श्रेणी: सद्गुण र आचरण .
+ -

عن أبي هريرة رضي الله عنه أن رسول الله صلى الله عليه وسلم كان يقول:
«الصَّلَوَاتُ الْخَمْسُ، وَالْجُمُعَةُ إِلَى الْجُمُعَةِ، وَرَمَضَانُ إِلَى رَمَضَانَ، مُكَفِّرَاتٌ مَا بَيْنَهُنَّ إِذَا اجْتَنَبَ الْكَبَائِرَ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 233]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्थ्यो :
"दैनिक पाँच नमाज, र एक शुक्रवारदेखि अर्को शुक्रबार (सम्मको प्रार्थना) र एक रमजानदेखि अर्को रमजान (सम्मको उपवास) ले ती दिनहरु बीच भएका पापहरू लाई मेटाई दिन्छ, यस शर्त साथ कि व्यक्तिले ठूला पापहरूबाट आफूलाई जोगाइ रहोस् ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 233]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दिन र रातमा पाँच अनिवार्य नमाज, हप्तामा एक पटक शुक्रबारको नमाज र वर्षमा रमजान महिनाको उपवासले सानातिना पापहरू मेटिने बताउनुभएको छ । तर यसका लागि शर्त छ कि ठूला-ठूला पापहरूबाट बच्नुपर्नेछ । ठूला पापहरू, जस्तै व्यभिचार र रक्सी सेवन आदि "तौबा" (पश्चात्ताप) नगरीकन क्षमा हुँदैनन् ।

हदीसका केही फाइदाहरू

  1. कतिपय पापहरू साना हुन्छन् र कतिपय ठूला हुन्छन् ।
  2. ठूला पापहरूबाट बच्न सके मात्र साना पापहरू क्षमा हुन्छन् ।
  3. ठूलो पाप भन्नाले ती पापहरूलाई जनाउँछ, जसको लागि यस संसारमा सजाय तोकिएको छ वा (जसको परिणाम को रूपमा ) परलोकमा यातना भोग्न, वा अल्लाहको क्रोध को चेतावनी दिइएको छ वा जे (पाप) गर्नेवाला लाई धम्की वा श्राप दिइएको छ, जस्तै मद्यपान र व्यभिचार आदि जस्ता कुकर्महरु ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी الأكانية उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप