عَن أَبي هُرَيْرَةَ رضي الله عنه قَالَ: سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«الْحَلِفُ مَنْفَقَةٌ لِلسِّلْعَةِ، مَمْحَقَةٌ لِلرِّبْحِ».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 1606]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"कसम खाँदा सामान त बेचिन्छ, तर नाफा र बरकत नष्ट हुन्छ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 1606]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले किनमेल गर्दा वा बेच्दा सत्य भए पनि कसम खान वा अत्यधिक कसम खान निषेध गर्नुभएको छ। उहाँले भन्नुभयो कि यसले सामान छिटो बिक्न मद्दत गर्छ, तर नाफा र कमाइको बरकत नष्ट गर्छ। बरकत हराएपछि अल्लाहले व्यापारीलाई विभिन्न विपत्तिहरूमा पार्न सक्नुहुन्छ—जस्तै चोरी, आगलागी, डुबान, जबर्जस्ती कब्जा, लुटपाट वा अन्य घटनाहरू जसले उसको सम्पत्ति नष्ट गर्छ।