+ -

عن أبي مسعود الأنصاري رضي الله عنه قال:
جَاءَ رَجُلٌ إِلَى النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فَقَالَ: إِنِّي أُبْدِعَ بِي فَاحْمِلْنِي، فَقَالَ: «مَا عِنْدِي»، فَقَالَ رَجُلٌ: يَا رَسُولَ اللهِ، أَنَا أَدُلُّهُ عَلَى مَنْ يَحْمِلُهُ، فَقَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «مَنْ دَلَّ عَلَى خَيْرٍ فَلَهُ مِثْلُ أَجْرِ فَاعِلِهِ».

[صحيح] - [رواه مسلم]
المزيــد ...

अबू-मस्ऊद अल्-अन्सारी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,
एकजना मानिस नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: मेरो सवारी मरेको छ, त्यसैले मलाई सवारीको लागि एउटा जनावर दिनुहोस् । उहाँले भन्नुभयो: "मसँग कुनै जनावर छैन ।" यो सुनेर एक व्यक्तिले भने: हे अल्लाहका रसूल ! म उसलाई एक व्यक्तिको बारेमा बताउन सक्छु, जसले उसलाई सवारी दिनेछ । त्यसैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जसले राम्रो कामको मार्गदर्शन गर्दछ, उसलाई त्यो गर्ने व्यक्ति बराबर पुण्य दिइनेछ ।"

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: मेरो सवारी (जनावर) मरेकोले मलाई एउटा जनावर दिनुहोस्, ताकि म आफ्नो यात्रा पूरा गर्न सकूँ ।" उहाँले जवाफमा भन्नुभयो : माफ गर्तिनुहोला! मीलाई दिनको लागि मसँग कुनै सवारी छैन । यो सुनेर त्यहाँ उपस्थित एक व्यक्तिले भने, हे अल्लाहका रसूल ! म उसलाई एक जना व्यक्तिको बारेमा बताउन सक्छु जसले उसलाई सवारीको लागि जनावर दिन सक्छ । यस पृष्ठभूमिमा, उहाँले भन्नुभयो, यो व्यक्तिले पनि उसलाई सवारी दान गर्ने व्यक्ति जस्तै इनाम पाउनेछ । किनभने यसले खाँचोमा परेका व्यक्तिलाई उचित मार्गदर्शन प्रदान गरेको छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. राम्रो काम र सही मार्गदर्शन गर्न प्रेरणा ।
  2. असल कामको लागि प्रेरणा, किनभने यसले मुस्लिम समाजलाई बलियो र पूर्ण बनाउँछ ।
  3. अल्लाहको अपार कृपा ।
  4. यो हदीस एक सामान्य नियम र सिद्धान्त हो र सबै राम्रा कामहरू यसमा समावेश छन् ।
  5. जब कुनै व्यक्तिले माग्ने व्यक्तिको आवश्यकता पूरा गर्न असमर्थ हुन्छ, तब उसलाई सही मार्गनिर्देशन गर्नुपर्छ ।
थप