+ -

عن أنس رضي الله عنه قال: قال النبي صلى الله عليه وسلم:
«لَا يُؤْمِنُ أَحَدُكُمْ حَتَّى أَكُونَ أَحَبَّ إِلَيْهِ مِنْ وَالِدِهِ وَوَلَدِهِ وَالنَّاسِ أَجْمَعِينَ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 15]
المزيــد ...

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"तिमीहरू मध्ये कोही पनि (पूर्ण) मुमिन(आस्थावान्) हुन सक्दैन, जबसम्म म उसको नजिक उसको बुबाआमा, छोराछोरी र सबै मानिसहरू भन्दा बढी प्रिय हुँदिन।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 15]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, एक मुस्लिम तब मात्र पूर्ण मुमिन हुन सक्छ जब उसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को प्रेमलाई आफ्नो आमा, बुबा, छोरा, छोरी र अन्य सबै मानिसहरूको प्रेम भन्दा उच्च राख्छ । यो प्रेम उहाँको अनुसरण, पालना, समर्थन र उहाँको अवज्ञाबाट टाढा रहेर प्राप्त हुन्छ ।

हदीसका केही फाइदाहरू

  1. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रेम गर्नु अनिवार्य छ र उहाँको प्रेमलाई अन्य सम्पूर्ण प्राणीहरूको प्रेम भन्दा माथि राख्नु पर्छ ।
  2. उहाँसँगको असल र पूर्ण प्रेमको पहिचान भनेको आफ्नो जीउधनका साथ सुन्नतको समर्थन र सहयोग गर्नु हो ।
  3. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को प्रेम भनेको उहाँका आदेशहरूको पालना गर्नु, उहाँले खबर दिनुभएको कुरामा आस्था राख्नु, उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहनु, उहाँको अनुशरण गर्नु र बिदअतहरूबाट जोगिनु आवश्यक छ ।
  4. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अधिकार सबै मानिसहरूको अधिकार भन्दा ठूलो र महत्त्वपूर्ण छ । किनकि उहाँ नै हाम्रा लागि इस्लामका मार्गदर्शक, नर्कबाट मुक्ति र स्वर्गमा प्रवेश गर्ने माध्यम हुनुहुन्छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप