+ -

عن جُندب بن عبد الله القَسْرِِي رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«مَنْ صَلَّى صَلَاةَ الصُّبْحِ فَهُوَ فِي ذِمَّةِ اللهِ، فَلَا يَطْلُبَنَّكُمُ اللهُ مِنْ ذِمَّتِهِ بِشَيْءٍ، فَإِنَّهُ مَنْ يَطْلُبْهُ مِنْ ذِمَّتِهِ بِشَيْءٍ يُدْرِكْهُ، ثُمَّ يَكُبَّهُ عَلَى وَجْهِهِ فِي نَارِ جَهَنَّمَ».

[صحيح] - [رواه مسلم]
المزيــد ...

जुनदुब बिन अब्दुल्लाह अल- कसरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले बिहानको सलाह पढ्छ, ऊ अल्लाहको सुरक्षामा हुन्छ । त्यसैले, अल्लाहको जिम्मेवारीमा कुनै गडबडी गरेर यो अवसर नगुमाउनु होस् । यदि अल्लाहले आफ्नो जिम्मेवारीमा हस्तक्षेप गरेको कारण कसैलाई समाउन चाहनुभयो भने, उहाँले सजिलोसंग समात्न सक्हुनुन्छ र अन्धाधुन्ध नरकमा फ्याँकिनुहुनेछ ।"

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भनिरहनु भएको छ, जसले फजरको नमाज पढ्छ, ऊ अल्लाहको सुरक्षा र निगरानीमा हुन्छ । अल्लाहले उसको रक्षा गर्नुहुन्छ, उसको लागि बदला लिनुहुन्छ र सहायता गर्नुहुन्छ ।
त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो सुरक्षा उल्लङ्घन नगर्न चेतावनी दिनुभयो । यो सुरक्षा तोड्ने एउटा रूप फजर नमाज छोड्नु हो र अर्को रूप फजर नमाज पढाउने व्यक्तिलाई दुर्व्यवहार र यातना दिनु हो । जसले यो गर्‍यो उसले यस संरक्षणको पर्खाललाई भत्कायो र अधिकार बेवास्ता गरेकोमा अल्लाहले उसलाई बोलाउनु हुनेछ र जसलाई अल्लाहले बोलाउनुहुन्छ, उसलाई भेट्टाउनुहुनेछ र त्यसपछि उसलाई अनुहारमा घिसारेर नरकमा फालिदिनु हुनेछ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. फजर नमाजको सद्गुण र महत्व ।
  2. फजर नमाज पढाउने व्यक्तिलाई दुर्व्यवहार गर्ने विरुद्ध कडा चेतावनी ।
  3. अल्लाहले आफ्ना धर्मी सेवकहरूलाई दुर्व्यवहार गर्नेहरूबाट बदला लिनुहुन्छ।
थप