+ -

عن جابر رضي الله عنه:
أَنَّ رَجُلًا سَأَلَ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَقَالَ: أَرَأَيْتَ إِذَا صَلَّيْتُ الصَّلَوَاتِ الْمَكْتُوبَاتِ، وَصُمْتُ رَمَضَانَ، وَأَحْلَلْتُ الْحَلَالَ، وَحَرَّمْتُ الْحَرَامَ، وَلَمْ أَزِدْ عَلَى ذَلِكَ شَيْئًا، أَأَدْخُلُ الْجَنَّةَ؟ قَالَ: «نَعَمْ»، قَالَ: وَاللهِ لَا أَزِيدُ عَلَى ذَلِكَ شَيْئًا.

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 15]
المزيــد ...

जाबिर (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, यदि मैले अनिवार्य सलाह (नमाज) हरू कायम गरें, रमजानमा उपवास राखें र हलाल (वैध) लाई हलाल माने र हरामलाई त्यागे र यो बाहेक अरू केही गरिनँ भने के म जन्नत (स्वर्ग) मा प्रवेश गर्नेछु? उहाँले भन्नुभयो: "हो।" उसले भन्यो: अल्लाहको कसम, मैले यसमा केही थप्ने छैन।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 15]

व्याख्या

यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नु भयो कि जसले अनिवार्य पाँच पटकको नमाज पढ्छ तर नवाफिल (अतिरिक्त र स्वैच्छिक सलाह) पढ्दैन, रमजानको व्रत बस्छ र अतिरिक्त वा स्वैच्छिक उपवासहरू बस्दैन, हलाललाई हलाल ठानेर गर्छ र हरामलाई हराम मानेर त्याग्छ भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।

हदीसका केही फाइदाहरू

  1. मुस्लिम लाई स्वर्गमा प्रवेश पाउने लक्ष्य साथ आफ्नो कर्तव्यहरू पूरा गर्न र निषेधित चीजहरू त्याग्न उत्सुक हुनुपर्छ ।
  2. यस हदीस बाट वैध(हलाल) कार्य गर्ने र त्यसको वैधता लाई मान्नु र निषेधित कार्यबाट बच्ने र त्यसको अवैधता लाई मान्नु को महत्त्व थाहा हुन्छ।
  3. अनिवार्य कर्तव्यहरूलाई पुरा गर्नु र निषेधित चीजहरू लाई त्याग्नुले स्वर्गमा प्रवेश पाइन्छ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी اليونانية उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप