+ -

عن عائشة رضي الله عنها قالت: قال رسول الله صلى الله عليه وسلم:
«السِّوَاكُ مَطْهَرَةٌ لِلْفَمِ، مَرْضَاةٌ لِلرَّبِّ».

[صحيح] - [رواه النسائي وأحمد]
المزيــد ...

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मिस्वाक (दतिवन) मुख सफा गर्ने र अल्लाहलाई खुशी पार्ने चिज हो ।"

सही -

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ,कि पीलु आदिको हाँगाले दाँत सफा गर्दा मुख फोहोर र दुर्गन्धबाट जोगिन्छ । मिस्वाक (दतिवन) गर्नले भक्तलाई अल्लाहको प्रसन्नता प्रप्त हुन्छ, किनभने यो अल्लाहको आज्ञाकारिता र उहाँका आदेशहरूको पालना हो र त्यसले मुखको सरसफाइ पनि हुन्छ, जुन अल्लाहलाई बढी मनपर्छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली ताजिक किन्यारवाण्डा
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. यस हदीसले दाँत माझ्नुको महत्व र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो समुदायलाई धेरै भन्दा धेरै मिस्वाक (दाँत सफा) गर्न प्रोत्साहित गर्नु भएको छ भन्ने कुरा स्पष्ट हुन्छ ।
  2. अराक (पीलु) रुखको डाँठबाट मिस्वाक गर्नु उत्तम हो, तर यसको सट्टा अन्य हाँगाको दतिवन र मन्जनको प्रयोग पनि पर्याप्त हुनेछ ।