श्रेणी: सद्गुण र आचरण .

عن أبي هريرة رضي الله عنه أن رسول الله صلى الله عليه وسلم كان يقول:
«الصَّلَوَاتُ الْخَمْسُ، وَالْجُمُعَةُ إِلَى الْجُمُعَةِ، وَرَمَضَانُ إِلَى رَمَضَانَ، مُكَفِّرَاتٌ مَا بَيْنَهُنَّ إِذَا اجْتَنَبَ الْكَبَائِرَ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 233]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्थ्यो :
"दैनिक पाँच नमाज, र एक शुक्रवारदेखि अर्को शुक्रबार (सम्मको प्रार्थना) र एक रमजानदेखि अर्को रमजान (सम्मको उपवास) ले ती दिनहरु बीच भएका पापहरू लाई मेटाई दिन्छ, यस शर्त साथ कि व्यक्तिले ठूला पापहरूबाट आफूलाई जोगाइ रहोस् ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 233]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दिन र रातमा पाँच अनिवार्य नमाज, हप्तामा एक पटक शुक्रबारको नमाज र वर्षमा रमजान महिनाको उपवासले सानातिना पापहरू मेटिने बताउनुभएको छ । तर यसका लागि शर्त छ कि ठूला-ठूला पापहरूबाट बच्नुपर्नेछ । ठूला पापहरू, जस्तै व्यभिचार र रक्सी सेवन आदि "तौबा" (पश्चात्ताप) नगरीकन क्षमा हुँदैनन् ।

हदीसका केही फाइदाहरू

  1. कतिपय पापहरू साना हुन्छन् र कतिपय ठूला हुन्छन् ।
  2. ठूला पापहरूबाट बच्न सके मात्र साना पापहरू क्षमा हुन्छन् ।
  3. ठूलो पाप भन्नाले ती पापहरूलाई जनाउँछ, जसको लागि यस संसारमा सजाय तोकिएको छ वा (जसको परिणाम को रूपमा ) परलोकमा यातना भोग्न, वा अल्लाहको क्रोध को चेतावनी दिइएको छ वा जे (पाप) गर्नेवाला लाई धम्की वा श्राप दिइएको छ, जस्तै मद्यपान र व्यभिचार आदि जस्ता कुकर्महरु ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप