हदीसहरूको सूची

यदि कुनै मानिसले आफ्नो भाइसँग माया गर्दछ भने, उसले बताऒस् कि ऊ सँग माया गर्दछ" ।
عربي अंग्रेजी उर्दू
अल्लाहले त्यो व्यक्तिमाथि कृपा गरून् जसले किनबेच र ऋण असुल उपर गर्दा नम्रतापूर्वक व्यवहार गर्छ ।
عربي अंग्रेजी उर्दू
एकजना व्यक्तिले मानिसहरूलाई पैसा उधारो दिने गर्थ्यो। उसले आफ्नो नोकरलाई (ऋण उठाउन पठाउँदा) भन्थ्यो : "यदि कसैको ऋण तिर्न अवस्था छैन भने उसलाई माफ गरिदिनु। सायद अल्लाहले हामीलाई पनि क्षमा गरिदिनुहुनेछन्
عربي अंग्रेजी उर्दू
तिमी जहाँ भए पनि अल्लाहसँग डराऊ, नराम्रो काम गरेपछि राम्रो काम गर्ने गर ताकि त्यो मेटियोस् र मानिसहरूसँग राम्रो व्यवहार गर।
عربي अंग्रेजी उर्दू
अल्लाहले हर काममा राम्रो व्यवहार गर्न अनिवार्य गर्नुभएको छ
عربي अंग्रेजी उर्दू
रिसाउनु हुँदैन
عربي अंग्रेजी उर्दू
वास्तवमा, आफ्नो घरपरिवार, प्रजा र मातहतमा रहेकाहरूमाथी न्याय गर्ने न्यायाधीशहरू अल्लाहको दाहिने हाततिर उज्यालो मञ्चमा विराजमान हुनेछन् । उहाँका दुवै हातहरू दाहिने हुन्
عربي अंग्रेजी उर्दू
जो नम्रताबाट वञ्चित छ, त्यो सबै भलाइबाट वञ्चित छ ।
عربي अंग्रेजी उर्दू
कुनै पनि राम्रो कामलाई कहिले पनि तुच्छ नठान्नु, चाहे त्यो आफ्नो भाइलाई मुसुक्क हाँसेर भेट्नु नै किन नहोस ।
عربي अंग्रेजी उर्दू
बलियो त्यो होइन, जसले कसैलाई पराजित गर्छ, बलियो त्यो हो जसले रिस आवेगको बेला आफूमाथि नियन्त्रण राख्छ ।
عربي अंग्रेजी उर्दू
जसले राम्रो कामको मार्गदर्शन गर्दछ, उसलाई त्यो कर्म गर्ने व्यक्ति बराबर पुण्य दिइनेछ
عربي अंग्रेजी उर्दू
जो अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले राम्रो बोलोस् वा मौन बसोस्
عربي अंग्रेजी उर्दू
जसले मानिसहरूप्रति दया गर्दैन, अल्लाहले उप्रति दया गर्नुहुन्न ।
عربي अंग्रेजी उर्दू
कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार
عربي अंग्रेजी उर्दू
हया (लाज) ईमानको एक भाग हो
عربي अंग्रेजी उर्दू
तिमीहरूले सत्य बोल्नु पर्छ, किनकि सत्यले धर्मको बाटो देखाउँछ र धार्मिकताले पक्कै स्वर्गमा पुर्‍याउँछ ।
عربي अंग्रेजी उर्दू
जसले आफ्नो भाइको इज्जत र मर्यादाको रक्षा गर्छ, अल्लाहले उसलाई न्यायको दिन नरकको आगोबाट बचाउनुहुनेछ ।
عربي अंग्रेजी उर्दू
निश्‍चय नै, अल्लाहले त्यो दासलाई प्रेम गर्नुहुन्छ, जो धर्मपरायण, आत्मनिर्भर र विनम्र हुन्छ ।
عربي अंग्रेजी उर्दू
सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको व्यवहार राम्रो छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो त्यो हो जो आफ्नो महिलाहरु (छोरी/स्वास्नी)प्रति राम्रो हुन्छ ।
عربي अंग्रेजी उर्दू
दया र नरमपनाले हर कुरालाई सुन्दर बनाउँछ र यसलाई हटाइयो भने कुरूप र दोषपूर्ण बनाउँछ ।
عربي अंग्रेजी उर्दू
मुमिनले आफ्ना राम्रा चरित्र र व्यवहारका कारण दिनभरी व्रत बस्ने र राती तहज्जुदको नमाज पढ्ने व्यक्तिको स्थान प्राप्त गर्दछ ।
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये सबैभन्दा राम्रो त्यो हो जसको नैतिकता उत्तम छ ।
عربي अंग्रेजी उर्दू
सजिलो बनाउ, कठिन नबनाउ। खुसीको खबर सुनाउ, घृणा पैदा नगर।
عربي अंग्रेजी उर्दू
दया देखाउनेहरूमाथि रहमान (अल्लाह) ले दया गर्नुहुन्छ । पृथ्वीका जीवहरूमाथि दया गर, आकाशमा हुनेले तिमीहरूमाथि दया गर्नुहुनेछ ।
عربي अंग्रेजी उर्दू
जो व्यक्तिले संसारमा अरूको (गल्ती वा कमजोरी) लुकाउँछ, अल्लाहले प्रलयको दिन त्यस व्यक्तिको गलतीलाई लुकाउनेछ।
عربي अंग्रेजी उर्दू
पुण्य भनेको उच्च व्यवहार हो र पाप भनेको जुन कुरा तिम्रो मनमा सङ्का पैदा गर्छ र तिमी चाहँदैनौ कि मानिसहरूले त्यसलाई थाहा पाउन»।
عربي अंग्रेजी उर्दू
पहिलाका अम्बिया (सन्देष्टाहरू) सित मान्छेहरूले जे कुरा सिकेका थिए, (त्यसमध्ये यो पनि हो) : "यदि तिमीलाई लाज छैन भने, जे मन लाग्छ गर।
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये कोही पनि मुमिन (आस्थावान) हुन सक्दैन जबसम्म उसले आफ्नो भाइको लागि त्यही मन पराउँदैन जुन उसले आफ्नो लागिमन पराउछ ।
عربي अंग्रेजी उर्दू
कयामतको दिनमा (कर्म जोख्ने बखत) तराजुमा असल व्यवहार भन्दा गरुङ्गो (भारी) कुनै पनि चीज हुनेछैन। निश्चय नै, अल्लाह अश्लील र अभद्र व्यक्तिसँग घृणा गर्नुहुन्छ।
عربي अंग्रेजी उर्दू
मुस्लिम त्यो हो जसको बोली र हातबाट मुस्लिमहरू सुरक्षित रहन्छन् र साँचो मुहाजिर (अल्लाहको निम्ति कुनै कुरा ठाउँ त्यग गर्ने) त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ।
عربي अंग्रेजी उर्दू
मुमिन (आस्थावान) निन्दा गर्ने, श्राप दिने, बेहया (निर्लज्ज) र अश्लील व्यक्ति होइनन् ।
عربي अंग्रेजी उर्दू
“एकअर्कालाई ईर्ष्या नगर्नुहोस्, छलकपट नगर्नुहोस्, घृणा नगर्नुहोस्, एकआपसमा पिठ्यूँ नफर्काउनुहोस् र एकअर्काको व्यापारमा छल नगर्नुहोस् (वा एउटाको किनबेचमा माथी अर्को किनबेच नगर्नुहोस्। सबैजना अल्लाहका भक्त बनी दाजुभाइझैं हुनुहोस्
عربي अंग्रेजी उर्दू