+ -

عَنِ أبي زُهير عُمَارَةَ بْنِ رُؤَيْبَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صلى الله عليه وسلم:
«لَنْ يَلِجَ النَّارَ أَحَدٌ صَلَّى قَبْلَ طُلُوعِ الشَّمْسِ وَقَبْلَ غُرُوبِهَا»

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 634]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु)द्वारा वर्णन छ, भन्नु हुन्छ: अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भयो :
सुर्योदय भन्दा पहिलेको नमाज र सूर्यास्त भन्दा पहिलेको नमाज पढ्ने वाला कदापि आगो (नरक)मा जान सक्दैन । "

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 634]

व्याख्या

अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि कोही पनि व्यक्ति, जसले फज्र र असरको नमाज पढेको छ र यसमा निरन्तरता राखेको छ, नरकमा प्रवेश गर्ने छैन।
यी दुई नमाजलाई विशेष रूपमा उल्लेख गर्नुभएको छ किनभने यी सबैभन्दा कठिन नमाज हुन्। फज्रको समय निद्रा र आरामको चरममा हुन्छ, जबकि असरको समय दिनभरका काम र व्यापारमा व्यस्त हुने समय हो।
जो व्यक्ति यी दुःखसहितका दुई नमाजलाई नियमित रूपमा कायम राख्छ, ऊ बाँकी नमाजहरू पनि नियमित रूपमा पढ्नेछ।

हदीसका केही फाइदाहरू

  1. बिहान र बेलुकाको नमाजहरूको विशेषता, सो यिनको खास ख्याल राख्नुपर्छ।
  2. जो व्यक्ति यी नमाजहरू अदा गर्छ, ऊ प्रायः आलस्य र दिखावटबाट मुक्त हुन्छ र इबादतलाई प्रेम गर्ने स्वभावको हुन्छ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज लिथुआनियाली एल्ड्रेया सर्बियाई किन्यारवाण्डा रोमानियन हंगेरी الموري मालागासी ओरोमो कन्नड الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप