عن أبِي هريرة رضي اللَّه عنه: سمعتُ النبِيّ صلى الله عليه وسلم يقول:
«الفِطْرَةُ خمسٌ: الخِتَانُ والاستحدادُ وقصُّ الشَّارِبِ وتقليمُ الأظفارِ وَنَتْفُ الآبَاطِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 5891]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"पाँच कुरा फित्रत (प्राकृतिक) हुन्; खतना गर्नु, गुप्ताङ्गका रौं खौरनु, जुँगा छोटो पार्नु, नङ्ग काट्नु र काखीका रौं उखेल्नु ।”

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 5891]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, पाँच फित्रत (प्राकृतिक) का कुराहरू इस्लामको विशेषता र पैगम्बरहरूको सुन्नत हुन्:
१) खतना गर्नु : लिंगको टुप्पोमा रहेको अतिरिक्त छाला काट्नु हो । त्यसैगरी महिलाको योनिमाथिको छालाको टुप्पो काट्नु ।
२) गुप्ताङ्गको रौं खौरनु : नाभीमुनि रहेको रौंहरूलाई खौरनु वा कुनै तरिकाले सफा गर्नु ।
३) जुँगा छोटो पार्नु : पुरुषको माथिल्लो ओठमा बढेको कपाल ओठ देखिने गरी काट्नु ।
४) नङ्ग काट्नु ।
५) काखीको रौं उखेल्नु वा कुनै तरिकाले सफागर्नु ।

हदीसका केही फाइदाहरू

  1. पैगम्बरहरूका ती सुन्नतहरू हुन्, जुन अल्लाहलाई असाध्यै मनपर्छ र उहाँले ती प्राकृतिक कुराहरु अपनाउन आदेश दिनुभएको छ । साथै यसले मानवलाई राम्रो रूप, पूर्णता, स्वच्छता र सौन्दर्य प्रदान गर्दछ ।
  2. बेलाबेलामा यी कुराहरूमा ध्यान दिनुपर्छ र लापरवाह हुनु हुँदैन ।
  3. यी आदतहरूका केही सांसारिक र धार्मिक/आध्यात्मिक लाभहरू छन्, जस्तैः राम्रो देखिने, शरीरको सरसफाई, पवित्रा प्राप्त गर्दा सहजता, काफिरहरूको विरोध र अल्लाहको आदेशको पालना ।
  4. अर्को हदीसमा यी पाँच कार्यहरू बाहेक अन्य कुराहरुलाई पनि समावेश गरिएको छ, जस्तै : दाह्री बढाउने, मिस्वाक गर्ने आदि ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (59)