عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: إِنَّ رَسُولَ اللهِ صلى الله عليه وسلم قَالَ:
«إِذَا شَرِبَ الْكَلْبُ فِي إِنَاءِ أَحَدِكُمْ فَلْيَغْسِلْهُ سَبْعًا». ولمسلم: « أولاهُنَّ بالتُراب».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 172]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"यदि कुकुरले तपाईहरूमध्ये कसैको भाँडोबाट पानी पिइहाल्यो भने, त्यसलाई सात पटक धुनुपर्छ।" सहीह मुस्लिमको हदीसमा छ: "पहिलो पटक माटोले धुनुपर्छ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 172]

व्याख्या

यदि कुकुरले कुनै भाँडामा मुख (जिब्रो) हाल्यो भने, त्यो भाँडालाई सात पटक धुनुपर्छ भनी नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आदेश दिनुभएको छ। पहिलो पटक माटोले धुनुपर्छ, ताकि भाँडो पूर्णतया सफा होस् र त्यसमा कुनै फोहोर तथा हानिकारक वस्तुहरू बाँकी नरहुन्।

हदीसका केही फाइदाहरू

  1. कुकुरको राल अत्यन्त अपवित्र (नजिस) हुन्छ ।
  2. कुकुरले भाँडो चाटेमा, त्यो भाँडो र त्यसमा रहेको पानी अपवित्र हुन्छ।
  3. सात पटक धुने र पहिलो पटक माटोले सफा गर्ने नियम कुकुरले कुनै भाँडोमा मुख हालेको अवस्थामा मात्र हो। यदि उसको दिसा-पिसाब वा अन्य कुराले केही दूषित भएको छ भने त्यसमा यो नियम लागु हुने छैन।
  4. माटोले भाँडो धुने तरिका: भाँडोमा पानी र माटो राखी राम्रोसँग मिसाउने र उक्त मिश्रणले भाँडो माझ्ने।
  5. हदीसको स्पष्ट अर्थ यो हो कि उक्त नियम सबै प्रकारका कुकुरहरू माथि सामान्य रूपले लागू हुन्छ। यसमा ती कुकुरहरू पनि समावेश छन् जसलाई इस्लामिक विधानले पाल्नका लागि अनुमति दिएको छ, जस्तै: शिकारका लागि प्रयोग गरिने कुकुर, सुरक्षा गर्ने कुकुर वा पशुधनको रक्षा गर्ने कुकुरहरू।
  6. साबुन वा अन्य कुनै सफा गर्ने पदार्थले माटोको स्थान लिन सक्दैन, किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट रूपमा माटो नै प्रयोग गर्न निर्देशन दिनुभएको छ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (51)