+ -

عَنْ أَنَسٍ رضي الله عنه قَالَ:
كَانَ رَسُولُ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ يُكْثِرُ أَنْ يَقُولَ: «يَا مُقَلِّبَ القُلُوبِ ثَبِّتْ قَلْبِي عَلَى دِينِكَ»، فَقُلْتُ: يَا رَسُولَ اللهِ، آمَنَّا بِكَ وَبِمَا جِئْتَ بِهِ فَهَلْ تَخَافُ عَلَيْنَا؟ قَالَ: «نَعَمْ، إِنَّ القُلُوبَ بَيْنَ أُصْبُعَيْنِ مِنْ أَصَابِعِ اللهِ يُقَلِّبُهَا كَيْفَ يَشَاءُ».

[صحيح] - [رواه الترمذي وأحمد] - [سنن الترمذي: 2140]
المزيــد ...

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनी भन्छन्:
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः निम्न दुआ गर्नुहुन्थ्यो : ‘या मुकल्लिबल-कुलूब, सब्बित कल्बी अला दीनिक’ अर्थ : "हे हृदयहरू परिवर्तन गर्ने! मेरो हृदयलाई तपाईंको धर्ममा अडिग बनाउनुहोस् ।" मैले भने: हे अल्लाहका रसूल! हामीले तपाईं र तपाईंले ल्याउनुभएको धर्ममा विश्वास गरेका छौं । तैपनि तपाईं हाम्रो मामिलामा डराउनुहुन्छ? उहाँले भन्नुभयो: "हो, निस्सन्देह हृदयहरू अल्लाहका दुई औंलाहरू बीचमा छन् । उहाँले तिनीहरूलाई जसरी चाहनुहुन्छ फेर्नुहुन्छ ।"

[सही] - [तिर्मीजी र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 2140]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः दीन (धर्म) र आज्ञाकारितामा अडिग रहन तथा पथभ्रष्ट र छलबाट टाढा राख्न दुआ (प्रार्थना) गर्नुहुन्थ्यो । अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो दुआ बारम्बार पढेको हेर्दा छक्क परे । त्यसैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई भन्नुभयो, मानिसहरूको हृदय अल्लाहका दुई औंलाहरू बीचमा हुन्छ । उहाँले तिनीहरूलाई जसरी चाहनुहुन्छ फेर्नुहुन्छ । वास्तवमा, हृदय ईमान र कुफ्र (विश्वास र अविश्वास) दुवैको स्थान हो । यसको अत्यधिक परिवर्तनले गर्दा यसलाई हृदय भनिन्छ; उम्लिरहेको भाँडो भन्दा बढी पल्टिने खतरा यसमा हुन्छ । अल्लाहले जसलाई चाहनुहुन्छ, उसको हृदयलाई मार्गदर्शन र धर्ममा अडिग राख्नुहुन्छ र जसलाई चाहनुहुन्छ उसको हृदयलाई पथभ्रष्ट र भ्रामकतामा फर्काउनु हुन्छ ।

हदीसका केही फाइदाहरू

  1. "नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आफ्ना पालनकर्तासामु विनम्रता र दीनता, अनि उम्मतलाई पनि त्यही अपनाउन सिकाउनु।
  2. "धर्ममा दृढता र सिधा मार्गमा अडिग रहनुकाे महत्त्व, किनकि अन्त्य नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ।"
  3. धर्ममा अडिग रहन दासले आँखा झिम्काउन बराबर पनि अल्लाहदेखि निरपेक्ष हुन सक्दैन ।
  4. नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पालना गर्दै यो दुआ धेरै पढ्न प्रोत्साहन ।
  5. इस्लाममा दृढता सबैभन्दा ठूलो वरदान हो, जसको लागि दासले प्रयास गर्नुपर्छ र आफ्नो पालनकर्तालाई धन्यवाद दिनुपर्छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज सर्बियाई किन्यारवाण्डा रोमानियन हंगेरी الموري मालागासी ओरोमो कन्नड الجورجية
अनुवादहरू हेर्नुहोस्
थप