عَنِ النُّعْمَانِ بْنِ بَشِيرٍ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«مَثَلُ الْمُؤْمِنِينَ فِي تَوَادِّهِمْ وَتَرَاحُمِهِمْ وَتَعَاطُفِهِمْ مَثَلُ الْجَسَدِ، إِذَا اشْتَكَى مِنْهُ عُضْوٌ تَدَاعَى لَهُ سَائِرُ الْجَسَدِ بِالسَّهَرِ وَالْحُمَّى».
المزيد
नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"आस्थावानहरूको आपसी प्रेम र एकअर्काप्रतिको करुणाको उदाहरण एउटा शरीर जस्तै हो, जसको कुनै अंग दुख्दा पूरै शरीरले पीडा महसुस गर्छ, निन्द्रासमेत उड्छ र पूरै शरीरलाई ज्वरो आउँछ ।"