हदीसहरूको सूची

खानाको उपस्थितिमा वा कुनै व्यक्तिलाई दिसापिसाब लागेको छ भने नमाज पढ्नु हुँदैन ।
عربي अंग्रेजी उर्दू
इमामले शुक्रबारको दिन खुत्बा (उपदेश) दिइरहेको बेला यदि तिमीले आफ्नो साथीलाई चुप लाग्न भन्यौ भने तिमीले पनि गलत (व्यर्थ) काम गरेको हुन्छौ।
عربي अंग्रेजी उर्दू
हे अल्लाह! मेरो कब्र (चिहान) लाई मूर्ति नबनाउनु
عربي अंग्रेजी उर्दू
वास्तवमा, मुनाफिक (पाखंडी) हरूका लागि सबैभन्दा भारी नमाज ईशा र फजरका नमाज हुन् । यदि तिनीहरूले यी नमाजहरूको महत्व थाहा पाएको भए घस्रेर भए पनि (मस्जिद) आउने थिए
عربي अंग्रेजी उर्दू
दैनिक पाँच नमाज, र एक शुक्रवारदेखि अर्को शुक्रबार (सम्मको प्रार्थना) र एक रमजानदेखि अर्को रमजान (सम्मको उपवास) ले ती दिनहरु बीच भएका पापहरू लाई मेटाई दिन्छ, यस शर्त साथ कि व्यक्तिले ठूला पापहरूबाट आफूलाई जोगाइ रहोस् ।
عربي अंग्रेजी उर्दू
जसले ‘लैलतुल-कद्र’ (सम्मानित रात) मा विश्वास र पुण्यको आशा राख्दै कियाम (उपासना) गर्दछ, उसका अघिल्ला सबै पापहरू क्षमा हुनेछन्।
عربي अंग्रेजी उर्दू
जसले बिहानको नमाज पढ्छ, ऊ अल्लाहको सुरक्षामा हुन्छ
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजमा सलाम फेरिसकेपछि यो दुआहरू पढेर अल्लाहको प्रशंसा व्यक्त गर्नुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
जसले असरको नमाज छोड्छ, उसको कर्म व्यर्थ हुन्छ ।
عربي अंग्रेजी उर्दू
चिहानहरूमाथि नबस्नु र त्यसतर्फ मुख गरेर नमाज नपढ्नु।
عربي अंग्रेजी उर्दू
तिनीहरू यस्ता मानिसहरू थिए, जब तिनीहरूमध्ये कुनै धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो भने, तिनीहरूले उसको चिहानमाथि मस्जिद बनाइदिन्थे
عربي अंग्रेजी उर्दू
मलाई सात हड्डी (अंग) हरू : निधार, र उहाँले आफ्नो हातले आफ्नो नाकतिर संकेत गर्नुभयो, दुवै हात, दुबै घुँडा र दुबै खुट्टाको औंलाहरूमा सजदा गर्न आदेश दिइएको छ।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई सजदाको बीचमा यो दुआ पढ्नु हुन्थ्यो: "अल्ला हुम्मग फिर्ली, वर्हम्नी व आफिनी वह्दिनी वर्जुकनी ।" (हे अल्लाह! मलाई क्षमा गर्नुहोस्, ममाथि दया गर्नुहोस्, मलाई शान्ति दिनुहोस्, मलाई मार्गदर्शन गर्नुहोस् र मलाई जीविका दिनुहोस्) ।
عربي अंग्रेजी उर्दू
अल्लाहुम्म अन्तस्सलाम व मिन्कस्सलाम तबारक्त या जल्-जलालि वल्-इक्राम्
عربي अंग्रेजी उर्दू
उभिएर नमाज पढ्नु, नसक्ने भए बसेर नमाज पढ्नु र यो पनि सम्भव भएन भने कोल्टे परेर नमाज पढ्नु ।
عربي अंग्रेजी उर्दू
के तपाईं अजान सुन्नुहुन्छ ?" उनले जवाफ दिए, "हो, म सुन्छु" त्यसपछि उहाँले भन्नुभयो: "त्यसो भए तपाइँ नमाज पढ्न मस्जिदमा आउनुपर्छ ।
عربي अंग्रेजी उर्दू
इस्लाम पाँच कुराहरूमा आधारित छ
عربي अंग्रेजी उर्दू
यदि मैले अनिवार्य सलाह (नमाज) हरू कायम गरें, रमजानमा उपवास राखें र हलाल (वैध) लाई हलाल माने र हरामलाई त्यागे
عربي अंग्रेजी उर्दू
तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई (ती शब्दहरुको वाचनको प्रतिफल र अल्लाहको महिमा ले) भरि दिन्छ
عربي अंग्रेजी उर्दू
जब मुअज्जिन (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ र (जवाफमा) तिमीहरूमध्ये कसैले (अल्लाहु अक्बर, अल्लाहु अक्बर)
عربي अंग्रेजी उर्दू
यदि कुनै व्यक्तिले नमाज पढ्न बिर्सियो भने याद आउने बित्तिकै नमाज पढ्नुपर्छ र यो नै यसको प्रायश्चित हो
عربي अंग्रेजी उर्दू
वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।
عربي अंग्रेजी उर्दू
हामी र तिनीहरूको बीचमा रहेको फरक सलाह हो । जसले यसलाई त्याग्छ उसले कुफ्र गर्यो ।
عربي अंग्रेजी उर्दू
जब तपाईंहरू अजान सुन्नुहुन्छ भने मुअज्जिनले भने जस्तै भन्नुहोस् ।
عربي अंग्रेजी उर्दू
आफ्ना सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस्; किनकि सफ (पङ्क्ति) हरू सीधा गर्नु पूर्ण नामाजको एक भाग हो ।
عربي अंग्रेजी उर्दू
मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट दस रकाअतहरू सिकेको छु
عربي अंग्रेजी उर्दू
के तिमीहरूमध्ये जसले इमाम भन्दा अगाडि आफ्नो टाउको उठाउँछ - अल्लाहले उसको टाउकोलाई गधाको टाउकोमा परिणत गर्दिन वा अल्लाहले उसको छविलाई गधा जस्तै बनाइदिने डर छैन ?
عربي अंग्रेजी उर्दू
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) (तकबीर) भनेर नमाज शुरु गर्नुहुन्थ्यो र जब रुकुको लागि तकबीर भन्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हातहरू काँध बराबर उठाउनु हुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई तशह्हुद सिकाउनु हुन्थ्यो जसरी उहाँले मलाई कुरानको सुरह सिकाउनुहुन्थ्यो
عربي अंग्रेजी उर्दू
अल्लाहुम्म इन्नी अऊजु बिक मिन् अजाबिल्-कब्र, व मिन् अजाबिन्नार, व मिन् फित्-नतिल्-मह्-या वल्-ममात्, व मिन् फित्-नतिल् मसीहिद्-दज्जाल्
عربي अंग्रेजी उर्दू
अल्लाहुम्म बाइद् बैनी व बैन खता-याय, कमा बाअत्त बैनल्-मश्रिकि वल्मग्रिब्
عربي अंग्रेजी उर्दू
कुन कर्म अल्लाहलाई सबैभन्दा प्रिय छ? उहाँले जवाफ दिनुभयो: "समयमा नमाज पढ्नु ।" त्यसपछि के? उहाँले भन्नुभयो: "आमाबाबुसँग राम्रो व्यवहार गर्नु ।" त्यसपछि के? उहाँले जवाफ दिनुभयो: "अल्लाहको मार्गमा जिहाद (युद्ध) गर्नु
عربي अंग्रेजी उर्दू
मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संग अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ भन्ने गवाही दिने, नमाज स्थापना गर्ने, जकात तिर्ने, हाकिम प्रति वफादारी गर्ने र हरेक मुस्लिमको कल्याण गर्नेछु भनेर बैअत (प्रतिज्ञा) गरें ।
عربي अंग्रेजी उर्दू
कि हरेक फर्ज नमाज पछि यो पढ्न न छोड्नु , " अल्लाहुम्म अइन्नी अला जिक्रिक व शुक्रिक व हुस्नि इबादतिक " (अनुवाद ; हे अल्लाह ! मेरो मद्दत गरि दिनुहोस् तपाईँको जिक्रमा र तपाइँको आभारमा र तपाईँको उत्तम उपासनामा )
عربي अंग्रेजी उर्दू
हे अल्लाह! म तपाईको क्रोधबाट बच्न तपाईको प्रसन्नतामा शरण लिन्छु, तपाईको सजायबाट बच्न तपाईको क्षमामा शरण लिन्छु। र म तपाईबाटै तपाईमा शरण लिन्छु। म तपाईको प्रशंसा गर्न असमर्थ छु, जस्तो तिमीले आफैलाई प्रशंसा गर्नुभएको छ "।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम)को सामु एक व्यक्तिको चर्चा भयो, जसले रातभर सुतेर बिहानसम्म उठेन। उहाँले भन्नुभयो: " यो त्यो व्यक्ति हो, जसको कानमा वा दुवै कानमा शैतानले पिसाब गरेको छ।
عربي अंग्रेजी उर्दू
''अल्लाहको लागि अत्याधिक सज्दा गर्नु, किनकि तिमीले गरेको हरेक सज्दाले अल्लाह ले तिम्रो एक स्तर बढाउनुहुन्छ र एक पाप मेटाउनुहुन्छ ।''
عربي अंग्रेजी उर्दू
जसले दुई शीतल समयको नमाज पढ्छ ऊ स्वर्ग मा प्रवेश गर्नेछ ।
عربي अंग्रेजी उर्दू
जमातका साथ पढिएको नमाज बजार वा घरमा पढिएको नमाज भन्दा बीस दर्जा बढी हुन्छ
عربي अंग्रेजी उर्दू
जसले लसुन वा प्याज खाएको छ, ऊ हामीदेखि परै रहोस्" वा उहाँले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो : "ऊ हाम्रो मस्जिद भन्दा टाढै रहोस् र ऊ आफ्नै घरमा बसोस् ।
عربي अंग्रेजी उर्दू
तिमीहरूले के सोच्छौ, यदि तिमीहरूमध्ये कसैको घरको ढोकामा एउटा नदी बगिरहेको होस् र ऊ दिनको पाँच पटक त्यसमा स्नान गर्छ भने, के त्यो उसको शरीरमा कुनै मैलो बाँकी रहन्छ?
عربي अंग्रेजी उर्दू
आफ्ना छोराछोरीहरू सात वर्षको हुँदा सलाह (नमाज) पढ्न आदेश दिनु र दस वर्षको हुँदा तिनीहरूलाई (नमाज नपढे) पिट्नु र उनीहरूको ओछ्यान अलग गर्दिनु ।
عربي अंग्रेजी उर्दू
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीकहाँ आउनुभयो, हामीले भन्यौं: हे अल्लाहका रसूल! तपाईंलाई सलाम (अभिवादन) कसरी गर्ने भनेर हामीले सिकेका छौं, तर तपाईंमाथि दरुद कसरी पठाउने ?
عربي अंग्रेजी उर्दू
जसले सूरह फातिहा पढेन, उसको नमाज भएन ।
عربي अंग्रेजी उर्दू
जसले जुमा (शुक्रबार) को दिन जनाबत (यौनसम्बन्ध पछि) को स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिदतर्फ जान्छ, उसले दानमा ऊँट दिए जस्तै हो
عربي अंग्रेजी उर्दू
जसले राम्रोसँग वुजू गर्छ, त्यसपछि जुमाको नमाजमा आउँछ र चुपचाप खुत्बा (उपदेश) सुन्छ र मौन रहन्छ, उसका एक शुक्रबारदेखि अर्को शुक्रबारसम्म र थप तीन दिनका पापहरू क्षमा हुन्छन्
عربي अंग्रेजी उर्दू
जो बिहान वा बेलुका मस्जिद जान्छ, बिहान बेलुका जतिखेर मस्जिद गए पनि अल्लाह तआलाले उसका लागि जन्नतमा स्वागतका लागि स्थान तयार पार्नेछन्, ।
عربي अंग्रेजी उर्दू
“हे मानिसहरू, सलाम (अभिवादन) फैलाउनु, खाना खुवाउनु, पारिवारिक सम्बन्ध कायम गर्नु र मानिसहरू सुतिरहेको बेला रातमा नमाज पढ्नु, (यसो गरेमा) तिमीहरू शान्तिका साथ जन्नत (स्वर्ग) मा प्रवेश गर्नेछौ ।”
عربي अंग्रेजी उर्दू
सुर्योदय भन्दा पहिलेको नमाज र सूर्यास्त भन्दा पहिलेको नमाज पढ्ने वाला कदापि आगो (नरक)मा जान सक्दैन ।
عربي अंग्रेजी उर्दू
जब फर्ज नमाजको समय हुन्छ र एउटा मुस्लिमले राम्रोसँग वुजू गर्छ र नम्रताका साथ राम्रोसँग रूकु र सज्दा गरी नमाज पढ्छ भने त्यो नमाज उसको अघिल्लो पापहरूका लागि प्रायश्चित हुन्छ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन, र यो सधैं हुनेछ ।
عربي अंग्रेजी उर्दू
प्रत्येक अनिवार्य नमाजपछि तस्बीहको पालना गर्नेहरू असफल हुनेछैनन् । सुब्हानल्लाह ३३ पटक, अल-हम्दु लिल्लाह ३३ पटक र अल्लाहु अकबर ३४ पटक ।
عربي अंग्रेजी उर्दू
जसले मुअज्जिन (अजान दिने) लाई सुनेपछि भन्छ, ‘अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुहु, रजीतु बिल्लाहि रब्बा व बि मुहम्मदिन् रसूला व बिल्-इस्लामि दीना’ उसका पापहरू क्षमा हुनेछन् ।
عربي अंग्रेजी उर्दू
शुक्रबारको दिन स्नान गर्नु हरेक वयस्कमाथि अनिवार्य छ, साथै दाँत माझ्नु र यदि सम्भव छ भने इत्र (सुगन्ध) लगाउनु।
عربي अंग्रेजी उर्दू
जसले अज़ान सुनेपछि भन्छ: اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ التَّامَّةِ، وَالصَّلاَةِ القَائِمَةِ، آتِ مُحَمَّدًا الوَسِيلَةَ وَالفَضِيلَةَ، وَابْعَثْهُ مَقَامًا مَحْمُودًا الَّذِي وَعَدْتَهُ (हे अल्लाह! यस सम्पूर्ण आह्वान र स्थिर प्रार्थनाका मालिक, मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई वसीला (जन्नतमा सबै भन्दा ऊँच्च स्थान) र श्रेष्ठतम दर्जा प्रदान गर्नुहोस्, र उहाँलाई त्यो प्रशंसनीय स्थान दिनुहोस् जुन तपाईंले उहाँलाई वाचा गर्नुभएको हो), उसलाई कियामतको दिन मेरो शफाअत प्राप्त हुनेछ ।
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये कोही पनि एउटा कपडामा यस अवस्थामा नमाज नपढोस् कि उसका काँधमाथि केही नहोस्।
عربي अंग्रेजी उर्दू
जब तिमी सज्दा गर्छौ, आफ्ना हत्केला जमीनमा राख र कुहिनोलाई उठाऊ।
عربي अंग्रेजी उर्दू
मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) संग नमाज पढें। उहाँले आफ्नो दाहिने पट्टि यसरी सलाम गर्नुहुन्थ्यो: 'अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह।' अनि आफ्नो बायाँ पट्टि यसरी सलाम गर्नुहुन्थ्यो: 'अस्सलामु अलैकुम व रहमतुल्लाह।'
عربي अंग्रेजी उर्दू
जसले प्रत्येक नमाजपछि ‘सुब्हानअल्लाह्’ ३३ पटक, ‘अल्हम्दु-लिल्लाह्’ ३३ पटक, ‘अल्लाहु-अक्बर’ ३३ पटक, यो कुल ९९ पटक भयो र ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १ पटक भनेर १०० पुरा गर्छ भने उसका सम्पूर्ण पापहरू क्षमा हुनेछन्, चाहे त्यो समुद्रको फिज (फेन) बराबर भए पनि ।”
عربي अंग्रेजी उर्दू
जसले हरेक फर्ज नमाजपछि 'आयतुल कुर्सी' पढ्छ, उसलाई मृत्यु बाहेक अरू कुनै चीजले स्वर्ग जानबाट रोक्न सक्दैन ।
عربي अंग्रेजी उर्दू
जब तिमीहरूमध्ये कसैलाई आफ्नो नमाजमा शंका लाग्छ र उसले तीन वा चार कति रकातहरू पढेको हो थाहा छैन भने उसले शङ्कालाई छोडेर विश्वासमा भर पर्नुपर्छ र त्यसपछि सलाम फेर्नु अघि दुईवटा सज्दा गर्नुपर्छ
عربي अंग्रेजी उर्दू
नबी (सलल्लाहु अलैहि वसल्लम)ले चार रकआत (सुन्नत) जुहरको नमाजअघि र दुई रकआत (सुन्नत) फज्रको नमाजअघि कहिल्यै छोड्नुहुन्नथ्यो।
عربي अंग्रेजी उर्दू
जो व्यक्तिले जुहरको नमाजअघि चार रकआत (सुन्नत) र जुहरपछि चार रकआत (सुन्नत) नियमित रूपमा अदा गर्छ, अल्लाहले उसलाई नर्कबाट जोगाउनु हुनेछ।
عربي अंग्रेजी उर्दू
रसूलुल्लाह (सलल्लाहु अलैहि वसल्लम)ले फज्रको नमाजका दुई रकआतहरूमा { सूरा अल-काफिरून} र {सूरा अल-इखलास} पाठ गर्नु हुन्थ्यो।
عربي अंग्रेजी उर्दू
(नमाजमा) पुरुषहरूको सबैभन्दा राम्रो पङ्क्ति (सफ) तिनीहरूको पहिलो पङ्क्ति हो र सबैभन्दा खराब पङ्क्ति तिनीहरूको अन्तिम पङ्क्ति हो । जबकि महिलाहरूको सबैभन्दा राम्रो पङ्क्ति तिनीहरूको अन्तिम पङ्क्ति हो र सबैभन्दा खराब पङ्क्ति तिनीहरूको पहिलो पङ्क्ति हो ।
عربي अंग्रेजी उर्दू
अल्लाहका रसूल (सलल्लाहु अलैहि वसल्लम)ले एक पुरुषलाई देख्नुभयो जसले अलगै एक्लै पंक्तिको पछाडि नमाज अदा गरिरहेको थियो। त्यसपछि उहाँले उसलाई आफ्नो नमाज फेरि अदा गर्न निर्देशन दिनुभयो।
عربي अंग्रेजी उर्दू
मुनाफिक (पाखण्डी) हरूका लागि यी दुई नमाजहरू सबैभन्दा कठिन छन् । यदि तिमीहरूलाई यी दुई नमाज को सवाब (पुण्य) थाहा भएको भए तिमीहरूले पक्कै पनि आउने थियौ, यद्यपि घुँडा घस्रेर भए पनि ।
عربي अंग्रेजी उर्दू
तीन व्यक्तिहरूबाट कलम उठाइएको छ: सुतिरहेको व्यक्तिबाट नब्युँझुन्जेलसम्म, नाबालकबाट बालिग नहुन्जेलसम्म र पागलबाट चेतना नआउन्जेलसम्म ।
عربي अंग्रेजी उर्दू
मेरो नाम जमाम बिन षाल्बा हो र म साद बिन बकर जनजाति को भाई हुँ ।
عربي अंग्रेजी उर्दू
जब तपाइँले मुअज्जिनले अजान दिइरहेको सुन्नुहुन्छ, उसले भने जस्तै शब्दहरू भन्नुहोस् । त्यसपछि ममाथि दरूद पठाउनुहोस्
عربي अंग्रेजी उर्दू
जसले अल्लाहको लागि मस्जिद बनाउँछ, अल्लाहले उसको लागि स्वर्गमा उस्तै घर बनाउनु हुन्छ ।
عربي अंग्रेजी उर्दू
मेरो यो मस्जिदमा पढिएको एक नमाज, मस्जिद हरम (मक्का) बाहेक अन्य मस्जिदहरूमा पढिएको एक हजार नमाज भन्दा उत्तम छ ।
عربي अंग्रेजी उर्दू
तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्दा, उसले बस्नु अघि दुई रकात नमाज पढोस्।
عربي अंग्रेजी उर्दू
जब तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्छ भने उसले (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) र जब बाहिर निस्कन्छ भने (अल्लाहुम्म इन्नी अस्-अलुक मिन्-फज्लिक्) पढ्नुपर्छ ।
عربي अंग्रेजी उर्दू
हे बिलाल! नमाजको स्थापना गर (अजान देऊ) र यसद्वारा हामीलाई शान्ति दिऊ ।
عربي अंग्रेजी उर्दू
हे मानिसहरू! मैले तिमीहरूलाई तालिम दिनका लागि यसो गरेको हो, ताकि तिमीहरू मलाई देखेर मैले पढेको जस्तो नमाज पढ्न सिक।
عربي अंग्रेजी उर्दू
जब तपाईंहरू नमाज पढ्नुहुन्छ भने आफ्ना सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस् । त्यसपछि तपाईंहरूमध्ये एकले इमामत गरोस् । जब इमामले तकबीर भन्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस्
عربي अंग्रेजी उर्दू
अल्लाहको कसम, जसको हातमा मेरो जीवन छ, म तपाईंहरूमध्ये सबै भन्दा बढी अल्लाहको रसूलसँग मिल्दोजुल्दो नमाज पढ्ने व्यक्ति हुँ । उहाँ यसरी नै नमाज पढ्नु हुन्थ्यो यहाँसम्म कि उहाँको निधन भयो ।
عربي अंग्रेजी उर्दू
सबैभन्दा खराब चोर त्यो व्यक्ति हो जसले आफ्नो नमाज मा चोरी गर्छ ।" एक साथीले नमाजमा चोरी गर्नुको अर्थ के हो भनेर सोधे, उहाँले जवाफ दिनुभयो: "नमाजमा चोरी गर्नु भनेको उसले पूर्ण रूपमा रुकुअ र सज्दा नगर्नु हो।
عربي अंग्रेजी उर्दू
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो पीठ उठाउनुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: ‘समिअल्लाहु लिमन् हमिदह्
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य नमाज पछि यो दुआ पढ्नुहुन्थ्यो
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा यो दुआ : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर
عربي अंग्रेजी उर्दू
प्रत्येक दुई अजानको (अजान र इकामत) बीचमा एक नमाज हुन्छ, प्रत्येक दुई अजानको (अजान र इकामत) बीचमा एक नमाज हुन्छ र त्यसपछि तेस्रो पटकमा उहाँले भन्नुभयो: "उसको लागि जो पढ्न चाहन्छ ।
عربي अंग्रेजी उर्दू