عَنْ مَعْقِلِ بْنِ يَسَارٍ رضي الله عنه أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«الْعِبَادَةُ فِي الْهَرْجِ كَهِجْرَةٍ إِلَيَّ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2948]
المزيــد ...
माकिल बिन यसार (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"अराजकता, भ्रष्टाचार र उत्पातको समयमा उपासना गर्नु भनेको मतिर हिज्रत (प्रवास) गर्नु जस्तै हो।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2948]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई कलह, भ्रष्टाचार, हत्या, विनाश र विद्रोहको समयमा अल्लाहको उपासनामा समर्पित हुन निर्देशन दिनुभएको छ र यसको प्रतिफल नबी (सल्लल्लाहु अलैहि वसल्लम) तिर हिजरत गर्ने प्रतिफल बराबर भएको बताउनुभएको छ। यसको कारण यो हो कि मानिसहरू त्यस्तो अवस्थामा उपासनाबाट बेपर्वाह हुन्छन्, अन्य कुरामा व्यस्त हुन्छन्, र केवल थोरै व्यक्तिहरू मात्र उपासनामा समय दिन्छन्।