عَنْ وَائِلٍ الْحَضْرَمِيِّ قَالَ: سَأَلَ سَلَمَةُ بْنُ يَزِيدَ الْجُعْفِيُّ رضي الله عنه رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَقَالَ:
يَا نَبِيَّ اللهِ، أَرَأَيْتَ إِنْ قَامَتْ عَلَيْنَا أُمَرَاءُ يَسْأَلُونَا حَقَّهُمْ وَيَمْنَعُونَا حَقَّنَا، فَمَا تَأْمُرُنَا؟ فَأَعْرَضَ عَنْهُ، ثُمَّ سَأَلَهُ، فَأَعْرَضَ عَنْهُ، ثُمَّ سَأَلَهُ فِي الثَّانِيَةِ أَوْ فِي الثَّالِثَةِ، فَجَذَبَهُ الْأَشْعَثُ بْنُ قَيْسٍ، وَقَالَ: «اسْمَعُوا وَأَطِيعُوا، فَإِنَّمَا عَلَيْهِمْ مَا حُمِّلُوا، وَعَلَيْكُمْ مَا حُمِّلْتُمْ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 1846]
المزيــد ...

वाइल बिन हज्रमी ले वर्णन गरेका छन्: सल्मा बिन यजीद जुअ्फी (रजियल्लाहु अन्हु) ले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सोध्नु भयो :
हे नबी! यदि यस्ता शासकहरूले हामीमाथि शासन गरे, जसले हामीबाट आफ्नो अधिकार खोस्नेछ तर हाम्रो अधिकार दिनेछैन, यस विषयमा तपाईं हामीलाई के गर्न आदेश दिनुहुन्छ? उहाँले उनको कुरामा ध्यान दिनु भएन । उनले फेरि सोधे, तर उहाँले उनको कुरामा ध्यान दिनु भएन । उनले दोस्रो वा तेस्रो पटक सोधेपछि अश्अष बिन कैस (रजियल्लाहु अन्हु) ले उनलाई ताने र उहाँले भन्नुभयो: "उनीहरुको कुरा सुन र आज्ञापालन गर। उनीहरूमाथि जे छ त्यसको लागि उनीहरू जिम्मेवार छन् र तपाईंमाथि जे छ त्यसको लागि तपाईंहरू जिम्मेवार हुनुहुन्छ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 1846]

व्याख्या

पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) लाई त्यस्ता शासकहरूको बारेमा सोधियो, जसले जनतालाई हाम्रो कुरा सुन र अनुसरण गर भन्छन्, तर जनतालाई न्याय गर्ने, युद्धबाट प्राप्त धनमाल दिने, उनीहरूलाई अत्याचारबाट बचाउने र उनीहरूसँग समान व्यवहार गर्ने जस्ता अधिकारहरू पूरा गर्दैनन्। यस्तो अवस्थामा उनीहरूसँग कस्तो व्यवहार गर्नुपर्छ?
यो प्रश्न सुनेपछि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रश्नकर्ताबाट मुख फेर्नुभयो, मानौ उनलाई यो प्रश्न मन परेन। तर प्रश्नकर्ताले दोस्रो र तेस्रो पटक आफ्नो प्रश्न दोहोर्‍याइरहे। यो देखेर, अशअस बिन कैस (रजियल्लाहु अन्हु) ले प्रश्नकर्तालाई चुप लगाउन आफुतिर ताने।
त्यसकारण, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रश्नको जवाफ दिनुभयो। उहाँले भन्नुभयो: तपाईंले उनीहरूको कुरा सुन्नु पर्छ र उनीहरूको आदेश पालना गर्नु पर्छ। किनभने उनीहरूले आफुमाथि राखिएको जिम्मेवारीहरूको जवाफ दिनुपर्छ, जस्तै न्याय गर्नु र मानिसहरूलाई उनीहरूको अधिकार दिनु। अनि तपाईंले आफूमाथि सुम्पिएका जिम्मेवारीहरू, जस्तै आज्ञाकारिता, अधिकारको पूर्ति र परीक्षाको समयमा धैर्यताको लागि जवाफदेही हुनुपर्छ।

हदीसका केही फाइदाहरू

  1. शासकहरूले प्रजाको अधिकार पूरा नगरे पनि, प्रजाले अल्लाहको खुशी खोज्ने मामिला र सबै परिस्थितिमा उनीहरूको कुरा सुन्नुपर्छ र आज्ञा पालना गर्नुपर्छ ।
  2. शासकहरूको तर्फबाट उनीहरूका उत्तरादायित्त्वहरूमा हुने कमीले यो कुराको अनुमति दिँदैन कि जनताले पनि आफ्ना जिम्मेवारीहरू पुरा गर्नमा कमी गरून् । किनकि प्रत्येक व्यक्तिलाई उसको आफ्नै कार्यको बारेमा सोधपुछ गरिनेछ र उसको आफ्नै लापरवाहीको लागि जवाफदेही बनाइनेछ।
  3. दीन (धर्म) को आधार जस्तालाई त्यस्तैमा आधारित छैन । यो आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा आधारित छ, चाहे तपाईंको अगाडिको व्यक्तिले आफ्नो जिम्मेवारी पूरा गर्न बेवास्ता गरे पनि। जसरी यो हदीसमा बताइएको छ ।
अनुवादहरू का प्रदर्शन
भाषा: الإنجليزية الأوردية الإسبانية थप (50)
थप