हदीसहरूको सूची

सर्वश्रेष्ठ जिक्र (स्तुति) 'ला इला-ह इल्लल्लाह' हो र सबैभन्दा राम्रो दुआ (प्रार्थना) 'अल-हमदु लिल्लाह' हो ।
عربي अंग्रेजी उर्दू
मानिस आफ्नो ईश्वर देखि सबैभन्दा नजिक सजदा गर्दाको हालतमा हुँदा हुन्छ । त्यसैले (सजदामा) धेरै प्रार्थना गर्नु।
عربي अंग्रेजी उर्दू
अल्लाहको नजरमा सबैभन्दा प्रिय शब्दहरू चार हुन्: सुब्हानल्लाह (अल्लाह पवित्र हुनुहुन्छ), अल-हम्दु लिल्लाह (सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन्), ला इलाहा इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) र अल्लाहु अकबर (अल्लाह सर्वोच्च हुनुहुन्छ) ।" यी चारमध्ये तिमीले जुनसुकै बाटसुरु गरे हुन्छ ।
عربي अंग्रेजी उर्दू
दुई शब्दहरू यस्ता छन्, जुन जिब्रोमा हलुका, तराजुमा भारी र रहमान (परम दयालु) लाई धेरै प्रिय छन्
عربي अंग्रेजी उर्दू
जो कोही कुनै ठाउँमा ओर्लन्छ र यो दुआ पढ्छ: 'अऊजु बिकलिमातिल्लाहि-त्ताम्माति मिन् शर्रि मा खलक् ।’ (म अल्लाहको पूर्ण वचनहरूद्वारा सृष्टिको प्रत्येक हानीनोक्सानी बाट शरण चाहन्छु ।) त्यो ठाउँमा बसुन्जेल उसलाई कुनै पनि कुराले हानि गर्न सक्दैन ।
عربي अंग्रेजी उर्दू
“सुब्हानल्लाह्, वल्-हम्दु लिल्लाह्, वला इलाह इल्-लल्लाह्, वल्लाहु अक्बर’ भन्नु मेरो लागि यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा प्रिय छ ।
عربي अंग्रेजी उर्दू
जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा आयत पढ्छ, यी दुई आयतहरु उसको लागि पर्याप्त हुन्छन् ।
عربي अंग्रेजी उर्दू
तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई भरि दिन्छ
عربي अंग्रेजी उर्दू
हे अब्बास, अल्लाहका रसूलको काका, अल्लाहसँग यस संसार र परलोकमा शान्ति र कल्याणको लागि प्रार्थना गर्नुहोस् ।
عربي अंग्रेजी उर्दू
जब कुनै व्यक्ति आफ्नो घरमा प्रवेश गर्दा र खाना खान सुरु गर्दा अल्लाहको नाम लिन्छ, तब शैतानले आफ्ना साथीहरूलाई भन्छ: "यहाँ तिमीहरूका लागि न त बास बस्ने ठाउँ छ, न त खानाको व्यवस्था
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः निम्न दुआ गर्नुहुन्थ्यो : ‘या मुकल्लिबल-कुलूब, सब्बित कल्बी अला दीनिक’ अर्थ : "हे हृदयहरू परिवर्तन गर्ने! मेरो हृदयलाई तपाईंको धर्ममा अडिग बनाउनुहोस् ।
عربي अंग्रेजी उर्दू
अल्लाह आफ्नो भक्तदेखि रातको अन्तिम प्रहरमा सबैभन्दा बढी नजिक हुनुहुन्छ
عربي अंग्रेजी उर्दू
म एक यस्तो कुरा जान्दछु, जुन यदि उसले भनेको भए, उसको मनको क्रोध हट्ने थियो। यदि उसले भनेको भए: अउजु बिल्लाहि मिन अश्शैतानिर रजिम (म शैतानको प्रलोभनबाट अल्लाहको शरण चाहन्छु ), तब उसको क्रोध शान्त हुने थियो
عربي अंग्रेजी उर्दू
मेरो दासले मेरो बारेमा जस्तो सोच राख्छ, म त्यही अनुसार उसको लागि हुन्छु। म उसको साथमा हुन्छु जब ऊ मलाई सम्झिन्छ
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये प्रत्येक मानिस राति सुत्दा शैतानले उसको टाउको पछाडि तीनवटा गाँठो बाँध्छ र प्रत्येक गाँठोमा फुँक्छ र भन्छ, 'सुत, अझै धेरै रात बाँकी छ।
عربي अंग्रेजी उर्दू
जो व्यक्ति आफ्नो पालनकर्ताको स्मरण गर्छ र जो स्मरण गर्दैन, तिनीहरूको उदाहरण जीवित र मृत व्यक्तिको जस्तै हो।
عربي अंग्रेजी उर्दू
हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो।
عربي अंग्रेजी उर्दू
कञ्जूस त्यो हो जसको अगाडि मेरो नाम लिइन्छ तर उसले ममाथि दया (दरुद) पठाउदैन।
عربي अंग्रेजी उर्दू
जसले खाना खाएपछि भन्छ: 'अल्हम्दु लिल्ला हिल्लजी अत्अमनी हाजा व र ज कनीहि मिन् गैरि हौलिम्मिन्नी वला कुव्वह्’ (सम्पूर्ण प्रशंसाहरू अल्लाहकै लागि हुन्, जसले मलाई यो खुवाउनुभयो र बिना कुनै मिहिनेत प्रदान गर्नुभयो), उसका अघिल्ला पापहरू क्षमा हुनेछन् ।
عربي अंग्रेजी उर्दू
अजान र इकामतको बीचमा गरिएको प्रार्थना अस्वीकृत हुँदैन।
عربي अंग्रेजी उर्दू
हे अल्लाह! मेरो धर्मलाई सच्याइदिनुहोस्, जुन मेरो मामिलाको सुरक्षाको ग्यारेन्टी हो
عربي अंग्रेजी उर्दू
हे अल्लाह! मेरा पापहरू, मेरो अज्ञानता, मेरा सबै कर्महरूमा भएका अपराधहरू र तपाईंलाई मभन्दा बढी थाहा भएका सबै कुराहरू क्षमा गर्नुहोस्। हे अल्लाह! मेरा पापहरू, मैले जानेर गरेको, अनजानमा गरेको र मजाकमा गरेको सबै कुराहरू क्षमा गर्नुहोस्। यो सबै मैले गरेको हो। हे अल्लाह! मेरा विगतका र भविष्यका पापहरू, मेरा गोप्य र मेरा सार्वजनिक पापहरू क्षमा गर्नुहोस्। तपाईं नै अगाडि ल्याउने र तपाईं नै पछाडि ल्याउने हुनुहुन्छ र तपाईं नै सबै कुरामाथि शक्तिवान हुनुहुन्छ।
عربي अंग्रेजी उर्दू
हे अल्लाह ! म तपाईँसित यस संसार र परलोकको कल्याणको माग गर्दछु ।
عربي अंग्रेजी उर्दू
हे अल्लाह! म तपाईंसँग सबै प्रकारका राम्रा कुराहरू माग्छु, छिटो र ढिलो दुवै, जुन मलाई थाहा छ र जुन मलाई थाहा छैन। म तपाईंमा सबै प्रकारका खराब कुराहरूबाट शरण चाहन्छु, छिटो र ढिलो दुवै, जुन मलाई थाहा छ र जुन मलाई थाहा छैन
عربي अंग्रेजी उर्दू
हे अल्लाह! म तपाईंको आशीर्वादको लोपबाट, तपाईंको कल्याणको फिर्ताबाट, तपाईंको अचानक विपत्तिबाट र तपाईंको सबै प्रकारका क्रोधबाट तपाईंको शरण चाहन्छु।
عربي अंग्रेजी उर्दू
हे अल्लाह! म ऋणको प्रभुत्व, शत्रुको प्रभुत्व र दुःखमा शत्रुहरूको खुशीबाट तपाईंमा शरण चाहन्छु।
عربي अंग्रेजी उर्दू
हे अल्लाह ! तपाईँको रक्षामा हामीले बिहान गर्यौं र तपाईंकै रक्षामा हामीले साँझ गर्यौं । तपाईँको नाममा हामी जीवित हुन्छौ र तपाईँको नाममा नै हामी मर्छौं र तपाईँ तर्फ नै उठेर जानु छ ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ (प्रार्थना) गर्नुहुन्थ्यो: ‘रब्बना आतिना फिद्दुन्या हसनह् व फिल्-आखिरति हसनह् व किना अजा बन्नार’ अर्थात हे अल्लाह ! हामीलाई दुनियाँ र आखिरत (लोक-परलोक) दुबै ठाउँमा भलाइ प्रदान गर्नुहोस् र नर्कको आगोबाट बचाउनुहोस् ।
عربي अंग्रेजी उर्दू
सैय्येदुल-इस्तिग्फार
عربي अंग्रेजी उर्दू
भन: 'हे अल्लाह! मलाई मार्गदर्शन गर र सही दिशा देखाऊ।' मार्गदर्शनको अर्थ सही बाटो देखाउनु हो र 'सदाद' को अर्थ तीरको सही निशाना लाग्नु हो।
عربي अंग्रेजी उर्दू
के म तिमीहरूले मागेको भन्दा उत्तम कुरा नभनुँ ? जब तिमीहरू आफ्नो ओछ्यानमा जान्छौ, तब सुत्ने बेला ‘सुब्हानल्लाह’ ३३ पटक, ‘अल्हम्दु-लिल्लाह’ ३३ पटक र ‘अल्लाहु-अक्बर’ ३४ पटक भन, यो तिमी दुवैको लागि दास भन्दा राम्रो छ ।”
عربي अंग्रेजी उर्दू
तिमीले बिहान र बेलुका तीन-तीन पटक"{कुल हुवल्लाहु अहद} (सूरह इख्लास) र दुई मुअव्विजात (सूरह फलक र सूरह नास) पढ्नु। यी ले तिमीलाई हरेक कुराबाट जोगाउनेछन्।
عربي अंग्रेजी उर्दू
जसले यो प्रार्थना तीन पटक पढ्छ: "अल्लाहको नाममा, जसको नामले पृथ्वी वा आकाशमा कुनै पनि कुराले हानि गर्न सक्दैन र उहाँ सर्वश्रोता एवं सर्वज्ञ हुनुहुन्छ।" बिहानसम्म कुनै पनि अचानक विपत्तिले उसलाई आक्रमण गर्नेछैन।
عربي अंग्रेजी उर्दू
“भन : (ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, अल्लाहु-अक्बर कबीरा, वल्हम्दु-लिल्लाहि कषीरा, सुब्हानल्लाहि रब्बिल-आलमीन्, ला हौल वला कुव्वत इल्ला बिल्लाहिल-अजीजिल-हकीम) ।
عربي अंग्रेजी उर्दू
प्रत्येक अनिवार्य नमाज पछि जसले पनि यी मु'अक्किबात (नमाजपछि पढिने जिक्रहरू) पढ्छ, ऊ कहिल्यै असफल हुनेछैन—ती हुन्: ३३ पटक ‘सुभानल्लाह, ३३ पटक ‘अल्हम्दुलिल्लाह र ३४ पटक ‘अल्लाहु अकबर’"।
عربي अंग्रेजी उर्दू
मस्जिदमा प्रवेश गर्दा यो दुआ पढ्नुहुन्थ्यो: ‘अऊजु बिल्लाहिल्-अजीम् व बिवज्हिहिल्-करीम्, व सुल्तानिहिल्-कदीम्, मिनश्-शैतानिर्रजीम्’
عربي अंग्रेजी उर्दू
शैतान तिमीहरु मध्ये कसै कहाँ आउँछ र भन्छ: यो कसले सृष्टि गर्यो ? र यो कसले रचना गर्यो ? यो क्रम चलिरहन्छ यहाँ सम्म उसले सोध्न थाल्छ : तिम्रो रब (पालनकर्ता) लाई कसले सृष्टि गर्यो ? यस्तो कुरा दिमागमा आउन साथ शैतानको उपद्रोबाट अल्लाहको शरण लिनुपर्छ र यस्त खराब विचार त्याग्नु पर्छ" ।
عربي अंग्रेजी उर्दू
जब तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्छ भने उसले (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) र जब बाहिर निस्कन्छ भने (अल्लाहुम्म इन्नी अस्-अलुक मिन्-फज्लिक्) पढ्नुपर्छ ।
عربي अंग्रेजी उर्दू
यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर
عربي अंग्रेजी उर्दू
हे मानिसहरू! अल्लाहसामु पश्चात्ताप गर र उहाँसँग क्षमा माग, किनकि म आफैं पनि दिनमा सय पटक पश्चात्ताप गर्छु।
عربي अंग्रेजी उर्दू
जब कुनै मुस्लिमले पाप वा नाता सम्बन्ध तोड्ने काम नगरी कुनै दुआ गर्छ, अल्लाहले उसलाई तीन चीजहरू मध्ये एउटा निश्चित रूपमा प्रदान गर्नुहुन्छ: कि त सको दुआ स्वीकार गर्नुहुन्छ, वा उसको दुआलाई परलोकको लागि भण्डारण गर्नुहुन्छ वा उसलाई कुनै घटनाबाट जोगाई दिनुहुन्छ।" साथीहरूले सोधे: "त्यसो भए हामी अत्यधिक दुआ गर्छौं " नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाह धेरै उदार हुनुहुन्छ।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुःख पर्दा भन्नुहुन्थ्यो: "ला इलाह इल-लल्लाहुल-अजीमुल हलीम, ला इलाह इल-लल्लाहुल-रब्बुल-अर्शल-अजीम, ला इलाह इल-लल्लाहु रब्बुस्समावाति व रब्बुल-अर्दी वा रब्बुल-अर्शील-करीम।" अर्थ: अल्लाह बाहेक अरु कोही अल्लाह छैन। महान सिंहासनको स्वामी अल्लाह बाहेक अरु कोही अल्लाह छैन। आकाश, पृथ्वी र महान सिंहासनको स्वामी अल्लाह बाहेक अरु कोही अल्लाह छैन।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सज्दा गर्दा यो दुआ पढ्नुहुन्थ्यो: "हे अल्लाह! मेरा साना र ठूला, विगतका र वर्तमानका, खुला र लुकेका सबै पापहरू क्षमा गर्नुहोस्।
عربي अंग्रेजी उर्दू
वास्तवमा, तिम्रो पालनकर्ता लजालु र उदार हुनुहुन्छ। जब कुनै व्यक्तिले उहाँको अगाडि आफ्नो हात फैलाउँछ, उहाँ तिनीहरूलाई खाली फर्काउन लज्जित महसुस गर्नुहुन्छ।
عربي अंग्रेजी उर्दू
जब मानिसहरू कुनै सभामा बस्छन् जहाँ तिनीहरूले अल्लाहलाई सम्झँदैनन् र उनका नबीमाथि दरुद पठाउँदैनन्, तब त्यो सभा तिनीहरूको लागि हानिको कारण हो। त्यसपछि यदि अल्लाहले चाहनुहुन्छ भने, तिनीहरूलाई दण्ड दिनुहुनेछ र यदि उहाँले चाहनुहुन्छ भने तिनीहरूलाई क्षमा गर्नुहुनेछ।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) व्यापक प्रार्थनाहरू मन पराउनुहुन्थ्यो र गैर-व्यापक प्रार्थनाहरू त्याग्नुहुन्थ्यो।
عربي अंग्रेजी उर्दू
तिमीहरू हावालाई सराप नदेऊ। यदि तिमीले मन नपर्ने कुरा देख्यौ भने भन: हे अल्लाह! हामी यस हावाको भलाइ, यसमा भएको कुराको भलाइ र उनलाई गर्न आज्ञा गरिएको भलाइ माग्छौं। हे अल्लाह! हामी यस हावाको नराम्रोबाट, यसमा भएका कुराहरूको नराम्रोबाट र उनलाई गर्न आज्ञा गरिएको नराम्रोबाट तपाईंको शरण चाहन्छौं।
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये कसैले यसो नभन: हे अल्लाह! यदि तपाईं चाहनुहुन्छ भने, मलाई क्षमा गर्नुहोस्, यदि तपाईं चाहनुहुन्छ भने, ममाथि दया गर्नुहोस्। बरु, उसले दृढताका साथ माग्नु पर्छ, किनकि कसैले पनि अल्लाहलाई बाध्य गर्न सक्दैन।
عربي अंग्रेजी उर्दू
जसको अगाडि मेरो नाम लिइन्छ र उसले ममाथि दरूद पठाउँदैन, त्यसको नाक धुलोले भरियोस्; जसको अगाडि रमजान आउँछ र जान्छ र उसले त्यसमा क्षमा याचना गर्दैन, त्यसको नाक धुलोले भरियोस्; जसले आफ्नो आमाबाबुलाई बुढेसकालमा पाउँछ र तिनीहरूको (सेवा) ले उसलाई स्वर्गमा प्रवेश दिँदैनन्, त्यसको नाक धुलोले भरियोस्।
عربي अंग्रेजी उर्दू
आदमका सन्तानका हृदयहरू अल्लाहका दुई औंलाहरूको बीचमा छन्, मानौं तिनीहरू सबै एउटै हृदय हुन्। उहाँले तिनीहरूलाई जसरी चाहनुहुन्छ घुमाउनुहुन्छ।
عربي अंग्रेजी उर्दू