+ -

عن أبي مَرْثَدٍ الغَنَوِيّ رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«لَا تَجْلِسُوا عَلَى الْقُبُورِ، وَلَا تُصَلُّوا إِلَيْهَا».

[صحيح] - [رواه مسلم]
المزيــد ...

अबू मरसद गन्वी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"चिहानहरूमाथि नबस्नुहोस् र त्यसतर्फ मुख गरेर सलाह (प्रार्थना) नपढ्नुहोस् ।"

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले चिहानहरूमाथि बस्न निषेध गर्नुभएको छ ।
त्यसैगरी, चिहानतर्फ मुख फर्काएर सलाह पढ्न निषेध गरिएको छ, जस्तै चिहान सलाह पढ्ने व्यक्ति र किब्लाहको बीचमा अवस्थित छ भने । किनभने यो शिर्क (बहुदेववाद) को माध्यम हो ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. चिहानमा, चिहानहरूको बीचमा वा चिहानतिर फर्केर नमाज पढ्न निषेध गरिएको छ । तर जानाजा (अन्त्येष्टि) को सलाह यस निषेधको दायरा बाहिर छ, किनभने त्यो सुन्नतले प्रमाणित छ ।
  2. शिर्कको ढोका बन्द गर्न चिहानतिर फर्केर नमाज पढ्ने निषेध गरिएको छ ।
  3. इस्लामले चिहानको बारेमा बढाइचढाइ गर्न र तिनीहरूको अनादर गर्न दुवै निषेध गरेको छ । त्यसैले कुनै अतिशयोक्ति वा लापरवाही गर्न पाइँदैन ।
  4. मुस्लिमको इज्जत मरेपछि पनि कायम रहन्छ । किनभने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "मृत व्यक्तिको हड्डी भाँच्नु भनेको जीवित व्यक्तिको हड्डी भाँच्नु जस्तै हो ।"
थप