+ -

عَنْ مَعْقِلِ بْنِ يَسَارٍ رضي الله عنه أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«الْعِبَادَةُ فِي الْهَرْجِ كَهِجْرَةٍ إِلَيَّ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2948]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

माकिल बिन यसार (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"अराजकता , भ्रष्टाचार र द्वन्दको समयमा उपासना गर्नु भनेको मतिर हिज्रत(प्रवास) गर्नु जस्तै हो।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2948]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई कलह, भ्रष्टाचार, हत्या, विनाश र विद्रोहको समयमा अल्लाहको उपासनामा समर्पित हुन निर्देशन दिनुभएको छ र यसको प्रतिफल नबी (सल्लल्लाहु अलैहि वसल्लम) तिर हिजरत गर्ने प्रतिफल बराबर भएको बताउनुभएको छ। यसको कारण यो हो कि मानिसहरू त्यस्तो अवस्थामा इबादतबाट बेपर्वाह हुन्छन्, अन्य कुरामा व्यस्त हुन्छन्, र केवल थोरै व्यक्तिहरू मात्र इबादतमा समय दिन्छन्।

हदीसका केही फाइदाहरू

  1. फितना (अराजकता, द्वन्द्व, भ्रम) का दिनहरूमा इबादत गर्न र अल्लाहतर्फ फर्किन प्रोत्साहन गरिएको छ; किनभने यसले फितनाबाट बचाउँछ र भ्रष्टाचारबाट रक्षा गर्दछ।
  2. फितना (अराजकता, द्वन्द्व, भ्रम) र मानिसहरू बेपर्वाह हुने समयमा इबादतको महान पुण्य स्पष्ट गरिएको छ ।
  3. एउटा मुस्लिमले फितना (अराजकता, द्वन्द्व, भ्रम) र अचेतन हुने स्थानहरूबाट टाढा रहनु आवश्यक हुन्छ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती एल्ड्रेया रोमानियन हंगेरी الموري मालागासी कन्नड الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप