عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«بَادِرُوا بِالْأَعْمَالِ فِتَنًا كَقِطَعِ اللَّيْلِ الْمُظْلِمِ، يُصْبِحُ الرَّجُلُ مُؤْمِنًا وَيُمْسِي كَافِرًا، أَوْ يُمْسِي مُؤْمِنًا وَيُصْبِحُ كَافِرًا، يَبِيعُ دِينَهُ بِعَرَضٍ مِنَ الدُّنْيَا».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 118]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अन्धकारमय रातका टुक्रा जस्ता फित्ना (परीक्षा, प्रलोभन) आउनेछन्, त्यसैले सत्कर्म गर्न हतार गर। यस्तो समय आउनेछ, जब बिहान एक मानिस आस्थावान् हुन्छ तर साँझ हुँदा हुँदै काफिर बन्न पुग्छ, अथवा साँझ आस्थावान् हुन्छ तर बिहानसम्म काफिर बनिसक्छ। त्यस्तो व्यक्तिले थोरै सांसारिक लाभका लागि आफ्नो धर्म बेच्नेछ।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 118]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मोमिनहरूलाई फित्ना र शंकाहरू (भ्रम र परीक्षाहरू) आउनुअघि नै असल कर्महरूमा हतार गर्न र तिनलाई बढी गर्न प्रेरित गर्नुभएको छ, किनकि ती फित्नाहरूले असल कर्म गर्नबाट रोक्छन् र मानिसलाई तिनबाट टाढा राख्छन्। ती फित्नाहरू रातका टुक्राजस्ता अन्धकारमय हुन्छन्, जसमा सत्य र असत्य मिश्रित हुन्छन्, र मानिसहरूका लागि तिनीहरू बीच भिन्नता छुट्याउन कठिन हुन्छ। तिनको जटिलताले मानिस यति भ्रमित हुनेछ कि द्विधामा बिहान मोमिन हुन्छ तर साँझ हुँदाहुँदै काफिर बन्न पुग्छ, र साँझ मोमिन हुन्छ तर बिहान काफिर बन्न पुग्छ, र दुनियाका क्षणिक सुख-सुविधाका निम्ति आफ्नो दीन त्यागिदिन्छ।