+ -

عن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«لَأَنْ أَقُولَ: سُبْحَانَ اللهِ، وَالْحَمْدُ لِلهِ، وَلَا إِلَهَ إِلَّا اللهُ، وَاللهُ أَكْبَرُ، أَحَبُّ إِلَيَّ مِمَّا طَلَعَتْ عَلَيْهِ الشَّمْسُ».

[صحيح] - [رواه مسلم]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
“सुब्हानल्लाह्, वल्-हम्दु लिल्लाह्, वला इलाह इल्-लल्लाह्, वल्लाहु अक्बर’ भन्नु मेरो लागि यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा प्रिय छ ।"

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, यी महत्त्वपूर्ण शब्दहरूद्वारा अल्लाहको जिक्र गर्नु र उहाँलाई सम्झनु यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा राम्रो छ र ती हुन्:
"सुब्हानल्लाह्": अल्लाह सबै किसिमको कमीकमजोरीहरूबाट पवित्र हुनुहुन्छ ।
"अल्-हम्दु लिल्लाह् ": अल्लाहका पूर्णताका विशेषताहरू माया, सम्मान र श्रद्धाका साथमा वर्णन गरिएको छ ।
"ला इलाह इल्-लल्लाह् ": अल्लाह बाहेक कोही सत्य ईश्वर छैन ।
"अल्लाहु अकबर": अल्लाह सबै भन्दा ठूलो र शक्तिशाली हुनुहुन्छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. अल्लाहको जिक्र (स्मरण) गर्न प्रोत्साहित, किनकि उहाँको सम्झना यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा राम्रो छ ।
  2. अत्यधिक जिक्र गर्न प्रोत्साहन; किनभने यसमा धेरै पुण्य र ठूलो पुरस्कार छ ।
  3. संसारका भोगहरू थोरै छन् र ती सबै समाप्त हुनेछन् ।
थप