श्रेणी: सद्गुण र आचरण .

عن عائشة رضي الله عنها عن النبي صلى الله عليه وسلم قال:
«إِنَّ أَبْغَضَ الرِّجَالِ إِلَى اللهِ الْأَلَدُّ الْخَصِمُ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 2457]
المزيــد ...

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अल्लाहको नजरमा सबैभन्दा घृणित व्यक्ति त्यो हो जो अत्यन्त झगडालु र सधैं विवादमा रहन्छ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 2457]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले धेरै झगडा गर्ने मान्छेसँग घृणा गर्नुहुन्छ, जसले सत्यलाई स्वीकार गर्दैनन् र आफ्नो तर्कले जित्न खोज्छ । वा सत्यको लागि झगडा गर्छ तर संयमताको सीमा भन्दा बाहिर जान्छ र कुनै विषयमा ज्ञान नभए पनि बहस गर्छ ।

हदीसका केही फाइदाहरू

  1. पिडित व्यक्तिले शरिया कानून मार्फत आफ्नो अधिकार दाबी गर्नु निन्दनीय विवादको श्रेणीमा पर्दैन ।
  2. लडाई झगडा वचनको खराबीको माध्यम बाट हुने गर्दछ, जसले मुस्लिमहरू बीच विभाजन र द्वन्द्व निम्त्याउँछ ।
  3. यदि वादविवाद र बहस सत्यको लागि हो र यसको शैली राम्रो छ भने प्रशंसनीय हुन्छ । तर सत्यलाई इन्कार गर्ने र असत्यलाई स्थापित गर्ने वा प्रमाण बिनाको हो भने त्यो निन्दनीय रहन्छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप