عن أبي مَرْثَدٍ الغَنَوِيّ رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«لَا تَجْلِسُوا عَلَى الْقُبُورِ، وَلَا تُصَلُّوا إِلَيْهَا».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 972]
المزيــد ...

अबू मरसद गनवी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"चिहानहरूमाथि नबस्नु र त्यसतर्फ मुख गरेर नमाज नपढ्नु।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 972]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले चिहानहरूमाथि बस्न निषेध गर्नुभएको छ ।
त्यसैगरी, यदि कुनै चिहान नमाज पढ्ने व्यक्ति र किब्लाको बीचमा अवस्थित छ भने त्यो चिहानतर्फ मुख फर्काएर नमाज पढ्न निषेध गरिएको छ, किनभने यो शिर्क (बहुदेववाद) तर्फ उन्मुख गराउने माध्यम हो ।

हदीसका केही फाइदाहरू

  1. चिहानमा, चिहानहरूको बीचमा वा चिहानतिर फर्केर नमाज पढ्न निषेध गरिएको छ । तर जनाजा (अन्त्येष्टि) को नमाज यस निषेधको दायरा बाहिर छ, किनभने त्यो सुन्नतद्वारा प्रमाणित छ ।
  2. शिर्कको ढोका बन्द गर्न चिहानतिर फर्केर नमाज पढ्ने निषेध गरिएको छ ।
  3. इस्लामले चिहानको बारेमा बढाइचढाइ गर्न र तिनीहरूको अनादर गर्न दुवै निषेध गरेको छ । त्यसैले कुनै अतिशयोक्ति वा लापरवाही गर्न पाइँदैन ।
  4. मुस्लिमको इज्जत र मर्यादा मृत्यु पछि पनि कायम रहन्छ । किनभने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "मृत व्यक्तिको हड्डी भाँच्नु भनेको जीवित व्यक्तिको हड्डी भाँच्नु जस्तै हो ।"
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (62)
थप