عن أنس رضي الله عنه قال: قال النبي صلى الله عليه وسلم:
«لَا يُؤْمِنُ أَحَدُكُمْ حَتَّى أَكُونَ أَحَبَّ إِلَيْهِ مِنْ وَالِدِهِ وَوَلَدِهِ وَالنَّاسِ أَجْمَعِينَ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 15]
المزيــد ...

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"तिमीहरू मध्ये कोही पनि (पूर्ण) मुमिन (आस्थावान्) हुन सक्दैन, जबसम्म म उसको नजिक उसको बुबाआमा, छोराछोरी र सबै मानिसहरू भन्दा बढी प्रिय हुँदिन।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 15]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, एक मुस्लिम तब मात्र पूर्ण मुमिन हुन सक्छ जब उसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को प्रेमलाई आफ्नो आमा, बुबा, छोरा, छोरी र अन्य सबै मानिसहरूको प्रेम भन्दा उच्च राख्छ । यो प्रेम उहाँको अनुसरण, पालना, समर्थन र उहाँको अवज्ञाबाट टाढा रहेर प्राप्त हुन्छ ।

हदीसका केही फाइदाहरू

  1. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रेम गर्नु अनिवार्य छ र उहाँको प्रेमलाई अन्य सम्पूर्ण प्राणीहरूको प्रेम भन्दा माथि राख्नु पर्छ ।
  2. उहाँसँगको असल र पूर्ण प्रेमको पहिचान भनेको आफ्नो जीउधनका साथ सुन्नतको समर्थन र सहयोग गर्नु हो ।
  3. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को प्रेम भनेको उहाँका आदेशहरूको पालना गर्नु, उहाँले खबर दिनुभएको कुरामा आस्था राख्नु, उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहनु, उहाँको अनुशरण गर्नु र बिदअतहरूबाट जोगिनु आवश्यक छ ।
  4. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अधिकार सबै मानिसहरूको अधिकार भन्दा ठूलो र महत्त्वपूर्ण छ । किनकि उहाँ नै हाम्रा लागि इस्लामका मार्गदर्शक, नर्कबाट मुक्ति र स्वर्गमा प्रवेश गर्ने माध्यम हुनुहुन्छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (62)
थप