+ -

عن أبي بَكرة رضي الله عنه قال: سمعت رسول الله صلى الله عليه وسلم يقول:
«إِذَا الْتَقَى الْمُسْلِمَانِ بِسَيْفَيْهِمَا فَالْقَاتِلُ وَالْمَقْتُولُ فِي النَّارِ»، فَقُلْتُ: يَا رَسُولَ اللهِ هَذَا الْقَاتِلُ، فَمَا بَالُ الْمَقْتُولِ؟ قَالَ: «إِنَّهُ كَانَ حَرِيصًا عَلَى قَتْلِ صَاحِبِهِ».

[صحيح] - [متفق عليه]
المزيــد ...

अबू-बकरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"जब दुई मुस्लिमहरू आ-आफ्ना तरबार तानेर एकअर्काको सामना गर्छन्, हत्यारा र पीडित दुबै नरकमा हुनेछन्।" मैले सोधे, हे अल्लाहका रसूल ! यो मान्छे हत्यारा हो (त्यसैले नर्कमा गयो) पिडितको के दोष ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " उसको मनसाय पनि अर्को साथीलाई मार्ने थियो ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ, जब दुई मुस्लिम हातमा तरवार लिएर एकअर्काको सामना गर्न आउँछन् र दुबै एक अर्काको ज्यान लिन तयार हुन्छन्, तब हत्यारा आफ्नो साथीको हत्याको कारण नरकमा जान्छ । तर मृतक किन नर्कमा जान्छ? भन्ने कुरा सहाबाहरूले बुझ्न सकेनन् तसर्थ, उहाँसंग जिज्ञासा राखे र यसको जवाफ दिँदै उहाँले भन्नुभयो, ऊ नरकमा जान्छ, किनभने ऊ पनि अर्को व्यक्तिलाई मार्न इच्छुक थियो तर ऊ आफ्नो मनसायमा सफल हुन सकेन किनभने उसको प्रतिद्वन्द्वीले उसलाई मात दियो ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. जसले आफ्नो हृदयबाट पाप गर्ने दृढ निश्चय राख्छ र त्यसको साधन प्रयोग गर्छ ऊ दण्डको हकदार हो ।
  2. मुस्लिमहरूलाई आपसमा नलड्न कडा चेतावनी तथा लड्ने विरुद्ध नरकको धम्की दिइएको छ ।
  3. सत्यमा आधरित लडाई यो चेतावनी भित्र पर्दैन, जस्तैः विद्रोही र देशद्रोही मुस्लिमहरूसंगको लडाई ।
  4. ठूलो पाप गर्ने व्यक्तिलाई पापले गर्दा काफिर मानिने छैन, किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आपसमा झगडा गर्ने दुई व्यक्तिलाई मुस्लिम भन्नुभएको छ ।
  5. जब दुई मुस्लिमहरू मार्न सक्ने कुनै पनि उपकरणको साथ आमनेसामने हुन्छन् र तिनीहरूमध्ये एकले अर्कोलाई मार्छ, तब ज्यान लिने र ज्यान गुमाउने दुवै नरकमा हुनेछन् । यस हदीसमा, तरवारलाई उदाहरणको रूपमा मात्र उल्लेख गरिएको छ ।
थप