+ -

عَنْ عَبْدِ اللَّهِ بْنِ عَمْرٍو رضي الله عنهما قال: قال رَسولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«أَرْبَعٌ مَنْ كُنَّ فِيهِ كَانَ مُنَافِقًا خَالِصًا، وَمَنْ كَانَتْ فِيهِ خَلَّةٌ مِنْهُنَّ كَانَتْ فِيهِ خَلَّةٌ مِنْ نِفَاقٍ حَتَّى يَدَعَهَا: إِذَا حَدَّثَ كَذَبَ، وَإِذَا عَاهَدَ غَدَرَ، وَإِذَا وَعَدَ أَخْلَفَ، وَإِذَا خَاصَمَ فَجَرَ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 58]
المزيــد ...

अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसमा चारवटा लक्षणहरू छन्, त्यो शुद्ध मुनाफिक (पाखण्डी) हो र जसमा तीमध्ये एउटा छ, त्यसलाई नछोडेसम्म उसमा पाखण्डको एउटा लक्षण छ: जब ऊ बोल्छ झुट बोल्छ, जब उसले सम्झौता गर्छ, धोका दिन्छ, जब उसले वाचा गर्छ, तोड्छ र जब ऊ झगडा गर्छ गालीगलौज गर्छ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 58]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले चार लक्षणहरू विरुद्ध चेतावनी दिनुभएको छ । यदि ती लक्षणहरू कुनै मुस्लिममा भयो भने ऊ धेरै हदसम्म पाखण्हडीरू जस्तै हुन्छ । हामी यहाँ ती व्यक्तिको बारेमा कुरा गर्दैछौं जसको व्यक्तित्वमा यी गुणहरू हावी हुन्छन् । यदि कसैमा कहिलेकाहीं यी गुणहरू हुन्छन् भने त्यो यसमा समावेश छैन, ती निम्न हुन् :
पहिलो: जब ऊ बोल्छ, जानाजानी झूट बोल्छ र उसको बोलीमा सत्यता हुँदैन ।
दोस्रो : जब उसले सम्झौता गर्छ, त्यो पूरा गर्दैन र अर्को पक्षलाई धोका दिन्छ ।
तेस्रो : जब उसले वाचा गर्छ, पूरा गर्दैन अनि तोड्छ ।
चौथो: यदि उसले कसैसँग झगडा गर्छ भने उसको झगडा गम्भीर हुन्छ, ऊ सत्यबाट विचलित हुन्छ र सत्यलाई झुठो प्रमाणित गर्न झूट बोल्छ ।
निफाक (कपट) भनेको जसको भित्री रुप उसको बाहिर रुप विपरीत हो। यो अर्थ यी गुणहरू भएको व्यक्तिमा हुन्छ र उसको कपट त्यो व्यक्तिसँग सम्बन्धित हुन्छ जससँग उसले कुरा गरेको, वाचा गरेको, जिम्मा दिएको, बहस गरेको र मानिसहरूबाट वाचा गरेको थियो । यसको अर्थ यो होइन कि ऊ कपटी हो । जसमा यी मध्ये कुनै एक गुण छ, त्यसमा पाखण्डको गुण हुन्छ जबसम्म उसले यसलाई त्याग्दैन।

हदीसका केही फाइदाहरू

  1. निफाक (कपट) मा पर्न विरुद्ध चेतावनीको लागि केही लक्षणहरूको विवरण।
  2. "यस हदीसको उद्देश्य : यी विशेषताहरू नफाक (कपट) को विशेषताहरू हुन् र जसमा यी पाइन्छन्, त्यो व्यक्ति यिनै गुणमा नफाकीहरूसँग मिल्दोजुल्दो हुन्छ र उनीहरूको चरित्र अपनाउने जस्तो देखिन्छ। तर यसले उनलाई यस्तो मुनाफिक बनाउँदैन जसले बाहिर इस्लाम देखाएर भित्र कुफ्र लुकाउँछ भनिएको छ, यो तिनीहरूका लागि हो, जसमा यी विशेषताहरू हाबी हुन्छन्, तिनीहरूलाई बेवास्ता गर्छन् र हल्का ठान्छन्; किनकि जो यस्तो अवस्थामा हुन्छ, उसले प्रायः कमजोर विश्वास राख्ने प्रवृत्ति राख्छ।"
  3. गजालीले भने: धर्मको सार तीनवटा कुराहरूमा सीमित छ: वचन, कर्म र नियत । त्यसैले झुटले वचनको भ्रष्टता, विश्वासघातले कर्मको भ्रष्टता र
  4. वाचा तोडेर नियतको भ्रष्टाचार हुने औंल्याए । किनभने वाचा तोड्ने मनसाय नभएसम्म त्यसमा केही खराबी छैन, जस्तैः पुरा गर्ने उसको दृढ नियत थियो, तर कुनै कुराले बाधा पुर्‍यायो वा उसको मनमा अर्को कुरा आयो भने, उसको तर्फबाट कुनै प्रकारको कपट हुँदैन ।
  5. निफाक (कपट वा पाखण्ड) दुई प्रकारका हुन्छन्: ईमानमा कपट : बाहिर आफू मुस्लिम भएको नाटक गर्ने अनि भित्र कुफ्र लुकाउने र यसले मानिसलाई इस्लामको दायराबाट खारेज गर्छ । अमल (कर्म) मा कपट, जसले आफ्नो नैतिकतामा कपटीहरूको नक्कल गर्दछ र यसले इस्लामको दायराबाट खारेज गर्दैन, तर यो ठूलो पाप हो ।
  6. इब्न हजरले भने: "विद्वानहरूले एकमत गरेका छन् कि जसले आफ्नो हृदय र जिब्रो दुवैबाट इस्लामको पुष्टि गरेको छ र यी विशेषताहरू प्रदर्शन गर्छ, उसलाई कुफ्रको दोष लगाइँदैन, न त ऊ सदाका लागि नरकमा रहिरहने मुनाफिक (कपटी) हो।"
  7. नववीले भने: विद्वानहरूको एक समूहले भने: यसको मतलब ती पाखण्डीहरू हुन्, जो नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा थिए । तिनीहरूले ईमान ल्याए तर झूट बोले, तिनीहरूलाई धर्म र अमानत (नासो) सुम्पियो, तर तिनीहरूले धोका दिए, तिनीहरूले धर्म र यसको मद्दत गर्ने वाचा गरे, तर तिनीहरूले विश्वासघात गरे र तिनीहरूले झगडा गर्दा गालीगलौज गरे ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज लिथुआनियाली एल्ड्रेया सर्बियाई ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप