عن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«لَأَنْ أَقُولَ: سُبْحَانَ اللهِ، وَالْحَمْدُ لِلهِ، وَلَا إِلَهَ إِلَّا اللهُ، وَاللهُ أَكْبَرُ، أَحَبُّ إِلَيَّ مِمَّا طَلَعَتْ عَلَيْهِ الشَّمْسُ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2695]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
“सुब्हानल्लाह्, वल्-हम्दु लिल्लाह्, वला इलाह इल्-लल्लाह्, वल्लाहु अक्बर’ भन्नु मेरो लागि यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा प्रिय छ ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2695]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, यी महत्त्वपूर्ण शब्दहरूद्वारा अल्लाहको जिक्र गर्नु र उहाँलाई सम्झनु यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा राम्रो छ र ती हुन्:
"सुब्हानल्लाह्": अल्लाह सबै किसिमको कमीकमजोरीहरू बाट पवित्र हुनुहुन्छ ।
"अल्-हम्दु लिल्लाह् ": अल्लाहका पूर्णताको विशेषता, माया, सम्मान र श्रद्धाका साथमा वर्णन गरिएको छ ।
"ला इलाह इल्-लल्लाह् ": अल्लाह बाहेक कोही सत्य ईश्वर छैन ।
"अल्लाहु अकबर": अल्लाह सबै भन्दा महान र शक्तिशाली हुनुहुन्छ ।

हदीसका केही फाइदाहरू

  1. अल्लाहको जिक्र (स्मरण) गर्न प्रोत्साहित, किनकि उहाँको सम्झना यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा राम्रो छ ।
  2. अत्यधिक जिक्र गर्न प्रोत्साहन; किनभने यसमा धेरै पुण्य र ठूलो पुरस्कार छ ।
  3. संसारका भोगहरू थोरै छन् र ती सबै समाप्त हुनेछन् ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (62)
थप