عن سَمُرَة بن جندبٍ رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«أَحَبُّ الْكَلَامِ إِلَى اللهِ أَرْبَعٌ: سُبْحَانَ اللهِ، وَالْحَمْدُ لِلهِ، وَلَا إِلَهَ إِلَّا اللهُ، وَاللهُ أَكْبَرُ، لَا يَضُرُّكَ بِأَيِّهِنَّ بَدَأْتَ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2137]
المزيــد ...

समुरह बिन जुन्दब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अल्लाहको नजरमा सबैभन्दा प्रिय शब्दहरू चार हुन्: सुब्हानल्लाह (अल्लाह पवित्र हुनुहुन्छ), अल-हम्दु लिल्लाह (सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन्), ला इलाहा इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) र अल्लाहु अकबर (अल्लाह सर्वोच्च हुनुहुन्छ) ।" यी चारमध्ये तिमीले जुनसुकै बाटसुरु गरे हुन्छ ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2137]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, अल्लाहको नजरमा सबैभन्दा प्रिय शब्दहरू चार हुन्:
सुब्हानल्लाह : यसको अर्थ अल्लाहलाई हरेक दोष रहित र कमीबाट मुक्त घोषणा गर्नु हो ।
अल-हम्दुलिल्लाह: प्रेम र महिमा सहित अल्लाहको पूर्णताको वर्णन गर्नु हो ।
ला इलाहा इल्लल्लाह: अल्लाह बाहेक कोही सत्य ईश्वर छैन ।
अल्लाहु अकबर: अल्लाह सबै भन्दा शक्तिशाली, महान र सम्मानजनक हुनुहुन्छ ।
पुण्य र इनाम प्राप्तिका लागि तिनीहरूलाई बोल्दा क्रम कायम राख्न आवश्यक छैन ।

हदीसका केही फाइदाहरू

  1. इस्लामी शरीयत एक साधारण शरीयत हो । त्यसैले यी चार शब्दहरू मध्ये जुनसुकैबाट सुरु गर्न अनुमति दिइएको छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप