عن أبي هريرة رضي الله عنه عن رسول الله صلى الله عليه وسلم قال:
«مَنْ كَانَ يُؤْمِنُ بِاللهِ وَالْيَوْمِ الْآخِرِ فَلْيَقُلْ خَيْرًا أَوْ لِيَصْمُتْ، وَمَنْ كَانَ يُؤْمِنُ بِاللهِ وَالْيَوْمِ الْآخِرِ فَلْيُكْرِمْ جَارَهُ، وَمَنْ كَانَ يُؤْمِنُ بِاللهِ وَالْيَوْمِ الْآخِرِ فَلْيُكْرِمْ ضَيْفَهُ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 47]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"जो अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले राम्रो बोलोस् वा मौन बसोस्, जसले अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले आफ्नो छिमेकीको सम्मान गरोस् र जसले अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले आफ्नो अतिथिको सम्मान गरोस् ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 47]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, जो सेवक अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, जहाँ ऊ फर्कनेछ र जहाँ उसलाई आफ्नो कर्मको लागि पुरस्कृत गरिनेछ, उसको विश्वासले निम्न कुराहरू गर्न प्रेरित गर्दछ :
१- राम्रो कुरा गर्नु : जस्तै सुब्हानल्लाह, अल्हमदु लिल्लाह र ला इलाहा इल्लाल्लाह जस्ता अज्कार पढ्नु, राम्रो कुराको आदेश दिनु, नराम्रो कुराबाट रोक्नु र मानिसहरू बीच मेलमिलाप स्थापना गर्नु । यदि त्यसो गर्न सक्दैन भने चुपचाप बस्नु, आफ्नो वचनले कसैलाई चोट नपुर्याउनु र आफ्नो बोलीवचनको रक्षा गर्नु ।
२- छिमेकीलाई सम्मान गर्नु : अर्थात् उसको साथ राम्रो व्यवहार गर्नु र उसलाई दुःख नदिनु ।
३- भेट्न आउने पाहुनालाई स्वागत गर्नु : अर्थात् उहाँसँग राम्रोसँग कुरा गर्नु र खानपिन गराउनु, सत्कार गर्नु आदि ।

हदीसका केही फाइदाहरू

  1. अल्लाह र अन्तिम दिनमा आस्था नै सबै भलाइको आधार हो र यसले पुण्य कर्म गर्न प्रेरित गर्छ ।
  2. जिब्रोको खतरा विरुद्ध चेतावनी।
  3. इस्लाम प्रेम र सम्मानको धर्म हो ।
  4. यी तीन कार्यहरू वास्तवमा ईमान र प्रशंसनीय आचरणका विशेषताहरू हुन् ।
  5. धेरै कुरा बोल्दा कहिलेकाहीँ मकरुह (अप्रिय) र हरामसम्म पुग्छ, त्यसैले राम्रो बोल्नु पर्ने बेला मात्र बोल्नु नत चुप बस्नु राम्रो हुन्छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (66)
थप