عن جابر رضي الله عنه:
أَنَّ رَجُلًا سَأَلَ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَقَالَ: أَرَأَيْتَ إِذَا صَلَّيْتُ الصَّلَوَاتِ الْمَكْتُوبَاتِ، وَصُمْتُ رَمَضَانَ، وَأَحْلَلْتُ الْحَلَالَ، وَحَرَّمْتُ الْحَرَامَ، وَلَمْ أَزِدْ عَلَى ذَلِكَ شَيْئًا، أَأَدْخُلُ الْجَنَّةَ؟ قَالَ: «نَعَمْ»، قَالَ: وَاللهِ لَا أَزِيدُ عَلَى ذَلِكَ شَيْئًا.

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 15]
المزيــد ...

जाबिर (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, यदि मैले अनिवार्य सलाह (नमाज) हरू कायम गरें, रमजानमा उपवास राखें र हलाल (वैध) लाई हलाल माने र हरामलाई त्यागे र यो बाहेक अरू केही गरिनँ भने के म जन्नत (स्वर्ग) मा प्रवेश गर्नेछु? उहाँले भन्नुभयो: "हो।" उसले भन्यो: अल्लाहको कसम, मैले यसमा केही थप्ने छैन।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 15]

व्याख्या

यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, जसले अनिवार्य पाँच पटकको नमाज पढ्छ तर नवाफिल (अतिरिक्त र स्वैच्छिक सलाह) पढ्दैन, रमजानको व्रत बस्छ र अतिरिक्त वा स्वैच्छिक उपवासहरू बस्दैन, हलाललाई हलाल ठानेर गर्छ र हरामलाई हराम मानेर त्याग्छ भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।

हदीसका केही फाइदाहरू

  1. मुस्लिमले स्वर्गमा प्रवेश पाउने लक्ष्यका साथ आफ्नो कर्तव्यहरू पूरा गर्न र निषेधित चीजहरू त्याग्न उत्सुक हुनुपर्छ ।
  2. वैध (हलाल) कार्य गर्ने र त्यसको वैधतालाई मान्ने र निषेधित कार्यबाट बच्ने र त्यसको अवैधता लाई मान्नेको महत्त्व ।
  3. अनिवार्य कर्तव्यहरूलाई पुरा गर्नु र निषेधित चीजहरूलाई त्याग्नुले स्वर्गमा प्रवेश पाइन्छ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (65)
थप