+ -

عن أبِي هريرة رضي اللَّه عنه: سمعتُ النبِيّ صلى الله عليه وسلم يقول:
«الفِطْرَةُ خمسٌ: الخِتَانُ والاستحدادُ وقصُّ الشَّارِبِ وتقليمُ الأظفارِ وَنَتْفُ الآبَاطِ».

[صحيح] - [متفق عليه]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"पाँच प्राकृतिक कुराहरू हुन्; खतना गर्नु, गुप्ताङ्गका रौं खौरनु, जुँगा छोटो पार्नु, नङ्ग काट्नु र काखीका रौं उखेल्नु ।”

सही - मुत्तफकुन अलैहि

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, पाँच प्राकृतिक कुराहरू इस्लामको विशेषता र सन्देशवाहकहरूको सुन्नतका भाग हुन्:
१) खतना गर्नु : लिंगको टुप्पोमा रहेको अतिरिक्त छाला काट्नु हो । त्यसैगरी महिलाको योनिमाथिको छालाको टुप्पो काट्नु ।
२) गुप्ताङ्गको रौं खौरनु : नाभीमुनि रहेको रौंहरूलाई खौरनु वा कुनै तरिकाले सफा गर्नु ।
३) जुँगा छोटो पार्नु : पुरुषको माथिल्लो ओठमा बढेको कपाल ओठ देखिने गरी काट्नु ।
४) नङ्ग काट्नु ।
५) काखीको रौं उखेल्नु वा कुनै तरिकाले सफागर्नु ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली किन्यारवाण्डा
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. पैगम्बरहरूका ती सुन्नतहरू हुन्, जुन अल्लाहलाई असाध्यै मनपर्छ र उहाँले ती प्राकृतिक कुराहरु अपनाउन आदेश दिनुभएको छ । साथै यसले मानवलाई राम्रो रूप, पूर्णता, स्वच्छता र सौन्दर्य प्रदान गर्दछ ।
  2. बेलाबेलामा यी कुराहरूमा ध्यान दिनुपर्छ र लापरवाह हुनु हुँदैन ।
  3. यी प्राकृतिक स्वभावहरूका केही सांसारिक र धार्मिक लाभहरू छन्, जस्तैः राम्रो देखिने, शरीरको सरसफाई, पवित्रा प्राप्त गर्दा सहजता, काफिरहरूको विरोध र अल्लाहको आदेशको पालना ।
  4. अर्को हदीसमा यी पाँच कार्यहरू बाहेक अन्य कुराहरुलाई पनि समावेश गरिएको छ, जस्तै : दाह्री बढाउने, मिस्वाक गर्ने आदि ।