عن علي رضي الله عنه عن النبي صلى الله عليه وسلم قال:
«رُفِعَ الْقَلَمُ عن ثلاثة: عن النائم حتى يَسْتَيْقِظَ، وعن الصبي حتى يَحْتَلِمَ، وعن المجنون حتى يَعْقِلَ».
[صحيح] - [رواه أبو داود والترمذي والنسائي في الكبرى وابن ماجه وأحمد] - [سنن أبي داود: 4403]
المزيــد ...
अली (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"तीन प्रकारका व्यक्तिहरूबाट (कर्महरूको लेखा-जोखा राख्ने) कलम उठाइएको छ: सुतेको व्यक्तिबाट, जबसम्म ऊ ब्युँझिँदैन, बालकबाट, जबसम्म ऊ बालिग (वयस्क) हुँदैन, र पागल व्यक्तिबाट, जबसम्म ऊ पूर्ण चेतनामा आउँदैन।"
[सही] - [अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 4403]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभएको छ कि आदमका सबै सन्तानहरू आफ्ना कर्मप्रति जवाफदेह हुन्छन्, यी तीन (अवस्थाका मानिसहरू) बाहेक :
१. बालक, जबसम्म ऊ वयस्क (बालिग) हुँदैन।
२. पागल व्यक्ति, जबसम्म उसको चेतना (होस) फर्किदैन ।
३. र सुतिरहेको व्यक्ति, जबसम्म ऊ निद्राबाट ब्युँझिँदैन।
यी तीनै वर्गबाट धार्मिक दायित्व र जवाफदेही हटाइएको छ र ती अवस्थामा भएका पापहरू उनीहरूको कर्म लेखामा चढाइँदैन। तरपनि, बालकले सानो उमेरमा गरेका सत्कर्महरूको पुण्य लेखिन्छ; तर पागल र निद्रामा रहेको व्यक्तिका हकमा भने यो लागू हुँदैन। किनकि यी दुवै यस्तो अवस्थामा हुन्छन्, जहाँ उनीहरूबाट हुने उपासनाको स्वीकार्यता सम्भव हुँदैन, किनकि उनीहरूको चेतना गुमेको हुन्छ।