हदीसहरूको सूची

यदि कुनै मानिसले आफ्नो भाइसँग माया गर्दछ भने, उसले बताऒस् कि ऊ सँग माया गर्दछ" ।
عربي अंग्रेजी उर्दू
तिमीहरूलाई थाहा छ गीबत [चुक्ली] भनेको के हो?" साथीहरूले भने: अल्लाह र उनका रसूल राम्ररी जान्दछन् । उहाँले भन्नुभयो: "तिमीले आफ्नो भाइको बारेमा उसलाई मन नपर्ने कुरा गर्नु
عربي अंग्रेजी उर्दू
मैले भने: हे रसूल! मुक्ति के हो? उहाँले भन्नुभयो: "आफ्नो जिब्रोलाई नियन्त्रणमा राख, आफ्नो घरमा सुरक्षित रह र आफ्नो पापमा पश्चात्ताप गर्दै रोऊ।
عربي अंग्रेजी उर्दू
कयामतको दिनमा (कर्म जोख्ने बखत) तराजुमा असल व्यवहार भन्दा गरुङ्गो (भारी) कुनै पनि चीज हुनेछैन। निश्चय नै, अल्लाह अश्लील र अभद्र व्यक्तिसँग घृणा गर्नुहुन्छ।
عربي अंग्रेजी उर्दू
जसले कसम खाने क्रममा 'लात र उज्जाको कसम!' भन्यो, उसले तुरुन्तै 'ला इलाहा इल्लल्लाह' (अल्लाहबाहेक कुनै सत्य पूज्य छैन) भन्नुपर्दछ। र जसले आफ्नो साथीलाई 'आऊ, जुवा खेलौँ' भनी प्रस्ताव गर्छ भने, उसले (प्रायश्चित स्वरूप) दान गर्नुपर्दछ।
عربي अंग्रेजी उर्दू
मुस्लिम त्यो हो जसको बोली र हातबाट मुस्लिमहरू सुरक्षित रहन्छन् र साँचो मुहाजिर (अल्लाहको निम्ति कुनै कुरा ठाउँ त्यग गर्ने) त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ।
عربي अंग्रेजी उर्दू
जसमा चारवटा लक्षणहरू छन्, त्यो शुद्ध मुनाफिक (पाखण्डी) हो र जसमा तीमध्ये एउटा छ, त्यसलाई नछोडेसम्म उसमा पाखण्डको एउटा लक्षण छ: जब ऊ बोल्छ झुट बोल्छ, जब उसले सम्झौता गर्छ, धोका दिन्छ, जब उसले वाचा गर्छ, तोड्छ र जब ऊ झगडा गर्छ गालीगलौज गर्छ ।
عربي अंग्रेजी उर्दू
मुमिन (आस्थावान) निन्दा गर्ने, श्राप दिने, बेहया (निर्लज्ज) र अश्लील व्यक्ति होइनन् ।
عربي अंग्रेजी उर्दू
कसम खानु सामान बेच्ने माध्यम हो, तर यसले नाफा नष्ट गर्छ।
عربي अंग्रेजी उर्दू