+ -

عن عبد الله بن عمرو رضي الله عنهما قال: قال رسول الله صلى الله عليه وسلم:
«إِنَّ الْمُقْسِطِينَ عِنْدَ اللهِ عَلَى مَنَابِرَ مِنْ نُورٍ، عَنْ يَمِينِ الرَّحْمَنِ عَزَّ وَجَلَّ، وَكِلْتَا يَدَيْهِ يَمِينٌ، الَّذِينَ يَعْدِلُونَ فِي حُكْمِهِمْ وَأَهْلِيهِمْ وَمَا وَلُوا».

[صحيح] - [رواه مسلم]
المزيــد ...

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"वास्तवमा, आफ्नो घरपरिवार, प्रजा र मातहतमा रहेकाहरूलाई न्याय गर्ने न्यायाधीशहरू अल्लाहको दाहिने हाततिर उज्यालो मञ्चमा विराजमान हुनेछन् । उहाँका दुवै हातहरू दाहिने हुन् ।"

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले आफ्नो घरपरिवार, प्रजा र मातहतमा रहेकाहरूलाई न्याय र सत्यताका साथ फैसला गर्छन्, उनीहरु न्यायको दिन प्रकाशबाट निर्माण गरिएका उच्च स्थानमा विराजमान हुनेछन् । यी स्थानहरू उनीहरूलाई सम्मान स्वरुप दिइनेछ । यी उच्च स्थानहरू दयालु अल्लाहको दाहिने तर्फ हुनेछन् । स्मरण रहोस, अल्लाहका दुवै हातहरू दाहिने छन् ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. न्यायको सद्गुण र न्याय गर्ने प्रेरणा ।
  2. न्याय एक व्यापक शब्द हो, जसमा सबै प्रकारका शासन, मानिसहरू, पत्नी र छोराछोरीहरू बीच गरिएका निर्णयहरू आदि समावेश छन् ।
  3. न्यायको दिनमा न्यायाधीशहरूको स्थानको विवरण ।
  4. न्यायको दिनमा आस्थावानहरूले पाउने स्थानहरू कर्म अनुसार फरक हुनेछ ।
  5. प्रेरणा विधि आह्वान गर्ने एक शैली हो, जसले श्रोता दर्शकलाई राम्रो काम गर्न प्रेरित गर्छ ।
थप