عن أبي مالكٍ الأشعريِّ رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«الطُّهُورُ شَطْرُ الْإِيمَانِ، وَالْحَمْدُ لِلهِ تَمْلَأُ الْمِيزَانَ، وَسُبْحَانَ اللهِ وَالْحَمْدُ لِلهِ تَمْلَآنِ -أَوْ تَمْلَأُ- مَا بَيْنَ السَّمَاوَاتِ وَالْأَرْضِ، وَالصَّلَاةُ نُورٌ، وَالصَّدَقَةُ بُرْهَانٌ، وَالصَّبْرُ ضِيَاءٌ، وَالْقُرْآنُ حُجَّةٌ لَكَ أَوْ عَلَيْكَ، كُلُّ النَّاسِ يَغْدُو، فَبَايِعٌ نَفْسَهُ فَمُعْتِقُهَا أَوْ مُوبِقُهَا».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 223]
المزيــد ...
अबू मलिक अल-अश्अरी (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँ भन्नु हुन्छः अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई भरि दिन्छ । सलाह (नमाज) नूर (ज्योति) हो, सदकह (दान) प्रमाण हो, धैर्य गर्नु (आस्थाको) किरण हो । कुरान तपाईको पक्ष वा विपक्षमा प्रमाण हो । प्रत्येक मानिसले हरेक दिन परिश्रम गर्छ, कि त उसले आफूलाई नर्कबाट बचाउछ, कि त नष्ट पार्दछ ।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 223]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा बताउनु भएको छ : बाहिरी (शारीरिक) शुद्धता "वुजू" र स्नानबाट प्राप्त हुन्छ र यो शुद्धता नमाजको लागि शर्त हो। उहाँको भनाई : "अल्हमदु लिल्लाहले तराजु भर्छ" वास्तवमा यो अल्लाहको प्रशंसा, महिमा र पूर्णताको वर्णन हो । प्रलयको दिन, यी शब्दहरू तराजूमा तौलिनेछन् र यिनले कर्महरू तौलने तराजूलाई भर्नेछन् । उहाँको भनाई : "सुब्हानल्लाह र अल्हम्दुलिल्लाह" ले अल्लाहलाई सम्पूर्ण थरीका त्रुटि र अपूर्णताबाट पवित्र ठहर्याउन्छ र उहाँ प्रति प्रेम एवं सम्मान सहित उहाँको पूर्ण उत्तम विशेषताहरू वर्णन गर्दछ र यो उहाँलाई सुहाउँदो तरिकाले हुन्छ । यी दुई शब्दहरूले आकाश र पृथ्वी बीचको ठाउँ भर्छन् । "नमाज एउटा ज्योति हो" जसले भक्तको हृदय, अनुहार, चिहान र हश्र (हिसाबकिताबको लागि भेला हुने मैदान) लाई उज्यालो पार्दछ। "दान प्रमाण हो" अर्थात् भक्तको साँचो आस्थाको र पाखण्ड (कपट) बाट टाढा रहेको प्रमाण हो, साथै दान दिनुले पाखण्डी कपटी व्यक्ति -जसले दानको प्नतिफलमा विश्वास गर्दैन- बाट भिन्नता पनि प्रमाणित हुन्छ । "सब्र (धैर्य) एक किरण हो" । धैर्य भनेको दु:ख र पीडामा असन्तुष्टि र भाग्यलाई गालीगलौज गर्नबाट रोकिनु हो । "जिया"- यसतो प्रकाशलाई भनिन्छ जसमा सूर्यको किरण जस्तै ताप र जलाउने गुण हुन्छ । किनभने धैर्य कठिन कार्य हो र यसमा आत्मसँग लड्न र आफ्नो नराम्रो इच्छा तथा आकांक्षालाई रोक्नु पर्छ । धैर्यतापूर्वक जीवन बिताउने व्यक्ति सधैं उज्यालोमा रहन्छ र ऊ निरन्तर रुपले सही मार्गमा हुन्छ । अर्थात् धैर्य भनेको अल्लाहको आज्ञापालन गर्नुमा दृढ हुनु, उहाँको अवज्ञाबाट आफूलाई बचाउनु र संसारमा आइपरेका दुःख र कठिनाइहरूमा धैर्य गर्नु हो । "कुरआन तपाइँको लागि प्रमाण हो" जब तपाईंले कुरआनको पाठ गर्नुहुन्छ र त्यसको आदेश अनुसार कार्य गर्नु हुन्छ वा "तपाइँको विरुद्ध प्रमाण" हो, जब तपाइँले त्यसको आदेशहरुको पालना गर्नहुन्न र त्यसको तिलावत (पाठ) पनि गर्नुहुन्न । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : सबै मानिसहरूले संघर्ष र प्रयास गर्छन्, धर्तीमा फैलिन्छन्, निद्राबाट ब्यूँझन्छन् अनि विभिन्न कामका लागि आफ्नो घर छोड्छन् र जीविकोपार्जन गर्छन् । अतः, तिनीहरूमध्ये केहीले अल्लाहको आज्ञापालन गर्दछन् र आफूलाई नर्कको आगोबाट मुक्त गर्छन् र तिनीहरूमध्ये केही अवज्ञा गरि विचलित हुन्छन् र पापहरूमा लिप्त भएर नर्कमा प्रवेश गर्छन् र आफूलाई नष्ट गर्छन् ।