عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: إِنَّ رَسُولَ اللهِ صلى الله عليه وسلم قَالَ:
«إِذَا شَرِبَ الْكَلْبُ فِي إِنَاءِ أَحَدِكُمْ فَلْيَغْسِلْهُ سَبْعًا».
ولمسلم: « أولاهُنَّ بالتُراب».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 172]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"यदि कुकुरले तपाईहरूमध्ये कसैको भाँडोबाट पानी पिइहाल्यो भने, त्यसलाई सात पटक धुनुपर्छ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 172]
यदि कुकुरले कुनै भाँडामा मुख (जिब्रो) हाल्यो भने, त्यो भाँडालाई सात पटक धुनुपर्छ भनी नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आदेश दिनुभएको छ। पहिलो पटक माटोले धुनुपर्छ, ताकि भाँडो पूर्णतया सफा होस् र त्यसमा कुनै फोहोर तथा हानिकारक वस्तुहरू बाँकी नरहुन्।