हदीसहरूको सूची

हे अल्लाह! मेरो कब्र (चिहान) लाई मूर्ति नबनाउनु
عربي अंग्रेजी उर्दू
जसले गैरुल्लाह (अल्लाह बाहेक अरू कसै) को कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्दछ ।
عربي अंग्रेजी उर्दू
वास्तवमा, मुनाफिक (पाखंडी) हरूका लागि सबैभन्दा भारी नमाज ईशा र फजरका नमाज हुन् । यदि तिनीहरूले यी नमाजहरूको महत्व थाहा पाएको भए घस्रेर भए पनि (मस्जिद) आउने थिए
عربي अंग्रेजी उर्दू
“निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे अल्लाहको रसूल! यो सानो शिर्क के हो? उहाँले जवाफ दिनुभयो: “दिखावटी (रिया)
عربي अंग्रेजी उर्दू
तिमी (अह्ले-किताब) यहुदी र ईसाई समुदायमा जाँदैछौ । त्यहाँ पुगेपछि उनीहरूलाई सबैभन्दा पहिला तौहीद (अल्लाह बाहेक कोही सत्य पुज्य छैन र मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ
عربي अंग्रेजी उर्दू
जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क गरेको अवस्थामा भेट्छ, ऊ नर्कमा प्रवेश गर्नेछ ।
عربي अंग्रेजी उर्दू
जसले हाम्रो यो धर्ममा कुनै नयाँ कुरा आविष्कार गर्छ, जुन हाम्रो धर्ममा छैन, त्यो स्वीकार्य हुँदैन
عربي अंग्रेजी उर्दू
त्यो व्यक्ति हामी मध्ये होइन, जसले अशुभ शगुन मान्यो वा जसको लागि अशुभ शगुन लिइएको छ, जसले ज्योतिषीको काम गर्यो वा जसको लागि ज्योतिषीको काम गराइयो, जसले जादू गर्यो वा जसको लागि जादू गराइयो
عربي अंग्रेजी उर्दू
जो कोही ज्योतिषी कहाँ जान्छ र उसलाई कुनै कुराको बारेमा सोध्छ भने, चालीस दिनसम्म उसको सलाह (नमाज) कबुल (अल्लाह सामु स्वीकार्य) हुँदैन ।
عربي अंग्रेजी उर्दू
जसले नक्षत्रहरूबाट ज्ञान प्राप्त गर्छ, उसले जादूको एक भाग सिक्छ । उसले जति धेरै ज्योतिषविज्ञान सिक्छ, त्यति धेरै जादू सिक्नेछ ।
عربي अंग्रेजी उर्दू
ईमान (विश्वास) का सत्तरी (वा साठी) भन्दा बढी शाखाहरू छन्, जसमध्ये सबैभन्दा उत्कृष्ट 'ला इलाहा इल्लाल्लाह' भन्नु हो र सबैभन्दा तल्लो शाखा नोक्सान पुर्‍याउने कुरालाई बाटोबाट हटाउनु हो
عربي अंग्रेजी उर्दू
यो सत्य वचन हो, जुन जिन्नले खोसेर कुखुराको बास जस्तो आवाजमा आफ्नो मानव मित्रको कानमा हाल्छ र ज्योतिषीले त्यसमा सयौं झूटहरू मिसाउँछन् ।
عربي अंग्रेजी उर्दू
इस्लाम पाँच कुराहरूमा आधारित छ
عربي अंग्रेजी उर्दू
तिमीहरू मध्ये कसैले मुन्कर (गलत) भइरहेको देख्यो भने त्यसलाई हातले रोक्न प्रयास गर्नु, यदि हातले रोक्ने शक्ति नभए बोलेर रोक्न प्रयास गर्नु, यदि यसको पनि क्षमता छैन भने हृदयमा नै नराम्रो ठान्नु र यो ईमानको (आस्थाको) सबै भन्दा कमजोर श्रेणी हो" ।
عربي अंग्रेजी उर्दू
जसले इस्लाम स्विकारे पछि राम्रो काम गर्यो, उ जाहिलियाको समयमा गरेका कामहरूप्रति जवाफदेह हुने छैन र जसले इस्लाम स्विकारे पछि खराब कर्म गर्यो, उसलाई अघिल्ला र पछिल्ला सबै कृकर्मको सजाय दिइनेछ।
عربي अंग्रेजी उर्दू
यदि मैले अनिवार्य सलाह (नमाज) हरू कायम गरें, रमजानमा उपवास राखें र हलाल (वैध) लाई हलाल माने र हरामलाई त्यागे
عربي अंग्रेजी उर्दू
तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई (ती शब्दहरुको वाचनको प्रतिफल र अल्लाहको महिमा ले) भरि दिन्छ
عربي अंग्रेजी उर्दू
वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।
عربي अंग्रेजी उर्दू
हामी र तिनीहरूको बीचमा रहेको फरक सलाह हो । जसले यसलाई त्याग्छ उसले कुफ्र गर्यो ।
عربي अंग्रेजी उर्दू
अन्धकारमय रातका टुक्रा जस्ता फित्ना (परीक्षाहरू) आउनेछन्,
عربي अंग्रेजी उर्दू
जसले सत्य मार्गको आह्वान गर्छ, उसले सत्य मार्ग अप्हनाउनेहरूको पुण्य बराबर पुण्य पाउनेछ, तर उनीहरूको पुण्यमा कुनै कमी हुनेछैन
عربي अंग्रेजी उर्दू
अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, (तीन पटक) भन्नुभयो ।” यस प्रकारको कुरा हामी सबैको हृदयमा आउँछ, तर अल्लाहले यसलाई तवक्कुल(अल्लाहमाथि भरोसा) मार्फत हटाउनुहुन्छ ।
عربي अंग्रेजी उर्दू
हे मानिसहरू, धर्ममा अतिवादबाट टाढा रहनुहोस्, किनभने तपाईं अघिका मानिसहरू धर्ममा अतिवादले गर्दा बर्बाद भएका थिए ।
عربي अंग्रेजी उर्दू
कुनै (रोग) संक्रामक हुँदैन र कुनै चरा अशुभ छैन । उल्लू र सफर महिनाको कुनै दोष छैन । कुष्ठ रोगीबाट त्यसरी नै भाग, जसरी तिमी बाघबाट भाग्छौ ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्सारको बारेमा भन्नुभयो: "तिनीहरूलाई केवल मुमिनले प्रेम गर्नेछन् र कपटीले मात्र तिनीहरूलाई घृणा गर्नेछ । जसले तिनीहरूलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुनेछ र जसले तिनीहरूलाई घृणा गर्छ, अल्लाहले उसलाई घृणा गर्नुहुनेछ ।
عربي अंग्रेजी उर्दू
मेरो अघि अल्लाहले जुनसुकै उम्मतमा कुनै नबी पठाउनुभएको थियो, ती नबीलाई आफ्ना उम्मतबाट सहयोगी (حواريون) र साथीहरू प्रदान गरिन्थ्यो। ती मानिसहरू नबीको सुन्नतलाई पालन गर्थे र उहाँका आदेशहरूको अनुसरण गर्थे।
عربي अंग्रेजी उर्दू
यदि उसले सत्य बोलेको हो भने सफल हुनेछ ।
عربي अंग्रेजी उर्दू
मलाई मानिसहरूसँग लड्न आदेश दिइएको छ जबसम्म तिनीहरूले अल्लाह बाहेक कोही ईश्वर छैन र मुहम्मद अल्लाहका दूत हुन् भन्ने गवाही दिँदैनन्, नमाज पढ्दैनन् र जकात दिंदैनन्
عربي अंग्रेजी उर्दू
“तिमीले मसित एउटा गंभीर प्रश्न सोध्यौ र यो उसको लागि मात्र सहज हुन्छ, जसका लागि अल्लाह सजिलो बनाइ दिनु हुन्छ ।
عربي अंग्रेजी उर्दू
"उसलाई नमार ।" किन कि यदि तिमीले उसलाई मार्यौ भने, उसलाई मार्नु अघि तिमी जस्तो स्थितिमा थियौ ऊ त्यो स्थितिमा हुनेछ र उसले त्यो शब्द बोले पछि तिमी त्यो स्थितिमा हुने छौ जसमा बोल्नु भन्दा पहिला ऊ थियो ।
عربي अंग्रेजी उर्दू
आस्थावानहरूको आपसी प्रेम र एकअर्काप्रतिको करुणाको उदाहरण एउटा शरीर जस्तै हो, जसको कुनै अंग दुख्दा पूरै शरीरले पीडा महसुस गर्छ, निन्द्रासमेत उड्छ र पूरै शरीरलाई ज्वरो आउँछ ।
عربي अंग्रेजी उर्दू
त्यो मान्छे हामीहरूमध्ये होइन जो गालामा थप्पड हान्छ, (अनावश्यक) लुगा च्यात्छ र जाहिलियत (अज्ञान कालिन समय)को जस्तो कुनै शब्द बोल्छ ।
عربي अंग्रेजी उर्दू
दुई वटा कुरा मानिसहरूमा पाइनु भनेको कुफ्रका कुराहरू हुन्ः वंशको निन्दा गर्नु र मृतकमाथि विलाप गर्नु ।
عربي अंग्रेजी उर्दू
कुनै पनि मानिसले अर्कालाई पापी (फासिक) भनेर दोषी ठहराउनु हुँदैन, न त कफिर भनेर । यस्तो गरेमा यदि त्यो व्यक्ति भने जसो होइन भने उक्त दोष त्यसैको माथि फिर्ता जान्छ »।
عربي अंग्रेजी उर्दू
जसले अमानतको कसम खान्छ, त्यो हामीमध्ये होइन।
عربي अंग्रेजी उर्दू
मुस्लिम त्यो हो जसको जिब्रो र हातबाट मुस्लिमहरू सुरक्षित छन् र मुहाजिर त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ ।
عربي अंग्रेजी उर्दू
उसले कहिल्यै पनि भनेन: हे मेरो प्रभु, प्रलयको दिन मेरो पाप क्षमा गरी दिनु होला ।
عربي अंग्रेजी उर्दू
तिमीहरुलाई थाहा छ, तिमीहरुको प्रभुले के भन्नुभएको छ?" तिनीहरूले भने अल्लाह र उहाँका रसूल लाई राम्ररी ज्ञान छ, उहाँले भन्नुभयो: "मेरा भक्तहरू मध्ये केही मोमिन (ममा विश्वास गर्ने) र अर्को काफिर
عربي अंग्रेजी उर्दू
हाम्रो मनमा यस्ता गम्भीर नराम्रो कुराहरू आउँछन् जुन कुनै पनि मानिसले व्यक्त गर्न हिच्किचाउँछ । उहाँले सोध्नुभयो: "के वास्तवमा तिमीहरु मनमा यस्ता कुराहरू उत्पन्न हुन्छन्?" तिनीहरूले भने: हो, उहाँले भन्नुभयो: "यो नै स्पष्ट आस्थाको प्रतीक हो ।
عربي अंग्रेजी उर्दू
शैतान तिमीहरु मध्ये कसै कहाँ आउँछ र भन्छ: यो कसले सृष्टि गर्यो ? र यो कसले रचना गर्यो ? यो क्रम चलिरहन्छ यहाँ सम्म उसले सोध्न थाल्छ : तिम्रो रब (पालनकर्ता) लाई कसले सृष्टि गर्यो ? यस्तो कुरा दिमागमा आउन साथ शैतानको उपद्रोबाट अल्लाहको शरण लिनुपर्छ र यस्त खराब विचार त्याग्नु पर्छ" ।
عربي अंग्रेजी उर्दू
वास्तवमा, अल्लाहले आस्थावानमाथि एक पुण्यको मामिलामा पनि अन्याय गर्नुहुन्न। उसलाई यस संसारमा पुण्य को प्रतिफल दिइन्छ र परलोकमा पनि राम्रो प्रतिफल दिइनेछ
عربي अंग्रेजी उर्दू
"तिमीले गरेका ती राम्रो कर्महरूको कारणले नै तिमीले इस्लाम स्वीकार गरेको छौ।
عربي अंग्रेजी उर्दू
मुनाफिक (पाखण्डी, कपटी) को उदाहरण त्यस्तो बाख्राजस्तै हो, जुन दुई बथान बीच अलमल्ल पर्छ, कहिले यस बथानतिर जान्छ त कहिले त्यस बथानतिर।।
عربي अंग्रेजी उर्दू
निश्चय नै कपडा जसरी पुरानो हुन्छ त्यसरी तिमीहरूको हृदयमा ईमान (आस्था) पनि पुरानो हुँदै जान्छ। त्यसैले अल्लाहसँग हृदयको ईमानलाई सधैँ नयाँ बनाइरहनुको निमित्त प्रार्थना गर्दै गर्नु ।
عربي अंग्रेजी उर्दू
म जलाशय (हौज)निर बसेर तिमध्ये को-को मकहाँ पानी पिउन आउँछन् भनेर हेरिरहेको हुनेछु । र कोही मान्छेहरु मकहाँ आउनबाट रोकिनेछन्, तब मैले भन्नेछु, हे मेरो रब! यिनीहरु मेरा उम्मती
عربي अंग्रेजी उर्दू
“हामीलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जसले सत्य बोल्नुहुन्छ र जसको भनाइ पूर्णतः सत्य हुन्छ: "तिमीहरू हरेकको सृष्टि उसको आमाको गर्भमा चालीस दिन र चालीस रात सम्म
عربي अंग्रेजी उर्दू
मेरो नाम जमाम बिन षाल्बा हो र म साद बिन बकर जनजाति को भाई हुँ ।
عربي अंग्रेजी उर्दू
यहूदीहरू अल्लाहको क्रोधमा परेका मानिसहरू हुन् र इसाईहरू पथभ्रष्ट छन् ।
عربي अंग्रेजी उर्दू
‘ला इलाह इल्लाल्लाह’ (अल्लाह बाहेक कोही ईश्वर छैन) भन्नुहोस्, म न्यायको दिन तपाईंको लागि गवाही दिनेछु
عربي अंग्रेजी उर्दू
तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको लागि बोलाउदै हुनुहुन्छ त्यो राम्रो कुरा हो, तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ?
عربي अंग्रेजी उर्दू
जसले अल्लाहलाई आफ्नो पालनकर्ताको रूपमा, इस्लामलाई धर्मको रूपमा र मुहम्मद लाई रसूलको रूपमा स्वीकार गर्दछ, उसले आस्थाको स्वाद पायो ।
عربي अंग्रेजी इन्डोनेसिया
जसमा चारवटा लक्षणहरू छन्, त्यो शुद्ध मुनाफिक (पाखण्डी) हो र जसमा तीमध्ये एउटा छ, त्यसलाई नछोडेसम्म उसमा पाखण्डको एउटा लक्षण छ: जब ऊ बोल्छ झुट बोल्छ, जब उसले सम्झौता गर्छ, धोका दिन्छ, जब उसले वाचा गर्छ, तोड्छ र जब ऊ झगडा गर्छ गालीगलौज गर्छ ।
عربي अंग्रेजी उर्दू
जसले हाम्रो विरुद्धमा हतियार (शस्त्र) उठायो, ऊ हामी मध्येको होइन ।
عربي अंग्रेजी उर्दू