عن أبي الهيَّاج الأسدي قال:
قَالَ لِي ‌عَلِيُّ بْنُ أَبِي طَالِبٍ: أَلَا أَبْعَثُكَ عَلَى مَا بَعَثَنِي عَلَيْهِ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ؟ أَنْ لَا تَدَعَ تِمْثَالًا إِلَّا طَمَسْتَهُ، وَلَا قَبْرًا مُشْرِفًا إِلَّا سَوَّيْتَهُ.

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 969]
المزيــد ...

अबुल हय्याज असदीले बयान गरेका छन्,
अली बिन अबी तालिब (रजियल्लाहु अन्हु) ले मलाई भन्नुभयो: के म तिमीलाई त्यस मिसन/ अभियानमा नपठाऊ, जसमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई पठाउनुभएको थियो? तिमीले यदि कुनै पनि मुर्तिलाई देख्यौ भने त्यसलाई मेटाई देऊ र कुनै अग्लो कब्र (चिहान) छ भने त्यसलाई समतल गरी देऊ ।

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 969]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना साथीहरूलाई यो भन्दै पठाउनुहुन्थ्यो, जुन मूर्ति भेट्टाउछौ, त्यसलाई नष्ट गरिदेऊ वा मेटाइ देऊ । हदीसमा ‘तिम्साल’ शब्दको प्रयोग भएको छ, जसको अर्थ आत्मा भएको वस्तुको चित्र हो, चाहे त्यो आकारमा होस् वा आकारविहीन ।
त्यसैगरी अग्लो चिहान फेला परेमा त्यसलाई जमिनसँग समतल बनाउने र त्यसमाथि बनेका भवन वा आकृति आदि भत्काउने वा धेरै नउठाउने गरी जमिनसँग समतल बनाउने । यो लगभग एक बित्ता जति अग्लो हुनुपर्छ । त्योभन्दा बढी होइन ।

हदीसका केही फाइदाहरू

  1. जीवित वस्तुको तस्बिर बनाउन हराम हो । किनकि यसले शिर्कतर्फ लैजान्छ ।
  2. शक्ति र अख्तियार भएको व्यक्तिले हातले गलत कुरा हटाउनु शरीयत बाट प्रोत्साहित छ।
  3. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जाहिलीयत (इस्लाम पूर्वको अज्ञानताको) कालका प्रत्येक चिन्हलाई तुरुन्तै हटाउन उत्सुक हुनुहुन्थ्यो, जस्तै चित्रहरू, मूर्तिहरू र चिहानहरूमा बनेका भवनहरू आदि ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (63)
थप