عن عائشة رضي الله عنها قالت: قال رسول الله صلى الله عليه وسلم:
«السِّوَاكُ مَطْهَرَةٌ لِلْفَمِ، مَرْضَاةٌ لِلرَّبِّ».

[صحيح] - [رواه النسائي وأحمد] - [مسند أحمد: 24203]
المزيــد ...

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मिस्वाक (दतिवन) मुख सफा गर्ने र अल्लाहलाई खुशी पार्ने चिज हो ।"

[सही] - [निसाई र अहमदले वर्णन गरेका छन्] - [मुस्नद अहमद - 24203]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ,कि पीलु आदिको हाँगाले दाँत सफा गर्दा मुख फोहोर र दुर्गन्धबाट जोगिन्छ । मिस्वाक (दतिवन) गर्नले भक्तलाई अल्लाहको प्रसन्नता प्रप्त हुन्छ, किनभने यो अल्लाहको आज्ञाकारिता र उहाँका आदेशहरूको पालना हो र त्यसले मुखको सरसफाइ पनि हुन्छ, जुन अल्लाहलाई बढी मनपर्छ ।

हदीसका केही फाइदाहरू

  1. यस हदीसले दाँत माझ्नुको महत्व र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो समुदायलाई धेरै भन्दा धेरै मिस्वाक (दाँत सफा) गर्न प्रोत्साहित गर्नु भएको छ भन्ने कुरा स्पष्ट हुन्छ ।
  2. अराक (पीलु) रुखको डाँठबाट मिस्वाक गर्नु उत्तम हो, तर यसको सट्टा अन्य हाँगाको दतिवन र मन्जनको प्रयोग पनि पर्याप्त हुनेछ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)