عَنْ أَبِي سَعِيدٍ رضي الله عنه أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مَا مِنْ مُسْلِمٍ يَدْعُو بِدَعْوَةٍ لَيْسَ فِيهَا إِثْمٌ، وَلَا قَطِيعَةُ رَحِمٍ، إِلَّا أَعْطَاهُ اللهُ بِهَا إِحْدَى ثَلَاثٍ: إِمَّا أَنْ تُعَجَّلَ لَهُ دَعْوَتُهُ، وَإِمَّا أَنْ يَدَّخِرَهَا لَهُ فِي الْآخِرَةِ، وَإِمَّا أَنْ يَصْرِفَ عَنْهُ مِنَ السُّوءِ مِثْلَهَا» قَالُوا: إِذنْ نُكْثِرُ، قَالَ: «اللهُ أَكْثَرُ».
[صحيح] - [رواه أحمد] - [مسند أحمد: 11133]
المزيــد ...
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जब कुनै मुस्लिमले पाप वा नाता सम्बन्ध तोड्ने काम नगरी कुनै दुआ गर्छ, भने अल्लाहले उसलाई तीन चीजहरू मध्ये एउटा निश्चित रूपमा प्रदान गर्नुहुन्छ: कि त सको दुआ स्वीकार गर्नुहुन्छ, वा उसको दुआलाई परलोकको लागि भण्डारण गर्नुहुन्छ वा उसलाई कुनै घटनाबाट जोगाई दिनुहुन्छ।" सहाबाहरूले सोधे: "त्यसो भए हामी अत्यधिक दुआ गर्छौं " नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाह धेरै उदार हुनुहुन्छ।"
[सही] - [अहमदले वर्णन गरेका छन्] - [मुस्नद अहमद - 11133]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जब कुनै मुस्लिमले प्रार्थना गर्छ र अल्लाहसँग त्यस्तो कुरा माग्छ जुन पाप होइन,जस्तैः प्रार्थनामा पाप सजिलो होस्, अन्याय सफल होस्, वा आफन्तसँगको सम्बन्ध टुटोस् भन्ने माग भने, अल्लाहले उसलाई तीन चीजहरू मध्ये एक निश्चित रूपमा प्रदान गर्नेछन्: या त उहाँले तुरुन्तै उसको प्रार्थना सुन्नुहुन्छ र उसले मागेको कुरा दिनुहुन्छ। अथवा अल्लाहले त्यसलाई परलोकमा उसको स्वर्गमा दर्जा (स्थान) उच्च पार्ने रूपमा त्सयलाई पुण्यको रूपमा सुरक्षित राख्नुहुन्छ— वा पापहरूको क्षमा र कृपाको स्वरूप यसलाई ढिलाइ गर्न सक्नुहुन्छ। वा अल्लाहले उसको संसारमा भएको कुनै हानि वा विपत्तिलाई त्यस दुआको बराबर टारिदिनुहुन्छ। त्यसैले सहाबाहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई भने: त्यसो भए हामीले यी मध्ये एउटा चीज प्राप्त गर्नको लागि अत्यधिक दुआ गर्छौं ? जवाफमा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमीले जे माग्छौ, अल्लाहसँग त्यो भन्दा धेरै र ठूला कुराहरू छन्। अल्लाहको दान कहिल्यै सकिँदैन, कहिल्यै अन्त्य हुँदैन।