा इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) र अल्लाहु अकबर (अल्लाह सर्वोच्च हुनुहुन्छ) ।" यी चारमध्ये तिमीले जुनसुकै बाटसुरु गरे हुन्छ ।
عربي الإنجليزية الأوردية
कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार
عربي الإنجليزية الأوردية
हया (लाज) ईमानको एक भाग हो
عربي الإنجليزية الأوردية
दुआ (प्रार्थना) नै उपासना हो
عربي الإنجليزية الأوردية
तिमीहरू सत्य बोल्ने गर, किनकि सत्यले धर्मको बाटो तर्फ डोर्‍याउँछ र धार्मिकताले स्वर्गमा पुर्‍याउँछ
عربي الإنجليزية الأوردية
दुई शब्दहरू यस्ता छन्, जुन जिब्रोमा हलुका, तराजुमा भारी र रहमान (परम दयालु) लाई धेरै प्रिय छन्
عربي الإنجليزية الأوردية
अल्लाहको नजरमा प्रार्थना भन्दा सम्मानित र महान अरु केही छैन ।
عربي الإنجليزية الأوردية
जसले आफ्नो भाइको इज्जत र मर्यादाको रक्षा गर्छ, अल्लाहले उसलाई न्यायको दिन नरकको आगोबाट बचाउनुहुनेछ ।
عربي الإنجليزية الأوردية
जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ, उसको पापहरू माफ गरिन्छ, चाहे त्यो समुद्रको फिज बराबर भए पनि ।
عربي الإنجليزية الأوردية
जसले ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १० चोटि पढ्छ
عربي الإنجليزية الأوردية
अल्लाहले जसको लागि भलाइ चाहनुहुन्छ, उसलाई इस्लाम धर्मको गहिराइका साथ समझ दिनुहुन्छ
عربي الإنجليزية الأوردية
निश्‍चय नै, अल्लाहले त्यो दासलाई प्रेम गर्नुहुन्छ, जो धर्मपरायण, आत्मनिर्भर र विनम्र हुन्छ ।
عربي الإنجليزية الأوردية
(यदि कसैले उपहार स्वरूप दिएमा) रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अत्तर (सुगन्ध) लाई कहिल्यै पनि अस्वीकार गर्नु हुन्थेन।
عربي الإنجليزية الأوردية
सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको व्यवहार राम्रो छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो त्यो हो जो आफ्नो महिलाहरु (छोरी/स्वास्नी)प्रति राम्रो हुन्छ ।
عربي الإنجليزية الأوردية
दया र नरमपनाले हर कुरालाई सुन्दर बनाउँछ र यसलाई हटाइयो भने कुरूप र दोषपूर्ण बनाउँछ ।
عربي الإنجليزية الأوردية
निश्चय नै अल्लाह आफ्नो सेवकबाट तब खुशी हुनुहुन्छ जब ऊ खाना खान्छ र त्यसमा उहाँको प्रशंसा गर्छ, वा जब ऊ कुनै पेय पिउँछ र त्यसमा उहाँको प्रशंसा गर्छ।
عربي الإنجليزية الأوردية
मुमिनले आफ्ना राम्रा चरित्र र व्यवहारका कारण दिनभरी व्रत बस्ने र राती तहज्जुदको नमाज पढ्ने व्यक्तिको स्थान प्राप्त गर्दछ ।
عربي الإنجليزية الأوردية
तिमीहरूमध्ये सबैभन्दा राम्रो त्यो हो जसको नैतिकता उत्तम छ ।
عربي الإنجليزية الأوردية
निस्सन्देह अल्लाहले अत्याचारीलाई मौका दिनुहुन्छ, तर जब पकड गर्नुहुन्छ तब छोड्नु हुन्न
عربي الإنجليزية الأوردية
मैले आफ्नो पश्चात पुरुषहरूका लागि महिलाहरू भन्दा बढी हानिकारक कुनै फितना (प्रलोभन) छोडेको छैन ।
عربي الإنجليزية الأوردية
सजिलो बनाउ, कठिन नबनाउ। खुसीको खबर सुनाउ, घृणा पैदा नगर।
عربي الإنجليزية الأوردية
जो कोही कुनै ठाउँमा ओर्लन्छ र यो दुआ पढ्छ: 'अऊजु बिकलिमातिल्लाहि-त्ताम्माति मिन् शर्रि मा खलक् ।’ (म अल्लाहको पूर्ण वचनहरूद्वारा सृष्टिको प्रत्येक हानीनोक्सानी बाट शरण चाहन्छु ।) त्यो ठाउँमा बसुन्जेल उसलाई कुनै पनि कुराले हानि गर्न सक्दैन ।
عربي الإنجليزية الأوردية
तिमीहरू मध्ये कोही पनि (पूर्ण) मुमिन (आस्थावान्) हुन सक्दैन, जबसम्म म उसको नजिक उसको बुबाआमा, छोराछोरी र सबै मानिसहरू भन्दा बढी प्रिय हुँदिन।
عربي الإنجليزية الأوردية
“सुब्हानल्लाह्, वल्-हम्दु लिल्लाह्, वला इलाह इल्-लल्लाह्, वल्लाहु अक्बर’ भन्नु मेरो लागि यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा प्रिय छ ।
عربي الإنجليزية الأوردية
जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा आयत पढ्छ, यी दुई आयतहरु उसको लागि पर्याप्त हुन्छन् ।
عربي الإنجليزية الأوردية
जसले अल्लाहको पुस्तक (कुर्आन) को एक अक्षर पढ्छ, उसले एउटा पुण्य प्राप्त गर्दछ र एक पुण्यलाई दश गुणा दिइन्छ
عربي الإنجليزية الأوردية
दया देखाउनेहरूमाथि रहमान (अल्लाह) ले दया गर्नुहुन्छ । पृथ्वीका जीवहरूमाथि दया गर, आकाशमा हुनेले तिमीहरूमाथि दया गर्नुहुनेछ ।
عربي الإنجليزية الأوردية
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले क़ज़ा (अर्थात् टाउकोका केही भागमा मात्रै कपाल मुण्डन गर्ने) निषेध गर्नुभएको छ ।
عربي الإنجليزية الأوردية
हामी उमर (रजियल्लाहु अन्हु) यहाँ उपस्थित थियौं जब उनले भने: "हामीलाई तकल्लुफ (अनावश्यक रूपमा कष्ट भोग्न) निषेध गरिएको छ ।
عربي الإنجليزية الأوردية
जसले अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दास र दूत हुन् भनी साँचो हृदयले गवाही दिन्छ, अल्लाहले उसको लागि नरक निषेध गर्नुहुनेछ
عربي الإنجليزية الأوردية
ए बाबु! बिस्मिल्लाह पढ, आफ्नो दाहिने हातले खाऊ र आफ्नो अगाडिबाट खाऊ
عربي الإنجليزية الأوردية
जब तिमीहरूमध्ये कसैले खाना खान्छ भने दायाँ हातले खानुपर्छ, र जब पिउँछ भने दायाँ हातले पिउनुपर्छ। किनकि शैतानले आफ्नो बायाँ हातले खान्छ र पिउँछ।
عربي الإنجليزية الأوردية
तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई भरि दिन्छ
عربي الإنجليزية الأوردية
भक्तहरूमाथि अल्लाहको अधिकार के हो भने तिनीहरूले उहाँको मात्र उपासना गरून् र उहाँको (उपासना)मा कसैलाई साझेदार नबनाऊन (शिर्क नगरून्) र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भने जसले उहाँको (उपासना)मा कसैलाई साझेदार बनाउदैन, वहाँले उसलाई दण्ड नदिऊन्
عربي الإنجليزية الأوردية
जसले शिर्क (अल्लाहको उपासनाको अधिकार अरू लाई दिनु ) नगरीकन मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ र जसले शिर्क गर्दागर्दै मर्छ, ऊ नर्कमा प्रवेश गर्नेछ।
عربي الإنجليزية الأوردية
मलाई इस्लामको बारेमा एउटा यस्तो कुरा बताउनुहोस् जुन मैले अरू कसैलाई सोध्न नपरोस् । उहाँले भन्नुभयो: "भन, म अल्लाहमा विश्वास गर्छु र त्यसपछि त्यसमा अडिग रहनु।
عربي الإنجليزية الأوردية
अल्लाहले प्रलयको दिन
عربي الإنجليزية الأوردية
जब अल्लाहले स्वर्ग र नर्क सृष्टि गर्नुभयो, तब उहाँले जिब्रील (अलैहिस्सलाम)
عربي الإنجليزية الأوردية
अल्लाहसँग डराउनु र आफ्ना शासकहरूको आदेश सुन्नु र पालन गर्नु, चाहे शासक एक कालो दास भए पनि । तिमीहरूले मेरो पछि धेरै विवाद देख्ने छौ। त्यसैले मेरो सुन्नत र सही मार्गनिर्देशित खलीफाहरूको सुन्नतको अनुसरण गर्नु
عربي الإنجليزية الأوردية
जब मुअज्जिन (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ र (जवाफमा) तिमीहरूमध्ये कसैले (अल्लाहु अक्बर, अल्लाहु अक्बर)
عربي الإنجليزية الأوردية
अल्लाहले भन्नुभएको छ: मैले सलाह (नमाज) लाई म र मेरो भक्तको बीचमा आधा-आधा बाडेको छु र मेरो भक्तले जे मागेको छ त्यही पाउनेछ
عربي الإنجليزية الأوردية
हे अब्बास! हे अल्लाहका रसूलका काका! अल्लाहसँग यस संसार र परलोक दुवैमा सुरक्षा र कल्याणको लागि प्रार्थना गर्नुहोस्।
عربي الإنجليزية الأوردية
“तिमीहरु रेशम र दिबाज (बाक्लो रेशमी वस्त्र) नलगाउनु, तथा सुन र चाँदीका भाँडा र थालहरूमा खानपान नगर्नू। किनभने, यी वस्तुहरू तिनीहरू (अविश्वासीहरू) का लागि यस लोकमा हुन् र हाम्रो लागि परलोकमा हुन्।”
عربي الإنجليزية الأوردية
जसले यस संसारमा रेशमको लुगा लगायो, उसले परलोकमा रेशम लगाउन पाउने छैन।
عربي الإنجليزية الأوردية
मैले तिमीहरूमाथि शंका गरेर कसम खुवाएको होइन, तर वास्तविकता यो हो कि म कहाँ जिब्रील (अलैहिस्सलाम) आउनुभयो र मलाई भन्नुभयो कि अल्लाहले फरिश्ताहरू (स्वर्गदूतहरू) को सामु (यसै सत्कर्मको कारणले) तपाईंहरूप्रति गर्व गरिरहनुभएको छन्।
عربي الإنجليزية الأوردية
निश्चय नै यी दुवैलाई सजाय दिइँदैछ तर उनीहरू कुनै ठूलो पापको कारणले दण्डित भइरहेको छैनन्, (सजाय भोगीरहेका कारण यो हो कि) तिनीहरूमध्ये एक पिसाबबाट बच्दैनथ्यो र अर्कोले चुक्ली गर्थ्यो
عربي الإنجليزية الأوردية
मोजालाई नफुकाल्नु; किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ
عربي الإنجليزية الأوردية
“जब तिमीहरूमध्ये कसैले वुजू गर्छ, उसले नाकमा पानी हालेर राम्रोसँग सफा गरोस्। जसले इस्तिन्जा (ढुंगाद्वारा शुद्धता प्राप्त गर्नु) गर्छ, उसले विजोर सङ्ख्यामा ढुंगा प्रयोग गरोस्।
عربي الإنجليزية الأوردية
जब कुनै व्यक्ति आफ्नो घरमा प्रवेश गर्दा र खाना खान सुरु गर्दा अल्लाहको नाम लिन्छ, तब शैतानले आफ्ना साथीहरूलाई भन्छ: "यहाँ तिमीहरूका लागि न त बास बस्ने ठाउँ छ, न त खानाको व्यवस्था
عربي الإنجليزية الأوردية
निश्चय नै यो संसार मधुर र रमणीय छ। अल्लाहले तिमीहरूलाई यस संसारमा उत्तराधिकारी बनाउनुभएको छ र उहाँले हेर्नुहुन्छ कि तिमीहरू के कसरी कर्म गर्छौ। तसर्थ, संसार (को मोह माया) बाट सचेत रहनु र महिलाहरूबाट पनि सचेत रहनु
عربي الإنجليزية الأوردية
तिमीहरूमध्ये कसैले पनि पिसाब गर्दा दाहिने हातले आफ्नो गोप्यअंग नसमातोस्, न त शौचपछि दाहिने हातले इस्तिन्जा (पखाल्ने काम) गरोस्, र न त भाँडा (मा पानी पिउँदा) भाँडोभित्र सास फेरोस्।
عربي الإنجليزية الأوردية
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई कयामतको बारेमा सोधे: "कयामत (प्रलय) कहिले आउँछ?" उहाँले सोध्नुभयो: "तिमीले यसको लागि के तयारी गरेका छौ?
عربي الإنجليزية الأوردية
असल साथीको उदाहरण अत्तर (सेन्ट) बेच्ने व्यक्तिसँग मिल्दोजुल्दो छ, भने नराम्रो साथीको उदाहरण आगोको भट्टीमा फुक्ने लोहार जस्तो हो
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ गर्नुहुन्थ्यो: ‘या मुकल्लिबल-कुलूब, सब्बित कल्बी अला दीनिक’, जसको अर्थ हो: "हे हृदयहरू परिवर्तन गर्ने मेरो पालनकर्ता! मेरो हृदयलाई तपाईंको धर्ममा अडिग बनाउनुहोस्।" मैले भनेँ
عربي الإنجليزية الأوردية
जसले निष्कपट हृदयले अल्लाहसँग शहादत (धर्मको लागि जीवन उत्सर्ग) प्राप्त गर्न प्रार्थना गर्छ, अल्लाहले उसलाई शहीदहरूकै दर्जामा पुर्‍याउनुहुन्छ; चाहे उसको मृत्यु आफ्नै ओछ्यानमा नै किन नहोस्।
عربي الإنجليزية الأوردية
“मोमिन पुरुष र मोमिन महिलामाथि—उनका जीवन, सन्तान र धनसम्पत्तिमा—निरन्तर विपत्तिहरू (परीक्षाहरू) आउने गर्छन्, यहाँसम्म कि मृत्यु पश्चात् जब उनीहरू अल्लाहसँग भेट गर्छन्, तब उनीहरूको जिम्मामा कुनै पनि पाप बाँकी रहँदैन।”
عربي الإنجليزية الأوردية
अल्लाह रातको अन्तिम प्रहरमा आफ्ना भक्तको सबैभन्दा नजिक हुनुहुन्छ
عربي الإنجليزية الأوردية
मानिसले खर्च गर्ने सबैभन्दा उत्तम दीनार (पैसा) त्यो हो जुन ऊ आफ्नो परिवारमाथि खर्च गर्छ, त्यसपछि त्यो पैसा जुन ऊ अल्लाहको मार्गमा आफ्नो सवारी (जनावर) माथि खर्च गर्छ, त्यसपछि त्यो पैसा जुन ऊ अल्लाहको मार्गमा आफ्ना साथीहरूमाथि खर्च गर्छ।
عربي الإنجليزية الأوردية
जब तिमीहरूमध्ये कसैले राम्रो सपना देख्छ, उसले यो अल्लाहबाट आएको हो भनेर जान्नुपर्छ। त्यसैले उसले त्यसको लागि अल्लाहको प्रशंसा गर्नुपर्छ र त्यसको वर्णन गर्नुपर्छ। तर जब उसले मन नपर्ने कुरा देख्छ, उसले यो जान्नुपर्) ले यो शैतानको तर्फबाट हो। त्यसैले उसले त्यो सपनाको नराम्रोबाट अल्लाहको शरण लिनुपर्छ र कसैलाई पनि यो कुरा उल्लेख गर्नु हुँदैन, किनकि उसले उसलाई हानि पुर्‍याउन सक्ने छैन।
عربي الإنجليزية الأوردية
मुमिन (आस्थावान) को मामिला कति अचम्मको छ। उसको सम्पूर्ण मामिलामा उसको लागि भलाइ छ र त्यो मुमिन बाहेक अरू कसैको लागि छैन।
عربي الإنجليزية الأوردية
”जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई हाच्छ्युँ आउँथ्यो, तब आफ्नो हात वा कपडा मुखमाथि राख्नुहुन्थ्यो र त्यसैद्वारा आफ्नो आवाजलाई मधुरो वा कम गर्नुहुन्थ्यो।”
عربي الإنجليزية الأوردية
कयामतको दिन एक व्यक्तिलाई ल्याइनेछ र उसलाई नरकमा फालिनेछ। उसका आन्द्राहरू पेटबाट बाहिर निस्कनेछन् र ऊ तिनको वरिपरि त्यसरी नै घुम्नेछ जसरी गधा जाँतो (चक्की) को वरिपरि घुम्छ।
عربي الإنجليزية الأوردية
जसले दुई छोरीहरूलाई यौवनावस्थामा नपुगुन्जेलसम्म पालनपोषण गर्छ, ऊ र म प्रलयको दिन यसरी नै आउनेछन्।" यसो भन्दै गर्दा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना औंलाहरू जोडेर एकसाथ देखाउनुभयो।
عربي الإنجليزية الأوردية
“तिमीहरूले अल्लाह र उहाँका रसूलप्रति विश्वास नगरेसम्म स्वर्गमा प्रवेश गर्ने छैनौ, र तिमीहरूले एकअर्कासँग प्रेम नगरेसम्म तिमीहरूको आस्था पूर्ण हुने छैन। के म तिमीहरूलाई एउटा यस्तो कुरा नबताऊँ, जुन यदि तिमीहरूले गर्न थाल्यौ भने तिमीहरू आपसमा माया गर्नेछौ? तिमीहरू आपसमा सलाम (शान्तिको अभिवादन) फैलाऊ।”
عربي الإنجليزية الأوردية
, ‘कुन कर्म अल्लाहलाई सबैभन्दा प्रिय छ?’ उहाँले जवाफ दिनुभयो: ‘समयमै नमाज पढ्नु।’ मैले फेरि सोधें, त्यसपछि? उहाँले भन्नुभयो: ‘आमाबाबुसँग राम्रो व्यवहार गर्नु।’ मैले पुनः सोधें, त्यसपछि? उहाँले जवाफ दिनुभयो: ‘अल्लाहको मार्गमा जिहाद (धार्मिक युद्ध) गर्नु
عربي الإنجليزية الأوردية
यो एउटा ढुङ्गा (को आवाज) हो, जुन सत्तरी वर्षअघि नर्कमा फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ ।”
عربي الإنجليزية الأوردية
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक देब्रे हातले खाना खायो । यो देखेर उहाँले भन्नुभयो: "दाहिने हातले खाऊ ।" उसले भन्यो: म (दायाँ हातले खान) सक्दिनं । उहाँले भन्नुभयो: "तिमी कहिल्यै सक्ने छैनौ
عربي الإنجليزية الأوردية
अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, (तीन पटक) भन्नुभयो, र यस प्रकारको कुरा हामी सबैको हृदयमा आउँछ, तर अल्लाहमाथि तवक्कुल (पूर्ण भरोसा) गर्नाले उहाँले यसलाई हटाइदिनुहुन्छ।
عربي الإنجليزية الأوردية
न त रोग आफैँ सर्छ, न कुनै अशुभ शकुन हुन्छ, न 'हामा' (उल्लू अशुभ हुने विश्वास) को कुनै प्रभाव हुन्छ, न 'सफर' महिना अशुभ हुन्छ, र कुष्ठरोगीबाट यसरी टाढा भाग जसरी सिंहबाट भाग्छौ।
عربي الإنجليزية الأوردية
“अल्लाहको कसम! यदि अल्लाहले तिम्रो माध्यमबाट एक जना मात्र व्यक्तिलाई पनि सही मार्ग (हिदायत) मा ल्याइदिनुभयो भने, त्यो तिम्रा लागि राता-राता ऊँटहरू (त्यस समयको सबैभन्दा मूल्यवान् सम्पत्ति) प्राप्त गर्नुभन्दा धेरै उत्तम हुनेछ।
عربي الإنجليزية الأوردية
अल्लाहसँग डराउनु, जो तिमीहरूको पालनकर्ता हुन्, दिनको पाँच पटक नमाज पढ्नु, रमजान महिनाको रोजा राख्नु, आफ्नो धनसम्पत्तिमा अनिवार्य हुने जकात दिनु र आफ्नो हाकिमको आज्ञापालन गर्नु, यसो गरेमा, तिमी आफ्नो परमेश्‍वर को स्वर्गमा प्रवेश गर्नेछौ ।
عربي الإنجليزية الأوردية
जब तिमीहरूमध्ये कोही आफ्नो भाइलाई भेट्छौ भने, उसलाई सलाम (अभिवादन) गरोस्। अनि यदि तिनीहरूको बीचमा कुनै रूख, पर्खाल वा ढुङ्गा आउँछ र ऊ उसलाई (फेरि) भेट्छ भने, उसलाई पुन: अभिवादन गरोस्।
عربي الإنجليزية الأوردية
के म तिमीहरूलाई यस्तो कामको बारेमा नभनुँ जसद्वारा अल्लाहले पापहरू मेटाउनुहुन्छ र दर्जाहरू उच्च पार्नुहुन्छ ?
عربي الإنجليزية الأوردية
के म तिमीहरूलाई तिम्रो सबैभन्दा उत्तम कर्म, तिम्रो पालनकर्ताको नजरमा सबैभन्दा प्रशंसनीय, तिम्रो दर्जालाई उच्च पार्ने
عربي الإنجليزية الأوردية
म यस्तो कुरा जान्दछु, यदि उसले पढ्यो भने, उसको रिस समाप्त हुनेछ।
عربي الإنجليزية الأوردية
राम्रो सपना अल्लाहको तर्फबाट हो र नराम्रो सपना शैतानको तर्फबाट हो। त्यसैले जब तिमीहरूमध्ये कसैले नराम्रो सपना देख्छ, उसले आफ्नो बायाँ तर्फ तीन पटक थुक्नु पर्छ र शैतानको दुष्टताबाट अल्लाहको शरण लिनु पर्छ। यदि उसले त्यसो गर्छ भने, सपनाले उसलाई कुनै पनि हानि गर्दैन।
عربي الإنجليزية الأوردية
मैले भने: हे रसूल! मुक्ति के हो? उहाँले भन्नुभयो: "आफ्नो जिब्रोलाई नियन्त्रणमा राख, आफ्नो घरमा सुरक्षित रह र आफ्नो पापमा पश्चात्ताप गर्दै रोऊ।
عربي الإنجليزية الأوردية
मेरो दासले मेरो बारेमा जस्तो सोच राख्छ, म त्यही अनुसार उसको लागि हुन्छु। म उसको साथमा हुन्छु जब ऊ मलाई सम्झिन्छ
عربي الإنجليزية الأوردية
मलाई स्वर्गमा प्रवेश गर्ने केही कर्महरू बताउनुहोस्।" उहाँले भन्नुभयो: "अल्लाहको उपासना गर्नु र उहाँसँग कसैलाई साझेदार नमान्नु, फर्ज (अनिवार्य) नमाजहरू पढ्नु, जकात दिनु र रमजानको रोजा राख्नु
عربي الإنجليزية الأوردية
त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्।" सोधियो: "को? हे अल्लाहका रसूल?" उहाँले भन्नुभयो: "जसले आफ्ना आमाबुबा दुवैलाई वा तीमध्ये एकलाई बुढेसकालमा पाउँछ, तर (उनीहरूको सेवा गरेर) स्वर्गमा प्रवेश गर्दैन।
عربي الإنجليزية الأوردية
एकल उपासकहरूले अग्रता लिइसके
عربي الإنجليزية الأوردية
तिमीहरूमध्ये प्रत्येक मानिस राति सुत्दा शैतानले उसको टाउको पछाडि तीनवटा गाँठो बाँध्छ र प्रत्येक गाँठोमा फुँक्छ र भन्छ, 'सुत, अझै धेरै रात बाँकी छ।
عربي الإنجليزية الأوردية
मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा दिइनेछ, खुलेआम पाप गर्नेहरू बाहेक
عربي الإنجليزية الأوردية
जसले यस संसारमा अरु कसैको रहस्य लुकाउँछ, अल्लाहले पुनरुत्थानको दिन उसको रहस्य लुकाउनुहुनेछ।
عربي الإنجليزية الأوردية
तिमीहरूमध्ये प्रत्येकले अल्लाहको बारेमा राम्रो सोच राख्दै मृत्युवरण गर्नुपर्छ।
عربي الإنجليزية الأوردية
जुन रात मलाई मेराज (स्वर्ग) मा लगियो, मैले इब्राहिम (अलैहिस्सलाम) लाई भेटें, उहाँले भन्नुभयो: हे मुहम्मद! आफ्नो उम्मतलाई मेरो सलाम सुनाउनुहोस् र तिनीहरूलाई भन्नुहोस्, स्वर्गको माटो धेरै राम्रो र यसको पानी धेरै मीठो छ।
عربي الإنجليزية الأوردية
यदि तिमीले भने जस्तै हो भने, यो तिमीले उनीहरूलाई तातो खरानी खुवाउँदैछौ जस्तो हो र जबसम्म तिमी यो अवस्थामा रहनेछौ, अल्लाहको तर्फबाट तिम्रो लागि एक सहयोगी नियुक्त गरिनेछ।
عربي الإنجليزية الأوردية
जसले कुनै यस्तो सभाबाट निस्किन्छ जसमा अल्लाहको जिक्र गरेको छैन भने तिनीहरू त्यो सभाबाट मरेको गधाको लाशजस्तो निस्किन्छन् र यो उनीहरूका लागि पछुतोको कारण बन्छ।
عربي الإنجليزية الأوردية
जो व्यक्ति आफ्नो पालनकर्ताको स्मरण गर्छ र जो स्मरण गर्दैन, तिनीहरूको उदाहरण जीवित र मृत व्यक्ति जस्तै हो।
عربي الإنجليزية الأوردية
मेरो मृत्युपछि मलाई तिम्रो लागि यो संसारको चमक र सांसारिक सजावटका ढोकाहरू खोलिनेछ भन्ने कुराको डर छ।
عربي الإنجليزية الأوردية
कयामतको दिन नर्कवासीहरूमध्ये सबैभन्दा कम सजाय पाउने व्यक्ति त्यो हुनेछ जसको लागि दुईवटा जुत्ता र जुत्ता बाँध्ने दुईवटा आगोका डोरीहरू हुनेछन्, जसबाट उसको दिमाग भाँडो जस्तै खोलिनेछ। उसले सोच्नेछ, उसलाई भन्दा कडा सजाय कसैलाई दिइएको छैन, तर वास्तवमा उसले सबैभन्दा हल्का सजाय भोगिरहेको हुनेछ।
عربي الإنجليزية الأوردية
सवारले पैदल हिंड्नेलाई, पैदल हिंड्नेले बसेकालाई र सानो समुहले ठूलो समुहलाई सलाम गर्नु पर्दछ ।
عربي الإنجليزية الأوردية
पुण्य भनेको उच्च व्यवहार हो र पाप भनेको जुन कुरा तिम्रो मनमा सङ्का पैदा गर्छ र तिमी चाहँदैनौ कि मानिसहरूले त्यसलाई थाहा पाउन»।
عربي الإنجليزية الأوردية
हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो।
عربي الإنجليزية الأوردية
“अल्लाह (ईश्वर) ले रातको समयमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि दिनमा पाप गर्नेहरूले पश्चात्ताप (तौबा) गर्न सकून्, र दिनको समयमा आफ्नो हात फैलाउनुहुन्छ, ताकि रातमा पाप गर्नेहरूले पश्चात्ताप गर्न सकून्। यो (क्षमाको) क्रम तबसम्म जारी रहन्छ, जबसम्म सूर्य पश्चिम दिशाबाट उदाउँदैन 1।”
عربي الإنجليزية الأوردية
पहिलाका अम्बिया (सन्देष्टाहरू) सित मान्छेहरूले जे कुरा सिकेका थिए, (त्यसमध्ये यो पनि हो) : "यदि तिमीलाई लाज छैन भने, जे मन लाग्छ गर।
عربي الإنجليزية الأوردية
दुनियाँमा यसरी रहनु जसरी एउटा अपरिचित मान्छे वा बटुवा रहन्छ ।
عربي الإنجليزية الأوردية
सदैव तिम्रो जिब्रो (मुख) अल्लाहको जिक्र (जपन/ ध्यान) मा लागेको होस् ।
عربي الإنجليزية الأوردية
तिमीहरूमध्ये कोही पनि मुमिन (आस्थावान) हुन सक्दैन जबसम्म उसले आफ्नो भाइको लागि त्यही मन पराउँदैन जुन उसले आफ्नो लागिमन पराउछ ।
عربي الإنجليزية الأوردية
मुस्लिमलाई गाली गर्नु घोर पाप हो र झगडा गर्नु कुफ्र हो ।
عربي الإنجليزية الأوردية
यहूदी र ईसाईहरूलाई पहिले सलाम नगर र जब तपाईं नीहरूमध्ये कसैलाई बाटोमा भेट्नुहुन्छ, तिनीहरूलाई साँघुरो बाटो लिन बाध्य पार्नुहोस्।
عربي الإنجليزية الأوردية
कयामतको दिनमा (कर्म जोख्ने बखत) तराजुमा असल व्यवहार भन्दा गरुङ्गो (भारी) कुनै पनि चीज हुनेछैन। निश्चय नै, अल्लाह अश्लील र अभद्र व्यक्तिसँग घृणा गर्नुहुन्छ।
عربي الإنجليزية الأوردية
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीकहाँ आउनुभयो, हामीले भन्यौं: हे अल्लाहका रसूल! तपाईंलाई सलाम (अभिवादन) कसरी गर्ने भनेर हामीले सिकेका छौं, तर तपाईंमाथि दरुद कसरी पठाउने ?
عربي الإنجليزية الأوردية
कञ्जूस त्यो हो जसको अगाडि मेरो नाम लिइन्छ तर उसले ममाथि दया (दरुद) पठाउदैन।
عربي الإنجليزية الأوردية
जसले खाना खायो र भन्यो: 'अल्हम्दुलिल्लाहिल्लजी अत्अमनी हाजा व रजक़नीहि मिन ग़ैरि हौलिन मिन्नी वला कुव्वह्' (सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, जसले मलाई यो खाना खुवाउनुभयो र मेरो कुनै शक्ति वा सामर्थ्य बिना नै मलाई यो प्रदान गर्नुभयो), उसका अघिल्ला पापहरू क्षमा गरिनेछन् ।
عربي الإنجليزية الأوردية
हे आदमको सन्तान! जबसम्म तिमी मलाई पुकारिरहन्छौ र आशा राख्छौ, तिम्रा पापहरू जतिसुकै भए पनि म क्षमा गरिरहनेछु र मलाई त्यसको परवाह छैन ।
عربي الإنجليزية الأوردية
अजान र इकामतको बीचमा गरिएको प्रार्थना अस्वीकृत हुँदैन।
عربي الإنجليزية الأوردية
हे अल्लाह! मेरो धर्मलाई सच्याइदिनुहोस्, जुन मेरो मामिलाको सुरक्षाको ग्यारेन्टी हो
عربي الإنجليزية الأوردية
हे अल्लाह! मेरा पापहरू, मेरो अज्ञानता, मेरा सबै कर्महरूमा भएका अपराधहरू र तपाईंलाई मभन्दा बढी थाहा भएका सबै कुराहरू क्षमा गर्नुहोस्। हे अल्लाह! मेरा पापहरू, मैले जानेर गरेको, अनजानमा गरेको र मजाकमा गरेको सबै कुराहरू क्षमा गर्नुहोस्। यो सबै मैले गरेको हो। हे अल्लाह! मेरा विगतका र भविष्यका पापहरू, मेरा गोप्य र मेरा सार्वजनिक पापहरू क्षमा गर्नुहोस्। तपाईं नै अगाडि ल्याउने र तपाईं नै पछाडि ल्याउने हुनुहुन्छ र तपाईं नै सबै कुरामाथि शक्तिवान हुनुहुन्छ।
عربي الإنجليزية الأوردية
हे अल्लाह ! म तपाईँसित यस संसार र परलोकको कल्याणको माग गर्दछु ।
عربي الإنجليزية الأوردية
हे अल्लाह! म तपाईंसँग सबै प्रकारका राम्रा कुराहरू माग्छु, छिटो र ढिलो दुवै, जुन मलाई थाहा छ र जुन मलाई थाहा छैन। म तपाईंमा सबै प्रकारका खराब कुराहरूबाट शरण चाहन्छु, छिटो र ढिलो दुवै, जुन मलाई थाहा छ र जुन मलाई थाहा छैन
عربي الإنجليزية الأوردية
हे अल्लाह! म तपाईंको आशीर्वादको लोपबाट, तपाईंको कल्याणको फिर्ताबाट, तपाईंको अचानक विपत्तिबाट र तपाईंको सबै प्रकारका क्रोधबाट तपाईंको शरण चाहन्छु।
عربي الإنجليزية الأوردية
हे अल्लाह! म ऋणको प्रभुत्व, शत्रुको प्रभुत्व र दुःखमा शत्रुहरूको खुशीबाट तपाईंमा शरण चाहन्छु।
عربي الإنجليزية الأوردية
हे अल्लाह ! तपाईँको रक्षामा हामीले बिहान गर्यौं र तपाईंकै रक्षामा हामीले साँझ गर्यौं । तपाईँको नाममा हामी जीवित हुन्छौ र तपाईँको नाममा नै हामी मर्छौं र तपाईँ तर्फ नै उठेर जानु छ ।
عربي الإنجليزية الأوردية
अल्लाहलाई बलवान् मुमिन (विश्वासी) कमजोर मुमिन भन्दा राम्रो र अधिक प्रिय छ, तर दुवैमा भलाई छ ।
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ (प्रार्थना) गर्नुहुन्थ्यो: ‘रब्बना आतिना फिद्दुन्या हसनह् व फिल्-आखिरति हसनह् व किना अजा बन्नार’ अर्थात हे अल्लाह ! हामीलाई दुनियाँ र आखिरत (लोक-परलोक) दुबै ठाउँमा भलाइ प्रदान गर्नुहोस् र नर्कको आगोबाट बचाउनुहोस् ।
عربي الإنجليزية الأوردية
सैय्येदुल-इस्तिग्फार
عربي الإنجليزية الأوردية
“हे मानिसहरू, सलाम (अभिवादन) फैलाउनु, खाना खुवाउनु, पारिवारिक सम्बन्ध कायम गर्नु र मानिसहरू सुतिरहेको बेला रातमा नमाज पढ्नु, (यसो गरेमा) तिमीहरू शान्तिका साथ जन्नत (स्वर्ग) मा प्रवेश गर्नेछौ ।”
عربي الإنجليزية الأوردية
अन्यायबाट टाढै रहनुहोस्, किनकि न्यायको दिनमा यो अन्धकार बनेर आउनेछ । कन्जुस्याइँ र लोभबाट सावधान रहनु, किनकि त्यसै कारणले तिमीहरू भन्दा पहिलेका मानिसहरू नष्ट भएका थिए।
عربي الإنجليزية الأوردية
एक व्यक्तिले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे: "इस्लामको सबैभन्दा उत्तम कर्म कुन हो?" उहाँले जवाफ दिनुभयो: "खाना खुवाउनु र परिचित तथा अपरिचित सबैलाई सलाम (अभिवादन) गर्नु।
عربي الإنجليزية الأوردية
भन: 'हे अल्लाह! मलाई मार्गदर्शन गर र सही दिशा देखाऊ।' मार्गदर्शनको अर्थ सही बाटो देखाउनु हो र 'सदाद' को अर्थ तीरको सही निशाना लाग्नु हो।
عربي الإنجليزية الأوردية
के म तिमीहरूलाई त्यो कुरा सिकाइदिऊँ, जुन तिमीहरूले माग गरेको सेवकभन्दा उत्तम छ? जब तिमीहरू आफ्नो ओछ्यानमा जान्छौ, तब ३३ पटक ‘सुब्हानल्लाह’, ३३ पटक ‘अल्हम्दुलिल्लाह’ र ३४ पटक ‘अल्लाहु अकबर’ भन्ने गर। यो कार्य तिमीहरू दुवैका निम्ति एउटा सेवक प्राप्त हुनुभन्दा धेरै उत्तम छ।
عربي الإنجليزية الأوردية
तिमीले बिहान र बेलुका तीन-तीन पटक"{कुल हुवल्लाहु अहद} (सूरह इख्लास) र दुई मुअव्विजात (सूरह फलक र सूरह नास) पढ्नु। यी ले तिमीलाई हरेक कुराबाट जोगाउनेछन्।
عربي الإنجليزية الأوردية
जसले यो प्रार्थना तीन पटक पढ्छ: "अल्लाहको नाममा, जसको नामले पृथ्वी वा आकाशमा कुनै पनि कुराले हानि गर्न सक्दैन र उहाँ सर्वश्रोता एवं सर्वज्ञ हुनुहुन्छ।" बिहानसम्म कुनै पनि अचानक विपत्तिले उसलाई आक्रमण गर्नेछैन।
عربي الإنجليزية الأوردية
“भन : (ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, अल्लाहु-अक्बर कबीरा, वल्हम्दु-लिल्लाहि कषीरा, सुब्हानल्लाहि रब्बिल-आलमीन्, ला हौल वला कुव्वत इल्ला बिल्लाहिल-अजीजिल-हकीम) ।
عربي الإنجليزية الأوردية
प्रत्येक अनिवार्य नमाज पछि जसले पनि यी मु'अक्किबात (नमाजपछि पढिने जिक्रहरू) पढ्छ, ऊ कहिल्यै असफल हुनेछैन—ती हुन्: ३३ पटक ‘सुभानल्लाह, ३३ पटक ‘अल्हम्दुलिल्लाह र ३४ पटक ‘अल्लाहु अकबर’"।
عربي الإنجليزية الأوردية
जसले कसम खाने क्रममा 'लात र उज्जाको कसम!' भन्यो, उसले तुरुन्तै 'ला इलाहा इल्लल्लाह' (अल्लाहबाहेक कुनै सत्य पूज्य छैन) भन्नुपर्दछ। र जसले आफ्नो साथीलाई 'आऊ, जुवा खेलौँ' भनी प्रस्ताव गर्छ भने, उसले (प्रायश्चित स्वरूप) दान गर्नुपर्दछ।
عربي الإنجليزية الأوردية
“के तिमीहरूलाई थाहा छ, (वास्तविक) ‘गरिब’ (मुफ्लिस) को हो
عربي الإنجليزية الأوردية
जो कोहीले मेरो तर्फबाट यस्तो हदीस सुनाउँछ, जसलाई ऊ झूट भएको ठान्दछ (अर्थात् झूट हो भन्ने थाहा हुँदाहुँदै पनि वर्णन गर्छ), त्यस्तो व्यक्ति स्वयं पनि झूट बोल्नेहरूमध्ये एक ठहरिन्छ।”
عربي الإنجليزية الأوردية
‘अऊजु बिल्लाहिल्-अजीम्, व बिवज्हिहिल्-करीम्, व सुल्तानिहिल्-कदीम्, मिनश्-शैतानिर्रजीम्’ (अर्थ: "म महान अल्लाह, उहाँको सम्मानित अनुहार र उहाँको शाश्वत सत्ताको माध्यमबाट धिक्कारिएको शैतान विरुद्ध शरण चाहन्छु
عربي الإنجليزية الأوردية
एक पुकार्नेले पुकार्नेछ: तिमी सधैं स्वस्थ रहनेछौ, तिमी कहिल्यै बिरामी पर्नेछैनौ। तिमी सधैं बाँच्नेछौ, तिमी कहिल्यै मर्ने छैनौ। तिमी सधैं जवान रहनेछौ, तिमी कहिल्यै बूढो हुनेछैनौ। तिमी सधैं आनन्दमा रहनेछौ, तिमी कहिल्यै समस्यामा पर्ने छैनौ।
عربي الإنجليزية الأوردية
अल्लाहले स्वर्गवासीहरूलाई सम्बोधन गर्दै भन्नुहुनेछ: “हे स्वर्गवासीहरू!” तिनीहरूले उत्तर दिनेछन्: “हे हाम्रा पालनकर्ता! हामी उपस्थित छौं र सम्पूर्ण भलाइ हजुरकै हातमा छ।” अल्लाहले सोध्नुहुनेछ: “के तिमीहरू सन्तुष्ट छौ?” तिनीहरूले भन्नेछन्: “हामी किन सन्तुष्ट नहुने? जब कि हजुरले हामीलाई यस्ता वरदानहरू प्रदान गर्नुभएको छ, जुन हजुरले आफ्ना सृष्टिहरूमध्ये अरू कसैलाई दिनुभएको छैन।
عربي الإنجليزية الأوردية
जब स्वर्गवासीहरू स्वर्गमा प्रवेश गर्छन्, अल्लाहले सोध्नेछन्: के तिमीहरूलाई अझै केही चाहिन्छ?
عربي الإنجليزية الأوردية
निस्सन्देह शैतान यस कुराबाट निराश भइसकेको छ, मुस्लिमहरूले अरब प्रायद्वीपमा उसको उपासना गर्नेछन्। तर ऊ तिनीहरू बीच शत्रुता, कलह र मतभेद भड्काउने आशावादी छ।
عربي الإنجليزية الأوردية
मैले दुई प्रकारका नरकवासी (अहिलेसम्म) देखेको छैनँ: पहिलो ती मानिसहरू जसको साथमा गाईको पुच्छर जस्तै कोर्रा हुनेछ र तिनीहरूले मानिसहरूलाई त्यसले पिट्नेछन्। दोस्रो ती महिलाहरू जो लुगा लगाएर पनि नाङ्गै हुनेछन्, अरूलाई आकर्षित गर्नेछन् र आफैँ पनि आकर्षित हुनेछन्
عربي الإنجليزية الأوردية
एक पुरुषले अर्को पुरुषको गुप्ताङ्ग हेर्नु हुँदैन। त्यसैगरी, एक महिलाले पनि अर्को महिलाको गुप्ताङ्ग हेर्नु हुँदैन।
عربي الإنجليزية الأوردية
हे महिलाहरू, दान गर, किनभने मैले तिमीहरूलाई धेरै संख्यामा नरकमा देखेको छु।" त्यसपछि महिलाहरूले भने: "कसरी, हे रसूल?" उनले भने: "तिमीहरू बारम्बार गाली-गलौच गर्छौ र आफ्ना पतिको नाफरमानी गर्छौ।" "मैले बुद्धि र धर्ममा अपूर्ण भएको भए पनि तिमीहरू (महिलाहरू) जस्तो कुनै पनि व्यक्ति देखेको छैन जसले एक बुद्धिमान र अनुभव भएको पुरुषको विवेकलाई विकृत पारिदिन्छ।
عربي الإنجليزية الأوردية
मुस्लिम त्यो हो जसको बोली र हातबाट मुस्लिमहरू सुरक्षित रहन्छन् र साँचो मुहाजिर (अल्लाहको निम्ति कुनै कुरा ठाउँ त्यग गर्ने) त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ।
عربي الإنجليزية الأوردية
नबी (सलल्लाहु अलैहि वसल्लम) ले अबू बकर र उमरलाई भन्नुभयो: यी दुई जना (अबू बकर र उमर) पहिलो र अन्तिम पुस्ताका स्वर्गका अधबैंसेहरूको सरदार हुन्, तर नबी र दूतहरू बाहेक।
عربي الإنجليزية الأوردية
हे अल्लाहका रसूल! मैले साना ठूला हरेक पाप गरेको छु । उहाँले भन्नुभयो: " के तिमी गवाही दिंदैनौ, कि अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद अल्लाहका रसूल (सन्देशवाहक) हुन्
عربي الإنجليزية الأوردية
शैतान तिमीहरु मध्ये कसै कहाँ आउँछ र भन्छ: यो कसले सृष्टि गर्यो ? र यो कसले रचना गर्यो ? यो क्रम चलिरहन्छ यहाँ सम्म उसले सोध्न थाल्छ : तिम्रो रब (पालनकर्ता) लाई कसले सृष्टि गर्यो ? यस्तो कुरा दिमागमा आउन साथ शैतानको उपद्रोबाट अल्लाहको शरण लिनुपर्छ र यस्त खराब विचार त्याग्नु पर्छ" ।
عربي الإنجليزية الأوردية
कर्म ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् । तीमध्ये (स्वर्ग वा नरक) अनिवार्य गर्ने दुईवटा कर्म छन्, र (बाँकी ४ प्रकारका कर्महरू मध्ये ) एउटा कर्मको प्रतिफल कर्म अनुसार नै पाइनेछ, र अर्को कर्मको प्रतिफल दश गुणा बढी र केही कर्मको प्रतिफल सात सय गुणा बढी प्राप्त हुनेछ
عربي الإنجليزية الأوردية
निश्चय नै, कयामतको (प्रलयको) निशानीहरू मध्ये यो पनि हो कि; ज्ञान हराउनेछ, अज्ञानता बढ्नेछ, अनैतिकता र व्यभिचार धेरै फैलिनेछ, मद्यपान बढ्नेछ, पुरुषहरू कम हुनेछन् र महिलाहरूको संख्यामा वृद्धि हुनेछ, यतिसम्म कि ५० जना महिलाको एक पुरुष मात्र संरक्षक हुनेछ ।
عربي الإنجليزية الأوردية
जबसम्म मानिस एक अर्को व्यक्तिको चिहानको नजिकबाट जाँदा यसो भन्नेछैन:"कस्तो राम्रो हुन्थ्यो, यदि म उसको ठाउँमा भएको भए" तबसम्म कयामत आउने छैन,'
عربي الإنجليزية الأوردية
मृत्युलाई सेतो र कालो भेडा
عربي الإنجليزية الأوردية
तिम्रो संसारको आगो नर्क
عربي الإنجليزية الأوردية
जसले जानाजानी मेरो नाममा झूट बोल्छ, उसले आफ्नो स्थान नरकमा सुनिश्चित गरोस्।
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा घटना उल्लेख गर्नुभयो र भन्नुभयो: "यो त्यस समय हुनेछ जब ज्ञान हराउनेछ
عربي الإنجليزية الأوردية
विद्वानहरूसँग बहस गर्न र
عربي الإنجليزية الأوردية
अल्लाहले (सिराति-मुस्तकीम) सिधा मार्गको उदाहरण दिनुभएको छ
عربي الإنجليزية الأوردية
तिमीहरू मध्ये कसैले आफ्नो परिवारमा फर्किंदा तीनवटा ठूला, मोटा गाभिन ऊँटहरू पाउन चाहन्छ ?
عربي الإنجليزية الأوردية
कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ: पढ्दै गर र माथि श्रेणीमा आरोहण गर्दै गर । तिमीले संसारमा जसरी तिलावत (वाचन) गर्थ्यौ, त्यस्तै पढ्दै गर, किनकि तिम्रो स्थान तिमी अन्तिम आयत(श्लोक) पढ्दै जहाँ पुग्छौ, त्यहीँ हुनेछ।
عربي الإنجليزية الأوردية
उच्च स्वरमा कुरआन पढ्ने व्यक्ति खुलेआम दान दिने व्यक्ति जस्तो हो र कम स्वरमा कुरआन पढ्ने व्यक्ति गोप्य रूपमा दान दिने व्यक्ति जस्तो हो।
عربي الإنجليزية الأوردية
नबि (सल्लल्लाहु अलैहि वसल्लम)बाट दश श्लोकहरू पढ्थे। त्यसपछि, ती दश श्लोकहरूमा रहेको ज्ञान र कर्म
عربي الإنجليزية الأوردية
हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान हो ?" उनी भन्छन्, मैले भने: {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कय्यूम} [सूरह अल-बकरह : २५५] उनी भन्छन् : यो सुनेर उहाँले मेरो छाती थपथप्याउनु भयो र भन्नुभयो: "अल्लाहको कसम! हे अबुल मुन्जिर! तिम्रो लागि यो ज्ञान श्रेयस्कर होस् ।
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक रात, जब ओछ्यानमा जानुहुन्थ्यो, तब आफ्ना दुवै हत्केलाहरू एकसाथ जम्मा गर्नुहुन्थ्यो अनि त्यसमा फुक्नुहुन्थ्यो र "कुल हु-वल्लाहु अहद", र "कुल अऊजु बि-रब्बिल फलक" र "कुल अऊजु बि-रब्बिनास् ।
عربي الإنجليزية الأوردية
जब तिमीले ती मानिसहरूलाई देख्छौ जसले कुरानका मुतशाबिह (अनेकार्थ रहेका) आयतहरूलाई पछ्याउँछन् , तब(बुझ्नु कि) ती नै ती व्यक्तिहरू हुन् जसको बारेमा अल्लाहले नाम लिएर चेतावनी दिएका छन्, त्यसैले तिनीहरूबाट सावधान रहनु
عربي الإنجليزية الأوردية
जब कुनै व्यक्तिबाट पाप हुन्छ, त्यसपछि ऊ खडा हुन्छ र वुजु गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग क्षमा याचना गर्छ, तब अल्लाहले उसलाई क्षमा दिनुहुन्छ
عربي الإنجليزية الأوردية
तिनीहरूले तपाईंलाई धोका दिएको, अवज्ञा गरेको र झूटो बोलेको हिसाब हुनेछ
عربي الإنجليزية الأوردية
‘ला इलाह इल्लाल्लाह’ (अल्लाह बाहेक कोही ईश्वर छैन) भन्नुहोस्, म न्यायको दिन तपाईंको लागि गवाही दिनेछु
عربي الإنجليزية الأوردية
{ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ}
عربي الإنجليزية الأوردية
जब तपाइँले मुअज्जिनले अजान दिइरहेको सुन्नुहुन्छ, उसले भने जस्तै शब्दहरू भन्नुहोस् । त्यसपछि ममाथि दरूद पठाउनुहोस्
عربي الإنجليزية الأوردية
जब तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्छ भने उसले (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) र जब बाहिर निस्कन्छ भने (अल्लाहुम्म इन्नी अस्-अलुक मिन्-फज्लिक्) पढ्नुपर्छ ।
عربي الإنجليزية الأوردية
यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर
عربي الإنجليزية الأوردية
निस्सन्देह, अल्लाहले केवल त्यो कार्य स्वीकार गर्नुहुन्छ, जुन विशुद्ध उहाँको निम्ति र उहाँको प्रसन्नता प्राप्तिका लागि गरिन्छ।
عربي الإنجليزية الأوردية
जसमा चारवटा लक्षणहरू छन्, त्यो शुद्ध मुनाफिक (पाखण्डी) हो र जसमा तीमध्ये एउटा छ, त्यसलाई नछोडेसम्म उसमा पाखण्डको एउटा लक्षण छ: जब ऊ बोल्छ झुट बोल्छ, जब उसले सम्झौता गर्छ, धोका दिन्छ, जब उसले वाचा गर्छ, तोड्छ र जब ऊ झगडा गर्छ गालीगलौज गर्छ ।
عربي الإنجليزية الأوردية
व्यक्तिको इस्लामको उत्कृष्टता भनेको उसलाई नचाहिने कुराहरू त्याग्नु हो।
عربي الإنجليزية الأوردية
“जब कुनै व्यक्तिको मृत्यु हुन्छ, तब उसका सबै कर्महरूको क्रम समाप्त हुन्छ, तर तीन कुराहरूको पुण्य समाप्त हुँदैन: निरन्तर पुण्य प्रदान गर्ने दान (सदक़ा–ए–जारिया), लाभदायक ज्ञान जसबाट मानिसहरूले लाभ लिइरहन्छन्, र त्यस्तो असल सन्तान जसले उसका लागि निरन्तर प्रार्थना (दुआ) गरिरहन्छ।”
عربي الإنجليزية الأوردية
मुमिन (आस्थावान) व्यक्ति आरोप लगाउने, अपमान गर्ने, गालीगलौज गर्ने, अश्लील बोल्ने र असभ्य व्यवहार गर्ने हुँदैन।
عربي الإنجليزية الأوردية
संसारलाई त्याग र अल्लाहले तिमीलाई माया गर्नुहुनेछ र मानिसहरूसँग भएका कुराहरू त्याग, मानिसहरूले तिमीलाई माया गर्नेछन्।
عربي الإنجليزية الأوردية
आदमको सन्तानले आफ्नो पेटभन्दा खराब कुनै भाँडो भर्दैन। मानिसलाई आफ्नो ढाड सोझो राख्न (अर्थात् जीवित रहन) केही गाँस खाना नै पर्याप्त हुन्छ। यदि उसले (पेट) भर्नै पर्ने भएमा, एक तिहाइ भाग खानाको लागि, एक तिहाइ पिउनेको लागि र एक तिहाइ भाग सासको लागि (छोड्नुपर्छ)।
عربي الإنجليزية الأوردية
मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग (परस्त्रीमाथि) अकस्मात् पर्ने नजरका विषयमा सोधेँ। उहाँले मलाई आफ्नो दृष्टि तुरुन्तै अरू कतै फर्काइहाल्न आदेश दिनुभयो।
عربي الإنجليزية الأوردية
यस्तो दुराचारबाट बच्नुहोस्, जसलाई अल्लाहले निषेध गर्नुभएको छ। तर यदि कोही त्यस पापमा फस्न पुग्यो भने, उसले अल्लाहको पर्दामा लुकी रहोस् र अल्लाहसमक्ष तौबा अर्थात् प्रायश्चित गरोस्। किनभने जसले हाम्रा अगाडि आफ्नो पाप उजागर गर्नेछ, हामी उसमाथि अल्लाह तआलाको किताबमा उल्लेखित सजाय लागू गर्नेछौं।
عربي الإنجليزية الأوردية
कुनै पनि मुस्लिम महिलाका लागि आफ्नो महरम (विवाह गर्न निषेध गरिएको पुरुष नातेदार) बिना एक रातको दूरीको यात्रा गर्नु वैध छैन।
عربي الإنجليزية الأوردية
“के अल्लाहले तिमीहरूलाई दान गर्ने (अवसर) दिनुभएको छैन र? ‘सुब्हानल्लाह’ भन्नु (तस्बीह) दान हो, ‘अल्लाहु अकबर’ भन्नु (तकबीर) दान हो, ‘अल्हम्दुलिल्लाह’ भन्नु (तह्मीद) दान हो, ‘ला इलााह इल्लल्लाह’ भन्नु (तहलील) दान हो, भलाइको आदेश दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अनि तिमीहरू मध्ये कसैले आफ्नो दम्पतिसँग शारीरिक सम्बन्ध राख्दछ भने त्यो पनि दान हो।”
عربي الإنجليزية الأوردية
“एकअर्कालाई ईर्ष्या नगर्नुहोस्, छलकपट नगर्नुहोस्, घृणा नगर्नुहोस्, एकआपसमा पिठ्यूँ नफर्काउनुहोस् र एकअर्काको व्यापारमा छल नगर्नुहोस् (वा एउटाको किनबेचमा माथी अर्को किनबेच नगर्नुहोस्। सबैजना अल्लाहका भक्त बनी दाजुभाइझैं हुनुहोस्
عربي الإنجليزية الأوردية
जसले कुनै मोमिनको संसारिक समस्याबाट कुनै समस्या हटाउँछ, अल्लाहले कायमतको दिन उसको एक समस्या हटाउनु हुनेछ
عربي الإنجليزية الأوردية
हे मानिसहरू! अल्लाहसामु पश्चात्ताप गर र उहाँसँग क्षमा माग, किनकि म आफैँ पनि दिनमा सय पटक पश्चात्ताप गर्छु।
عربي الإنجليزية الأوردية
अराजकता, भ्रष्टाचार र उत्पातको समयमा उपासना गर्नु भनेको मतिर हिज्रत (प्रवास) गर्नु जस्तै हो।
عربي الإنجليزية الأوردية
जुनसुकै मुसलमानले यस्तो दुआ (प्रार्थना) गर्दछ, जसमा कुनै पाप वा नातासम्बन्ध तोड्ने कुरा हुँदैन, अल्लाहले उसलाई तीनवटा कुराहरूमध्ये एउटा अवश्य प्रदान गर्नुहुन्छ: या त उसको प्रार्थना तुरुन्तै स्वीकार गरिन्छ, या त त्यसलाई उसको लागि आखिरत (परलोक) मा सञ्चित राखिन्छ, वा त्यसै बराबरको कुनै विपत्ति उसबाट टाढा हटाइन्छ।" साहाबाहरूले भने: "त्यसोभए त हामी धेरैभन्दा धेरै प्रार्थना गर्नेछौँ।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाहसँग त्योभन्दा पनि बढी दिने सामर्थ्य छ।
عربي الإنجليزية الأوردية
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुःख पर्दा भन्नुहुन्थ्यो: "ला इलाह इल-लल्लाहुल-अजीमुल हलीम, ला इलाह इल-लल्लाहुल-रब्बुल-अर्शिल-अजीम, ला इलाह इल-लल्लाहु रब्बुस्समावाति व रब्बुल-अर्जि़ व रब्बुल-अर्शिल-करीम।" अर्थ: "अल्लाह बाहेक कोही सत्य पूज्य छैन, जो महान र सहनशील हुनुहुन्छ। अल्लाह बाहेक कोही सत्य पूज्य छैन, जो महान अर्श (सिंहासन) का मालिक हुनुहुन्छ। अल्लाह बाहेक कोही सत्य पूज्य छैन, जो आकाशहरूका मालिक, पृथ्वीका मालिक र सम्मानित अर्शका मालिक हुनुहुन्छ।
عربي الإنجليزية الأوردية
जब तिमीहरूमध्ये कसैलाई हाई आउँछ, तब उसले आफ्नो हातले मुख छोपोस्, किनभने शैतान (अदृश्य रुपले) भित्र पस्छ।
عربي الإنجليزية الأوردية
“एक मुस्लिमको अर्को मुस्लिममाथि छ वटा अधिकार छन्।” सोधियो: “हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)! ती अधिकारहरू के-के हुन्?” उहाँले भन्नुभयो: “जब तिमी उसलाई भेट्दछौ, तब उसलाई सलाम गर; जब उसले तिमीलाई निम्तो दिन्छ, तब उसको निमन्त्रणा स्वीकार गर; जब उसले तिमीसँग सल्लाह माग्दछ, तब उसलाई उत्तम सल्लाह देऊ; जब उसले हाच्छिउँ गरेर ‘अल्हम्दुलिल्लाह’ (सबै प्रशंसा अल्लाहका लागि हो) भन्दछ, तब उसको जवाफमा ‘यरहमुकल्लाह’ (अल्लाहले तिमीमाथि कृपा गरून्) भन; जब ऊ बिरामी हुन्छ, तब उसलाई भेट्न (कुशलमंगल सोध्न) जाऊ; र जब उसको निधन हुन्छ, तब उसको जनाजामा सहभागी होऊ।”
عربي الإنجليزية الأوردية
“अल्लाहले (प्रलयको दिन) त्यस व्यक्तिलाई कृपाले हेर्नुहुने छैन, जसले अहङ्कार र घमण्डवश आफ्नो वस्त्र भुइँमा घिसार्दै हिँड्दछ।”
عربي الإنجليزية الأوردية
दुईवटा यस्ता वरदानहरू छन्, (जसको सही कदर नगरेर धेरैजसो) मानिसहरू ठूलो घाटामा परिरहेका छन्: एउटा स्वास्थ्य र अर्को फुर्सदको समय।
عربي الإنجليزية الأوردية
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सज्दा गर्दा यो दुआ पढ्नुहुन्थ्यो: "अल्लाहुम्मग्फिर ली जन्बी कुल्लहु, दिक्कहु व जिल्लहु, व अव्वलहु व आखिरहु, व अलानियतहु व सिर्रहु।" अर्थात् "हे अल्लाह! मेरा साना र ठूला, विगतका र वर्तमानका, खुला र गुप्त सबै पापहरू क्षमा गर्नुहोस्।
عربي الإنجليزية الأوردية
निश्चय नै, धेरै सराप दिने मानिसहरू कियामतको दिन न त साक्षी हुनेछन्, न त सिफारिसकर्ता (शफाअत गर्नेवाला) नै हुनेछन्।
عربي الإنجليزية الأوردية
वास्तवमा, तिम्रो पालनकर्ता लजालु र उदार हुनुहुन्छ। जब कुनै व्यक्तिले उहाँको अगाडि आफ्ना हातहरू उठाउँछ, तब उहाँले आफ्ना भक्तका हातहरू खाली फर्काउन लाज मान्नुहुन्छ।
عربي الإنجليزية الأوردية
“यदि कुनै समूह कुनै यस्तो सभा (बैठक) मा बस्दछ, जहाँ उनीहरूले न त अल्लाहको स्मरण (जिक्र) गर्दछन् र न त आफ्ना नबीमाथि दुरूद (आशिष) नै पठाउँदछन् भने—त्यो सभा उनीहरूका लागि पछुतो र घाटाको कारण बन्नेछ। तत्पश्चात्, यदि अल्लाहले चाहनुभयो भने उनीहरूलाई सजाय दिनुहुनेछ र यदि चाहनुभयो भने उनीहरूलाई क्षमा गरिदिनुहुनेछ।”
عربي الإنجليزية الأوردية
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संक्षिप्त तर व्यापक एवं गहन अर्थ बोकेका प्रार्थना (दुआ)हरूलाई बढी रुचाउनुहुन्थ्यो र त्यसबाहेक अन्य किसिमका प्रार्थनाहरूलाई त्याग्नुहुन्थ्यो।
عربي الإنجليزية الأوردية
कसम खाँदा सामान त बेचिन्छ, तर नाफा र बर्कत नष्ट हुन्छ।
عربي الإنجليزية الأوردية
तिमीहरूले हावालाई गाली नगर। यदि तिमीहरूले हावाको कारणले कुनै कष्ट वा मन नपर्ने कुरा देख्यौ भने यो प्रार्थना गर: हे अल्लाह! हामी तपाईंसँग यो हावाको राम्रो पक्ष, यसमा लुकेको राम्रो कुरा र यसलाई दिइएको आदेशको शुभफल माग्दछौँ। र हामी यो हावाको नराम्रो पक्ष, यसमा भएको नराम्रो तत्व र यसमा भएको दुष्परिणामबाट बच्नका लागि तपाईंको शरण माग्दछौँ।
عربي الإنجليزية الأوردية
“तिमीहरूमध्ये कसैले पनि (प्रार्थना गर्दा) यसो नभन्नू: ‘हे अल्लाह! यदि तपाईंको इच्छा छ भने मलाई क्षमा गर्नुहोस्; यदि तपाईं चाहनुहुन्छ भने ममाथि दया गर्नुहोस्; र यदि तपाईं चाहनुहुन्छ भने मलाई जीविका (रोजगारी) प्रदान गर्नुहोस्।’ बरु, उसले आफ्ना मागहरू पूर्ण दृढता एवं निश्चित रुपमा माग्नु पर्दछ; किनभने अल्लाहले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ र उहाँलाई बाध्य पार्ने कोही छैन।”
عربي الإنجليزية الأوردية
त्यो व्यक्ति अपमानित होस्, जसको सामुन्ने मेरो नाम लिइयो तर उसले ममाथि दरुद (कृपा र शान्तिको प्रार्थना) पठाएन; र त्यो व्यक्ति पनि अपमानित होस्, जसको जीवनमा रमजानको महिना प्राप्त भयो तर रमजान सकिनुअघि क्षमा प्राप्त गर्न सकेन; र त्यो व्यक्ति पनि अपमानित होस्, जसले आफ्ना आमाबुबालाई बुढ्यौलीको अवस्थामा पायो तर उनीहरूको सेवा गरेर स्वर्गमा प्रवेश गर्न सकेन।
عربي الإنجليزية الأوردية
कुनै पनि दुई मुसलमानहरू आपसमा भेट्दा हात मिलाउँछन् भने, उनीहरू एकअर्काबाट छुट्टिनु अघि नै उनीहरूका पापहरू क्षमा गरिन्छन्।
عربي الإنجليزية الأوردية
निश्चय नै आदमका सन्तानहरूका सम्पूर्ण हृदयहरू रहमान (अत्यन्त दयावान् अल्लाह) का औँलाहरूमध्ये दुई औँलाको बीचमा एउटै हृदय जस्तै छन्; उहाँले त्यसलाई जसरी र जता चाहनुहुन्छ, त्यतै मोडिदिनुहुन्छ।
عربي الإنجليزية الأوردية
अल्लाहले त्यो मानिसलाई खुसी र समृद्ध राखून्, जसले मबाट कुनै कुरा सुन्यो र त्यसलाई जसरी सुनेको थियो, त्यसरी नै अरूलाई सुनायो; किनकि कहिलेकाहीँ जसलाई कुरा पुर्‍याइन्छ, उनीहरू सुन्ने व्यक्तिभन्दा बढी बुझ्ने र याद राख्ने खालका हुन्छन्।
عربي الإنجليزية الأوردية
निश्चय नै, स्वर्गमा मुमिन (विश्वासी) का लागि एउटा यस्तो पाल (तम्बु) हुनेछ, जुन भित्रबाट खोक्रो भएको एउटै ठूलो मोतीबाट बनेको हुनेछ। त्यसको उचाइ साठी माइल हुनेछ। त्यहाँ आस्थावानका श्रीमतीहरू हुनेछन्, जोसँग ऊ भेट गर्न आउने-जाने गर्नेछ, तर (त्यो पाल यति ठूलो हुनेछ कि) उनीहरूले एकअर्कालाई देख्ने छैनन्।
عربي الإنجليزية الأوردية