عَنِ النُّعْمَانِ بْنِ بَشِيرٍ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«مَثَلُ الْمُؤْمِنِينَ فِي تَوَادِّهِمْ وَتَرَاحُمِهِمْ وَتَعَاطُفِهِمْ مَثَلُ الْجَسَدِ، إِذَا اشْتَكَى مِنْهُ عُضْوٌ تَدَاعَى لَهُ سَائِرُ الْجَسَدِ بِالسَّهَرِ وَالْحُمَّى».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 2586]
المزيــد ...

नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"आस्थावानहरूको आपसी प्रेम र एकअर्काप्रतिको करुणाको उदाहरण एउटा शरीर जस्तै हो, जसको कुनै अंग दुख्दा पूरै शरीरले पीडा महसुस गर्छ, निन्द्रासमेत उड्छ र पूरै शरीरलाई ज्वरो आउँछ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 2586]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभयो कि मुस्लिमहरूको आपसी सम्बन्ध कल्याण, दया, सहयोग र एकअर्काको पीडाप्रति संवेदनशीलतामा आधारित हुनुपर्छ, जस्तो कि एउटै शरीरको अवस्था हुन्छ —जब शरीरको कुनै एक अंगमा पीडा हुन्छ, तब सम्पूर्ण शरीर नै अनिद्रा र ज्वरोले प्रभावित हुन्छ।

हदीसका केही फाइदाहरू

  1. मुस्लिमहरूले एकअर्काप्रतिको अधिकारको सम्मान गर्दै, पारस्परिक सहयोग र करुणालाई बढावा दिनुपर्छ।
  2. आस्थावानहरूबीच प्रेम र समर्थन कायम रहनुपर्छ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (54)
थप